Sunday, August 9News That Matters

Month: ५ वर्ष अगाडि

रोकेर राखेको बसमा आग्जनी

रोकेर राखेको बसमा आग्जनी

समाचार
पूर्णपुष्टि,चैत २४ स्याङजामा रोकेको बसमा आग्जनी भएको छ । आग्जनीबाट बस पूर्णरुपमा जलेर नष्ट भएको हो । सोमबार राती १० बजे टक्सार—पोखरा भित्री सडक अन्तरगत चल्ने ग १ ख ७१६६ नम्बरको बसमा आग्जनी भएको खबर पाएपछि घटनास्थलतर्फ प्रहरीको टोली पुग्दा बस जलेर नष्ट भएको प्रहरीले जनाएको छ । आगो लागेको समयमा बसमा यात्रु कोही नभएको र आगोको कारण बारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । बिजुली तार सर्ट भइ आगलागी भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको प्रहरीको भनाइ छ । बस चालक पोखराका २९ वर्षीय सुभास के.सी र सहचालक १८ वर्षीय नवराज गिरी प्रहरी नियन्त्रणमा छन् ।...
पानी ट्यांकी फुटेर दुईजनाको ज्यान गयो

पानी ट्यांकी फुटेर दुईजनाको ज्यान गयो

समाचार
पूर्णपुष्टि,चैत २४ पानी ट्यांकी फुटेर बझाङमा दुई जनाको ज्यान गएको छ । बझाङको तलकोट गाउँपालिका–१ चौडामा पानी ट्यांकी फुटेर ५२ वर्षीय गोकुल कुँवर र ४८ वर्षीया सुन्दरीदेवी कुँवरको ज्यान गएको हो । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत बनेको ट्यांकीमा सोमबार पानी जम्मा गर्ने क्रममा फुटेको प्रहरीले जनाएको छ । पानी ट्यांकी फुटर घाइते भएकी सुन्दरीदेवीको अमिशा अस्पताल चैनपुरमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । परियोजनाअन्तर्गत सेतीनदीबाट लिफ्टिङ गरेर गाउँमा पानी ल्याइएको थियो । पानी ट्यांकी चर्केर पानी चुहिन थालेपछि एक हप्ताअघि मर्मत गरिएको थियो । मर्मत गरिएको ट्यांकीमा पानी जम्मा गर्न लागेका बेला एक्कासि ट्यांकी फुटेर उक्त घटना भएको स्थानीयहरुको भनाई रहेको छ ।...
सुनको भाउमा वृद्धी

सुनको भाउमा वृद्धी

आर्थिक, समाचार
पूर्णपुष्टि,चैत २४ आज सुनको भाउमा वृद्धी भएको छ । आज सुनको भाउ तीन सय रुपैयाँले वृद्धी भएर तोलामा ८७ हजार ५ सय कायम भएको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ । हिजो बजारमा सुन तोलामा ८७ हजार २ सय रुपैयाँमा कारोवार भएको थियो । त्यस्तै आज चाँदीको भाउ भने यथावत रहेको महासंघले जनाएको छ ।
९ जुवारे कौडासहित पक्राउ

९ जुवारे कौडासहित पक्राउ

समाचार
पूर्णपुष्टि,चैत २४ जुवा खेलिरहेको अवस्थामा झापाबाट नौं जुवारे पक्राउ परेको छन् । गौरादह नगरपालिका–३ बस्ने भक्त बहादुर बर्देवाको घरबाट जुवा खेलिरहेका नौं जनालाई कौडा र नगद सहित प्रहरीले पक्राउ गरेको हो । सोमबार राती साढे १० बजे बिशेष सुचनाको आधारमा प्रहरीले उनीहरुलाई नियन्त्रमा लिएको हो । पक्राउ पर्नेमा घर धनि बर्देवा सहित गौरादह–२ का ३२ बर्षीय निर्मल थापा, गौरादह–३ का ३५ बर्षीय अंकित कार्की, सोही स्थानका ३८ बर्षीय सुरेश भण्डारी, गौरादह–४ का ३६ बर्षीय मोहन खरेल, कनकाई–३ का ४० बर्षीय राम प्रसाद खतिवडा, सोही स्थानका ४२ बर्षीय ईश्वर खतिवडा, कन्काई–७ का ४६ बर्षीय बिष्णु प्रसाद उप्रेती र दमक–७ का ३८ बर्षीय निर बहादुर सुनुवार पक्राउ परेका हुँन् । प्रहरीले उनीहरुलाई जुवा खेलीरहेको अवस्थामा १६ थान कौडा, कौडामा प्रयोग हुने पाउडर १ थान र नगद रु. ६९ हजार ४ सय २० रुपैयाँसहित पक्राउ गरेको हो । ...
शरिरमा आगो सल्किदा १ महिलाको ज्यान गयो

शरिरमा आगो सल्किदा १ महिलाको ज्यान गयो

समाचार
पूर्णपुष्टि,चैत २४ ईलाममा एक महिलाको शरिरमा आगो सल्किदा एक जना महिलाको ज्यान गएको छ । रोङ गाउँपालिका–३ मार्से कि ४८ बर्षीया मन माया राईको आगोले जलि ज्यान गएको हो । सोमबार दिउसो ११ बजे उनी आफनै भान्सा कोठामा चिया लिन जाने क्रममा गाईको खोले पकाउने चुलोमा उनीले लगाईएको कटनको कपडामा आगो सलकिन गई शरीरको बिभिन्न भागमा पोल्दा घाईते भएकी थिन् । घाईते राईलाई उपचारको लागी बिर्तासिटी अस्पताल बिर्तामोड झापा लगिएको थियो सो अस्पतालमा उपचार हुन नसकि रातको सभा ९ बजे थप उपचारको लागी मेचि अंचल अस्पताल भद्रपुरमा राईको ज्यान गएको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ ।...
ट्रक दुर्घटना हुँदा १ जनाको मृत्यु, १ जना गम्भिर घाईते

ट्रक दुर्घटना हुँदा १ जनाको मृत्यु, १ जना गम्भिर घाईते

समाचार
पूर्णपुष्टि ,चैत २४ भोजपुर अरुण  गाउँपालिका–४ छेम्ताङ स्थितमा ट्रक अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु र एक जना गम्भिर घाईते भएका छन् । दुर्घटना हुँदा ट्रकमा सवार सोही ट्रकका धनि मोरङ पथरीशनिश्चरे–८ का ४३ बर्षीय भेष बहादुर बस्नेतको घटनास्थलमानै मृत्यु भएको थियो भने ट्रक चालक भोजपुर अरुण गाउँपालिका–६ जरायोटार का २० बर्षीय जनक बहादुर खड्का गम्भिर घाइते भएका हुँन् । सोमबार बेलुका ६ बजे धरानबाट भोजपुर तर्फ जादै गरेको ना ३ ख ३२० नम्बरको ट्रक अनियन्त्रित भई सडकको बायाँ भित्तामा ट्रकको अगाडीको भाग जोतिन गई दुर्घटना भएको थियो । ट्रकका धनि बस्नेतको घटनास्थलमानै मृत्यु भएको थियो भने ट्रक चालक खड्का गम्भिर घाईते भई धरान घोपामा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।...
ब्राउन सुगरसहित २ जना पक्राउ

ब्राउन सुगरसहित २ जना पक्राउ

समाचार
पूर्णपुष्टि, चैत २४ झापामा ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन् । मेचीनगर नगरपालिका–६ स्थित गैरीगांउ स्थितबाट सोमबार बेलुका साढे ५ बजे लागूऔषध ब्राउन सुगर सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा कन्काई–३ का ३६ बर्षीय रोसन यादब र कन्काई ५ का २१ बर्षीय समिर लिम्बु रहेका छन् । उनिहरुलाई ४ ग्राम लागूऔषध ब्राउन सुगर सहित नियन्त्रणमा लिई अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय काकडभिट्टाले जनाएको छ ।...
प्रहरी र तस्कर समूहबीच दोहोरो भिडन्त

प्रहरी र तस्कर समूहबीच दोहोरो भिडन्त

समाचार
कैलालीको भजनी नगरपालिका मोरियाघाट नेपाल–भारत सीमा नाकामा सोमवार साँझ लागुऔषधका भारतीय तस्कर र नेपाल प्रहरीबीच गोली हानाहान भएको छ । ठूलो मात्रामा लागुऔषध भित्रिन लागेको भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायब उपरीक्षक प्रेम शाहीको नेतृत्वमा खटिएको प्रहरी टोली र भारतीय तस्करबीच गोली हानाहान भएको हो । मोरियाघाट सीमा नाकामा प्रहरी टोली र तस्करबीच जम्काभेट हुँदा गोली हानाहान भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । भाला र पेस्तोलसहित आएका तस्कर समूहसँग जम्काभेट हुँदा फायरिङ भएको प्रहरीले जनाएको छ । बब्लु सिंहसहितका तीन जना तस्करको समूहबाट प्रहरी टोलीमाथि एक राउण्ड गोली चलाइएपछि प्रहरीले पनि तीन राउण्ड जवाफी फायर गरेको प्रहरीले जनाएको छ । यस घटनामा भारत उत्तर प्रदेश, लखिमपुरखिरी जिल्ला तिकुनियाका निज सिंह घाइते भएको जनाइएको छ । गोली हानाहानपछि तस्कर ...
लकडाउन गर्ने स्वास्थ्यमन्त्रीको संकेत

लकडाउन गर्ने स्वास्थ्यमन्त्रीको संकेत

स्वास्थ्य
प्रतिनिधिसभामा सोमबार विशेष समय लिएर सम्बोधन गर्दै स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीले जनस्वास्थ्य मापदण्ड प्रभावकारी रूपमा पालना नभए कोरोना पुनः उच्च बिन्दुमा पुग्न सक्ने चेतावनी दिए । उनले आउँदो जेठ–असारमा पुनः कोरोना उच्च बिन्दुमा पुग्न सक्ने देखिएको बताए । सङ्क्रमण पछिल्लो दिनमा बढिरहेको भन्दै स्वास्थ्य मापदण्ड पालना गर्न उनले आग्रहसमेत गरे । छिमेकी मुलुक भारतमा सङ्क्रमण उच्च गतिमा बढिरहेको भन्दै उनले सचेत रहन सबैलाई आग्रहसमेत गरे । कोरोनाविरुद्धको खोप खरिदसम्बन्धी अध्यादेश सदनमा पेस नभएको भन्दै उनले असन्तुष्टि समेत जनाए । मापदण्ड पालना गर्नुपर्ने बाटै उल्लङ्घन भएको पनि उनको भनाइ छ । लकडाउनमा जाने अवस्थामा नपु¥याउन पनि उनले आग्रह गरे । सदनमा जवाफका क्रममा उनले भने, 'लकडाउनले समग्र अर्थतन्त्रलाई प्रभाव पार्ने रहेछ ...
खनाल-नेपाल पक्षलाई फुटाउन ओली आफै सक्रिय

खनाल-नेपाल पक्षलाई फुटाउन ओली आफै सक्रिय

समाचार
प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली झलनाथ खनाल–माधवकुमार नेपाल पक्षलाई फुटाउन लागिपरेका छन् । ओलीले नेपाल नेपाल पक्षका नेतासँग विभिन्न माध्यमबाट अलगअलग कुराकानी गरेर नेपाललाई एक्ल्याउने प्रयास गरेका छन् । नेपाल पक्षमा लागेका कतिपय नेतालाई ओली आफैले मनाउने प्रयास गरेका छन् । आन्तरिक संघर्षका लागि समानान्तर कमिटी बनाइरहेका नेपाल पक्षलाई फुटाएर ओली आफू बलियो हुने दाउमा लागेका छन् । उनले आफू पक्षधर नेतालाई पनि परिचालन गरी नेपाल पक्षका नेतासँग कुराकानी गरिरहेका छन् । ‘प्रधानमन्त्रीज्यूले विभिन्न माध्यमबाट हामीसँग कुराकानी अघि बढाउनुभएको छ । यद्यपि उहाँहरुको कुरा खास अर्थपूर्ण छैन,’ नेपाल पक्षका एक नेताले भने । ओलीले नेपाल पक्षका नेतासँग अलगअलग कुराकानी गरिरहेका बेला शनिबार दिउँसो राष्ट्रपति विद्यादेवी भण्डारी खनाललाई भेट्न पुगेकी थिइन् । खनालको स्वास्थ्यावस्था बुझ्ने बाहनामा न...