Sunday, August 9News That Matters

Month: ५ वर्ष अगाडि

सवारी दर्घटनामा एक जनाको ज्यान गयो

सवारी दर्घटनामा एक जनाको ज्यान गयो

समाचार
पूर्णपुष्टि,चैत २५ मोरङमा सवारी दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । सुन्दरहरैचा नगरपालिका–७ गोठगाउ स्थित पुर्ब पश्चिम राजमार्गमा सवारी दुर्घटनामा भएको थियो । दुर्घटनामा सुन्दरहरैचा–१२ का ३५ बर्षीय महेन्द्र थापाको ज्यान गएको हो । मंगलबार दिउसो १ बजे पश्चिम तर्फ जादै गरेको ना ४ ख ७३२३ नम्बरको ट्रकलाई प्रदेश १–०२–०४३ प ३७९५ नम्मरको मोटरसाईकलले ओभरट्याक गर्ने क्रममा ट्रक सँग ठक्कर खाई दुर्घट्ना हुँदा मोटरसाईकल चालक थापा गम्भिर घाईते भएका थिए । उनको सोही दिन बेलुका ५ बजे उपचारको क्रममा नोवेल अस्पताल विराटनगरमा ज्यान गएको ईलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ । ट्रक र ट्रक चालक मकवानपुर हटौडा–७ बस्ने ३२ बर्षीय निल कुमार तामाङ नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।...
आग्लागीबाट २५ लाख भन्दा बढीको क्षति

आग्लागीबाट २५ लाख भन्दा बढीको क्षति

समाचार
पूर्णपुष्टि,चैत २५ मोरङ र तेह्रथुममा भएको आग्लागीबाट २५ लाख भन्दा बढीको क्षेती भएको छ । मङगलबार बिहान १० बजे मोरङ पथरी शनिश्चरे–१० त्रिबेणी चोक बस्ने भिम बहादुर राईको काठको दुई तले घरमा बिजुली तार सर्ट भई आगोलागी भएको थियो । आग्लागीमा अन्दाजी १५ लाख बराबरको धनमाल जली नष्ट भएको छ । उक्त आगो दम्कल, प्रहरी र स्थानियबासीको सहयोगमा दिउसो ११ बजे नियन्त्रणमा आएको ईलाका प्रहरी कार्यालय पथरीले जनाएको छ । त्यसैगरी मंगलबार दिउसो २ बजे तेह्रथुम छथर–५ स्थित डोप्किले देउराली सामुदायिक बनमा लागेको आगो हावाहुरीले उडाई सोही स्थानका अग्नि नेपालीको घर र गाईगोठमा आग्लागी भएको थियो । आग्लागीमा  अन्दाजी १० लाख २० हजार बारबरको धनमाल जली नष्ट भएको छ । उक्त आगो प्रहरी र स्थानियबासीको सहयोगमा बेलुका ४ बजे नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ । सो आग्लागीबाट मानविय तथा चौपाय क्षति ...
आज नेपाल पत्रकार महासंघको नयाँ नेतृत्वका लागि मतदान

आज नेपाल पत्रकार महासंघको नयाँ नेतृत्वका लागि मतदान

समाचार
आज नेपाल पत्रकार महासंघको नयाँ नेतृत्व चयनका लागि मतदान हुँदैछ । देशभर महासंघले तोकेको केन्द्रमा बिहान ९ बजेदेखि बेलुकी ५ बजेसम्म मतदान हुनेछ । ७७ जिल्लाको सम्बन्धित जिल्ला शाखामा, ४२ प्रतिष्ठानको विभिन्न १९ स्थानमा र एक एसोसियटको दशरथ रङ्गशालामा गरी ९७ केन्द्र तोकिएको छ । केन्द्रीय समितिको निर्वाचन पहिलो पटक प्रत्यक्ष प्रणालीबाट हुन लागेको हो । महासंघको केन्द्रीय समिति, प्रदेश समिति, जिल्ला शाखा र विभिन्न प्रतिष्ठान तथा एसोसिएटमा नयाँ नेतृत्वका लागि १३ हजार १ सय २२ सदस्यले एकसाथ मतदान गर्दैछन् । महासंघको ४९ पदाधिकारीका लागि १ सय ४५ जनाको उम्मेदवारी परेको छ । महासंघका सबै संरचनामा पूर्ण समावेशिताको व्यवस्था गरिएको छ । महासंघको आगामी नयाँ नेतृत्वका लागि केन्द्रीय अध्यक्षमा निर्मला शर्मा र विपुल पोखरेल प्यानलसहित चुनावी मैदानमा उत्रिएका छन् । यसैगरी गजेन्द्रसिंह बुढाथोकीले पनि अध्यक...
आजदेखि चिनियाँ खोप लगाइँदै

आजदेखि चिनियाँ खोप लगाइँदै

समाचार, स्वास्थ्य
आजदेखि चीनले अनुदानमा दिएको कोरोनाविरुद्धको खोप लगाइँदैछ । खोप अभियानका लागि सरकारले काठमाडौं उपत्यकाका १४ वटा स्वास्थ्य संस्थालाई केन्द्र तोकेको छ । खोप वीर अस्पताल, परोपकार प्रसूति गृह तथा स्त्रीरोग अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, निजामती कर्मचारी अस्पताल, राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र, नेपाल मेडिकल कलेज अत्तरखेल र काठमाडौ मेडिकल कलेज सिनामंगलमा लगाइने स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै त्रिवि शिक्षण अस्पताल, शहीद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्र, वीरेन्द्र अस्पताल छाउनी, नेपाल सशस्त्र प्रहरी अस्पताल, नेपाल प्रहरी अस्पताल, ओम हस्पिटल एण्ड रिसर्च सेन्टर र क्षेत्रपाटी निःशुल्क चिकित्सालयबाट पनि यो खोप लगाइने मन्त्रालयले जनाएको छ । चिनले दिएको अनुदानको खोप चीनमा छात्रवृत्तिमा अध्ययन गर्ने विद्यार्थी, चीनमा अध्ययनमा जाने तयारीमा रहेका व्यक्ति...
बोलेरो दुर्घटनामा ३ जनाको मृत्यु, १ जना घाईते

बोलेरो दुर्घटनामा ३ जनाको मृत्यु, १ जना घाईते

समाचार
ओखलढुङगा, चैत्र २५ ओखलढुङगामा बोलेरो दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । मानेभञ्ज्याङ–४ धुसेनिको भित्रि सडक खण्डमा भएको बोलेरो दुर्घटनामा चार जना सवार मध्ये तीन जनाको मृत्यु भएको हो भने एक जना गम्भिर घाईते भएको छ । दुर्घटनामा मानेभञ्ज्याङ–४ धुसेनि बस्ने ७१ बर्षीया बिनामाया आलेमगर, ५० बर्षीय टुल्कीमाया आलेमगर र ५ बर्षीया बालिका डोल कुमारी आलेमगरमो मृत्यु भएको प्रहरीले जनाएको छ । मंगलबार बिहान सवा ११ बजे  धुसेनि तर्फ जादै गरेको  ना १ ज ८३३२ नम्बरको बोलेरो आफै अनियन्त्रीत भई सडकबाट करिब ७ सय मिटर तल खसी दुर्घटना हुँदा गम्भिर घाईते भएका डोल कुमारीको जिल्ला अस्पताल रुम्जाटारमा उपचारको क्रममा दिउसो ४ बजे मृत्यु भएको थियो भने बिनामाया र टुल्कीमायाको सोही अस्पतालमा बेलुका साढे ६ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भिर घाईते भएका बोलेरो चालक सिद्धिचरण–१० बस्ने २६ बर्षीय क...
नेपाल पत्रकार महासंघको अध्यक्षमा राई र खड्काको उम्मेद्ववारी

नेपाल पत्रकार महासंघको अध्यक्षमा राई र खड्काको उम्मेद्ववारी

समाचार
 पूर्णपुष्टि, चैत २४ चैत २५ अर्थात भोली हुने नेपाल पत्रकार महासंघको २६ औँ महाधिवेशनका लागी नेपाल पत्रकार महासंघ उदयपुर शाखाको अध्यक्ष पदमा भोटराज राई र भरत खड्काले उमेदवारी दिएका छन् । राई प्रेस सेन्टर, चौतारी माधव नेपाल समूह र स्वतन्त्र पत्रकार संघको तर्पmबाट साँझा उम्मेद्ववारी हुन् भने खड्का नेपाल प्रेस यूनियन, चौतारी केपी ओली समूह र प्रेस मञ्चको साँझा उम्मेद्ववारी हुन् । दुवै उम्मेद्ववार निवर्तमान कार्यसमितिका खड्काल अध्यक्ष र राई उपाध्यक्ष समेत हुन् । गत २२ गतेको उम्मेद्ववारी मनोनयन दर्ता कार्यक्रम रहेपनि निर्वाचन संयोजक वद्रीप्रशाद काफ्लेले यूनियन र ओली समूहको चौतारीको एलायन्सको विज्ञप्तिमा हस्ताक्षर गरेपछि निर्वाचन निष्पक्ष हुनेमा आशंका पैदा भएको भन्दै राई समूहले विरोध गरेका थिए । उक्त समूहको विवादपछि नयाँ निर्वाचन समितिमा वरिष्ठ पत्रकार कौशल चेम्जोङको संयोजकतवमा गोकुल चा...
मुडाले किचेर १ जनाको मृत्यु

मुडाले किचेर १ जनाको मृत्यु

समाचार
भोजपुर, चैत्र २४ भोजपुरमा मुडाले किचेर एक जनाको मृत्यु भएको छ । भोजपुर नगरपालिका–४ मान्द्रेमा काठ सम्बन्धि काम गर्ने मजदुरको मुडाले किचेर मृत्यु भएको हो । आज बिहान ८ बजे धनकुटा पाख्रिवास–३ मुवाखोला निबासी २२ बर्षीय निरबहादुर मगरको काठको मुडा पल्टाउने क्रममा सोही मुडाले थिचेर घाईते भएको थियो । उनको उपचारको लागी जिल्ला अस्पताल धनकुटा पु¥याउन साथ दिउसो पौने १ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।...
प्रचण्डले खोसे ऊर्जामन्त्री टोपबहादुर रायमाझीको सांसद पद

प्रचण्डले खोसे ऊर्जामन्त्री टोपबहादुर रायमाझीको सांसद पद

समाचार
माओवादी केन्द्रले एमाले प्रवेश गरेका गृहमन्त्री रामबहादुर थापा, उद्योगमन्त्री लेखराज भट्ट, शहरी विकासमन्त्री प्रभु साह, ऊर्जामन्त्री टोपबहादुर रायमाझी र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशंकर चौधरीको सहित ५ जना मन्त्रीको सांसद पद खोस्ने निर्णय गरेको छ । उनीहरुको सांसद पद खोसिएको संसद् सचिवालयलाई पत्राचार गरेको छ । केपी शर्मा ओलीले उनीहरूलाई फागुन २८ मा केन्द्रीय सदस्यमा मनोनीत गरेका थिए ।...
प्रचण्डले खोसे उद्योगमन्त्री लेखराज भट्टको सांसद पद

प्रचण्डले खोसे  गृहमन्त्री रामबहादुर थापाको सांसद पद