दश लोक कथा लोकार्पण
पूर्णपुष्टि, फागुन १४
दक्षिण एसिया फाउन्डेसनले दशवटा लोक कथाका चित्रपुस्तकलाई अर्चुअल माध्यमबाट लोकार्पण गरेको छ ।
समुदायमा रहेका लोककथाहरूलाई विभिन्न सर्जकहरूद्वारा सङ्कलन गरि बालबालिकाको पठन मैत्री चित्रपुस्तकहरू तयार गरी सोमबार लोकार्पण गरिएको हो ।
कोरोना भाईरसको कारण भर्चुअल रूपमै लोककथा संकलन कार्यशाला भएको थियो भने भर्चुुअल रूपमै लोक कथाको लोकार्पण कार्यक्रम गर्नु परेको कार्यक्रमका संयोजक अनुराधाले बताउनुभयो । उहाँले भन्नुभयो, “यो नयाँ अनुभव भयो । कार्यशालादेखि डिजिटल पुस्तक प्रकाशनसम्म भर्चुअल रूपमा नै गरियो । यो सफलताले उत्साहित तुल्याएको छ ।”
फाउन्डेसनको लेट्स रिड एउटा डिजिटल पुस्तकालय हो । यसमा धेरै भाषा र देशका विभिन्न बालपुस्तकहरू पढ्न पाइन्छन् । बालबालिकाले आफ्नै भाषा, परिवेश, विषय र पात्रहरू भएका सिर्जना गरिएको छ । लोकार्पित दश लोककथाका बालपुस्तक पनि एकै पटक विश्व...









