Sunday, August 9News That Matters

Month: ५ वर्ष अगाडि

केही दिनमै नयाँ सरकार बन्ने : प्रचण्ड

केही दिनमै नयाँ सरकार बन्ने : प्रचण्ड

समाचार
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले अवको केही दिन भित्रै नयाँ सरकार बन्ने दाबी गर्नुभएको छ । आगामी चुनावको लागी दलहरुसँग मोर्चा बनाएर केपी शर्मा ओलीलाई चौथो पार्टी बनाउने प्रचण्डले बताउनुभयो । माओवादी केन्द्रको कर्णाली प्रदेश सम्पर्क समितिको भेलालाई सम्बोधन गर्दै प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवाको निवासमा बसेको तीन दलको बैठक सकारात्मक भएको बताउनुभयो । जसपाले पनि पार्टीमा सल्लाह गरेर एकदुई दिनभित्रै टुंग्याउँछु भनेको भन्दै उहाँले भन्नुभयो मलाई लाग्छ, केही दिनभित्र नयाँ सरकार गठन हुन्छ । नयाँ सरकार गठनसँगै चुनावमा केपी ओलीले नेतृत्व गरेको बाहेकका दलहरुको मोर्चा बनाउने बताउनुभयो । जसपाका नेताहरुसँग पनि आफूहरुको वेभलेन्थ मिल्ने भएकाले मोर्चा बन्नसक्ने प्रचण्डले बताउनुभयो । कांग्रेससँग सरकारमा सहकार्य र चुनावी तालमेल गर्नुपर्ने बताउनुभयो । मोहनविक्रम सिं...
विश्वमा एकैदिन ७ लाख ८५ हजारभन्दा धेरैमा कोरोना संक्रमण पुष्टि

विश्वमा एकैदिन ७ लाख ८५ हजारभन्दा धेरैमा कोरोना संक्रमण पुष्टि

समाचार, संसार, स्वास्थ्य
विश्वमा पछिल्लो २४ घण्टामा सात लाख ८५ हजार आठ सय ९६ जना कोरोना सङ्क्रमित थपिएका छन् । यस्तै विश्वभर १३ हजार दुई सय ६८ जनाले ज्यान गुमाएका छन् । विश्वमा कोरोना सङ्क्रमितको संख्या १३ करोड ५२ लाख ८९ हजार आठ सय ६९ पुगेको वर्ल्डओमिटरको तथ्याङ्कले देखाएको छ । कोरोना सङ्क्रमणबाट विश्वमा अहिलेसम्म ज्यान गुमाउनेको सङ्ख्या २९ लाख २७ हजार ६ सय ८४ पुगेको छ । गत २४ घण्टामा सबैभन्दा धेरै भारतमा एक लाख ४४ हजार आठ सय २९ जना नयाँ सङ्क्रमित थपिएका छन् भने सात सय ७३ जनाको ज्यान गएको छ । त्यसैगरी ब्राजिलमा ८९ हजार ९० जना सङ्क्रमित थपिँदा तीन हजार ६ सय ४७ जनाको ज्यान गएको छ । गएको २४ घण्टाभित्र ब्राजिलमा ज्यान जानेको संख्या विश्वमै सबैभन्दा धेरै हो ।...
उदयपुरमा गाँजासहित १ जना पक्राउ

उदयपुरमा गाँजासहित १ जना पक्राउ

समाचार
पूर्णपुष्टि, चैत २८   उदयपुरमा गाँजासहित एक जना पक्राउ परेको छ । जिल्ला  प्रहरी कार्यालय उदयपुरले संचालन गरेको अबैध  लागुऔषध नियन्त्रण गर्ने अभियान अन्तर्गत शुक्रबार दिउसो करिब ३ बजे गाँजासहित एक जना पक्राउ परेको हो । चौदण्डिगढी नगरपालीका–९ अजगढा बस्ने ५५ वर्षीय तिलक चौधरीको घरमा लागुऔषध गाँजा लुकाई छिपाई राखेको छ भन्ने बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय बेल्टाबाट खटेका प्रहरी खटीले घर खानतलासि गर्दा लुकाई छिपाई राखेको १ केजी ९ सय १५ ग्राम गाँजासहित पक्राउ गरेको प्रहरीले जनाएको छ । गाँजासहित पक्राउ परेका चौधरीलाई ईलाका प्रहरी कार्यालय बेल्टारमा ल्याई थप आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।...
लागुऔषधसहित १ जना पक्राउ

लागुऔषधसहित १ जना पक्राउ

समाचार
सुनसरी, चैत्र २८ सुनसरीमा लागुऔषधसहित एक जनाको मृत्यु भएको छ । धरान–११ का २२ बर्षीय पवन राईलाई लागुऔषधीसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । शुक्रबार राती ९ बजे धरान–८ तीनकुनेमा चेकजाँच गर्दा उनको साथबाट टर्माडोल ४ सय ६७ ट्याब्लेट र स्पास्पैन ३ सय ६७ ट्याब्लेट बरामद गरेको प्रहरीले जनाएको छ । लागुऔषधसहित पक्राउ परेका राईमाथी थप अनुन्धान भईरहेको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।...
ढुंगाले किचेर १ जनाको मृत्यु

ढुंगाले किचेर १ जनाको मृत्यु

समाचार
मोरङ, चैत्र २८ मोरङ केराबारीमा ढुङ्गाले किचेर एक जनाको मृत्यु भएको छ । केराबारी गाऊपालिका–८ आमजुङी बस्ने ४५ बर्षीया कुमारी लिम्बुको ढुंगाले किचेर मृत्यु भएको हो । शुक्रबार दिउसो साढे १ बजे स्थानीय खदम खोलामा ढुङ्गा टिप्ने क्रममा थकाई लागी नजिकै रहेको ठुलो ढुङ्गामा अडेस लागेर सितलमा बसिरहेको बेला सोही ढुङ्गाले किचेर लिम्बुको घटनास्थलमानै मृत्यु भएको ईलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।...
बोलेरोको ठक्करबाट १ पैदल यात्रीको मृत्यु

बोलेरोको ठक्करबाट १ पैदल यात्रीको मृत्यु

समाचार
झापा, चैत्र २८ झापा बुद्धशान्तिमा बोलेरोको ठक्करबाट एक जना पैदल यात्रीको मृत्यु भएको छ । बुद्धशान्ति गाऊपालिका–३ सात नम्बर चौक स्थित मेची हाईवेमा बोलेरोको ठक्करबाट वतन नखुलेको अन्दाजी ४० बर्षीय पुरुषको मृत्यु भएको हो । शुक्रबार राती साढे ८ बजे उत्तर तर्फ जादै गरेको मे१च ६४१३ नम्बरको बोलेरो पिकअपले तत्काल नामथर, वतन नखुलेको पुरुषलाई ठक्कर दिई घाईते भएका उनको वि एण्ड सी अस्पताल बिर्तामोडमा पुर्याउन साथ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । दुर्घटना गराउने बोलेरो र चालक नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।...
बकेट लागेर अप्रेटरको मृत्यु

बकेट लागेर अप्रेटरको मृत्यु

समाचार
मोरङ, चैत्र २८ मोरङमा स्काईभेटरको बकेट लागेर अप्रेटरको मृत्यु भएको छ । जहदा–१ भुटाहा चोकमा निर्माणाधिन बाटोमा काम गर्ने स्काईभेटर अप्रेटरको बकेटले लागेर सोही स्काईभेटरका चालक  ताप्लेजुङ्गका २६ बर्षीय दिपक तामाङको मृत्यु भएको हो । शुक्रबार दिउसो करिब साढे २ बजे स्काईभेटरको तेल हाली तामाङले आफैले स्काईभेटर चेकजाँच गर्दा स्काईभेटरको बकेट खुस्केर लाग्दा घाईते भएका उनको कोशी अस्पताल विराटनगरमा उपचारको क्रममा बेलुका साढे ३ बजे  मृत्यु भएको ईलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।...
ओली सरकार ढाल्ने देउवाको प्रस्ताव

ओली सरकार ढाल्ने देउवाको प्रस्ताव

समाचार
नेपाली कांग्रेसले केपी शर्मा ओली नेतृत्वको सरकार ढालेर आफ्नो नेतृत्वमा नयाँ सरकार बनाउन माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) सँग प्रस्ताव राखेको छ। प्रस्तावमा माओवादी केन्द्रले सकारात्मक प्रतिक्रिया दिए पनि जसपाले सहमति नजनाएपछि शुक्रबार बसेको त्रिदलीय बैठक बिनानिष्कर्ष टुंगियो। नयाँ सत्ता समीकरणका लागि छलफल गर्न कांग्रेसले माओवादी केन्द्र र जसपालाई बोलाएको थियो।बैठकको प्रारम्भमा कांग्रेस सभापति शेरबहादुर देउवाले ओली नेतृत्वको सरकार ढालेर कांग्रेस नेतृत्वमा माओवादी केन्द्र र जसपा सम्मिलित नयाँ सरकार बनाउने प्रस्ताव राखेका थिए। कांग्रेस केन्द्रीय समितिले ओली नेतृत्वको सरकार ढालेर आफ्नो नेतृत्वमा नयाँ सरकार गठनका लागि पहल गर्ने निर्णय गरेबमोजिम देउवाले औपचारिक रूपमा माओवादी केन्द्र र जसपाका नेताहरूसँग छलफल गरेका हुन्। देउवाले लोकतान्त्रिक र निष्पक्ष चुनाव गराउन ओली नेतृत्वको ...
आजदेखि बिस्केट जात्रा सुरु

आजदेखि बिस्केट जात्रा सुरु

समाचार
पूर्णपुष्टि, चैत २८  आजदेखि भक्तपुरमा बिस्का अर्थात बिस्केट जात्रा सुरु हुँदैछ । भैरवनाथ र भद्रकालीको रथ दिउँसो दुई बजे तानेर रथजात्रा सुरु हुनेछ । भक्तपुरको ऐतिहासिक बिस्का जात्रा आठ रात नौ दिन मनाइने यो जात्रा आउँदो वैशाख पाँच गतेसम्म सञ्चालन हुनेछ । भैरवनाथको रथ टमौढीबाट पूर्वमा बुलुबुलु हिटी र पश्चिममा नासमनासम्म मात्र लैजान पाइने भएको छ । त्यसक्रममा आवश्यक व्यक्तिबाहेक अरुलाई रथमा चढ्न रोक लगाइने भएको छ । भैरवनाथको महास्नान पूजा र नित्यपूजा अहिले भइरहेको छ । लिच्छविकालदेखि सुरु भएको जात्रा वैशाख १ गतेभन्दा चार दिनअघि भैरव र भद्रकालीको रथ तानेर सुरु गर्ने प्रचलन रहेको छ । यो जात्रा भैरवनाथको रथ तानेर सुरु हुन्छ भने समापन पनि भैरवनाथकै रथ तानेर गरिन्छ । बिस्केट जात्रामा नौ दिनसम्म विभिन्न जात्रा हुने भए पनि मुख्य सुरुको दिन टौमढीमा रथ तान्ने, चैत मसान्तमा ल्यासिंखेलमा इन्...
किन भयो देउवा–पौडेलवीच भनाभन ?

किन भयो देउवा–पौडेलवीच भनाभन ?

समाचार
नयाँ सरकार गठनको विषयलाई लिएर कांग्रेस सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच सार्वजनिक कार्यक्रममा नै भनाभन भएको छ । कार्यक्रममा नै नेता पौडेलले नयाँ सरकार गठनको अवसर खेर फालेको भन्दै आक्रोश पोखेपछि सभापति देउवाले मैले कहाँ कस्तो अवसर खेर फालें भन्दै पौडेललाई प्रतिप्रश्न गरेका छन् । शुक्रबार कांग्रेस निकट नेपाल निजामती कर्मचारी युनियन संघको राष्ट्रिय भेलामा सहभागी भएका देउवाले नयाँ सरकार गठन गर्ने परिस्थिति नआए निर्वाचनमा पनि जान सकिने बताए । कार्यक्रममा देउवा पक्षका नेताले चुनावको पक्षमा बोलेका थिए भने पौडेल तथा संस्थापनइतर पक्षका नेताहरूले नयाँ सरकार गठनमा जोड दिएका थिए । कार्यक्रममा नेता पौडेलले जोखाना हेर्दाहेर्दै सरकार गठनको एउटा अवसर गुमेकोमा देउवाको आलोचना गर्दै अब अर्को अवसर खेर फाल्न नहुने आवश्यकता औंंल्याए । पौडेलले बोलेपछि अन्तिममा बोलेका सभापति देउवाले प...