Sunday, August 9News That Matters

Month: ५ वर्ष अगाडि

प्रतिनिधिसभ विघटन नै गर्ने  खेलमा प्रधानमन्त्री ओली

प्रतिनिधिसभ विघटन नै गर्ने खेलमा प्रधानमन्त्री ओली

समाचार
प्रधानमन्त्री केपी शर्मा ओली यतिबेला जनता समाजवादी पार्टी (जसपा) लाई आफ्नो पक्षमा लिन सके सरकार ढल्नबाट जोगिन्छ कि भन्ने ध्याउन्नमा छन्। त्यसकारण उनी जसपा अध्यक्ष महन्थ ठाकुरलाई निरन्तर फकाइरहेका छन्। ओलीको भित्री आशय प्रतिनिधिसभलाई विघटन नै गर्नेछ। विघटन गर्न नसके अर्काे पार्टीको सरकार बन्न नदिने प्रस्ट लाइनमा प्रधानमन्त्री ओली देखिएका छन्। प्रधानमन्त्री ओलीको रणनीतिलाई चिर्न माओवादी केन्द्र र एमालेकै माधव नेपाल पक्ष लागिपरे पनि नेपाली कांग्रेस र जसपा प्रस्ट नहुँदा समस्या भएको छ। कांग्रेस सभापति शेरबहादुर देउवाको भित्री लाइन पनि प्रतिनिधिसभा विघटन नै गरेर मध्यावधि निर्वाचनमा जानेछ। तर उनले पार्टीभित्रको दबाबका कारण सरकार गठनका लागि पहल गरेजस्तो देखाइरहेका छन्। ‘देउवाले सरकार गठनमा गम्भीर छलफल गर्नेछैनन्, त्यसैले आफ्नै नेतृत्वको सरकार बन्नुपर्छ भनेर अडान लिनुको अर्थ पनि सहमति नग...
युट्युबबाट सिप सिकेर मालामाल !

युट्युबबाट सिप सिकेर मालामाल !

समाचार
वैदेशिक रोजगारमा धाउँदाधाउँदा दिक्क भएका महोत्तरी सदरमुकाम जलेश्वरका एक युवा रोजगारीमा जम्न सफल भएका छन् । कामका लागि के गर्दा राम्रो हुन्छ भनेर युट्युब हेरे र त्यसैको माध्यमबाट सीप सिके । अनि जानेको सीपलाई रोजगारी बनाउँदा फाइदा हुने देखेर जलेश्वर नगरपालिका–११, पिगौनाका शैलेन्द्रकुमार महतोले युट्युबको प्रयोगबाट प्रविधिको प्रयोग गरी नजानेको सीपलाई सिकाइको माध्यम बनाएर रोजगारी गर्दै आएका छन् । महतोले प्रविधिको माध्यमबाट मम बनाउन सिकेर सोबाट राम्रै आम्दानी गरिरहेका छन् । विगतमा कमाइका लागि विभिन्न सहर धाएका उनी आफ्नै देश र ठाउँमा केही गर्नुपर्छ भनी अठोटका साथ यस क्षेत्रमा राम्रो आम्दानीको स्रोत पहिल्याएर नजानेको सीपलाई प्रविधिबाट सिकेर काव्या मम हाउस खोलेर अगाडि बढिरहेका छन् । ...
जो साहुलाई ऋण तिर्ने नसकेर देशै छोड्न बाध्य भए

जो साहुलाई ऋण तिर्ने नसकेर देशै छोड्न बाध्य भए

समाचार
जाजरकोटको भेरी नगरपालिका–११, कट्टी गाउँमा एक दर्जनभन्दा बढी दलित परिवार साहुसँग लिएको ऋण तिर्न नसकेर साहुलाई घरबारी बुझाई सपरिवार भारतमा विस्थापित भएका छन् । आफ्नो खेतबारीमा उत्पादन भएको खाद्यान्नले वर्षको तीन महिना पनि खान नपुग्ने सो गाउँका कैयौँ दलित समुदायले दैनिक गुजारा चलाउन साहुबाट ऋण लिनेगरेको र सो रकम तिर्न नसक्दा भारतमा विस्थापित हुनुपरेको हो । कट्टी गाउँका १२५ घरधुरीमध्ये साहुबाट लिएको ऋण तिर्न नसक्दा सो गाउँका वीरमान विक, धर्मबहादुर विक, केशव विक, कर्णबहादुर विकलगायत अन्य स्थानीयवासी भारतमा विस्थापित भएको बताइएको छ । आफ्नो नाममा भएको जग्गालाई साहुकै नाममा नामसारी गरेर उनीहरू परिवारसहित भारततर्फ गएका छन् । उनीहरूसँगै गाउँको जनज्योति आधारभूत विद्यालयमा विभिन्न कक्ष...
माओवादीका थप दुई सांसद कारबाहीमा, के हुन्छ अबको प्रक्रिया ?

माओवादीका थप दुई सांसद कारबाहीमा, के हुन्छ अबको प्रक्रिया ?

समाचार
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले पार्टी परित्याग गरेर नेकपा (एमाले) को सदस्यता प्राप्त गरेको भन्दै राष्ट्रिय सभाका दुई सदस्यलाई कारबाहीसहित दल त्यागको जानकारी सङ्घीय संसद्लाई दिएको छ। पार्टीले दल त्यागको जानकारीसहितको सूचना शुक्रबार सङ्घीय संसद्का महासचिवसमक्ष दिएको हो। उक्त सूचना राष्ट्रिय सभामा पठाइएको छ। सदस्यद्वय रामबहादुर थापा र चन्द्रबहादुर खड्कालाई कारबाही गरी दल त्यागको जानकारी पठाइएको हो। थापा गृहमन्त्री छन् । माओवादी केन्द्रका राष्ट्रिय सभा दलका नेता दीनानाथ शर्माले शुक्रबार गृहमन्त्री थापा आफ्नो दलमा नरहेको पत्र सङ्घीय संसद् सचिवालयलाई बुझाए । अध्यक्ष गणेशप्रसाद तिमिल्सिना विदेश रहेका कारण स्थान रिक्तको सूचना प्रकाशन प्रक्रिया भने वैशाख १ गतेपछि मात्र अगाडि बढ्नेछ। सूचना दर्ता भएसँगै अब राजनीतिक दलसम्बन्धी...
पानी परेपछि मौसम खुल्यो

पानी परेपछि मौसम खुल्यो

समाचार
पूर्णपुष्टि, चैत २८  हावाहुरीसहित पानी परेपछि आज देशका धेरै ठाउँको मौसम खुलेको छ । हिजो राति देशका धेरै ठाउँहरुमा हावाहुरीसहित पानी परेको थियो । अस्तिदेखि नै परेको पानीले मौसममा बिस्तारै सुधार हुँदै गइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रदेश १ र देशको पहाडी भाग बाहेकका ठाउँहरुमा मौसम सफा रहेको महाशाखाले जनाएको छ । प्रि–मनसुन भएकाले आज पनि बेलुकीपख देशका पहाडी ठाउँहरुमा फाट्टफुट्ट पानी पर्न सक्ने जनाएको छ । हिजो गण्डकी, वाग्मती र प्रदेश–१ मा पानी परेको थियो । अहिले न्यूनचापीय मौसमी प्रणाली कमजोर बन्दै गएको र स्थानीय वायुको प्रभाव रहेकाले ठूलो पानी पर्ने सम्भावना भने कम रहेको जनाएको छ ।...
मोटरसाइकल दुर्घटनामा १ जनाको मृत्यु

मोटरसाइकल दुर्घटनामा १ जनाको मृत्यु

समाचार
पूर्णपुष्टि, चैत २८ गुल्मीमा मोटरसाईकल दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ । गतराती गुल्मीदरबार गाउँपालिका–७ मा लु २३ प ५०६७ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मोटरसाईकल चालक करिब ४५ वर्षीय रामबहादुर खत्रीको मृत्यु भएको हो । गौंडाकोटबाट चारपालातर्फ जाँदै गर्दा घुम्तीमा मोटरसाईकल दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका रामबहादुरको गुल्मी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकल सडक सुरक्षा वालमा ठोक्किएर सडकबाट करिब तीन मिटर तल खसेको प्रहरीले जनाएको छ ।...
दोस्रो लहरको कोरोना बढ्दै गएपछि स्वास्थ्य मन्त्रालयले गर्यो  यस्तो आग्रह

दोस्रो लहरको कोरोना बढ्दै गएपछि स्वास्थ्य मन्त्रालयले गर्यो यस्तो आग्रह

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, चैत्र २७ नेपाल सरकार स्वास्थ्य तथा जनसंङख्या मन्त्रालयले २५ जना भन्दा बढीको भेलालाई रोक्न अनुरोध गरेको छ । कोभिड–१९ संक्रमणको दोस्रो लहर आएसँगै मन्त्रालयले भीडभाड कम गर्न र २५ जनाभन्दा बढी मानिस भेला नहुन आग्रह गरेको हो । स्वास्थ्य मन्त्रालयका अनुसार ’पछिल्लो समय लक्षणहरु अलि सिरियस, जटिल देखिएका छन् । मान्छेहरु बिरामी पर्दैमा त अस्पताल भर्ना गर्नु पर्दैन तर अहिले अस्पताल भर्ना गर्नुपर्ने बिरामीहरुको संख्या ह्वात्तै बढेको मन्त्रालयले जनाएको छ । ’ पछिल्लो समय देखिएका संक्रमित व्यक्तिहरुमा जटिल किसिमका लक्षणहरु देखा परेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले बताउनुभयो । उहाँले अहिले नै कोभिड संक्रमण भएका धेरै बिरामीहरुलाई अस्पतालमा भर्ना गर्नुपरेको पनि बताउनुभयो । प्रवक्ता गौतमले स्कुल, कलेज, सिनेमा हल, पार्टी प्यालेस, जुलुसलगायत सबै बन्द गर्नुपर्ने अवस्था ...
जग्गाधनी प्रमाण पूर्जा वितरणमा घुस दिनु परेकाे सर्वसाधारणकाे गुनासाे

जग्गाधनी प्रमाण पूर्जा वितरणमा घुस दिनु परेकाे सर्वसाधारणकाे गुनासाे

समाचार
पूर्णपुष्टि, चैत २७ । गाउँब्लक जग्गाको जग्गाधनी प्रमाण पूर्जा वितरणको नाममा उदयपुरको चौदण्डीगढी नगरपालिका वडा नं. ५ बेल्हीका स्थानीय सर्बसाधारणसंग अवैधानिक ढंगले रकम असुल्ने काम भएको छ । वडाध्यक्ष र नापी कार्यालयको कर्मचारीको मिलेमतोबाट प्रतिघर एक हजार रुपैंयाको दरले रकम असुली गरिएको सर्बसाधारणले बताएका छन् । घरमै जग्गाधनी प्रमाण पूर्जा ल्याईदिने भन्दै गाउँबाट ८० भन्दा बढि घरबाट एक हजार रुपैयाका दरले पैसा उठाएको हो । रकम संकलनमा टोल विकास संस्थाका अध्यक्षहरुसमेत खटाइएको उनीहरुको भनाई छ । उनीहरुले दुई टोल विकास संस्थाका अध्यक्षहरु मानपुर चौधरी, रमानन्द चौधरी र गाउँका अगुवा टिकनारायण चौधरीले पैसा संकलन गरेको र उनीहरुबाट संकलित रकम नापी कार्यालयका कार्यालय सहयोगी बालमुकुन्द चौधरीलाई बुझाएको बताएका छन् । निःशुल्करुपमा पाइने गाउँब्लक जग्गाको पूर्जाका लागि घुस दिनु परेको प्रतिक्रिया सर्बस...
जसपाका नेताहरु किन बसे बिच बाटोमै छलफल

जसपाका नेताहरु किन बसे बिच बाटोमै छलफल

समाचार
पूर्णपुष्टि, चैत्र २७ बैठकका लागि बुढानिलकण्ठ हिडेका जसपा नेताहरुले बिच बाटोमै छलफल गरेको छ । काँग्रेस सभापति शेरबहादुर देउवाले बुढानीलकण्ठ बोलाएको छलफलमा सहभागी हुन हिँडेका जनता समाजवादी (जसपा) का नेताहरु बाटोमै छलफल गर्न बसेका हुन् । स्रोतका अनुसार जसपाका अध्यक्ष डा. बाबुराम भट्टराई, अर्का अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव, बरिष्ठ नेता राजेन्द्र महतो र अर्का नेता अशोक राई बूढानीलकण्ठ छेउछाउमै छलफलमा बसेका हुन् । नेताहरु आपसी छलफल सकेर चार बजेसम्म देउवा निवास बूढानीलकण्ठ पुग्ने जसपा स्रोतले जनाएको छ । नयाँ सत्ता समीकरणका लागि काँग्रेस सभापति शेरबहादुर देउवाले माओवादी केन्द्र र जसपासँग छलफल गर्न लागेको हो । बैठकमा एउटै स्वर राख्नका लागि उनीहरु बीच बाटोमै छलफलमा जुटेका हुन् ।  ...
७ वर्षीया बालिका करणी अभियोगमा काठमाडौंबाट एक पुरुष पक्राउ

७ वर्षीया बालिका करणी अभियोगमा काठमाडौंबाट एक पुरुष पक्राउ

समाचार
पूर्णपुष्टि, चैत २७ सात वर्षीया बालिका जर्बजस्ती करणी गरेको अभियोगमा काठमाडौंको गोठाटारबाट एक जना पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । गोठाटारमा होटल व्यवसाय गरी बस्ने सिन्धुपाल्चोक धुस्कुनका ४६ वर्षीय लोकबहादुर कार्कीलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको हो । कार्कीले बालिकालाई करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग काँडाघारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।...