Monday, April 20News That Matters

Month: ५ वर्ष अगाडि

प्रदर्शनकारीमाथि प्रहरीले गोली चलायो

प्रदर्शनकारीमाथि प्रहरीले गोली चलायो

समाचार, संसार
पूर्णपुष्टि, फागुन १६ म्यानमारमा प्रदर्शनकारीमाथी प्रहरीले गोली चलाउदा कम्तिमा तीन जना प्रदर्शनकारीको मृत्यु भएको छ । प्रदर्शनमा कम्तीमा २० जना प्रदर्शनकारी घाइते भएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । याङ्गुनसहित विभिन्न सहरमा भएका प्रदर्शनमा अश्रु ग्यास प्रहार गर्दा पनि प्रदर्शन नरोकिएपछि गोली चलेको र मृतकको सङ्ख्या अझै बढ्न सक्ने जनाईएको छ । म्यानमारमा सैन्य ‘कू’ को विरोधमा प्रदर्शन हुँदै आएको छ । गत फेब्रुअरी १ मा म्यानमारमा सैनिक ‘कू’ भएको थियो । यसअघि पनि प्रदर्शनमा तीन जना प्रदर्शनकारीको मृत्यु भईसकेको छ । चुनावमा धाँधली भएको भन्दै म्यानमारको सेनाले नेतृ आङ सान सुकीसहितका शीर्ष नेताहरुलाई हिरासतमा लिएर सैन्य शासन लागू गरेको छ । म्यानमारमा एक वर्षका लागि सङ्कटकालको घोषणा गरिएको छ । नेतृ सुकीसहितका नेताहरुको रिहाइको माग गर्दै विरोध प्रदर्शनहरु भइरहेका छन् । से...
घुस लिन नमान्ने १८ ट्राफिक सम्मानित

घुस लिन नमान्ने १८ ट्राफिक सम्मानित

समाचार
पूर्णपुष्टि, फागुन १६  घुस लिन नमान्र्ने एक प्रहरी निरीक्षक (इन्स्पेक्टर) सहित १८ जना ट्राफिक प्रहरीलाई महानगरीय ट्राफिक प्रहरी महाशाखाले एक कार्यक्रमका बीच सम्मान गरेको छ । सम्मानित हुनेमध्ये ६ जनालाई नगदसहित वृत्ति विकासमा सहयोग हुने गरी अभिलेखमा गनिने गरी पुरस्कृत गरेको छ । ट्राफिक नियम उल्लङ्घन गर्ने चालकहरूले कारबाहीबाट बच्न र कारबाहीपछि हुने प्रक्रिया झन्झटिलो मानेर ट्राफिक प्रहरीलाई घुस दिन खोज्नेहरूलाई ट्राफिक प्रहरीले उल्टै कारबाही गर्ने गरेको महाशाखाले जनाएको छ । चालु आर्थिक वर्षमा मात्रै आर्थिक प्रलोभनमा पार्न खोज्ने ९४ जना चालकलाई पक्राउ गरी कानुनी दायरामा ल्याउने ६५ जना प्रहरी कर्मचारीलाई पुरस्कार एव प्रशंसा पत्रद्वारा सम्मान गरेको महाशाखाले जनाएको छ ।...
शिक्षकको जिल्लान्तर सरुवा हुने

शिक्षकको जिल्लान्तर सरुवा हुने

शिक्षा, समाचार
पूर्णपुष्टि, फागुन १६ एक जिल्लाबाट अर्को जिल्लामा शिक्षकहरुलाई सरुवा हुन बाटो खुला भएको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले आइतबार सूचना जारी गर्दै गत पुस २० गतेदेखि रोकिएको शिक्षकहरुको जिल्लान्तर सरूवा खुला गरिएको जनाएको छ । स्थानीय तह तथा जिल्लाभित्रकै एक स्थानीय तहबाट अर्को स्थानीय तहमा सरूवा गर्दा सम्बन्धित स्थानीय तहले दरबन्दी मिलानको कार्य सम्पन्न गरेको प्रतिवेदन प्राप्त भएपछि मात्र सरूवा गर्न सक्ने केन्द्रको सूचनामा उल्लेख छ । शिक्षा विकास तथा समन्वय इकाइले जिल्लान्तर सरुवा भई आउने शिक्षकहरुको विवरण पाक्षिक रुपमा केन्द्रमा अनिवार्य पेश गर्नुपर्ने उल्लेख छ । केन्द्रका सूचना अधिकारी माधवप्रसाद दाहालका अनुसार विभिन्न शर्तहरूको अधीनमा रहेर शिक्षक सरूवा गर्न सकिने व्यवस्था गरिएको छ ।...
थप तीन नेपालीको कोरानाबाट विदेशमा निधन

थप तीन नेपालीको कोरानाबाट विदेशमा निधन

समाचार, स्वास्थ्य
पूर्णपुष्टि,फागुन १६ थप तीन जना नेपालीको कोरोना संक्रमणबाट विदेशमा यो साता निधन भएको छ । पछिल्लो साता युएईमा दुई र पोर्चुगलमा एक जना नेपालीको कोरोना संक्रमणबाट निधन भएको गैरआवासीय नेपाली संघकाले जनाएको छ । योसँगै २१ देशमा कोरोना संक्रमणबाट निधन हुने नेपालीको संख्या तीन सय ३९ पुगेको छ । गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिका अनुसार शनिबार साँझसम्म विभिन्न ५३ देशमा रहेका ६२ हजार चार सय एक नेपालीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । तीमध्ये ६० हजार एक सय २४ कोरोना संक्रमणमुक्त भएका छन् । यो संगै संक्रमणमुक्त हुने दर ९६ दशमलव तीन प्रतिशत रहेको गैरआवासीय नेपाली संघ ‘कोभिड–१९’ उच्चस्तरीय समितिले जनाएको छ ।...
नेप्से ८० अङ्कले घट्यो

नेप्से ८० अङ्कले घट्यो

आर्थिक, समाचार
पूर्णपुष्टि, फागुन १६  आज शेयर बजार झण्डै ८० अङ्कले घटेर २५ सय विन्दुभन्दा तल झरेको छ । होटल तथा पर्यटन बाहेक अरू सबै समूहको शेयर घटेपछि नेप्से ७९.७४ अङ्कले घटेर २४ सय ७४.३९ विन्दुमा झरेको छ । बैंकिङ समूहको शेयर साढे ५४ अङ्कले, व्यापारको ११ अङ्कले, विकास बैंकको साढे ७५, जलविद्युतको ६७, फाइनान्सको ३०, निर्जीवन बीमाको एक सय ७८, उत्पादनको एक सय ९८, अन्यको ८१, माइक्रो फाइनान्सको एक सय ४१, जीवन बीमाको ६ सय २४ र लगानी समूहको शेयर चार अङ्कले घटेको छ । दुई सय सात कम्पनीका एक करोड ६० लाख १७ हजार कित्ता शेयर आठ अर्ब ३५ करोड ५२ लाख रुपैयाँमा किनबेच भएका छन् । सबैभन्दा धेरै शिखर इन्स्योरेन्सको एक अर्ब दुई करोड रुपैयाँको शेयर कारोबार भयो । गणपति वित्तीय संस्थाको सबैभन्दा धेरै सात प्रतिशत र अन्य चार वटा कम्पनीको शेयर ६ प्रतिशतले घटेको छ । समग्र बजार घटे पनि चन्द्रागिरि हिल्स लिमिटेडको शेयर झ...
असारदेखि नयाँ शैक्षिक सत्र

असारदेखि नयाँ शैक्षिक सत्र

शिक्षा, समाचार
पूर्णपुष्टि, फागुन १६ आगामी असार १ गतेदेखि नयाँ शैक्षिक सत्र सुरु हुने भएको छ । ढिलो गरी विद्यालय खुलेसँगै चालु शैक्षिक सत्र लम्बिने भएपछि आउँदो शैक्षिक सत्र पनि ढिलो गरी सुरु हुने भएको हो । नयाँ शैक्षिक सत्रको पठनपाठन र परीक्षा साविकमा झैँ चैत मसान्तसम्ममा सम्पन्न गर्ने गरी विद्यालयले शैक्षिक कार्यतालिका बनाएर कार्यान्वयनमा लैजान सरकारले आग्रह गरेको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले सार्वजनिक सूचना निकालेर कोरोना महामारीका कारण शैक्षिक सत्र २०७७ को विद्यालय तहका पठनपाठन आउँदो वैशाख मसान्तसम्ममा सकेर सबै तहका परीक्षा जेठ मसान्तसम्ममा गर्न पनि निर्देशन दिएको छ । कोरोनाका कारण विद्यालयबाट स्थानान्तरण हुनु परेका विद्यार्थीलाई स्थानान्तरण भएर आउन चाहेको ठाउँको विद्यालयमा ब्यहोरासहित निवेदन दिन केन्द्रले आग्रह गरेको छ ।  ...
३ यात्रुबाहक बस ठोक्किए : १३ जना घाइते, २ को अवस्था गम्भिर

३ यात्रुबाहक बस ठोक्किए : १३ जना घाइते, २ को अवस्था गम्भिर

समाचार
पूर्णपुष्टि,फागुन १६ धादिङमा आज तीन यात्रुबाहक बस एक आपसमा ठोकिएका छन् । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गल्छी गाउँपालिका–७ स्थित खेस्टे खोलामा तीन वटा यात्रु बाहक बस एक आपसमा ठक्कर खाँदा १३ यात्रु घाइते भएका छन् भने घाइते मध्ये दुईको अवस्था गम्भिर रहेको छ । धादिङ बेशीबाट काठमाडौं जाँदै गरेको बा ३ ख ८९०४ नम्बरको यात्रुबाहक बसलाई सुर्खेतबाट काठमाडौं जाँदै गरेको ना ५ ख ४४९१ नम्बरको यात्रु बाहक बसले ओभरट्याक गर्ने क्रममा काठमाडौंबाट गोर्खा जाँदै गरेको ना ५ ख ५०७० नम्बरको यात्रुबाहक बससँग ठक्कर खाँदा दुर्घटना भएको हो । दुर्घटनाबाट घाइते भएका यात्रुहरूको स्थानीय स्वास्थ्य सेवा गल्छीमा उपचार भइरहेको र २ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । गम्भिर घाइते भएका दुवैलाई थप उपचारको लागि काठमाडौं पठाइएको छ ।...
नक्कली पेज बनाउने १ जना पक्राउ

नक्कली पेज बनाउने १ जना पक्राउ

समाचार
पूर्णपुष्टि, फागुन १६ नक्कली फेसबुक पेज बनाएर ठगी गर्ने एक जना पक्राउ परेको छ । साइबर ब्युरोको नक्कली फेसबुक पेज बनाएर विभिन्न व्यक्तिसँग कुराकानी गरेको अभियोगमा कपिलवस्तु घर भइ रुपन्देही बस्दै आएका १८ वर्षीय प्रज्वल पोखरेल पक्राउ परेको हो । उनलाई विद्युतीय कारोबार ऐन, २०६३ अनुसार अनुसन्धानका लागि जिल्ला अदालत, काठमाडौंले दिएको पक्राउ अनुमतिपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ । पोखरेलले प्रहरीको नक्कली पेज बनाएर आर्थिक लाभसमेत लिन खोजेको देखिएको प्रहरीले जनाएको छ ।...
एक युवालाई बन्धक बनाएर १० लाख फिरौती माग्ने ३ पक्राउ

एक युवालाई बन्धक बनाएर १० लाख फिरौती माग्ने ३ पक्राउ

समाचार
पूर्णपुष्टि,फागुन १६ मोरङ जिल्लाको विराटनगर महानगरपालिका–१८ निवासी २३ वर्षीय सुभाष कामतलाई बन्धक बनाएको आरोपमा तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । सुभाषलाई बन्धक बनाएर १० लाख फिरौती माग्ने विराटनगर महानगरपालिका–१६ दरैया बस्ने २० वर्षीय रोहित पण्डित, विराटनगर महानगरपालिका –१२ बखरीका २१ वर्षीय अजय यादव र विराटनगर महानगरपालिका–६ रामपुर बस्ने २८ वर्षीया सन्ध्या शर्मालाई प्रहरीले नियन्त्रमा लिएको हो । सुभाषलाई शनिबार दिउँसो करिब १ः३० बजेबाट बन्धक बनाएको प्रहरीले जनाएको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानमा पक्राउ पर्नेहरुले पीडितको परिवारसँग १० लाख फिरौती माग गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । प्रहरीले बन्धक बनाइएका सुभाषलाई २ घण्टाभित्र नै सकुशल उद्दार गर्न सफल भएको प्रहरीले जनाएको छ ।...
गर्भपतनको आरोपम ३ पक्राउ

गर्भपतनको आरोपम ३ पक्राउ

समाचार
पूर्णपुष्टि,फागुन १६ एक २४ बर्षीया युवतीलाई कुटपिट गरी गर्भपतन गराएको आरोपमा हिजो सप्तरीका तीन युवालाई प्रहरीले पक्राउ गरेको छ । महादेवा गाउँपालिका–४ का ५८ वर्षीय लक्ष्मण राउत बरै, ६५ वर्षीय रामजी साह र २७ वर्षीय श्याम राउतलाई प्रहरीले पक्राउ गरेको हो । स्थानीय २४ वर्षीया पुनितादेवी यादवलाई कुटपिट गरी गर्भपतन गराएको आरोमा उनीहरुलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय कञ्चनरुपले जनाएको छ । आरोपित मध्ये तीन पक्राउ परेको जानकारी दिँदै इलाका प्रहरी कार्यालय कञ्चनरुप, सप्तरीका प्रहरी निरीक्षक नरेश कुमार सिंहले सोही ठाउँका आरोपित ४० वर्षीय सुरेन्द्र साह फरार रहेकाले खोजतलास भइरहेको बताउनु भयो । आफ्नो खेतमा बालीनाली हेर्न फागुन ६ गते दिउँसो गएका बेला आरोपितहरूले गहुँबारीमा घाँस काट्ने बहानामा आफ्नो खेतको गहुँ काटिरहेको देखी निजहरुलाई रोक्न खोज्दा कुटपिट गरेको पीडित यादवले बताउनुभयो ।...