हाइड्रोजन इन्धनको लागी आयल निगम र विश्वविद्यालयबीच सम्झौता
पूर्णपुष्टि, फागुन १५
ग्रीन हाइड्रोजन परियोजनाको लागि नेपाल आयल निगम र काठमाण्डौ विश्वविद्यालय (केयू)बीच सम्झौता भएको छ ।
गत पुसमा भएको समझदारी अनुसार हाइड्रोजन इन्धनको विकासको लागि निगम र केयूबीच पाँच करोड रुपैयाँको सम्झौता भएको हो ।
निगमको निर्देशक दीपक बराल र केयूको स्कुल अफ इन्जिनियरिङका डीन डाक्टर डम्बरबहादुर नेपालीले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको छ । नयाँ सम्झौतासँगै हाइड्रोजन इन्धनको अध्ययनलाई थप फराकिलो बनाउन सहयोग पुग्ने जनाईएको छ ।
नेपालमा धेरै जलविद्युत आयोजना बनिरहेको र तिनै जलविद्युत आयोजनाबाट ग्रीन हाइड्रोजन इन्धन उत्पादन गर्ने लक्ष्य रहेको जनाएको छ । विश्वका कयौँ देशले हाइड्रोजन इन्धनको प्रयोग गरिरहेका छन् । पेट्रोल, डिजल जस्ता नवीकरण गर्न नमिल्ने इन्धनले एकातिर वातावरण प्रदुषण गराइरहेको र बर्सेनि अर्बौ रुपैयाँ बाहिरिएको अवस्थामा हाइड्रोजन इन्धन नेपालको भर...






