Sunday, August 9News That Matters

Month: ५ वर्ष अगाडि

महोत्तरीमा गोली हानी फरार अभियुक्त पक्राउ

महोत्तरीमा गोली हानी फरार अभियुक्त पक्राउ

समाचार
पूर्णपुष्टि,चैत २७ महोत्तरीका औरही नगरपालिका–४ मा बर्दिवास नगरपालिका–१ का रोशन कोइरालामाथि गोली प्रहार गरी फरार अभियुक्त पक्राउ परेका छन् । चैत १८ गते गोली प्रहार गरी फरार भएका बर्दिबास नगरपालिका–३ का ३० वर्षीय सन्तोष यादव पक्राउ परेका हुन् । मोटरसाइकलमा घरतर्फ गइरहेका कोइरालाको हात र काखीमा दुई गोली लागेको थियो । यादवलाई विशेष सूचनाको आधारमा जलेश्वर नगरपालिका–१ बाट पक्राउ गरिएको महोत्तरी प्रहरीले जनाएको छ । यादवलाई नियन्त्रणमा लिई ज्यान मार्ने उद्योग र हातहतियार तथा खरखजाना मुद्दामा अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।...
पौडी खेल्ने क्रममा एकको ज्यान गयो

पौडी खेल्ने क्रममा एकको ज्यान गयो

समाचार
पूर्णपुष्टि,चैत २७ ओखलढुङगामा खोलामा पौडी खेल्ने क्रममा एक जनाको ज्यान गएको छ । चम्पादेवि गाउँपालिका–२ खोपगाउँ का २० वर्षीय प्रकास सुनुवारको पौडी खल्ने क्रममा ज्यान गएको हो । बिहीबार दिउसो ११ बजे सोही स्थानमा रहेको लिखु खोलामा पौडी खेल्ने क्रममा खोलामा डुबेको स्थानिय मानिसहरुले देखि खोलाबाट निकाली उपचारको लागी जिल्ला सिन्धुली खुर्कोट स्थित सुनकोशि सामुदायिक अस्पताल लगेकोमा उपचारको क्रममा सुनुवारको दिउसो ३ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।...
चट्याङमा परी ३ जना घाईते

चट्याङमा परी ३ जना घाईते

समाचार
पूर्णपुष्टि,चैत २७ बिहीबार बेलुका बर्षा संगै परेको चट्याङबाट छुट्टा छुट्टै स्थानका तीन जना घाईते भएका छन् । संखुवासभा मकालु–५ नुम बजार २३ वर्षीय लिला बहादुर दर्जी आफ्नै घरमा बसी रहेको अवस्थामा चट्याङमा परी घाईते भएका थिए । उनको प्राथमिक स्वास्थ्य केन्द्र नुममा उपचार भईरहेको जनाएको छ । त्यसैगरी सुनसरी भोक्राहा नरसिंह उल्टी बस्ने १७ वर्षीया सलिना खातुन आफ्नै घरमा बसी रहेको अवस्थामा चट्याङमा परी घाईते भएकी उनको  जिल्ला अस्पताल ईनरुवा उपचार भईरहेको छ । त्यस्तै ओखलढुंगा सिद्धिचरण–६ बस्ने १५ वर्षीया रश्मिता मगर घर भित्र रहेको अवस्थामा चट्याङमा परी घाईते भई मिशन अस्पताल ओखलढुंगामा उपचार भईरहेको प्रहरीले  जनाएको छ ।...
दुई मोटरसाईकल ठोक्किदा एकको ज्यान गयो

दुई मोटरसाईकल ठोक्किदा एकको ज्यान गयो

समाचार
पुर्णपुष्टि, चैत २७ सप्तरीमा दुई मोटरसाईकल एक आपसमा ठोक्किदा एक जनाको ज्यान गएको छ । खडक नगरपालिका–९ सर्पामा बसोबास गर्ने ३९ बर्षीय अनवर अलिको ज्यान गएको हो । सप्तरीको पुर्व–पश्चिम राजमार्ग अन्तर्गत सम्भुनाथ नगरपालिका–६ मा स ८ प ७३३० को मोटरसाईकल र स ६ प ५२४३ नम्बरको मोटरसाईकल एक आपसमा ठोक्किदा स ६ प ५२४३ नम्बरको मोटरसाईकल चालक अलिको ज्यान गएको हो । उनको शव परीक्षण गर्न गजेन्द्र नारायण सिंह अस्पतामा लगिएको र मोटरसाईकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको सप्तरी प्रहरीले जनाएको छ ।...
श्रृङखलावद्ध चोरीमा संग्लग्न एक युवक पक्राउ

श्रृङखलावद्ध चोरीमा संग्लग्न एक युवक पक्राउ

समाचार
पूर्णपुष्टि,चैत २७ ईटहरीका बिभिन्न स्थानमा श्रृङखलावद्ध  रुपमा चोरी गर्ने एक जनालाई ईलाका प्रहरी कार्यालय ईटहरीले पक्राउ गरेको छ । झापाको दमक नगरपालिका–१२ घर भई मोरङको केरावारी गाउँपालिका– ९ मा डेरा गरी बस्ने ३० बर्षीय बिजु मोतेलाई प्रहरीले पक्राउ गरेको हो । विगत केही महिना देखि ईटहरीको विभिन्न स्थानहरुबाट दिन–दहाडै चोरी भएपछि स्थानीयहरुले प्रहरीमा जाहेरी दिएका थिए । जाहेरीपछि खोजतलासमा खटिएको प्रहरी टोलीले बिभिन्न स्थानहरुमा रहेको सिसिटिभि फुटेजको आधारमा अनुसन्धान थालेको थियो । प्रहरीले चोरीमा संग्लग्न रहेका मोतेलाई ईटहरीबाट पक्राउ गरेको थियो । पक्राउ परेका मोतेको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।...
चार मन्त्रीको सांसद पद खोसियो

चार मन्त्रीको सांसद पद खोसियो

समाचार
पूर्णपुष्टि,चैत २६ नेकपा माओवादी केन्द्रले नेकपा एमालेको केन्द्रीय सदस्य पद स्वीकार गरेको भन्दै चार जना मन्त्रीलाई सांसद पदबाट हटाएको छ । ऊर्जामन्त्री टोपबहादुर रायमाझी, उद्योगमन्त्री लेखराज भट्ट, सहरी विकासमन्त्री प्रभु साह र श्रममन्त्री गौरीशंकर चौधरीको सांसद पदबाट हटाईएको हो । चार सांसदलाई पार्टीबाट हटाइएको जानकारी प्राप्त भएको भन्दै सभामुख अग्निप्रसाद सापकोटाले आजको संसद बैठकमा नाम पढेर सुनाएका हुन् । सभामुख सापकोटाले माओवादी केन्द्रबाट चार सांसद रिक्त रहेको जानकारी आज संसद बैठकमा सुनाएको छ ।...
उदयपुरको सातपत्रेमा आगलागी, १२ लाख क्षति

उदयपुरको सातपत्रेमा आगलागी, १२ लाख क्षति

समाचार
पूर्णपुष्टि, चैत २६ उदयपुरको बेलका नगरपालिका–३ सातपत्रेमा आज (बिहिबार) आगलागी भएको छ । आगलागीबाट करिब १२ लाखको क्षति भएको ईलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाले जनाएको छ । स्थानीय अमर बहादुर बिष्टको घरमा अचानक आगलागी हुँदा काठ र जस्ताको छानो भएको घर जलेर नष्ट भएको छ । आगलागीबाट बिष्टको घर भित्र रहेका लताकपडा, चामल, मकै, अन्नपात र फुसको छानो भएको गोठ समेत पूर्णरुपमा जलेर नष्ट हुँदा करिब १२ लाख क्षति भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । आगलागीकोे खबर पाउन साथ ईलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाबाट प्रहरी टोलि खटी गई स्थानिय बासि,नेपाल प्रहरीको सहयोगमा ०९ः४५ मा आगो नियन्त्रणमा आएको थियो । आगलागीबाट कुनै पनि मानविय तथा चौपाया क्षति नभएको प्रहरीले जनाएको छ ।...
श्रीमतीको हत्या आरोपमा वृद्ध पक्राउ

श्रीमतीको हत्या आरोपमा वृद्ध पक्राउ

समाचार
पूर्णपुष्टि,चैत २६ श्रीमतीको हत्या गरेको आरोपमा एक वृद्ध पक्राउ परेका छन् । सियारी गाउँपालिका–३ हर्नैयागाँउ बस्ने ६६ वर्षीय गनपत बाँनिया पक्राउ परेको हुन् । आज बिहान ५५ वर्षीया श्रीमती कुसुम बाँनियाको हत्या गरेको आरोपमा प्रहरीले गनपतलाई पक्राउ छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।...
१९ वर्षीया युवती करणी गरेको अभियुक्तलाई ७ वर्ष कैद

१९ वर्षीया युवती करणी गरेको अभियुक्तलाई ७ वर्ष कैद

समाचार
पूर्णपुष्टि,चैत २६ बागलुङमा १९ वर्षीया एक युवतीलाई जर्बजस्ती करणी गर्ने एक अभियुक्तलाई जिल्ला अदालत बागलुङले सात वर्ष कैद सजाय सुनाएको छ । ताराखोला गाउँपालिका–२ का २१ वर्षीय रेशम बनलाई जिल्ला न्यायाधीश वासुदेव न्यौपानेको बुधबारको इजालासले करणी कसुर ठहर गर्दै सात वर्ष कैद सजाय फैसला सुनाएको हो । जिल्ला अदालत बागलुङका सूचना अधिकारी सूर्यप्रसाद भण्डारीका अनुसार कैद सँगै बनले पीडित युवतीलाई ८० हजार रकम क्षतिपूर्तिसमेत दिनुपर्ने छ । २०७७ असार १७ गते ती युवतीलाई करणी गरेको अरोपमा बनलाई प्रहरीले असार १८ गते पक्राउ गरेको थियो । प्रहरीले अनुसन्धान पूरा गरी जिल्ला सरकारी वकिलको कार्यालयमार्फत साउन ११ गते जिल्ला अदालत बागलुङमा जबर्जस्ती करणी शीर्षकमा मुद्दा दर्ता गरेको थियो । बन जिल्ला अदालत बागलुङको साउन १२ गतेको आदेशले हालसम्म जिल्ला कारागार बागलुङमा पुर्पक्षका लागि थुनामा रहेका थिए ...
ट्याम्पु चालक लागूऔषध सहित पक्राउ

ट्याम्पु चालक लागूऔषध सहित पक्राउ

समाचार
पूर्णपुष्टि, चैत २६ मोरङ बिराटनगर–१६ हुलासचौक स्थितमा एक ट्याम्पु चालकलाई प्रहरीले लागूऔषध सहित पक्राउ गरेको छ । सुनसरी धरान–१६ का २४ बर्षीय निखिल जोशीलाई लागुऔषध सहित पक्राउ गरेको हो । आज बिहान साढे ७ बजे को २ ह ५८०६ नम्बरको जोशीले चलाई ल्याएको ट्याम्पुमा लागूऔषध स्पास्मो प्रोक्सिभन क्याप्सुल ३२० पिस बरामद भएको ईलाका प्रहरी कार्यालय रानीले जनाएको छ । ट्याम्पो र चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान अगाडी बढाईएको प्रहरीले जनाएको छ ।...