Saturday, August 8News That Matters

Month: ५ वर्ष अगाडि

नेपालमा फेरी वायु प्रदूषण बढ्न थाल्यो

नेपालमा फेरी वायु प्रदूषण बढ्न थाल्यो

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, चैत २४ नेपालमा फेरी वायु प्रदूषण बढ्न थालेको छ । केही दिनअघि केही सुधार भए पनि काठमाण्डौसहित देशका विभिन्न ठाउँको वायु प्रदूषण फेरि बढ्न थालेको वातावरण विभागले जनाएको छ । विश्वकै प्रदूषित सूचीको एक नम्बरमा काठमाण्डौँ रहेको छ । नेपालको वायु प्रदूषणको अवस्था मापन गर्ने एक्यूआई अहिले पनि ३ सयभन्दा माथि रहेको छ । विश्व स्वास्थ्य संगठनले निर्धारण गरेको मापदण्डअनुसार एक्यूआई ३५ भन्दा कम हुनुपर्छ । ५१ देखि १ सयसम्मको एक्यूआईलाई सामान्य मानिन्छ भने एक्यूआई २ सय १ भन्दा माथि पुगे धेरै अस्वस्थकर हुन्छ । डब्ल्यूएचओले ३ सय १ भन्दा माथि पुगे घातक हुने जनाएको छ । काठमाण्डौको सिंहदरबार क्षेत्र अहिले सबैभन्दा धेरै प्रदूषित देखिएको छ । त्यस्तै नेपालगञ्ज, पोखरालगायत सहरहरुको एक्यूआई पनि हानिकारक अवस्थामा रहेको छ । वायु प्रदूषण फेरि बढेसँगै यसले श्वासप्रश्वासमा समस्या हुने लगायत स...
वायु प्रदूषण अझ बढे सवारी साधन र उद्योग बन्द गरिने

वायु प्रदूषण अझ बढे सवारी साधन र उद्योग बन्द गरिने

समाचार
केही दिन कम भएको नेपालको वायु प्रदूषण फेरि बढेको छ । राजधानी काठमाडौँ विश्वकै प्रदूषित सहर हुन पुगेको छ । घाम नलाग्ने, चिसो हुने, नाक पोल्ने गरी हावा बहने जस्ता असर देखाउँदै वायु प्रदूषण बढेको हो । वातावरण विभागका उपमहानिर्देशक तथा प्रवक्ता इन्दुविक्रम जोशीका अनुसार प्रदूषण गत साताकै अवस्थामा नपुगे पनि सोमबारदेखि बढेको हो । जोशीले भने, “अझ बढ्दै गएमा सवारी साधन र उद्योगधन्दा बन्द गरेर भए पनि कम गर्नुपर्ने अवस्था आउन सक्छ ।” देशव्यापी रूपमा वन डढेलोको लहर बढेकाले नेपालको वायु प्रदूषण दोहोरिएको उनले बताए । जबसम्म वन डढेलो नियन्त्रण हुँदैन तबसम्म वायु प्रदूषण कम हुने सम्भावना नरहेको उनले बताए । वायुमण्डलमा प्रदूषण बढेको वायुको अवस्था स्थिर रहँदा त्यसमा अन्य प्रदूषणको मात्रा थपिँदै गएको छ । विभिन्न प्रकारको रसायन तथा ग्यासको मात्रासमेत बढ्दा वायुमण्डल धुमिल बन्ने जोशीले जानकारी दिनुभ...
कांग्रेसका नेता विजयकुमार गच्छदार पक्राउ गर्दै विशेष अदालत

कांग्रेसका नेता विजयकुमार गच्छदार पक्राउ गर्दै विशेष अदालत

समाचार
बालुवाटारस्थित ललिता निवास जग्गा किनबेच प्रकरणमा मुछिएका कांग्रेसका नेता विजयकुमार गच्छदारलाई विशेष अदालतले गरेको म्याद तामेलीको समय सोमबार सकिएको छ । विशेष अदालतले ३० दिनको हदम्याद जारी गर्दै उनलाई अदालतमा उपस्थित हुन भनेको थियो । गच्छदार मंगलबारसम्म हाजिर नभएमा विशेष अदालतले थुनछेक प्रक्रिया अघि बढाउने तयारी थालेको छ । २२ माघ २०७६ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वमन्त्रीसमेत रहेका गच्छदारलाई बालुवाटारको सरकारी जग्गा व्यक्तिको नाममा लैजान मुख्य भूमिका निर्वाह गरेको भन्दै विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो । गच्छदारलाई सुरुमा १५ दिनको म्याद राखेर अदालतमा उपस्थित हुन भन्दै सुनसरीमा म्याद टाँसेको थियो । अदालतले म्याद जारी गर्दा पनि उपस्थित नभएपछि दोस्रोपटक एक महिनाको समयसीमा राखेर म्याद जारी गरेको हो । अख्तियारले भने उनीसहित विशेष अदालतमा १ सय ७५ जनाविरुद्ध मुद्दा दायर ...
राष्ट्रपति पुटिनलाई थप २ कार्यकाल

राष्ट्रपति पुटिनलाई थप २ कार्यकाल

समाचार, संसार
पूर्णपुष्टि, चैत २४  रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले अवको दुई कार्यकालको पनि नेतृत्व गर्न पाउने अधिकार प्राप्त भएको छ । एक विधेयकमा हस्ताक्षर गरेसँगै राष्ट्रपति पुटिनले सन् २०३६ सम्म अर्थात अबको दुई कार्यकालसम्म नेतृत्व गर्न पाउने संवैधानिक अधिकार प्राप्त भएको हो । करिब दुई दशकदेखि सत्तामा रहनुभएका राष्ट्रपति पुटिनले यो कार्यकाल ६ वर्ष चलाइसक्नुभएको छ । गत वर्ष पुटिनको कार्यकाल बढाउने गरेर संविधान संशोधनका लागि रसियामा जनमत सङ्घर्ष गरिएको थियो । त्यहाँका मानिसहरुले पुटिनको समर्थनमा मत दिएका थिए । गत महिना यो सम्बन्धी विद्येयक सांसदहरुले संसदबाट अनुमोदन गरेका थिए । त्यसै विधेयकमा राष्ट्रपति पुटिनलाई हस्ताक्षर गरेसँगै उहाँलाई आफ्नो कार्यकाल बढाउने संवैधानिक अधिकार प्राप्त भएको हो ।...
आजदेखि त्रिकोणात्मक श्रृङ्खलाको प्रशिक्षण सुरु हुने

आजदेखि त्रिकोणात्मक श्रृङ्खलाको प्रशिक्षण सुरु हुने

खेलकुद, समाचार
पूर्णपुष्टि, चैत २४  आजदेखि नेपाल क्रिकेट सङ्घ (क्यान)ले त्रिकोणात्मक श्रृङ्खलाका लागि बन्द प्रशिक्षण सुरु गर्ने भएको छ । नेपाल, मलेसिया र नेदरल्याण्डबीचको त्रिकोणात्मक टी–२० श्रृङ्खलाका लागि २० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको हो । प्रतियोगिता वैशाख चार गतेदेखि ११ गतेसम्म हुनेछ । बन्द प्रशिक्षणमा ज्ञानेन्द्र मल्ल, पारस खड्का, दिपेन्द्रसिंह ऐरी, विनोद भण्डारी, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, अविनाश बोहरा, आरिफ शेख, आशिष शेख, कुशल भुर्तेल, कुशल मल्ल, लोकेश बम, कमलसिंह ऐरी, सुशन भारी, साहब आलम, सन्दीप जोरा, विक्रम सोब, पवन सर्राफ र ललित राजवंशी रहेका छन् । यही खेलाडीको सूचीबाट क्यानले अन्तिम नामावली सार्वजनिक गर्नेछ । मुख्य प्रशिक्षक डेभ ह्वाटमोरले टिमलाई विशेष प्रशिक्षण दिनेछन् ।...
पाँच श्रीमतीले गरे करोडपति श्रीमानको बलात्कार

पाँच श्रीमतीले गरे करोडपति श्रीमानको बलात्कार

रोचक
नाइजेरियामा एक करोडपति व्यक्तिसँग उनका पाँच श्रीमतीले लगातार बलात्कार गरेका छन् । उनीहरुको यो बलात्कार त्यतीबेला सम्म चल्यो जब सम्म उनका प्राण गएन । उनको छैटौ श्रीमतीलाई बढी माया गरेको आरोप लगाउदै पाँच पत्नीले उनको बलात्कार गरेका हुन् । नाइजेरियाको समाचारपत्र डेली पोस्टमा प्रकाशित रिपोर्टका अनुसार गत साता करोडपति व्यापारी युरोको ओनोजा आफ्नी छैटौ श्रीमतीसँग शारीरिक सम्बन्ध राखिरहेका थिए । सोही समयमा उनको पाँचै पत्नी छुरा र लाठि लिएर उनलाई धम्की दिन थाले । उनीहरु सबैले यौन सम्बन्धको प्रस्ताव राखे । ओनोजाले बिरोध गरे । तर, श्रीमतीहरुले बिरोध गरे । उनलाई उनले वरिष्ठताका आधारमा सबैसँग शारीरिक सम्पर्क राखेको तर, पाँचौको पालामा उनले आफ्नो प्राण त्यागेका थिए ।-एजेन्सीको सहयोगमा...
अग्नि पिडितलाई सस्थाको आर्थिक सहयोग

अग्नि पिडितलाई सस्थाको आर्थिक सहयोग

समाचार
मिलन परियार लिम्चुङ्बुङ, चैत २३ उदयपुरको रौतामाई गाउँपालिका–३ भोर्लाबासका अग्नि पिडितलाई जाल्पा एकिकृत विकास समाजले उदयपुरले आर्थीक सहयोग गरेको छ । रसुवा खोलाको कौसिका सामुदायिक बनमा लागेको डढेलो गाउँ पस्दा टंक बहादुर नेपाली र उमेस नेपालीको घर जलेर नष्ट भएको थियो । उनीहरुलाई वर्ल्ड भिजनको सहयोग र जाल्पा एकीकृत बिकास समाज उदयपुरको आर्थिक सहयोगमा खाधान्न सहयोग हस्तान्तरण गरेको जाल्पाले जनाएको छ । प्रत्येक घरलाई ३० केजी चामल, २/२ केजी नुन, दाल, चिनी, २ लिटर तेल र सरसफाइको सामाग्री र लत्ताकपडाका दरले सहयोग गरेको जनाएको छ । सोही सहयोग सामाग्री रौतामाई गाउँपालिका–३ का वडा सदस्य सर्बजित राईले हस्तान्तरण गर्नु भएको छ । आपतविपत्तमा संस्थाले गरेको सहयोग प्रती पीडित परिवार खुसी भएका छ्न । डढेलोले घर खरानी भएपछि छिमेकीकोमा बसिरहेका छन् ।...
२४ घन्टामा थप २६६ जनामा कोरोना संक्रमण, ४ को ज्यान गयो

२४ घन्टामा थप २६६ जनामा कोरोना संक्रमण, ४ को ज्यान गयो

समाचार
पूर्णपुष्टि,चैत २३ वितेको २४ घण्टामा थप २ सय ६६ जनामा कोरोना भाईरस कोभिड–१९ को संक्रमण पुष्टि भएको छ । ४५ सय ३६ जनाको पीसीआर परीक्षणमा २ सया ६६ जनामा कोरोना पोजिटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो संगै नेपमलमा कोरोना संक्रमितको संख्या २ लाख ७८ हजार २ सय १० पुगेको छ । मन्त्रालयका अनुसार वितेको २४ घन्टामा १ सय २ जना कोरोना मुक्त भएका छन् । यो सहित कोरोना जितेर घर फर्किनेको संख्या २ लाख ७३ हजार ३ सय ४२ पुगेको छ । यस्तै वितेको २४ घन्टामा कोरोनाबाट थप ४ जनाको ज्यान गएको छ । यो सहित कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ हजार ३६ पुगेको छ । मन्त्रालयका अनुसार हाल ६४ जना क्वारेन्टाइन र १ हजार ८ सय ३२ जना आइसोलेनमा रहेका छन्। पछिल्लो समय भारतमा कोरोना संक्रमण दर बढेको र त्यसको जोखिम नेपालमा पनि रहेको औल्याउँदै सीमानाकामा स्वास्थ्य जाँच कडा पार्न लागिएको हो । मन्त्रालयक...
जङ्गलमा लागेको आगो घरसम्म पुग्दा एक महिलाको ज्यान गयो

जङ्गलमा लागेको आगो घरसम्म पुग्दा एक महिलाको ज्यान गयो

समाचार
पूर्णपुष्टि,चैत २३ मकवानपुरमा जङ्गलमा लागेको आगो घरसम्म पुग्दा एक महिलाको ज्यान गएको छ । भीमफेदी गाउँपालिका–३ पारीपाखाको जङ्गलमा लागेको डढेलोले स्थानीय ६९ वर्षीया हस्तमाया सिन्तानको आज बिहान ज्यान गएको हो । प्रितिबहादुर सिन्तानको घर र गोठमा डढेलोका कारण आगलागी हुँदा निजका श्रीमती हस्तमायाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । साथै उक्त आगलागीमा परेर उनको गोठमा रहेका १० खसीबाख्रा, अन्नपात र लत्ताकपडासमेत जलेर नष्ट भएको प्रहरीले जनाएको छ । जलेको शवको मुचुल्का गरी परीक्षणका लागि हेटौँडा अस्पताल पठाइएको बताइएको प्रहरीले जनाएको छ ।...
सवारी दुर्घटनामा सक्कली चालक भगाउने संघका दुई प्रतिनिधी पक्राउ

सवारी दुर्घटनामा सक्कली चालक भगाउने संघका दुई प्रतिनिधी पक्राउ

समाचार
पूर्णपुष्टि,चैत २३ सवारी दुर्घटनामा नक्कली चालक उपस्थित गराई सक्कली चालक भगाउने  संघका दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । बिराटनगर–१२ का जीवन खनाल र सोही स्थानका ३३ बर्षीय नेत्र प्रसाद पाठक पक्राउ परेको हो । पक्राउ परेका यी दुबै जना कोशी यातायात प्रा.ली. ईटहरीका संचाक समितिका सदस्य रहेको खुल्न आएको छ । यही चैत्र १२ गते सुनसरी कोशी–८ तिनकुने राजमार्गमा ना ४ ख ५२९१ नम्बरको बसले मे ६ प ८००० नम्बरको मोटरसाईकललाई ठक्कर दिदा मोटरसाईकल चालक ईलाम–८ तिल्केनीका मेख बहादुर राई सख्त घाईते भएकोमा उनको बिराट नर्सिङहोममा चैत्र १३ गते उपचारको क्रममा मृत्यु भएको थियो । दुर्घटना पश्चात तत्काल चालक फरार रहेकोमा जिल्ला प्रहरी कार्यालय सुनसरीले उनको खोजी गरिरहेकोमा कोशी यातायात प्रा.ली. ईटहरीका संचालक समितिका सदस्यद्धय जीवन र नेत्र प्रसादले सिरहा लाहान–८ घर भई बिराटनगर बस्दै आएका अमित कुमार गुप्तालाई बस...