Monday, August 10News That Matters

Month: ६ वर्ष अगाडि

भाटभटेनीका संञ्चालक गुरुङलाई २ करोड धरौटीमा छाड्न अदालतको आदेश

भाटभटेनीका संञ्चालक गुरुङलाई २ करोड धरौटीमा छाड्न अदालतको आदेश

समाचार
पूर्णपुष्टि, माघ २१ बिशेष अदालतले २ करोड धरौटीमा भाटभटेनी सुपर मार्केटका संञ्चालक मिनबहादुर गुरुङलाई छाड्न आदेश दिएको छ । ललितानिवास जग्गा हिनामिनाको अभियोगमा गुरुङबिरुद्ध ३९ करोड २७ लाख रुपैयाँ बिगो दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको थियो ।व्यवसायी गुरुङमा जग्गा हिनामिनाको अभियोग लागेको करिब एक वर्षपछि बुधबार विशेष अदालतमा भएका थिए । विशेष अदालतका अध्यक्ष प्रेमराज कार्की र न्यायाधीश अब्दुल अजिज मुसलमानको इजलासले गुरुङलाई धरौटीमा रिहा गर्ने निर्णय गरेको हो ।  ...
भोली हुने आम हड्तालको समर्थनमा गाईघाटमा राँके जुलुस

भोली हुने आम हड्तालको समर्थनमा गाईघाटमा राँके जुलुस

समाचार
पूर्णपुष्टि, माघ २१ नेकापा प्रचण्ड–माधव समूहले गाईघाटमा भोली हुने नेपाल बन्द आम हड्तालको समर्थनमा बुधबार बेलका राँके जुलुस प्रदर्शन गरेको छ । गाईघाटको टाउन होटल देखि पिपलचोक सम्म विरोध केपी ओलीको मुर्दावाद नारामा सहित राँके जुलुस प्रदर्शन गरेको हो । केपी ओलीको असंवैधानिक र अलोकतान्त्रिक संसद विघटन प्रति चर्को विरोध गर्दै भोली हुने बन्द सफल पार्न राँके जुलुस प्रदर्शन गरिएको हो । जुलस प्रदर्शनमा सहभागी भएका नेकपाका नेता तथा प्रचण्ड–माधव समूह उदयपुरका संयोजक ईश्वरमणी राउतले केपी ओलीको असंवैधानिक, अलोकतान्त्रिक र स्वइच्छाचारीको अन्त्य गर्न भोली हुने बन्दलाई सबैले समर्थन गर्न अनुरोध गरेको छ । यो सरासर नेपाली जनताहरुमा धोका हुने काम भएको भन्दै यसलाई सच्याउनको निम्ति आफुहरुले सडक बाटै अनुरोधका लागि यो कदम चाल्नु परेको राउतले बताए । सो समूहकै अर्का नेकपा नेता किरण राईले प्रधानमनत्रीको असं...
उदयपुरमा ५७७ जना स्वास्थ्यकर्मीले लगाए कोरोना खोप

उदयपुरमा ५७७ जना स्वास्थ्यकर्मीले लगाए कोरोना खोप

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, माघ २१ हाल सम्म उदयपुरमा ५७७ जना स्वास्थ्यकर्मीले कोरोना खोप लगाएका छन् । १४ गते बाट सुरु गरिएको देशव्यापी खोप अभियान अन्तर्गत स्वास्थ्यकर्मीहरुलाई प्राथामिकतामा राखि खोप अभियान सुरु गरिएको थियो । स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदी र जिल्ला हस्पिटल उदयपुरका प्रमुख जीवनारायण मण्डलले खोप लगाएर जिल्लामा खोप अभियान सुरु गरेका थिए । हाल सम्म ५७७ जना मध्ये पुरुष ३१६ र महिला २६१ गरी कुल ५७७ स्वास्थ्यकर्मीहरुले खोप लगाई सकेको स्वास्थ्य प्रमुख मोहन सुवेदीले बताए । अग्रपंक्तिमा खटिरहेका जिल्लामा कार्यरत स्वास्थ्यकर्मीहरुलाई खोप लगाउने कार्यक्रम अनुसार सबै स्थानहरुमा खोप लगाउने कार्य भएको  र बाँकी रहेको अवस्थामा भने यसलाई निरन्तर दिने सुवेदीले बताए । नेपाल सकरकारले भारत बाट उपलब्ध भएको खोपलाई पहिलो चरणमा स्वास्थ्यकर्मीहरुका लागि भनेर ७७ ओटै जिल्लामा खोप पठाएका ...
काम लागेन २८ करोडको मल

काम लागेन २८ करोडको मल

समाचार
पूर्णपुष्टि,माघ २१ २८ करोड मूल्य बराबरको एक लाख २५ हजार बोरा रहेको उक्त मल काम नलाग्ने भएको छ । भदौ ६ गते वीरगञ्जको सिर्सियास्थित सुक्खा बन्दरगाह भन्सार कार्यालयमा आएको पाँच महिना भइसक्दा सबै मल पानीले भिजेर डल्ला परेकाले भन्सार जाँचपास हुनसकेको छैन । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले तेस्रो मुलुकबाट आयात गरी नेपाल भित्र्याएको ६ हजार ६०० मेट्रिक टन रासायनिक मलमध्ये  २८ करोड मूल्य बराबरको ६ हजार २५० मेट्रिक टन मल भिजेर काम नलाग्ने भएको हो । कम्पनीले आयातकर्ता स्वीस सिङ्गापुरमार्फत उक्त मल मगाएको हो । सो मल सुक्खा बन्दरगाह भन्सार कार्यालयको ‘यार्ड’मा यत्रतत्र छरिएको अवस्थामा छ । सिङ्गापुर पानीजहाजमार्फत भारतको कोलकाता बन्दरगाहमा ल्याइपु¥याएको र त्यहाँ राखिएको अवस्था असार–साउनतिर बङ्गालको खाडीमा आएको आँधीका कारण मल भिजेको हुनसक्ने क्षेत्रीय प्रबन्धक अमोज लामिछानेले  बताए । भिजेको मल काम...
प्रचण्ड–नेपाल समूहले भोलि आमहड्ताल गर्ने घोषणा

प्रचण्ड–नेपाल समूहले भोलि आमहड्ताल गर्ने घोषणा

समाचार
पूर्णपुष्टि,माघ २१  नेकपाको प्रचण्ड–नेपाल समूहले बिहीबार आमहड्ताल गर्ने भएको छ । सरकारले संवैधानिक निकायहरूमा जबर्जस्ती पदाधिकारी नियुक्त गरेपछि प्रचण्ड–नेपालले त्यसको विरोधमा आमहड्ताल गर्न गर्ने घोषणा गरेको हो । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग लगायतका संवैधानिक निकायहरुमा नियुक्ति गरेका थिए । सरकार र राष्ट्रपति मिलेर असंवैधानिक र गैरकानुनी रुपमा संवैधानिक निकायहरुमा नियुक्ति गरेको भन्दै प्रचण्ड–माधव समूहले आकस्मिक रुपमा भोलि देशब्यापी आम हड्ताल गर्ने घोषणा गरेको छ । बुधबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठले संवैधानिक निकायहरुमा गरिएको नियुक्ति जबर्जस्ती र निरंकुशतन्त्रको उपज  भएको बताउनुभयो । त्यसको विरोधमा आम अड्ताल गर्नु आफूहरुको बाध्यता भएको बत...
४१ किलो लागुऔषध गाँजा बरामद

४१ किलो लागुऔषध गाँजा बरामद

समाचार
पूर्णपुष्टि,माघ २१ ४१ किलो लागुऔषध गाँजा सशस्त्र प्रहरीले सप्तरीबाट बरामत गरेको छ । हनुमाननगर कंकालिनी नगरपालिका–१ सकरदहीमा परालको थुप्रोमा लुकाएर राखिएको अवस्थामा गाँजा फेला परेको हो । सार्वजनिक जग्गामा राखिएको परालको थुप्रोभित्र लुकाएर राखिएको अवस्थामा गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।...
तास खेलिरहेको अवस्थामा राजधानीबाट १२ युवा पक्राउ

तास खेलिरहेको अवस्थामा राजधानीबाट १२ युवा पक्राउ

समाचार
पूर्णपुष्टि,माघ २१ राजधानीमा तास खेलिरहेको अवस्थामा १२ युवालाई प्रहरीले पक्राउ गरेको छ । सिनामंगलको एक घरमा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने २९ वर्षीय प्रकाश घिमिरे लगायत १२ जनालाई गएराती प्रहरीले पक्राउ गरेको हो । उनीहरूलाई महानगरीय प्रहरी प्रभाग गौशलाबाट खटिएको प्रहरी टोलीले तास खेलिरहेको अवस्थामा नगद २८ हजार १ सय १० रूपैयाँ र ३ बुक तास सहित फेला पारी पक्राउ गरेको थियो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।...
आज सुनको भाउ घट्यो

आज सुनको भाउ घट्यो

आर्थिक, समाचार
पूर्णपुष्टि,माघ २१ आज सुनको भाउ घटेको छ । हिजो र अस्ति तोलामा ९२ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुनकोे मुल्या आज ६ सय रुपैयाँले घटेको छ । आज सुन तोलमा ९२ हजार कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज चाँदीको भाउ पनि घटेको छ । चाँदीको भाउ तोलामा ६० रुपैयाँले घटेर १३ सय २० रुपैयाँ तोकिएको महासंघले जनाएको छ । हिजो चाँदीको मूल्य तोलामा १३ सय ८० रुपैयाँ कायम रहेको थियो ।...
आगलागीबाट पाँच घर जलेर नष्ट, ५६ लाख भन्दा बढी क्षति

आगलागीबाट पाँच घर जलेर नष्ट, ५६ लाख भन्दा बढी क्षति

समाचार
पूर्णपुष्टि,माघ २१  आगलागीमा पाँच घर जलेर नष्ट हुँदा ५६ लाख भन्दा बढीको क्षति भएको छ । ताप्लेजुङको सिनाममा मंगलबार दिउँसो करिब ४ बजेतिर आगलागी भएको हो । सरिजंघा १ सिनाम डाँडा गाउँका  दीपेन्द्र गिरी, टेकनाथ गिरी, शान्तिराम गिरी र दीपक गिरीको घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ  । प्रहरी कार्यालका अनुसार बच्चाले भान्सामा आगो फुक्ने क्रममा  घरमा आगो सल्किएको हो । आगलागीबाट कुनै पनि मानवीय क्षति भएको छैन । नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयबासीको सक्रियतामा दुई घण्टापछि आगो नियन्त्रणमा आएको प्रहरीले जनाएको छ । पीडित परिवार आगलागी भएको क्षेत्रमा पाल टाँगेर बसेका छन् र सहयोगको आसमा रहेका छन् ।...
बाल अधिकार सुनिश्चितता बारे स्थानिय सरकार संग छलफल

बाल अधिकार सुनिश्चितता बारे स्थानिय सरकार संग छलफल

समाचार
पूर्णपुष्टि,माघ २०  जिल्ला समन्वय समिति उदयपुरले बाल अधिकार सुनिश्चितताको लागि उदयपुरमा जिल्ला स्तरीय छलफल गरेको छ । मंगलबार सरोकारवाल, संघसंस्था, पत्रकार, नागरिककर्मी, बालबालिका लगाएत सम्बन्धित क्षेत्रहरुको उस्थितिमा छलफल भएको हो । जिल्लामा बालबालिकाहरुको हक अधिकारमा सम्बन्तिध निकायहरुले केकस्ता काम गर्दै आईरहेको छ र बाल अधिकार सुनिश्चितताका लागि स्थानीय तहहरुमा के कस्ता कार्य योजनाहरु तयार गर्न सकिन्छ भन्ने बिषयमा बिषेश छलफल भएको छ । राष्ट्रिय बाल अधिकार परिषद् काठमाडौंको सहजिकरणमा जिल्लाका सबै स्थानीय तहहरुलाई बाल अधिकार सुनिश्चितता बारे छलफलको आयोजना गरेको जिल्ला समन्वय समिति उदयपुरका प्रमुख खड्ग परियारले बताए । कार्यक्रममा मानव अपधिकार मञ्च नेपाल इलामको कर्याक्रम संयोजक रुद्र थेवेले कार्यक्रमको उद्देश्यमा प्रकाश पार्नुभयो । त्यसैगरी नेस्पेक उदयपुरको अध्यक्ष अर्जुन पोखरेलले...