Monday, November 9News That Matters

Month: ६ वर्ष अगाडि

साहित्यकार डा राजेन्द्र विमल र युवाकवि विमला तुम्खेवा नेपाली प्रतिभा प्रतिष्ठानद्वारा पुरस्कृत

साहित्यकार डा राजेन्द्र विमल र युवाकवि विमला तुम्खेवा नेपाली प्रतिभा प्रतिष्ठानद्वारा पुरस्कृत

समाचार, साहित्य
पूर्णपुष्टि,  माघ १७ । नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतले यसवर्षको ‘प्रतिभा सम्मान २०२०’ वरिष्ठ साहित्यकार तथा भाषा संस्कृतिविद् डा राजेन्द्र विमल ९जनकपुर० लाई प्रदान गरेको छ । नेपाली भाषा, साहित्यको विकास प्रवद्र्धनमा उल्लेखनीय योगदान पु¥याएबापत विमललाई नगद रु ५० हजार र सम्मान–पत्रसहित सम्मान गरिएको हो  ।  त्यस्तै नगद रु एक लाख राशिको ‘प्रतिभा पुरस्कार–२०२०’ युवाकवि विमला लुम्खेवा ९तेह्रथुम० लाई प्रदान गरिएको छ । ती दुबै पुरस्कार प्रतिष्ठानद्वारा आज यहाँ आयोजित ‘प्रतिभा सम्मान तथा पुरस्कार समर्पण समारोह’ मा नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद  उप्रेतीले ताम्रपत्र र नगदराशिको सम्मान थैली सम्मानीत स्रष्टालाई प्रदान गर्नुभयो । युवाकवि तुम्खेवा खासगरी युवापुस्ताको समसामयिक विषयवस्तुमाथि सटिक ढङ्गले साहित्यको माध्यमबाट उजागर गर्दै आउनुभएको छ । प्रखर लेखन क्षमता राख्ने तुम्बेवा...
ट्रक दुर्घटनामा २ को मृत्यु, एक गम्भीर

ट्रक दुर्घटनामा २ को मृत्यु, एक गम्भीर

समाचार
पूर्णपुष्टि, माघ १९ धातिङको सिम्लेमा ट्रक दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ । सोमबार बिहान चितवनबाट रड बोकेर काठमाडौंतर्फ आइरहेको लु २ ख २७० नम्बरको ट्रकले सिमेन्ट बोकेको ना ६ ख ६४६५ नम्बरको ट्रकलाई ठक्कर दिएको थियो । दुर्घटनामा रड बोकेको ट्रकमा सवार दुई जनाको ज्यान गएको छ भने एक जनाको ट्रमा सेन्टर काठमाडौंमा उपचार भइरहेको छ । उनीहरुको सनाखत नभइसकेको इलाका प्रहरी कार्यालय खानीखोलाले जानकारी दिएको छ । रड बोकेको ट्रकको अघिल्लो भाग पूर्ण रूपमा क्षति भएको छ भने अर्काे ट्रकमा सामान्य क्षति पुगेको छ ।  ...
असंवैधानिक र अलोकतान्त्रिक कदम विरुद्ध काग्रेसको वृहत विरोध प्रदर्शन

असंवैधानिक र अलोकतान्त्रिक कदम विरुद्ध काग्रेसको वृहत विरोध प्रदर्शन

समाचार
पुर्णपुष्टि, माघ १९ असंवैधानिक र अलोकतान्त्रिक कदमका विरुद्ध उदयपुरमा  काग्रेसले विरोध प्रदर्शन गरेको छ । काग्रेस लगाएत पार्टि भित्रका विभिन्न भातृ संगठनहरु नेपाल तरुण दल , नेपाल महिला संघ , नेपाल दलित संघ , ने.वि.संघ , नेपाल आदिवासी संघ , नेपाल थारु संघ , नेपाल संस्कृति संघ , नेपाल मगर संघ , नेपाल मुस्लिम संघ , नेपाल लोकतान्त्रिक अपाङ्ग संघ , नेपाल तामाङ संघ , नेपाल किसान संघ लगाएतका भातृ संगठनहरुले विरोध प्रदर्शन गरेका थिए । विरोध सभामा गाईघाट बजार स्थित ¥यालि प्रदर्शन गर्दै पिपल चोकमा कोण सभा गरिएको थियो । कार्यक्रममा नेपालि काँग्रेसका नगर सभापति विदुर बस्नेत, नेपाल महिला संघका सभापति लिला राई लगाएतले  नेकपा असंवैधानिक अलोकतान्त्रिक संंसद विघटनको देश ब्यापि रुपमा चर्को विरोध गर्दै आई रहेको बताउनुभयो । यसै सन्दर्भमा उदयपुरमा पनि यसको विरुद्धमा कडा विरोध प्रदर्शन गरिएको उनिहरुले बता...
खोटाङबाट गाईघाटका लागि छुटेको बसले किचेर बृद्धाको मृत्यु

खोटाङबाट गाईघाटका लागि छुटेको बसले किचेर बृद्धाको मृत्यु

समाचार
पूर्णपुष्टि, माघ १९ खोटाङमा बसले किचेर ७२ बर्षिय बृद्धाको घटना स्थलमै मृत्यु भएको छ । खोटाङको चुईचुम्मा गाउँपालिका पञ्चमी बाट गाईघाटका लागि छुटेको ना ५ ख ९०२२ नम्बरको बसले किच्दा उक्त गाउँपालिकाको ३ नम्बरवडामा पर्ने छोरम्बुकी ७२ वर्षीया चन्द्रकुमारी राई मगरको मृत्यु भएको हो । गाईघाट जाने बुहारी र दुई नातिनीलाई बस चढाउन गएको अवस्थामा वृद्दाालाई सोमबार बिहान ७ बजे छोरम्बुको रोभोलुङमा बसले बिच्दा घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।बसभित्रै चढेर आफन्तलाई सिटमा राखेपछि ओर्लने क्रममा सह–चालकले ‘छिटो झर्न’ भन्दै ठेलेपछि वृद्दा कुनापट्टिको लिकमा पर्दा बसले किचेको प्रत्यक्षदर्शीको भनाई उद्दृद गर्दै छोरम्बुका वडा सदस्य तुलस राईले बताउनुभयो । साँघुरो ठाउँमा धकेलिएर भुईमा झरे पनि वृद्दा चिप्लिएर लिकमा पर्दा छाती र पेट तेर्सो पांग्राले पेलेको स्थानीयले बताएका छन् । घटना लगत्तै बस, बसका ...
उदयपुरमा मिडिया विकास कोषबारे सचेतना कार्यक्रम

उदयपुरमा मिडिया विकास कोषबारे सचेतना कार्यक्रम

समाचार
पूर्णपुष्टि, माघ १९ उदयपुरका पत्रकारहरुलाई नेपाल प्रेस काउन्सिलले मिडिया विकास कोषबारे १ दिने सचेतना कार्यक्रम गराएको छ । सोमबार गाईघाट स्थित ड्रिमल्याण्ड होटलमा जिल्लाका सबै पत्रकारहरुको उपस्थितिमा कार्यक्रको आयोजना गरिएको हो । मिडिया क्षेत्रको विकास र सहजिकरण सँगै दिर्घकालिन पेशा प्रति चासो राख्दै काउन्सिलले मिडिया कोष विकास बारे जिल्लाका पत्रकारहरु सँग अन्तरक्रिया समेत गरेका छन् । काउन्सिलबाट मिडिया बिकास कोष अन्तरगतका बरिष्ट पत्रकार तिर्थ कोईराला, र प्रेस काउन्सिलका सहप्रसाशकिय अधिकृत राम प्रसाद पोखरेल कर्यक्रम सहित जिल्ला आईपुग्नु भएको थियो । काउन्सिलमा भएको सेवा सुविधा र देश व्यापी रुपमा कार्यरत पत्रकारहरुको सम्बन्धित मिडियाको दिर्घकालिन संञ्चालनमा बिषेश ध्यान पुराउने भन्दै समाज प्रति सुचनाको क्षेत्रलाई थप प्रभावकारी बनाउ काउन्सिलले दिने सुविधाहरु प्राप्त भयो या भयना भन्दै ज...
कक्षा १२ को नतिजा बोर्डले आज प्रकाशन गर्ने

कक्षा १२ को नतिजा बोर्डले आज प्रकाशन गर्ने

शिक्षा, समाचार
पूर्णपुष्टि, माघ १९ लामो समयदेखि प्रकाशन हुन नसको कक्षा १२ को नतिजा आज सोमबार प्रकाशन गर्ने निर्णय राष्ट्रिय परिक्षा बोर्डले गरेको छ । बिभिन्न समस्या देखाउँदै बोर्डले १२ को नतिजा प्रकाशनमा ढिलाई गरेको थियो । परिक्षा सकिएको १५ दिन भित्रै नतिजा प्रकाशन गर्ने भनिए पनि बोर्डले समयमा नतिजा प्रकाशन गर्न सकेन । उसै पनि कोरोनाले ढिलाई गरेको परिक्षा नतिजा प्रकाशनमा पनि ढिलाई भएको थियो । आइतबार बसेको बोर्ड बैठकले सोमबार नतिजा प्रकाशित गर्ने निर्णय गरेको हो । नतिजा प्रकाशनको अन्तिम तयारीका लागि भन्दै सोमबार बिहान १० बजेपछि बोर्डको बैठक बोलाएको छ । चाँडो नतिजा प्रकाशित गर्न विद्यालयमै विषय शिक्षकले उत्तरपुस्तिका परीक्षण गरेका थिए । विद्यार्थीको प्राप्तांक बोर्डको प्रदेश कार्यालयहरूबाटै नजिता प्रकाशनको सिस्टममा इन्ट्री गराउने व्यवस्था मिलाइएको थियो । यसअघि उत्तरपुस्तिका प्रदेश कार्याल...
भिरबाट लडेर एकको  मृत्यु

भिरबाट लडेर एकको मृत्यु

समाचार
पूर्णपुष्टि, माघ १८ संखुवासभा सभापोखरी (३ फुकाम बस्ने ५२ बर्षीय सुर्य बहादुर घलेको भिरबाट लडेर  मृत्यु भएको छ । शनिवार रातीको समयमा संखुवासभाकै पावाबाट घर तर्फ फर्कने क्रममा बालिंगे भिरबाट लडेर घलेको मृत्यु भएको हो ।भिरबाट लडेको भन्ने सुचना पाउन साथ विहान साढे ३ बजे प्रहरी चौकी बार्हबिसेमा जानकारी गराएका थिए । घटनाको जानकारी पाउन साथ प्रहरी टोली खटि कानुनी कारबाही तथा थप अनुसन्धान समेत भईरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।    ...
नेपाल बाल संगठन जिल्ला कार्यसमिति उदयपुरको नेतृत्वमा दाहाल

नेपाल बाल संगठन जिल्ला कार्यसमिति उदयपुरको नेतृत्वमा दाहाल

समाचार
पूर्णपुष्टि, माघ १८ नेपाल बाल संगठन जिल्ला कार्यसमिति बाल मन्दिर उदयपुरले पूर्णता पाएको छ । तदर्थ समितिबाट संञ्चालन रहेको संगठनले जिल्ला सभाबाट पूर्ण कमिटि बनेको हो । सभाले संगठनको सभापतिमा भुवन दाहाललाई चयन गरेको छ । तदर्थ समितिले अधिवेशन वा जिल्ला सभा गर्न पाउने अधिकार बमोजिम दाहालको नेतृत्वमा संगठनले ८ सदस्यिय कार्यसमिति चयन गरेको छ । ११ जना कार्यसमिति रहनेमा बाँकी ३ जना भने समितिको बैठकले निर्णय गर्ने भएको छ । ३ जना मध्य २ जना स्वयम सभापतिले चयन गर्न पाउने प्रावधान छ । बाँकी १ जना केन्द्रिय अध्यक्षले चयन गर्नु पाउने छ । सदस्यहरुमा हेम बहादुर मगर, अस्विन कार्की, कमल बहादुर परियार, विमला घिमिरे, रुबी मगर, उज्वल बस्नेत रहेको छ । अब चयन हुने पद उप सभापति, सचिव र कोषाध्यक्षको रहेको छ । तत्काल समितिको बैठकले बाँकी पदलाई पुर्णता दिने र संगठन अगाडी बढाउने सभापति भुवन दाहालले बताउनुभयो । ...
लथालिङ्गै छाडेका बाल संगठनलाई धेरै सुधार गरेका छौ ः उपाध्याय

लथालिङ्गै छाडेका बाल संगठनलाई धेरै सुधार गरेका छौ ः उपाध्याय

समाचार
पूर्णपुष्टि, माघ १८ नेपाल बाल संगठनकी केन्द्रिय अध्यक्ष विद्या उपाध्याय ( न्यउपानेले ) बेवारिसे अवस्थमा छाडेको बाल संगठनलाई क्रमश सुधार गर्दै आएको बताउनुभयो । नेपाल बाल संगठन जिल्ला कार्यसमिति बाल मन्दिर उदयपुरको आठौँ जिल्ला सभामाका प्रमुख अतिथिको रुपमा उदयपुर आउनुभएकी उपाध्यायले बिभिन्न कार्यकालहरुमा सुधार हुन नसकेको संगठन हाल ६ महिनाको अवधिमा केहि फेरिएको बताउनुभयो । थुप्रैले नेतृत्व गरिसकेको संगठनलाई जिरो बाट सुधार गर्न धेरै चुनौती रहेको उहाँले बताउनुभयो । नेतृत्व गर्ने व्यक्तिहरुकै लापर्वाही र व्यक्तिगत स्वार्थका कारण संगठन सुधार हुनु पर्ने अवस्थामा झन लथालिङग अवस्थामा पुगेको उहाँको भनाई छ । संस्थाको कम्जोरी नभई यो बिभिन्न व्यक्तिहरुले भाँडोको रुपमा प्रयोग गरेको हुँदा संगठनले सहज रुपमा निरन्तर पाउन नसकेको बताउनुभयो । आफुले नेतृत्व गरेको ६ महिना भईरहँदा थुप्रै सेवा सुविधाहरुमा ...