Monday, August 10News That Matters

Month: ६ वर्ष अगाडि

गाँजा सहित एक अटो चालक पक्राउ

गाँजा सहित एक अटो चालक पक्राउ

समाचार
पुर्णपुष्टि,माघ २० मकवानपुरको नेवारपानिस्थित पुर्वपश्चिम लोकमार्गमा लागुऔषध गाँजा सहित एक अटोचालक लाई प्रहरिले पक्राउ गरेका छन् । विषेश सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरले पर्साको सखुवा पर्सौनि गाउँपालिका –२ बस्ने ४१ बर्षिय राजेन्द्र दमाईलाई समेमबार गाँजा सहित पक्राउ गरेका हुन् उनलाई हेटौंडा उपमहानगरपालिका –१९ बाट मंगलवार पक्राउ गरेको हो । मकवानपुर प्रहरीका अनुसार मनहरिबाट हेटौंडा तर्फ आउदै गरेको ना.२.ह.४१०९ नम्बरको अटो चेक जाँच गर्दा चालक बस्ने सिटमुनी लुकाएर ल्याउँदै गरेको ११ केजी गाँजा र नेपाली ६७ हजार नगद, भारु २ हजार ५ सय सहित दमाई पक्राउ परेको हो । पक्राउ परेका दमाईलाई थप अनुसन्धान गरिरहेका मकवानपुरका प्रहरि नायब उपरिक्षक ईन्द्रबहादुर रानाले बताउनु भएको छ ।...
सिन्धुपाल्चोकमा बस दुर्घटना हुँदा १९ घाइते

सिन्धुपाल्चोकमा बस दुर्घटना हुँदा १९ घाइते

समाचार
पूर्णपुष्टि,माघ २०  सिन्धुपाल्चोकमा बस दुर्घटना हुँदा १९ जना घाइते भएका छन् । आज दिउँसो लामोसाँघु जिरी सडकखण्डअर्न्तगतको सुनकोसी गाउँपालिकाक्षेत्र सडखण्डमा दोलखाबाट काठमाडौं जाँदै गरेको रोल्वालिङ यातायातको बा ३ ख २७८९ नम्बरको यात्रुबस पल्टँदा १९ जना घाइते भएको हो । घाईते हुनेमा १० जना पुरुष, ८ महिला र एक जना बालक रहेका छन् । तीव्र वेगमा आइरहेको यात्रुबस सडकको मोडपछि ठूलो आवाजसहित दुर्घटना भएलगत्तै स्थानीय र सुरक्षाकर्मी घटनास्थल हेर्न पुगेका थिए । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार  दोलखा र सिन्धुपाल्चोकको विभिन्न स्थानका १९ घाइते यात्रुलाई तत्कालै उपचारर्थ बलेफी गापा–७ खाडीचौर बजारस्थित सिन्धु सदाबहार अस्पतालमा उपचारको लागि लगिएको छ । १९ मध्ये एक बलेफी गापा वडा–६ का वर्ष ३७ सिताराम थापाको ढाडमा गहिरो चोट देखिएपछि खाडीचौरबाट काठमाडौंको अस्पताल रिफर गर्न लागिएको प्रहर...
पिकअफको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु

पिकअफको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु

Breaking News 1
पूर्णपुष्टि, माघ २० झापा शिवसताक्षी  ३ का ३० बर्षीय राज कुमार खेमदेन लिम्बुको मोटरसाईकल दुर्घटनाबाट मृत्यु भएको छ । सोमबार  दिउसो सवा ३ बजे शिवसताक्षी (१ स्थित लामाबस्ती भित्री सडकखण्डमा मे १ ज १५२८ नम्बरको पिकअफ भ्यानले मे ६ प ५०६८ नम्बरको मोटरसाईकललाई ठक्कर दिदा मोटरसाईकल चालक लिम्बुको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । ठक्कर दिने पिकअफ नियन्त्रणमा लिईएको छ भने चालक तत्काल फरार रहेकोले उनको खोजी कार्य भईरहेको छ ।    ...
लागुऔषध ट्याब्लेट सहित १ जना पक्राउ

लागुऔषध ट्याब्लेट सहित १ जना पक्राउ

समाचार
पूर्णपुष्टि, माघ २० सुनसरी बाट नियन्त्रीत लागुऔषध ट्याब्लेट सहित १ जना पक्राउ परेका छन् । सुनसरीको धरान उपमहानगरपालिका १३ बाट सोमवार दिउँसो स्थानीय २७ बर्षीय राज कुमार तामाङ, डाईजेल्याव ९ एम्पुल, फेनारागन ९ एम्पुल, लिजेसिक ९ एम्पुल अल्कोहल स्वार्स ४४ पिस र ६३ पिस सिरिन्ज सहित पक्राउ परेका हुन् । लागुऔषध सहित पक्राउ परेका उनलाई प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।          ...
हाईड्रोको ड्याममा पौडी खेल्ने क्रममा डुबेर २ जनाको मृत्यु

हाईड्रोको ड्याममा पौडी खेल्ने क्रममा डुबेर २ जनाको मृत्यु

समाचार
पूर्णपुष्टि, माघ २० ईलाम नगरपालिका ८ माईबेनी हाईड्रोपावरको ड्याममा पौडी खेल्ने क्रममा डुबेर २ जनाको मृत्यु भएको छ । सोमवार दिउँसो साँढे १ बजेको समयमा उक्त हाईड्रोमा काम गर्ने कामदारहरु माईजोगमाई गाउँपालिका ५ सोयाङका २० बर्षीय शेखर ढकाल र निजकै भाई १८ बर्षीय प्रबिण ढकालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ । घटनाबारे जिल्ला प्रहरी कार्यालय ईलामले स्थलमा थप अनुसन्धान गरिरहेको इलाम प्रहरीले जनाएको छ ।  ...
सवारी दुर्घटना १ जनाको मृत्यु

सवारी दुर्घटना १ जनाको मृत्यु

Breaking News 1, समाचार
पूर्णपुष्टि, माघ २० झापाको गौरादह नगरपालिका ४ मा दुईवटा मोटरसाईकल एक आपसमा ठोक्किदा १ जनाको मृत्यु भएको छ । सोमवार साँझ ६ बजेको समयमा दक्षिणबाट उत्तर तर्फ जाँदै गरेको मे १० प ११६७ नम्बरको मोटरसाईकल र बिपरीत दिशाबाट आउँदै गरेको मे ४ प २२७२ नम्बरको मोटरसाईकल एक आपसमा ठोक्किदा घाइते भएका मे १० प ११६७ नम्बरको मोटरसाईकल चालक गौरादह नगरपालिका ५ का ३४ बर्षीय होम प्रसाद उप्रेतीको मृत्यु भएको हो । उनको झापाको द्यल्ऋ अस्पतालमा उपचारको क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।      ...
गाईघाट बाट लागु औषाध सहित ३ पक्राउ

गाईघाट बाट लागु औषाध सहित ३ पक्राउ

समाचार
पूर्णपुष्टि, माघ २० उदयपुरको गाईघाट बाट लागु औषाध ३ जना पक्राउ परेको छ । पक्राउ पर्नेहरुमा त्रियुगा नगरपालिका वडा नं. ११ टेम्पु चोक बस्ने १७ बर्षिय रविन राई, सोहि ठाँउ बस्ने २६ बर्षिय प्रभात राई र १९ बर्षिय सन्देश राउत रहेका छन् ।  प्रहरीले चेकजाचँ गर्ने क्रममा उनिहरुको साथबाट डाईजोल्याव १३ एम्पुल, नफिन १४ एम्पुल र फेनेरागन ९ एम्पुल गरी जम्मा ३६ एम्पुल र २ थान मोवाईल समेत बरामद गरेको छ ।पक्राउ परेकाहरुलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय उदयपुरमा ल्याई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरिक्षक बेदप्रसाद गौतमले जानकारी दिनुभयो । उनिहरुलाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीको बिषेश टोलीले सोमबार बेलुका ५ः०० बजेको समयमा गाईघाटको टेम्पो चोकबाट पक्राउ गरेका थिए ।  ...
एकल पुरुष र अविवाहित महिलालाई पनि भत्ताको व्यवस्था

एकल पुरुष र अविवाहित महिलालाई पनि भत्ताको व्यवस्था

समाचार
पूर्णपुष्टि, माघ २० दैलेखमा अबिबाहित महिला र एकल पुरुषलाई पनि भत्ताको व्यवस्था गरेको छ । दैलेखको डुङ्गेश्वर गाउँपालिकाले एकल पुरुष र अविबाहित महिलालाई पनि भत्ता दिने व्यवस्था मिलाएको छ । गाउँपालिकामा रहेका एकल पुरुषले पटकपटक भत्ता पाउने माग राखेपछि आर्थिक वर्ष २०७६र७७ मा कार्यविधि निर्माण गरी बजेट विनियोजन गरिएको हो । गाउँपालिकाले ५५ वर्षमाथिका एकल पुरुषलाई भत्ता दिने निर्णय गरेपछि भत्ता पाउने भएका हुन्।उनीहरलाई मासिक ५०० रूपैयाँ भत्ता दिने निर्णय भएको गाउँपालिकाले जनाएको छ। गाउँपालिकाले ऐन निर्माण गरी गाउँपालिका क्षेत्रभित्र बसोबास गर्ने ५५ वर्षमाथिका एकल पुरुषलाई माघदेखि भत्ता दिने निर्णय गरेको अध्यक्ष नगेन्द्रबहादुर मल्लले जानकारी दिए। ‘भत्ता ६र६ महिनामा वितरण गरिनेछ’, अध्यक्षले भने। त्यसैगरी विवाह नगरी बसेकी महिलालाई पनि भत्ता दिने निर्णय भएको अध्यक्ष मल्लले बताए ।...
तिन दिनको बर्षा र हिमपात पछि गर्मी  सुरु हुने

तिन दिनको बर्षा र हिमपात पछि गर्मी सुरु हुने

समाचार
पूर्णपुष्टि, माघ २० नेपालमा गर्मि मौसम छिट्टै सुरु हुने मौसम विज्ञहरुले जनाएको छ । यसै बिहिबार देखि मौसम बदली भई देशका बिभिन्न स्थानहरुमा बर्षा र हुस्सु पर्ने र त्यस पछि गर्मि सुरु हुने बिज्ञहरुको भनाई छ । पश्चिमी वायुको प्रभावका कारण बिहीबारदेखि शनिबारसम्म मौसममा परिवर्तन हुने भएको हो । अब यो मौसमी प्रणाली बाहिरिएपछि गर्मी सुरु हुने मौसमविदको भनाइ छ । अहिलेसम्मको परिस्थिति हेर्दा बिहीबारदेखि शनिबारसम्म मौसममा बदली हुने, वर्षा र हिमपात हुनेजस्तो देखिन्छ । यो सिस्टम गइसकेपछि तापक्रम वृद्धि हुँदै जान्छ ।’ यो मौसमी प्रणाली रहुन्जेल अधिकतम तापक्रम घट्छ । तराईको हुस्सु कुहिरो पनि हट्छ । ‘त्यसले गर्दा तराईमा बिहानीपख हुस्सु कुहिरो नलाग्दा केही राहत महसुस हुन्छ । तर पहाडी क्षेत्रहरुमा बदली भएर घाम नलाग्दा चिसो महसुस हुन्छ । तापक्रमको आधारमा न्यूनतम तापक्रम घट्ने छ । घाम नलाग्दा दिउँसो...
निरु र अनुलाई फकाउँदै अकृच

निरु र अनुलाई फकाउँदै अकृच

मनोरञ्जन, समाचार
‘पूर्णपुष्टि, माघ २० आजकल घरमा रातदिन झगडा, दुईटी स्वास्नी दुईटै छिन् तगडा घाटा भो धन्दामा, दुईटी स्वास्नी बीचैमा म एउटा पर्यो ज्यान फन्दामा’ चर्चित हाँस्य कलाकार निरु खड्का र तामाङ चलचित्रकी नायिका अनु लामालाई फकाउन अमरकृष्ण चन्द ‘अकृच’ व्यस्त देखिएका छन् । अकृच अन्य कुरामा फकाउन लागेका होईनन् । हालै सार्वजनिक भएको ‘घाटा भो धन्दामा ‘।। दुईटी स्वास्नी ‘’ बोलको गीतको भिडियोमा चन्दकी दुई श्रीमतिको भूमिकामा रहेकी खड्का र लामालाई फकाउन ब्यस्त भएका हुन् । लामो समयदेखि कलाक्षेत्रमा सक्रिय रही अनवरत कलाकारितामा आफ्नो समय खर्चिएका कलाकार, नृत्य निर्देशक, अमरकृष्ण चन्द ‘अकृच’ आफ्नो नविनतम प्रस्तुति लोक तेहरी एल्वम ‘घाटा भो धन्दामा ‘।। दुईटी स्वास्नी ‘’ बजारमा लिएर आएका हुन् । समसामयिक विषयवस्तुमा आधारित मौलिक नेपाली लोक तेहरी गीत ‘घाटा भो धन्दामा‘। दुईटी स्वास्नी ‘’ समाजमा घट्ने तीतो...