Sunday, August 9News That Matters

Month: ५ वर्ष अगाडि

लहान बम विस्फोटमा संलग्न आरोपमा मुखिया पक्राउ

लहान बम विस्फोटमा संलग्न आरोपमा मुखिया पक्राउ

समाचार
पूर्णपुष्टि, चैत २९ सिरहाको लहानस्थित मालपोत कार्यालयमा गत चैत १ गते भएको बम विस्फोटमा संलग्न आरोपमा प्रहरीले थप एक जनालाई प्रहरीले पक्राउ गरेको छ । लक्ष्मीपुर पतारी गाउँपालिका–३ लवका टोलका २० वर्षीय गुड्डु भनिने रामजतन मुखियालाई प्रहरीले पक्राउ गरेको हो । मुखियालाई इलाका प्रहरी कार्यालय लहानबाट खटिएको टोलीले लहान नगरपालिका–१ बाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता शालिग्राम शर्माले जानकारी दिनुभयो । पक्राउ परेका मुखियामाथि थप अनुसन्धान भइरहेको उनले सिरहा प्रहरीले जनाएको छ । ८ जना घाइते हुनेगरी भएको उक्त विस्फोटमा संलग्न रहेको आरोपमा प्रहरीले यसअघि दुई जनालाई हतियारसहित पक्राउ गरेको थियो । चैत १६ मा सिरहाको सुखीपुर नगरपालिका–५ का २५ वर्षीय रामरिझन यादव र लक्ष्मीपुर पतारी गाउँपालिका–३ का २६ वर्षीय अभिमन्यु गिरीलाई सुखीपुर–५ बाट एक थान पेस्तोल र दुई राउन्ड ग...
माथिल्लो साञ्जेन जलविद्युत्को पुसदेखि उत्पादन सुरु हुने

माथिल्लो साञ्जेन जलविद्युत्को पुसदेखि उत्पादन सुरु हुने

समाचार
पूर्णपुष्टि, चैत २९ रसुवामा निर्माणाधीन माथिल्लो साञ्जेन जलविद्युत् आयोजनाले आगामी पुसदेखि विद्युत् उत्पादन सुरु गर्ने भएको छ । आयोजनाको सिभिल तथा हाइड्रोमेकानिकल तर्फको काम अन्तिम चरणमा पुगेको छ । अहिलेसम्म ९७ प्रतिशत भौतिक प्रगति भएको आयोजनाले जनाएको छ । उपकरण जडानका लागि चिनियाँ कामदार तत्काल आए आगामी दशैं अगाडि नै परीक्षण उत्पादन सुरु गरिने जनाएको छ । १४.८ मेगावाट क्षमताको आयोजनाको इलेक्ट्रोमेकानिकलतर्फ ७० र हाइड्रोमेकानिकलतर्फ ८५ प्रतिशत काम सम्पन्न भएको छ । आमाछोदिङ्मो गाउँपालिका–५, चिलिमेमा निर्माण भइरहेको आयोजनाको २०६८ असोज २३ गते पीपीए भएको थियो । आयोजनाको २०७२ साउन १५ गते निर्माण सम्पन्न गर्ने लक्ष्य थियो । निर्धारित समयमा निर्माण सम्पन्न गर्न नसक्दा तीन पटकसम्म म्याद थप गरिएको छ ।...
खोटाङमा आगलागी करिब ४ लाख क्षति

खोटाङमा आगलागी करिब ४ लाख क्षति

समाचार
पूर्णपुष्टि,चैत २९ खोटाङको जन्तेढुंगा गाउँपालिका–६ दिप्लुङको एक घरमा आगलागी हुँदा करिब चाँर लाख बराबरको क्षति भएको छ । घरमा कोही नभएको अवस्थामा शुक्रबार राती करिव १ बजेको समयमा साविकको दिप्लुङ–५ निवासी प्रकाश राईको घरमा आगलागी भएको हो । आफन्तको घरमा बसेको रात घरमा आगलागी भएपछि घट्नालाई शंकास्पद मानिएको स्थानीयको भनाई छ । आगलागीमा घर, घरमा भएका अन्न, भाँडाकुँडा, कागजात लगायत जल्दा करिब ४ लाख बराबरको क्षति भएको अनुमान गरिएको प्रहरीले जनाएको छ । आगलागीबाट बिस्थापित ६ जनाको परिवार हाल गोठमा बसिरहेको खोटाङ प्रहरीले जनाएको छ ।...
सुनको भाउ घट्यो

सुनको भाउ घट्यो

आर्थिक, समाचार
पूर्णपुष्टि, चैत २९  आज सुनको भाउ तोलामा ४ सय रुपैयाँ घटेको छ । सुन तोलामा ८९ हजार ५ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अस्ति सुनको भाउ तोलामा ८९ हजार ९ सय रुपैयाँ तोकिएको थियो । चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँ घटेर तोलाको १२ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।...
नयाँ वर्षमा ४ सय ५२ जनालाई विभूषित गरिँदै

नयाँ वर्षमा ४ सय ५२ जनालाई विभूषित गरिँदै

समाचार
आगामी वैशाख १ गते राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न मानपदवी प्राप्त गर्नेमध्ये चार सय ५२ जनालाई विभूषित गर्नुहुने भएको छ । विभूषण ऐन, २०६४ को दफा ४ बमोजिम उपप्रधानमन्त्री ईश्वर पोखरेलको अध्यक्षतामा बनेको विभूषण समितिले एक विज्ञप्ति जारी गरी राष्ट्रपति भवन शीतलनिवासमा सुशोभन समारोहमा विभूषित गर्ने कार्यक्रम रहेको जनाएको छ । त्यस समितिमा गृहमन्त्री रामबहादुर थापा, प्राडा मीना वैद्य, प्राडा इन्द्रजीत राई, हरिहर शर्मा, काशेन्द्रप्रसाद यादव र उपरथि विनोदकुमार श्रेष्ठ सदस्य तथा सदस्यसचिवमा गृहसचिव महेश्वर न्यौपाने हुनुहुन्छ । राष्ट्रको विभिन्न क्षेत्रमा योगदान पु¥याएका व्यक्तिमध्येबाट  मानपदवीतर्फ सुप्रसिद्ध प्रबल जनसेवाश्री प्रथम श्रेणीमा एक, प्रसिद्ध प्रबल जनसेवाश्री द्वितीय श्रेणीमा तीन, सुकीर्तिमय राष्ट्रदीप तृतीय श्रेणीमा सात, सुप्रबल जनसेवाश्री तृतीय श्रेणीमा ८६, कीर्तिमय रा...
सवारी दुर्घटनामा एकको ज्यान गयो

सवारी दुर्घटनामा एकको ज्यान गयो

समाचार
पूर्णपुष्टि,चैत २९ झापा बिर्तामोड नगरपालिका–६ बुट्टाबारी स्थित पुर्व–पश्चिम राजमार्गमा आज विहान ७ बजे भएको सवारी दुर्घटनामा परी एक जनाको ज्यान गएको छ । मोटरसाईकल चालक अर्जुनधारा–५ बैसाबारी का ३८ वर्षीय रामकान्त चौधरीको ज्यान गएको हो । पुर्व तर्फ जादै गरेको मे १ ख २६२७ नम्बरको बसलाई सोही दिशाबाट जादै गरेको मे ४ प ६७४८ नम्बरको मोटरसाईकलले ओभर ट्याक गर्ने क्रममा बसमा ठोकिन गई मोटरसाईकल अनियन्त्रित भई विपरीत दिशाबाट आउदै गरेको ना ४ ख ७२८९ नम्बरको ट्रकले ठक्कर दिदा चौधरी गम्भिर घाईते भएका थिए । घाईते चौधरीलाई उपचारको लागी बिएन्सी अस्पताल बिर्तामोड पुर्याउना साथ मृत्यु भएको प्रहरीले जनाएको छ । ट्रक, ट्रक चालक ईलाम देउमाई–६ रक्सेका ४२ वर्षीय निमा शेर्पा र बस, बस चालक मोरङ उर्लाबारी–४ का ३० वर्षीय खड्क बहादुर भुजेल नियन्त्रणमा रहेको ईलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ । यस सम्बन्धमा ...
सुनसरीबाट साईकल चोर पक्राउ

सुनसरीबाट साईकल चोर पक्राउ

समाचार
पूर्णपुष्टि,चैत २९ सुनसरी ईनरुवा नगरपालिका–२ का ५० बर्षीय अश्रुधिन मियालाई साईकल चोरी गरी लादै गरेको अवस्थामा पक्राउ गरिएको छ । शनिबार बेलुका ८ बजे बराहक्षेत्र–१० प्रकासपुरमा लाग्ने साप्ताहिक हटियाबाट पार्किङ गरी राखेको साईकल चोरी गरी लैजादै गरेको अवस्थामा मियालाई प्रहरीले पक्राउ गरेको हो । उनको साथ ४ ओटा साईकलको चाबी, साईकल खोल्न प्रयोग गर्ने मास्टर चाबी समेत फेला परेको ईलाका प्रहरी कार्यालय महेन्द्रनगर सुनसरीले जनाएको छ ।...
लागूऔषधसहित १ जना पक्राउ

लागूऔषधसहित १ जना पक्राउ

समाचार
पूर्णपुष्टि, चैत २९ मोरङमा लागुऔषधसहित एक युवा पक्राउ परेको छ । बिराटनगर महा नगरपालिका–१५ हुलास चोक स्थितबाट हिजो बेलुका ५ बजे पथरी शनिश्चरे–९ का २२  बर्षीय कुसुवार माझी  लागूऔषध नाईट्राभेटसहित पक्राउ परेको हो । उनलाई लागूऔषध नाईट्राभेट–१२१ चक्कीसहित नियन्त्रणमा लिई अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।...
सुनचाँदी व्यवसायीको हत्या, २ जना पक्राउ

सुनचाँदी व्यवसायीको हत्या, २ जना पक्राउ

समाचार
पूर्णपुष्टि, चैत २९ सिरहाको लहानमा एक जना सुनचाँदी व्यवसायीको हत्या भएको छ । लुटपाट गर्न आएको समूहले धाारिलो हतियार र गोली प्रहार गरी सुनचाँदी व्यवसायी प्रदीप मिझारको हत्या गरेको प्रहरीले जनाएको छ । गत राति करिब १ बजे लुटपाट गर्न आएका व्यक्तिले ४५ वर्षीय मिझारको हत्या गरेको प्रहरीले जनाएको छ । मिझारको टाउको, अनुहार र हातमा खुकुरी प्रहार गरी छातीमा गोलीसमेत प्रहार गरी मिझारलाई गम्भीर घाइते बनाएको थियो । उनको तत्काल लहानस्थित सप्तऋषि अस्पतालमा उपचारका लागि लगिए पनि मृत्यु भएको प्रहरीले जनाएको छ । लुटेरा समूहले मृतककी श्रीमती ३५ वर्षीया अनिताकुमारी दुलाललाई समेत दाहिने हातमा खुकुरी प्रहार गरी घाइते बनाएका छन् । उनको पनि सप्तऋषि अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । लहान नगरपालिका–२३ नम्बर वडाका वडाध्यक्ष कन्हैयाप्रसाद गुप्ताको घरमा डेरा लिई मिझार दम्पती सुनचाँदी व्यवसाय गर्द...
भारतको दिल्लीमा कडा प्रतिबन्ध

भारतको दिल्लीमा कडा प्रतिबन्ध

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, चैत २९ तीव्र गतिमा कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि भारतको दिल्ली सरकारले कडा मापदण्ड लागू गरेको छ । घोषणा भएको प्रतिबन्धात्मक नियमअनुसार अब सामाजिक, राजनीतिक, मनोरञ्जन, खेलकुद प्रतियोगिता र सार्वजनिक कार्यक्रमहरु बन्द भएका छन् । त्यस्तै राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिने खेलाडीबाहेक अरुलाई सार्वजनिक स्विमिङ पुलमा प्रतिबन्ध लगाइएको छ । त्यस्तै विवाह समारोहमा ५० जनाभन्दा धेरै र अन्तिम संस्कारमा २० जनाभन्दा धेरै सामेल हुन नपाउने भएको छ । सबै कलेज र कोचिङ सेन्टरहरु पनि बन्द गर्ने निर्णय भएको छ भने रेष्टुरेन्ट तथा बारहरुमा पनि प्रतिबन्ध लगाइएको छ । बस र गाडीहरुमा पनि सिट क्षमताभन्दा ५० प्रतिशत कम मानिस राख्नुपर्ने भएको छ । त्यस्तै महाराष्ट्रबाट हवाइमार्फत दिल्ली पुग्नेहरुका लागि पीसीआर परीक्षणको रिपोर्ट अनिवार्य गरिएको छ । रिपोर्ट नलिइ दिल्ली जानेहरु...