Thursday, August 6News That Matters

Month: ५ वर्ष अगाडि

महिलाको शव कुहिएको अवस्थामा फेला

महिलाको शव कुहिएको अवस्थामा फेला

समाचार
पूर्णपुष्टि, फागुन १३ जङ्गलमा कुहिएको अवस्थामा सिरहामा एक महिलाको शव फेला परेको छ । आज सिरहाको मिर्चैया नगरपालिका– ७ स्थित हरियो सामुदायिक वनमा कुहिएको अवस्थामा करीब ३० वर्षीया महिलाको शव फेला परेको हो । स्थानीय गोठालाले जङ्गल जाँदा महिलाको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनाको जानकारी पायलगतै प्रहरी घटना स्थल पुगेका थिए । मृत महिलाले रातो कुर्ता,हरियो सुरुवाल, खुट्टामा पाउजु लगाएको अवस्थामा शव फेला परेका जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । शव परीक्षणका लागि लहानस्थित अस्पतालमा ल्याइएको प्रहरीले जनाएको छ । मृत महिलाको पहिचान खुलिनसकेको प्रहरीले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।...
सुनको भाउ घट्यो

सुनको भाउ घट्यो

आर्थिक, समाचार
पूर्णपुष्टि, फागुन १३  आज सुनको भाउ पाँच सय रुपैयाँले घटेको छ । सुनको भाउ तोलामा ८९ हजार तीन सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलामा ८९ हजार ८ सय रुपैयाँ तोकिएको थियो । आज तोलामा चाँदीको भाउ १० रुपैयाँले बढेर  १३ सय ५५ रुपैयाँ पुगेको महासङ्घले जनाएको छ ।
२५ लाख ३५ हजारसहित २ जना भारतीय पक्राउ

२५ लाख ३५ हजारसहित २ जना भारतीय पक्राउ

समाचार
पूर्णपुष्टि, फागुन १३ बाराबाट स्रोत नखुलेको २५ लाख ३५ हजार रुपैयाँसहित दुई जना भारतीय नागरिकलाई पक्राउ परेका छन् । भारत बिहार पूर्वी चम्पारण ग्राम पञ्चायत नरकटिया–७ टोल नरकटिया बस्ने ३५ वर्षीय चन्द्र शेखर प्रसाद र ३८ वर्षीय सञ्जय कुमारलाई पक्राउ परेका हुन् । फागुन १२ गते बिहान साढे ११ बजे कलैया–मटिअर्वा सडकखण्ड अन्र्तगत कलैया उपमहानगरपालिका– ८ बरेवा टोलमा चेकजाँचको क्रममा उनीहरुको साथबाट उक्त परिमाणको रकम फेला परेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । बीआर०५के ०७९८ नम्बरको मोटरसाइकलको डिक्किमा लुकाएर ल्याउँदै गरेको अवस्थामा रकम फेला परेको प्रहरीले जनाएको छ । उनीहरुको साथबाट प्रहरीले एक हजार दरका १ हजार सात सय ७२ थान अर्थात १७ लाख ७२ हजार र ५ सय रुपैयाँ दरका १ हजार ५ सय २६ थान अर्थात ७ लाख ६३ हजार रुपैयाँ गरी २५ लाख ३५ हजार रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ । रकमका बा...
म्याद नाघेको ५ वर्ष पछि सामान बिक्री गर्ने व्यापारीलाई ३ लाख जरिवाना

म्याद नाघेको ५ वर्ष पछि सामान बिक्री गर्ने व्यापारीलाई ३ लाख जरिवाना

आर्थिक, समाचार
पूर्णपुष्टि, फागुन १३ पाँच वर्ष अगाडि उपभोग्य मिति सकिएको दाल बिक्री गरेको आरोपमा विराटनगरका एक व्यापारीलाई तीन लाख रुपैयाँ जरिवाना तिराइएको छ । उद्योग वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरले गरेको अनुगमनका क्रममा निखिल जैसानी बोहोरा प्रोपाइटर रहेका जैसानी ट्रेड कन्सर्न विराटनगर–७ को गोदामबाट उपभोग्य समय सकिएको रहरको दाल १५ केजी तौल भएको दुई हजार ७ सय बोरा बरामद भएको छ । सन् २०१३ मा उत्पादन भएको  रहरको दालको म्याद सकिने समय सन् २०१५ रहेकोमा बोरामा सन् २०२० मा उत्पादन भएको र म्याद सकिने मिति सन् २०२२ राखेर बजारमा बिक्री गर्ने गरेको अनुगमनका क्रममा फेला पारेको कार्यालयले जनाएको छ । भारतबाट आयात गरिएको दाल कन्सर्नको गोदाममा ४० टन बरामद गरिएको छ । उपभोग्य म्याद सकिएको खाद्यवस्तुमा नयाँ लेबल लगाएर पुनः बिक्री वितरण गरेको भेटिएपछि जरिवाना गरेको जनाएको छ । बोहोराल...
रौतामाई गाउँपालिकामा उपाध्यक्ष सँग सुत्केरी भेटघाट कार्यक्रम सुरु, ३६ जना सुत्केरीलाई ७ हजार ५ सय बराबरको कोशेली वितरण

रौतामाई गाउँपालिकामा उपाध्यक्ष सँग सुत्केरी भेटघाट कार्यक्रम सुरु, ३६ जना सुत्केरीलाई ७ हजार ५ सय बराबरको कोशेली वितरण

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, फागुन १३ रौतामाई २ ओख्रेनीकी २४ वर्षिय भिमा मुक्तान एक महिनाकी सुत्केरी हुन । आर्थिक अवस्था कमजोरका कारण सुत्केरी उकास्ने समेत खर्च नभएकी मोक्तानलाई हालै गाउँपालिकाले सञ्चालनमा ल्याएको उपाध्यक्ष सँग सुत्केरी भेटघाट कार्यक्रमले उकासेको छ । यस कार्यक्रमले उनलाई ठुलो राहत पुगेको छ । मोक्तानलाई दुईदिन अगाडी स्वास्थ्य चौकी भुट्टार बाट खबर गयो । तपाई स्वास्थ्य चौकीमा आएर शुरक्षित सुत्केरी हुनु भएकोमा पालिकाले सम्मान स्वरुप सुत्केरी कोशेली वितरण गर्दै छ । यहि सुचनाले रौतामाई गाउँपालिकाको २ नम्बर वडा कार्यालय भुट्टार आईपुगेकी मुक्तानले आफुले पाउदै गरेको सामाग्री देखेपछि उनको अनुहार मात्र उज्यालिएन, गहभरी आशु पनि टिल्पीलिए । उनले भनिन“गरिवलाई हेर्ने पालिका रहेछ, ।” गएको साउन महिना देखी स्वास्थ्य चौकी भुट्टारमा शुरक्षित सुत्केरी हुने २ नम्बर वडाका ३६ जना महिलाहरु छन । उनीहरुलाई...
गरिब देशमा कोभ्याक्स खोप वितरण

गरिब देशमा कोभ्याक्स खोप वितरण

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, फागुन १३ विपन्न देशमा कोभ्याक्स अन्तर्गतको कोरोनाविरुद्धको खोप वितरण सुरु भएको छ । कोभ्याक्स अन्तर्गत गरिब तथा विपन्न देशमा  वितरण गरिने भनिएको खोप घाना पुगेको छ भने कोभ्याक्स अन्तर्गतको खोप पाउने घाना पहिलो देश हो । एस्ट्राजेनेकाले उत्पादन गरेको खोप संयुक्त राष्ट्र सङ्घको पहलमा कोभ्यासमार्फत् पहिलो पटक घानाको राजधानी अँकारा पु¥याइएको हो । त्यहाँ ६ लाख डोज खोप पुगेको अन्तराष्ट्रिय संचारमाध्यले जनाएको छ । खोप पहिलो चरणमा स्वास्थ्यकर्मीले पाउने छन् । कोरोनाविरुद्धको खोप सम्पन्न देशले मात्रै खरिद गर्न सक्ने हुँदा गरिब देशका नागरिक मर्कामा पर्ने भन्दै कोभ्याक्स अन्तर्गत गरिब देशमा खोप वितरण गर्ने योजना बनेको हो । यस योजनाको नेतृत्व विश्व स्वास्थ्य संगठनले गरिरहेको छ  । यसमा ग्लोबल भ्याक्सिन एलायन्स र कोअलिशन फर एपिडेमिक प्रिपेयर्डनेस इनोभेसन सहभागी छन् । यो योजना...
जोन्सनको खोप सुरक्षित र प्रभावकारी

जोन्सनको खोप सुरक्षित र प्रभावकारी

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, फागुन १३  कोरोना भाइरसविरुद्धको जोन्सन एण्ड जोन्सनको खोप सुरक्षित र प्रभावकारी देखिएको छ । अमेरिकी नियामक निकाय यूएस फुड एण्ड ड्रग एड्मिनिस्ट्रेशन (एफडीए) ले जोन्सन एण्ड जोन्सनको खोपको प्रयोगका लागि केही दिनमै स्वीकृति दिने सम्भावना रहेको अन्तराष्ट्रिय संचारमाध्यले जनाएको छ । योसँगै अमेरिकामा कोरोना भाइरसविरुद्धका तीन खोपले स्वीकृति पाउने छन् । यो खोपले अनुमति पाए सस्तो र सजिलो खोपका लागि सजिलो विकल्प हुने जनाईएको छ । यो खोप रेफ्रिजेरेटरमा पनि राख्न सकिने भएकाले भण्डारणमा सहज हुने भनिएको छ । यस्तै, यो खोपको मात्रा एक डोज दिएमात्रै पनि पुग्ने छ । अहिले प्रयोगमा आएको मोर्डना र फाइजरको खोपको मात्रा दुई डोज दिने गरिएको छ । जोन्सन एण्ड जोन्सनले गत महिना आफ्नो  परीक्षणको नतिजा सार्वजनिक गरेको थियो । यसको परीक्षण अमेरिका, दक्षिण अफ्रिका र ब्राजिलमा गरिएको थियो । परीक्षणमा...
आज मेघगर्जनसहित पानी पर्ने सम्भावना

आज मेघगर्जनसहित पानी पर्ने सम्भावना

समाचार
पूर्णपुष्टि, फागुन १३  आज प्रदेश १, वाग्मती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङ्गसहित हल्का पानी पर्ने सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै ठाउँमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो प्रदेश १, वाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडी क्षेत्रका एक÷दुई ठाउँबाहेक अरु ठाउँको मौसम भने सफा रहने जनाईएको छ । यो क्रम आज रातिसम्म नै रहनेछ । अहिले प्रदेश नं १, वाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागको मौसम आंशिक बद्ली भएको छ । अहिले नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको महाशाखाले जनाएको छ ।...
घरबाटै माटो परीक्षण

घरबाटै माटो परीक्षण

समाचार
पूर्णपुष्टि, फागुन १३  नेपाल सरकारले माटोको डिजिटल नक्सा तयार गरेको छ । माटोमा रहेका विभिन्न तत्त्व वा गुणहरु देखाउनका लागि जी.पी.एम.का माध्यमबाट कम्प्युटर प्रविधिको प्रयोग गरी माटोको डिजिटल नक्सा तयार गरेको हो । यस नक्साको बुधवार प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुभएको छ । देशभरको माटोको डिजिटल नक्सा तयार गर्ने नेपाल दक्षिण एशियाकै पहिलो देश बनेको कृषी मन्त्रालयले जनाएको छ । दक्षिण एशियाका अन्य देशहरुमा सो प्रविधिको प्रयोग गरी नक्सा तयार परेपनि केही जिल्ला, प्रदेश वा क्षेत्रमा मात्र सीमित छन् । त्यसअनुसार देशैभरको माटोको नक्सा तयार गर्न नेपाल पहिलो बनेको हो । नक्सा सार्वजनिक गर्दै प्रधानमन्त्री ओलीले माटोको डिजिटल म्यापिङले नेपाली कृषिमा एउटा नयाँ युगको सुरुवात गरेको बताउनुभयो । ‘माटोमा कुन पोषक तत्त्व छ, कुन पोषक तत्त्व छैन वा बढी छ, रोग के छ र के गर्नुपर्छ भन्ने कुरा क...
पशुपतिनाथको मुल जलहरीलाई ८० करोडको सुनले ढाकियो

पशुपतिनाथको मुल जलहरीलाई ८० करोडको सुनले ढाकियो

समाचार
पूर्णपुष्टि, फागुन १२ पशुपतिनाथमा रहेको शिवलिंगको मुल जलहरी ढाक्न ८० करोड लागेको छ । १०८ किलोको सुनले उक्त शिवलिंगको जलहरीलाई ढाकिएको हो । यस कार्यका निम्ति ८० करोड रुपैयाँ खर्च भएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. प्रदीप ढकालले बताउनुभयो । पशुपतिनाथमा रहेको चाँदीको जलहरी जीर्ण भएकोले त्यही चाँदीको जलहरीलाई सुनको आवरणले ढाकेको उनको ढकालले जानकारी दिनुभयो । सुनको जलहरी अर्पण गर्नको निम्ति पाँच दिन अघिदेखि पशुपतिनाथमा विधिपूर्वक पूजाआजा भइरहेको थियो । बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले सुनको जलहरी अनावरण गर्नुभयो ।  ...