सुनको भाउ घट्यो
पूर्णपुष्टि,फागुन १२
आज सुनाको भाउमा गिरावट आएको छ । आज सुनको भाउ प्रतितोला ३ सय रुपैयाँले सस्तिएको हो । हिजो सुनको कारोबार प्रतितोला ९० हजार १ सय रुपैयाँमा भएको थियो भने आज सुनको भाउ प्रतितोला ८९ हजार ८ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ ।
हिजो चाँदी १ हजार ३ सय ६० रुपैयाँमा कारोबार भएकोमा आजका लागि चाँदीको प्रतितोला भाउ १ हजार ३ सय ४५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । चाँदी आज तोलामा १५ रुपैयाँले सस्तिएको छ ।...








