उदयपुरको आमहड्ताल शान्तिमय रह्यो
पूर्णपुष्टि, माघ २२
शान्तिपुर्ण रुपमा उदयपुरमा नेकपा प्रचण्ड–माधव समूहको आन्दोलन सकिएको छ । बिहिबार देशव्यापी रुपमा गरेको आमहड्ताल उदयपुरमा पनि गरिएको थियो । दिनभरी गरेको बन्दलाई सम्पन्न गर्न साँझ पिपलचोकमा कोणसभा गरी गरिएको थियो ।
दिनभर गाईघाटका मुख्य चोकहरुमा बन्दकर्ताहरुले आफ्नो बन्द सफल पार्न सक्रियताका साथ लागि परेका थिए । गाईघाट लगायत अन्य ठाउँ काटारी, रामपुर र बेल्टारमा पनि कुनै खालको तोडफोड, झडप जस्ता घटनाहरु नभएको जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएसपी बेद प्रसाद गौतमले बताउनुभयो । जिल्लाका कुनै पनि ठाउँबाट हाल सम्म अप्रिय घटनाहरुको रिपोर्ट नआएको डिएसपी गौतमले पूर्णपुष्टिलाई जानकारी गराउनुभयो ।
कोणसभामा कार्यक्रममा बोल्दै नेकपा नेता इश्वरमणी राउतले बन्दलाई उदयपुरवासीहरुले सकरात्मक तवरले सहयोग गरेको बताउनुभयो । ब्यापारी, व्यवसायी, कर्मचारी, विद्यार्थी, सर्वसाधरण, सुरक्षा...









