उदयपुर सिमेन्ट उद्योगको उत्पादन घट्यो
पूर्णपुष्टि, माघ १५
उदयपुर सिमेन्ट उद्योगको उत्पादनमा घट्दो समस्या आएको छ । राम्रो क्षमतामा सञ्चालन भइरहेको उदयपुर सिमेन्ट एकाएक दिनप्रति दिन उत्पादनमा कमी आउन थालेको छ । उद्योगले माघ १ गते बाट माहाप्रबन्धक पनि पाए । माहाप्रबन्धक पाए यता ११ हजार मेट्रिकटन मात्रै क्लिनर उत्पादन उद्योगले गरेको छ । यसरी हो भने उद्योगले फेरी आर्थिक भार बेहोर्ने तर्फ लागेको संकेत देखाएको छ ।
हाल उद्योगमा तत्कालिन नयाँ माहाप्रबन्धक गोपिकृष्ण न्यौउपाने आएको छ । न्यौउपाने आएको करिब ४५ दिनमा पनि उद्योगको उत्पादनमा घट्दो देखिएको छ । नयाँ प्रबन्धक आए सँगै उत्पादनमा बृद्धि हुने जन अपेक्षा थियो । तर बढ्नुको साट्टामा उल्टै घटेको छ ।
यता डिलरहरु पनि पूर्णरुपले घटेको छ । देशभर एक हजार एक सय डिलरहरु मध्ये अहिले घटेर करिव दुई सय डिलर मात्र रहेको छ ।देशकै गौरवशाली र उदयपुरको पहिचानको रुपमा स्थापित सिमेन्ट उद्योग पछ...









