Sunday, May 17News That Matters

Month: ५ वर्ष अगाडि

आज नेप्से साढे १२ अङ्कले बढ्यो

आज नेप्से साढे १२ अङ्कले बढ्यो

आर्थिक, समाचार
पूर्णपुष्टि, फागुन १२ आज शेयर बजार परिसूचक नेप्से सामान्य बढेको छ । नेप्से १२.५६ अङ्कले बढेर २५ सय ९९.०७ विन्दुमा पुगेको छ । जलविद्युत् र अन्य समूहको बाहेक अरू सबैजसो समूहको शेयर बढेको छ । बैंकिङ समूहको शेयर १५ अङ्कले, व्यापारको साढे एक, होटलको साढे ४६,  विकास बैंकको १८, फाइनान्सको ६,  निर्जीवन बीमाको एक सय ८४, उत्पादनको ५४, माइक्रो फाइनान्सको २२  र जीवन बीमा समूहको शेयर एक सय ८० अङ्कले बढेको छ । दुई सय चार कम्पनीका एक करोड ६७ लाख कित्ता शेयर ६ अर्ब ७० करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै नेपाल बैंकको ८२ करोड र निफ्राको ५६ करोड रुपैयाँको शेयर किनबेच भएको छ । आईएमई जनरल इन्स्योरेन्सका लगानीकर्ताले सबैभन्दा धेरै १० प्रतिशत कमाएका छन् । निफ्राका शेयरधनीले पाँच प्रतिशतभन्दा धेरै गुमाएका छन् ।...
बाघको छालासहित २ जना पक्राउ

बाघको छालासहित २ जना पक्राउ

समाचार
पूर्णपुष्टि, फागुन १२  दाङमा बाघको छाला ओसारपसारमा संलग्न दुई जना पक्राउ परेका छन् । तुलसीपुरबाट बाघको छाला ओसारपसारमा संलग्न दुई जनालाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय दाङले आज सार्वजनिक गरेको हो । बाघको छाला ओसारपसार गरी बिक्री भइरहेको भन्ने सूचनाको आधारमा खटिएको प्रहरी टोलीले तुलसीपुर उपमहानगरपालिका–४ गोठी खोलाबाट दुई जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ । सल्यानको बागचौर नगरपालिका–९ का २९ वर्षीय सन्दीप डाँगी र वडा नम्बर १५ का ३७ वर्षीय इन्द्रबहादुर थापा विकको साथबाट बाघको टाउकोदेखि पुच्छरसम्मको चार फिट पाँच इञ्च लम्बाइको छाला बरामद गरेको प्रहरीले जनाएको छ । त्यस्तै, दुवै जना सवार रा ४ प ८८४७ नम्बरको मोटरसाइकल र तीन थान मोबाइल पनि बरामद गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार छाला १० लाखमा कारोबार भइरहेको थियो । पक्राउ परेका दुवै जनामाथि वन्यजन्तु मारेर ओसारपसारमा सं...
प्रम ओलीलाई सिंहदरबार छाड्न भन्दै उदयपुरको गाईघाटमा गरिएको खुसीयाली जुलुस (फोटो फिचर)

प्रम ओलीलाई सिंहदरबार छाड्न भन्दै उदयपुरको गाईघाटमा गरिएको खुसीयाली जुलुस (फोटो फिचर)

समाचार
तस्विरहरू : विक्रम, सुनिल, सिंह/पूर्णपुष्टि खबर
प्रधानमन्त्री ओलीलाई सिंहदरबार खाली गर्न भनियो, गाईघाटमा नेकपाको खुसीयाली र्याली

प्रधानमन्त्री ओलीलाई सिंहदरबार खाली गर्न भनियो, गाईघाटमा नेकपाको खुसीयाली र्याली

समाचार
पूर्णपुष्टि, फागुन १२ । प्रधामन्त्री केपी शर्मा ओलीले चालेको संसद विघटनको कदमलाई असंवैधानिक ठहर गर्दै सर्बोच्च अदालतबाट संसद पुनस्र्थापनाको पक्षमा फैसला भएपछि नेकपा (प्रचण्ड–नेपाल) समुहले खुसीयाली मनाएको छ । सर्बोच्चको निर्णयको सम्मान गर्दै उनीहरुले आज गाईघाट बजारमा खुसीयाली र्याली गरे । सर्बोच्च अदालतको फैसलाको सम्मान गरौं भन्दै उनीहरुले नाराबाजी गरेका थिए । यसैबीच प्रतिगमन कदम चालेको भन्दै प्रधानमन्त्री ओलीलाई कुर्सी छाड्न भनेका थिए । नालायक सरकार भन्दै उनीहरुले प्रधानमन्त्रीबाट राजीनामा दिन माग गरे । सिंहदरबार र बालुवाटार खाली गर्न भन्दै उनीहरुले नैतिकताको आधारमा प्रधानमन्त्रीको कुर्सीमा बस्न नसुहाउने बताए । भिडियाे : https://youtu.be/OKm-i2PXVkk खुसीयाली र्यालीपछि लोकतान्त्रिक चौकमा भएको कोणसभालाई नेकपा उदयपुरका सचिव इश्वरमणी राउत, संविधानसभा सदस्य मणी खम्बु र नेकपा त्रियुगा न...
राजीनामा गर्न ओली तयार

राजीनामा गर्न ओली तयार

समाचार
पूर्णपुष्टि, फागुन १२ प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा गर्न तयार रहेको नेकपा प्रवक्ता प्रदिव ज्ञवालीले संकेत गर्नु भएकाे छ। ‘दलहरुसँग परामर्श र सुझावका आधारमा प्रधानमन्त्रीले निर्णय गर्ने ज्ञावालीले संकेत गर्नुभयाे । मुलुकलाई अन्योलमा राख्नु हुदैन भन्ने भनाई हो’ प्रवक्ता ज्ञवालीको भनाई छ । अन्य दलहरुबीच छलफल गरेर ओलीले राजीनामा गर्ने तयारी गरेको बुझिएको छ ।  बुधबार बालुवाटारमा बसेको ओली निकट स्थायी समिति बैठकपछि सञ्चारकर्मीसँगको कुराकानीमा ओली निकट प्रवक्ता ज्ञवालीले पनि सो कुरालाई संकेत गर्नुभएकाे हाे । ओली पक्षको स्थायी समिति बैठक बिहीबार पनि बस्नेछ ।  ...
एन्फाले खेलाडिको स्वास्थ्य परीक्षण गर्न गङ्गालाल अस्पतालसँग समन्वय

एन्फाले खेलाडिको स्वास्थ्य परीक्षण गर्न गङ्गालाल अस्पतालसँग समन्वय

समाचार, स्वास्थ्य
पुर्णपुष्टि, फागुन १२ अखिल नेपाल फुटबल संघ (एन्फा)ले खेलाडिहरुको स्वास्थ्य परिक्षण गर्न गंगालाल अस्पतालसँग समन्वय गरेको छ । एन्फाले आफ्नो क्लवका खेलाडिहरुको स्वास्थ्य परिक्षण गर्नका लागी शहिद गंगालाल अस्पतालसँग् समन्वय गरेको हो । फुटबल क्लबका महिला तथा पुरुष खेलाडिहरुको मुटु परीक्षण गर्नलाई एन्फा र शहिद गङ्गालाल अस्पतालबिच समन्वय भएको एन्फाले जनाएको छ । सम्झैता पत्रमा एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पा र गङ्गालाल अस्पतालका कार्यकारी निर्देशक चन्द्रमणि अधिकारीको हस्ताक्षर रहेको छ । एन्फाका राष्ट्रिय टोलिको बन्द प्रशिक्षणमा गङ्गालाल अस्पतालले  २० खेलाडिको मुटु परीक्षण गरीसकेको एन्फाले जनाएको छ ।...
प्रहरीलाई घुस दिन खोज्ने १ जना पक्राउ

प्रहरीलाई घुस दिन खोज्ने १ जना पक्राउ

समाचार
पूर्णपुष्टि, फागुन १२ भक्तपुरको मध्यपुरथिमीमा डिउटीमा खटेका प्रहरीलाई घुस दिन खोजेको आरोपमा एक जना पक्राउ परेको छ । भक्तपुरको मध्यपुरथिमि नगरपालिकामा डिउटीमा खटिएका प्रहरीलाई एक हजार घुस दिन खोजेको आरोपमा मंगलबार साँझ रामेछापको लिखु गाउँपालिका–६ घर भई ललितपुरको बालकुमारी बस्ने २८ वर्षीय ज्ञाननारायण श्रेष्ठ पक्राउ परेको हो । मध्यपुरथिमिको मनोहरा पुलमा ट्राफिक चेकचाँचका क्रममा बा ८४ प ७१९५ नम्बरको मोटरसाइकलले प्रहरीलाई सामान्य ठक्कर दिएपछि घुस दिन खोज्ने श्रेष्ठलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।...
अवको तीन दिन चट्टयाङसहित हल्का वर्षाको सम्भावना

अवको तीन दिन चट्टयाङसहित हल्का वर्षाको सम्भावना

समाचार
पूर्णपुष्टि,फागुन १२  अवको तीन दिनको मौसम चट्टयाङसहित हल्का वर्षाको सम्भावना भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव देखिएको विभाग जनाएको छ । विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका प्रदेश १, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहि अन्य भू–भागहरूमा मौसम सामान्यतया सफा रहेको विभागको मौसम पूर्वानुमान महाशाखाकाले जनाएको छ । बुधबार दिउँसो देशका पहाडी भू–भागहरुमा आंशिकदेखि सामान्य बदलीको सम्भावना रही बाँकी भू–भागहरुमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १, गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशका  पहाडी भू–भागका एक–दुई स्थानमा अपरान्हतिर मेघगर्जन तथा चट्टयाङ सहित हल्का वर्षाको सम्भावना रहेको छ । राती देशका पहाडी भू–भागहरुमा आंशिकदेखि सामान्य बदलीको सम्भावना रही बाँकी भू–भागहरूमा मौसम सामान्यतया ...
हात्तीको स्वास्थ्य शिविर संचालन हुने

हात्तीको स्वास्थ्य शिविर संचालन हुने

समाचार
पूर्णपुष्टि, फागुन १२ चालु आर्थीक वर्षको अहिलेसम्म प्राकृतिक कारणबाट चितवन राष्ट्रिय निकुञ्जका पाँच वटा हात्ती मरेपछि स्वास्थ्यप्रति संवेदनशील हुँदै शिविर आयोजना गरिने भएको छ । निकुञ्जका प्रत्येक पोष्टमा पुगेर हात्तीको स्वास्थ्य परीक्षण गर्न लागिएको हो । यसै हप्ता शिविर सञ्चालन गर्ने तयारी गरिएको निकुञ्जले जनाएको छ । अर्को महिना गैँडा गणना गर्ने कार्यक्रम भएकाले त्यसअघि नै शिविर गर्न लागेको जनाएको छ । शिविरमा हात्तीको विस्तृत स्वास्थ्य परीक्षण हुने जनाइएको छ । निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोषका चिकित्सकहरु परीक्षणमा सहभागी हुनेछन् । कतिपय हात्ती मात्तिएर मानवीय क्षतिसमेत हुने गरेकाले त्यसको पूर्वावस्थाको बारेमा पनि अध्ययन गरिने जनाएको छ । यसैक्रममा ती हात्तीहरुलाई जुकाको औषधिसमेत खुवाइने छ । निकुञ्जको मरेका हात्तीमा क्षयरोगसमेत देखिएपछि अन्य हात्तीको परीक्षणका लागि नमूना...
कोरोना खोप ४ लाख ३० हजार जनाले लगाए

कोरोना खोप ४ लाख ३० हजार जनाले लगाए

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, फागुन १२ नेपालमा कोरोना भाईरसविरुद्धको खोप ४ लाख २९ हजार ७ सय ५ जनाले लगाएका छन् । पहिलो चरणमा माघ १४ देखि २४ गतेसम्म सञ्चालन भएको खोप अभियान अन्तर्गत १ लाख ८५ हजार ८ सय ६५ जना स्वास्थ्यकर्मी, सफाइकर्मी, एम्बुलेन्स चालक र शववाहन चालकले खोप लगाएका छन् । त्यसपछि माघ २६ देखि ३० गतेसम्म कुटनीतिक नियोगका कर्मचारी र पत्रकार गरी ३ हजार ४ सय ८० जनाले खोप लगाए र फागुन २ देखि १० गतेसम्म नापी, जिल्ला प्रशासन कार्यालयलगायतमा काम गर्ने निजामती कर्मचारी, बैंक तथा वित्तीय संस्थाका कर्मचारी गरी २ लाख ४० हजार ३ सय ६० जनाले खोप लगाएका स्वास्थ्य सेवा विभागले जनाएको छ । फागुन १० गतेसम्म नेपालको कुल जनसंख्याको १.४ प्रतिशतले खोप लगाइसकेको विभागले जनाएको छ ।...