Sunday, May 17News That Matters

Month: ५ वर्ष अगाडि

भरुवा बन्दुकसहित १ जना पक्राउ

भरुवा बन्दुकसहित १ जना पक्राउ

समाचार
पूर्णपुष्टि, फागुन १४ स्याङजामा भरुवा बन्दुकसहित एक जना पक्राउ परेको छ । पुतलीबजार नगरपालिका–२ का ६९ वर्षीय डिलबहादुर गुरुङलाई एउटा एक नाले भरुवा बन्दुकसहित शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको हो । उनको घरमा एक नाले भरुवा बन्दुक अवैध रुपमा लुकाइ राखेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय स्याङजाबाट खटिएको प्रहरी टोलीले गुरुङलाई बन्दुकसहित फेला पारी पक्राउ गरेको प्रहरीले जनाएको छ । भरुवा बन्दुकसहित पक्राउ परेका गुरुङको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।...
घरकाे छतमा गमलाखेती : यसरी फलाउनुहाेस् आफुलाई मनपर्ने तरकारी

घरकाे छतमा गमलाखेती : यसरी फलाउनुहाेस् आफुलाई मनपर्ने तरकारी

आर्थिक, बिचार
लेखक : रिता गुप्ता (एमए, सोसियोेलोजी) गर्मीमा फल्ने तरकारीहरु तपाईं गमलामा पनि फलाउन सक्नुहुन्छ । अहिलेदेखि नै तयारी गर्दा सिजन भन्दा पहिले नै आफ्नो हातबाट फलाएको बिभिन्न किसिमको तरकारी खान सक्नुहुनेछ । आफ्नो गमलामा फलाको तरकारी खानु स्वादिष्ट त हुन्छ नै आत्मसन्तुष्टि पनि पुरा हुन्छ । मेरो आफ्नो छत माथि जाडोको सिजनभरी टमाटर, लसुनको पात, धनियाको पात, पालुङेको साग, रातो साग  फलाएर खानेगर्छु । जस्को करेसाबारी छैन, उस्ले आफ्नो छत प्रयोग गर्नसक्छ । तपाईंको  थोरै मेहनतले आफु मनपर्ने तरकारीखेति गर्न सक्नुहुन्छ । मैले आफुले गरेको अनुभव तपाईं समक्ष प्रस्तुत गर्दैछु । गमला छैन भने सिमेन्ट्को बोरा, सानो कार्टून, एकहात गहिरो र फराकिलो फुटेको भाडा पनि प्रयोग गर्न सक्नुहुन्छ । बिउ उमार्नु अलिक गाह्रो हुने भएकोले सजिलो तरिका चाहि , एउटा प्लाष्टिकको गिलासमा माटो हाल्नुहाेस्  र त्यसमा बिउ हालेर दिनभरि ...
सुनको भाउ घट्यो

सुनको भाउ घट्यो

आर्थिक, समाचार
पूर्णपुष्टि, फागुन १४  आज पनि सुनको भाउ घटेको छ । आज सुन तोलामा पाँच सय रुपैयाले घटेर तोलाको ८८ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो बिहीवार सुन तोलाको ८९ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै आज चाँदीको भाउ पनि तोलामा २० रुपैयाँले घटेको छ । आज चाँदी तोलाको १ हजार ३ सय ३५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।...
हात्तीपाइलेविरुद्धको औषधि १२ जिल्लामा खुवाइने

हात्तीपाइलेविरुद्धको औषधि १२ जिल्लामा खुवाइने

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, फागुन १४ नेपालको १२ वटा जिल्लामा हात्तीपाईले रोगविरुद्धको औषधी खुईने भएको छ । सरकारले राष्ट्रिय हात्तीपाईले रोग निवारण कार्यक्रम अन्तर्गत ५ वटा प्रदेशका १२ वटा जिल्लामा औषधि खुवाइने भएको हो । आगामी चैत २० गतेदेखि झापा, मोरङ, धनकुटा, बारा, लम्जुङ, पर्वत, बाग्लुङ, दाङ, कपिलवस्तु, बाँके, बर्दिया र कैलालीमा मसान्तसम्म आम औषधि खुवाउने कार्यक्रम तय भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । यसअघि फागुन २९ गतेदेखि आम औषधि खुवाइने तय भएकोमा कोरोनाभाइरस कोभिड—१९ विरुद्धको खोप अभियान चलिरहेकाले केही समय पर सारिएको महाशाखाले जनाएको छ ।...
खोटाङमा माछा मार्दा करेन्ट लागेर एकको ज्यान गयो

खोटाङमा माछा मार्दा करेन्ट लागेर एकको ज्यान गयो

समाचार
पूर्णपुष्टि,फागुन १४ खोटाङको रावा खोलामा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको ज्यान गएको छ । साकेला गाँउपालिका–४ मात्तिमका ३७ बर्षीय निरकुमार चाम्लिङ राईको माछा मार्ने क्रममा करेन्ट लागेर ज्यान गएको हो । रावाबेसी गाँउपालिका–१ को रावा खोलामा राईले करेन्ट लगाएर माछा मार्ने क्रममा अचानक करेन्ट आफैलाई लागेर घटनास्थलमानै ज्यान गएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । मृतक राईको शवलाई परिक्षणका लागि जिल्ला अस्पताल दिक्तेलमा ल्याइएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरिक्षक गोविन्द प्रसाद साहले बताउनुभयो ।  ...
भारतिय रुपैया सहित १ जना पक्राउ

भारतिय रुपैया सहित १ जना पक्राउ

समाचार
पूर्णपुष्टि,फागुन १४ बिराटनगरमा भारतिय रुपैयाँसहित एक युवा पक्राउ परेको छ । भारतको अररिया थाना नरपथगंज पोस्ट तलासी–१० का ३४ बर्षीय संजय सिंहलाई ठुलो परिमाणमा भारतिय रुपैया सहित पक्राउ गरिएको हो । बिहीबार बेलुका पौने ५ बजे बिराटनगर–१७ मटेरुवा स्थितमा अस्थायी प्रहरी चौकी मटेरुवाबाट खटिएको प्रहरी टोलीले भारतबाट लुकी छिपी नेपालतर्फ आउदै गरेका शकालागेपछि सिंहलाई पक्राउ गरेको थियो । पक्राउ गरेको सिंहलाई चेकचाँज गर्दा उनको साथबाट भारतिय रुपैयाँ ५०० दरको नोट ३८८ थान, २००० दरको नोट २६ थान गरि जम्मा भारतिय रुपैया २ लाख ४६ हजार सहित नियन्त्रण लिएको ईलाका प्रहरी कार्यालय रानीले जनाएको छ । श्रोत नखुलेको उक्त परिणामको रकम सहित पक्राउ परेका सिंहको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको तथा अन्य अनुसन्धानको लागी भन्सार कार्यालय बिराटनगर बुझाउने तयारी भईरहेको प्रहरीले जनाएको छ ।...
भारत बन्द

भारत बन्द

समाचार
पूर्णपुष्टि, फागुन १४ आज भारतका करिब ८ करोड खुद्रा व्यापारीका संगठन कन्फडरेशन अफ अल इन्डिया ट्रेडर्स (सीएआईटी) र यातायातको संगठन अल इन्डिया ट्रान्सपोर्टर्स वेलफेयर असोसिएशनले भारत बन्दको आह्वान गरेका छन् । भारतका खुद्रा पसले अमेजनजस्तो रिटेल चेनको बढ्दो प्रभाव र कथित मनमानीबाट अक्रोसित भएका छन् । उनीहरु वस्तु एवं सेवा कर (जीएसटी) मा परिवर्तनको पनि माग गरिरहेका छन् भने यातायात व्यवसायी पेट्रोल–डिजेलको बढ्दो मूल्य र ई–वे बिलमा आएको समस्याले आक्रोसित भएका छन् । राज्यका थुप्रै व्यापारी संगठनले पनि उक्त मागको समर्थन गरेका छन् । एआईटीडब्ल्यूएले आज बिहान ६ बजेदेखि ८ बजेसम्म चक्का जामको घोषणा गरेको अन्तराष्ट्रिय संचारमाध्यले जनाएको छ ।  ...
औषधि विभागका १ अधिकृत घुससहित पक्राउ

औषधि विभागका १ अधिकृत घुससहित पक्राउ

समाचार
पूर्णपुष्टि, फागुन १४ नेपाल औषधि व्यवस्था विभाग विराटनगरमा कार्यरत एक अधिकृतलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीले घुस रकमसहित पक्राउ गरेको छ । आयोगको कार्यालय इटहरीबाट खटिएको टोलीले विभागका अधिकृत सरोज सुवेदीलाई नगद दुई लाख घुसको रकमसहित विराटनगर–३ दूधफारम अगाडिबाट पक्राउ गरेको आयोगले जनाएको छ । कारवाही परी बन्द गरिएको फार्मेसीको मुद्दा मिलाइदिने भन्दै घुस लिने क्रममा घुस रकमसहित आयोगको  ‘स्टिङ अपरेसन’बाट पक्राउ गरिएको जनाएको छ । करारका कर्मचारी रहेका सुवेदी विगत डेढ वर्ष अगाडि विभागको विराटनगर कार्यालयमा आएको थियो ।...
विप्लव समूहका जिल्ला इञ्चार्ज फिल्टर पक्राउ

विप्लव समूहका जिल्ला इञ्चार्ज फिल्टर पक्राउ

समाचार
पूर्णपुष्टि, फागुन १४ नेत्रविक्रम चन्द (विप्लव) समूहका मुस्ताङ जिल्ला इञ्चार्ज पदम पुन (फिल्टर) पक्राउ परेको छ । म्याग्दीको मालिका गाउँपालिका–२ बाट पुनलाई इलाका प्रहरी कार्यालय दरवाङको टोलीले बिहीबार साँझ पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । अन्दाजी ६० वर्षीय पुनलाईसाँझ नै बेनी ल्याइएको प्रहरीले जनाएको छ । राज्यविरुद्धको अपराधमा संलग्न भएको अभियोगमा पुनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । यसअघि विभिन्न घटनामा संलग्न भई फरारको सूचीमा पुन रहेको प्रहरीले जनाएको छ । पुन एनसेलको टावर, डोजरलगायत निर्माण उपकरणमा आगजनी, चन्दा असुलीलगायतका गतिविधिमा संलग्न भएको प्रहरीको आरोप छ । पुन म्याग्दीको मालिका गाउँपालिका–३ का बासिन्दा हुन् । उनी पछिल्लो समय चन्द समूहको मुस्ताङ जिल्ला इञ्चार्ज रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । सरकारले चन्द समूहलाई दुई वर्षदेखि प्...
तारकेश्वरमा फेरि बर्ड फ्लू भेटियो

तारकेश्वरमा फेरि बर्ड फ्लू भेटियो

समाचार
पूर्णपुष्टि, फागुन १४  काठमाण्डौको तारकेश्वरमा फेरी बर्ड फ्लू देखिएको छ । बर्ड फ्लू देखा परेपछि तारकेश्वर नगरपालिका–१ साङ्लाफाँटमा हिजो एकैदिन साढे १२ हजारभन्दा धेरै कुखुरा नष्ट गरिएको छ । विक्रम गौतम र कमल गौतमको फार्मबाट ६ हजार ५ सय २५ वटा लेयर्स कुखुरा मारिएको अनुगमन टोलीले जनाएको छ । फार्ममा रहेका ३ हजार ५ सय ७० वटा अण्डा र १ हजार ४ सय ५० किलो दाना पनि नष्ट गरिएको जनाईएको छ । यस्तै नजिकै रहेको सरिता शाहको २ हजार ९ सय ६० वटा ब्रोइलर चल्ला मारिएको जनाईएको छ । फार्ममा रहेको ७ सय ५० किलो दाना पनि नष्ट गरिएको छ । यसैगरी सम्झना ठकुरी तिवारीको २ हजार ७६ वटा ब्रोइलर र १ हजार ७ वटा लोकल कुखुरा नष्ट गरिएको छ । शान्ता खनालले पालेको सय वटा लोकल कुखुरा र २ वटा टर्की पनि मारेर नष्ट गरिएको जनाईएको छ । तारकेश्वर नगरपालिका–१ मा नै यसअघि १४ सयभन्दा धेरै हाँस मारिएको थियो । यस्तै काठमाण्डौ...