Sunday, August 9News That Matters

Month: ५ वर्ष अगाडि

कोशीमा हामफाली वृद्धले गरे आत्महत्याको प्रयास, प्रहरीको सहयोगमा सकुशल उद्धार

कोशीमा हामफाली वृद्धले गरे आत्महत्याको प्रयास, प्रहरीको सहयोगमा सकुशल उद्धार

समाचार
पूर्णपुष्टि,चैत २६ कोशी नदीमा हामफालेर एक वृद्धले  आत्महत्याको प्रयास गरेका छन् । झापा बिर्तामोड नगरपालिक–३ का ८४ बर्षीय जोगिन राजवंशीले आत्महत्याको प्रयास गरेका हुन् । प्रहरीले उक्त वृद्धको सकुशल उद्धार गरेको छ । हिजो अपरान्ह सवाँ ४ बजेको समयमा कोशी नदीमा एक व्यक्तिले हामफालेको भन्ने खबर प्राप्त भए संगै प्रहरी चौकी कोशी ब्यारेजबाट तत्काल खटिएको प्रहरी टोलीले स्थानीय माझिहरुको सहयोगमा कोशीमा बगिरहेको अवस्थामा सकुशल उद्धार गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।...
आगोमा जलेर एक महिलाको ज्यान गयो

आगोमा जलेर एक महिलाको ज्यान गयो

समाचार
पूर्णपुष्टि,चैत २६ खोटाङमा आगोले जलेर एक महिलाको ज्यान गएको छ । बराहपोखरी गाउँपालिका–२ बस्ने ७४ बर्षीया डम्बर कुमारी मगरको आगोले जलेर ज्यान गएको हो । हिजो दिउँसो १ बजेको समयमा स्थानीय तरेभिर जंगलमा आगलागी भएको थियो । उक्त आगलागी प्रहरी तथा स्थानीयवासीहरुले नियन्त्रणमा लिने प्रयास भईरहेको अवस्थामा भीरको माथी बसीरहेकी बृद्धालाई  एक्कासी आगोको लप्काले भेटेर शरिरमा आगो लाग्दा उनी घाईते भएकी थिईन् । बृद्धालाई  तत्काल उद्धार गरी उपचारको लागी अस्पताल लैजाने तयारी गर्दा गर्दै ज्यान गएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।...
करेन्ट लागेर एकको ज्यान गयो

करेन्ट लागेर एकको ज्यान गयो

समाचार
पूर्णपुष्टि,चैत २६ सुनसरीको ईटहरी उप–महानगरपालिका–५ मा हिजो करेन्ट लागेर एक जनाको ज्यान गएको छ । ललितपुर महाकाल गाउँपालिका–४ घर भई ईटहरीको डिसहोमको कार्यालयमा कार्यरत २४ बर्षीय जितेश दुलालको करेन्ट लागेर ज्यान गएको हो । पौने १२ बजेको समयमा डिसहोमको फाईबर तार टाङने क्रममा बिद्युतको तारमा छुन गई करेन्ट लागेर घाईते भएका दुलाललाई उपचारको लागी बिराटनगरको नर्सिंहहोम  लगिएकोमा उपचारको क्रममा ज्यान गएको ईलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।...
नेपालमा थप ३३९ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा थप ३३९ जनामा कोरोना संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, चैत २५ वितेको २४ घण्टामा नेपालमा थप तीन सय ३९ जनामा कोरोना भाइरस कोभिड–१९ संक्रमण पुष्टि भएको छ । वितेको २४ घण्टामा देशभर चार हजार एक सय नमुनाको पीसीआर परिक्षण गर्दा दुई सय ९८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । त्यसैगरी एक हजार ४० एन्टीजेन टेष्ट (परिक्षण) गर्दा ४१ जनामा  कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । वितेको २४ घण्टामा ७४ जना सङ्क्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । हाल देशभर दुई हजार दुई सय एक संक्रिय संक्रमित रहेकाछन् ।...
माछा मार्न गएका युवक मृत्त भेटिए

माछा मार्न गएका युवक मृत्त भेटिए

समाचार
पूर्णपुष्टि,चैत २५ रुपन्देहीमा माछा मार्न गएका एक युवकको शव पोखरीमा भेटिएको छ । शुद्धोधन गाउँपालिका–५ पुरेनी बस्ने ३५ वर्षीय दुहे चौधरीको शव पोखरीमा भेटिएको हो । चौधरीको सोही गाउँपालिका–२ तल्लो खैरेनीस्थित पोखरीमा डुबेर ज्यान गएको ईलाका प्रहरी कार्यालय रन्यौराले जनाएको छ । प्रहरीले खोजी गर्ने क्रममा उनलाई मृत्त फेला पारेको थियो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।...
आग्लागी हुँदा २ बालबालिकाको ज्यान गयो

आग्लागी हुँदा २ बालबालिकाको ज्यान गयो

समाचार
पूर्णपुष्टि, चैत २५ प्युठानमा आग्लागी हुँदा दुई बालबालिकाको ज्यान गएको छ । आज बिहान ९ बजेतिर गौमुखी गाउँपालिका–३ रजवाराका स्थानीय रमेश रानाको गोठमा आग्लागी हुँदा उनका ७ वर्षीय छोरा हिमाल राना र ३ वर्षीयम छोरी चन्द्रकला रानाको ज्यान गएको हो । घरमा अभिभावक नभएको बेला आग्लागी भएको गाउँपालिकाले जनाएको छ । घटनाबारे थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ ।...
उदयपुरमा लागुऔषध कारोवारमा संलग्न १ महिलासहित २ पक्राउ

उदयपुरमा लागुऔषध कारोवारमा संलग्न १ महिलासहित २ पक्राउ

समाचार
पूर्णपुष्टि, चैत २५ उदयपुरमा लागुऔषध कारोवारमा संलग्न एक महिला सहित दुई जना पक्राउ परेका छन् । त्रियुगा नगरपालिका–१० बोक्से बस्ने १९ वर्षीया आस्था राई र सोही स्थानका ३२ वर्षीय मान बहादुर खड्का पक्राउ परेका हुन् । जिल्ला  प्रहरी कार्यालय उदयपुरले संचालन गरेको अबैध  लागु औषध नियन्त्रण गर्ने अभियान अन्तर्गत  मंङ्गलबार बोक्से स्थितमा लागु औषधको कारोबार भईरहेको भन्ने बिशष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको  बिशेष प्रहरी टोलिले उनीहरुलाई नियन्त्रमा लिएको हो । उनीहरुको साथबाट प्रहरीले २ ग्राम ४२७ मिलि ग्राम बाउन सुगर र ब्राउन सुगर खादा प्रयोग भएका चुरोटका ठुट्टाहरु,डढेका पैसा बरामद गरेको छ । पक्राउ परेका दुवैलाई जिल्ला प्रहरी कार्यालय उदयपुरमा ल्याई थप अनुसन्धान भईरहेको छ ।...
राइस कुकरभित्र सुन लुकाएर ल्याउने एक जना विमास्थलबाट पक्राउ

राइस कुकरभित्र सुन लुकाएर ल्याउने एक जना विमास्थलबाट पक्राउ

समाचार
पूर्णपुष्टि, चैत २५ राइस कुकरभित्र सुन लकाएर ल्याउने एक जना युवक विमास्थलबाट पक्राउ परेको छ । फ्लाई दुवई एयरलाइन्सको उडानबाट राइस कुकरमा करिब ८८४.४५० ग्राम सुन ल्याउने धनुषाका ३४ वर्षीय प्रकाश महरालाई  प्रहरीले विमानस्थलबाट पक्राउ गरेको हो । मंगलबार राति सवा १० बजे दुबईको विमानबाट आएका महरालाई विमानस्थलस्थित भन्सार कार्यालय परिसरबाट प्रहरीले पक्राउ गरेको थियो । प्रहरीका अनुसार उनले फ्लाई दुवई एयरलाईन्सको उडानद्वारा दुवईबाट काठमाडौं आउँदा राइस कुकरमा लुकाइ छिपाइ ल्याएको उक्त परिमाणको धातु र बाला ल्याएका थिए । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।...
कलाकारको फेसबुक ह्याक गरी पैसा माग्ने किशोर पक्राउ

कलाकारको फेसबुक ह्याक गरी पैसा माग्ने किशोर पक्राउ

समाचार
पूर्णपुष्टि, चैत २५ फिल्म काम गर्ने कलाकारहरुको फेसबुक आइडी ह्याक गरी पैसा मागेको आरोपमा एक जना किशोरलाई प्रहरीले नियन्त्रमा लिएको छ । कलाकार दीपाश्री निरौला र सरोज खनालको अकाउन्ट दुरुपयोग गर्ने १४ वर्षीय किशोर पक्राउ परेको हो । किशोरलाई नेपाल प्रहरीको साइबर ब्यूरोले जिल्ला प्रहरी कार्यालय पर्साको सहयोगमा पक्राउ गरिएको थियो । ह्याकर्सले अकाउन्टको दुरुपयोग गर्दै फेसबुकबाट म्यूचल फ्रेन्डलाई पैसा मागेको थाहा पाएपछि सरोज र दीपाश्रीले केही दिनअघि मात्रै साइबर ब्यूरोमा उजुरी दिएका थिए । खनालको अकाउन्टबाट त ह्याकर्सले २५ हजार ठगिसकेको खनालले बताएका छन् । उनी दुई जनाको अकाउन्टबाट ह्याकर्सले ८० देखि एक लाखसम्मको रकम माग्दै आएका थिए । पक्राउ परेका किशोरलाई विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ बमोजिमको कसुर बमोजिम अनुसन्धान गरिरहेको साइबर ब्यूरोले जनाएको छ ।...
फर्निचर उद्योगमा चोरी गरेको आरोपमा ४ पक्राउ

फर्निचर उद्योगमा चोरी गरेको आरोपमा ४ पक्राउ

समाचार
पूर्णपुष्टि,चैत २५ मोरङको कटहरी गाउँपालिका–१ मा संचालित  जय बैष्णु फर्निचर उद्योगमा चोरी गरेको आरोपमा चार जनालाई प्रहरीले पक्राउ गरेको छ । जहदा गाउँपालिका–४ का रतन कुमार कोईरीले संचालन गर्दे आएको उक्त फर्निचर उद्योगमा चोरी भएको जानकारी पाए लगत्तै चोरीमा संग्लग्न ब्यक्तिहरुको खोजतलासमा खटिएको प्रहरी टोलीले चार जनालई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा बिराटनगर महानगरपालिका–८ का २३ बर्षीय लक्ष्मी यादव, २२ बर्षीय अर्जुन मुखिया, २७ बर्षीय धर्मेन्द्र राय र २२ बर्षीय दिपेश कुमार राय रहेको जिल्ला प्रहरी कार्र्यालय मोरङले जनाएको छ । चोरीमा संग्लग्न उनीहरु रन्दा मेशिन १ थान, हेण्डकटर १ थान, जेक्सो मेशिन १ थान,एलईडी टि.भि. १ थान, मोवाईल १ थान, पानी तान्ने मोटर १ थान र विभिन्न हाते औजार सहित बिराटनगर–८ बाट हिजो दिउँसो पक्राउ परेका हुन् । उनीहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ...