Sunday, August 9News That Matters

Month: ५ वर्ष अगाडि

सफा हिमाल अभियान सुरु हुँदै

सफा हिमाल अभियान सुरु हुँदै

समाचार
पूर्णपुष्टि, चैत ३० आजदेखि ‘सफा हिमाल अभियान २०२१’ सुरु हुँदैछ । नेपाली सेनाले सञ्चालन गर्ने अभियानको आज प्रधान सेनापति पूर्णचन्द्र थापाले ब्यानर हस्तान्तरण गरेर शुभारम्भ गर्ने कार्यक्रम रहेको छ । नेपाली सेनाले यो वर्ष विभिन्न निकायसँगको समन्वयमा सगरमाथा, ल्होत्से, पुमोरी, आमादब्लम, मकालु र धौलागिरि गरेर ६ वटा हिमाल सफाइ गर्दैछ । दुई वर्षअघि सगरमाथाको सफाइ गरेको नेपाली सेनाले यसपटक ६ वटा हिमाल सफाइ गर्न लागेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष निर्देशनालयले जनाएको छ । ६ वटा हिमालको बेस क्याम्प र त्यसभन्दा माथिको क्षेत्रमा सफाइ गरेर ३५ टन फोहर सङ्कलन गर्ने लक्ष्य रहेको नेपाली सेनाले जनाएको छ । अभियान आउँदो जेठ २२ गते विश्व वातावरण दिवसको अवसरमा समापन हुनेछ । नसड्ने फोहर हेलिकप्टर र गाडीमार्फत काठमाण्डौ ल्याएर फेरि प्रयोग गर्ने संस्थालाई हस्तान्तरण गर्ने पनि सेनाले जनाएको  छ ...
बैशाख ११ गते धरहराको उद्घाटन हुने

बैशाख ११ गते धरहराको उद्घाटन हुने

समाचार
पूर्णपुष्टि, चैत ३० आगामी वैशाख ११ गते पुनर्निर्माण गरिएको धरहराको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने भएका छन् । धरहराको टावरतर्फको भाग उद्घाटन गर्न लागिएको हो । धरहराको टावर बनाउने काम अन्तिम चरणमा पुगेको नेपाल पुनर्निर्माण प्राधिकरणले जनाएको छ । अहिले रंग लगाउने र बत्ती जोड्ने काम भइरहेको छ । गजुर पनि केही दिनभित्रै राखिने जनाईएको छ । २०७२ वैशाख १२ गतेको भूकम्पले ढलेको धरहरा २०७८ वैशाख ११ गते पुनर्निमाणपछि फेरि उद्घाटन हुने भएको छ । धरहराको पार्किङ र बगैँचातर्फको काम भने सकिएको छैन । वरपरको २९ रोपनीमा विस्तारित सुन्धारालाई समेटेर पार्क बनाउने सरकारी योजना अनुसार ३ अर्ब ८ करोड लागतमा रमण कन्स्ट्रक्सनले ठेक्का पाएको थियो । गोश्वारा हुलाक र टक्सार विभागको २३ रोपनी जग्गा खाली गरेर त्यहाँ पार्क बनाउन लागिएको हो । धरहरा परिसरमा म्युजियम, थिएटर, वाटर फाउन्टेन, आकर्षक बग...
विद्यालय र कलेजहरु तीन सातासम्म बन्द गर्न प्रस्तावगरेपछि शिक्षा मन्त्रालयले छलफलका लागि बोलायो

विद्यालय र कलेजहरु तीन सातासम्म बन्द गर्न प्रस्तावगरेपछि शिक्षा मन्त्रालयले छलफलका लागि बोलायो

शिक्षा
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय सञ्चालनबारे छलफल गर्न सरोकारवाला निकायहरुलाई बोलाएको छ । कोरोना भाइरसको नयाँ स्वरुप (युके भेरियन्ट)को संक्रमण उच्च देखिएपछि सरकारले सरोकारवालालाई सोमबार विहान ८ बजे छलफलको लागि बोलाएको छ । कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले संक्रमण बढी भएका स्थानका विद्यालय तथा कलेजहरु कम्तीमा तीन सातासम्म बन्द गर्न प्रस्ताव आएपछि मन्त्रालयले छलफलका लागि सरोकारवाला निकायहरुलाई बोलाएको हो ।...
कृष्णप्रसाद अधिकारीका  हत्याका अभियुक्तलाई उच्च अदालतले दियो सफाइ

कृष्णप्रसाद अधिकारीका हत्याका अभियुक्तलाई उच्च अदालतले दियो सफाइ

समाचार
कृष्णप्रसाद अधिकारीको हत्यामा संलग्न अभियोग लागेकाहरुलाई उच्च अदालतले सफाइ दिएको छ । सशस्त्र द्वन्द्वको समयमा चितवनमा मारिएका अधिकारीको हत्यामा अभियोग लागेका १२ जनालाई सफाइ दिने स्रोतले बतायो । उच्च अदालत पाटनको हेटौंडा इजलासका न्यायाधीशहरु चण्डीराज ढकाल र मेरिना श्रेष्ठको इजलासले उनीहरुलाई सफाइ दिने हो ।...
ट्रिपरको ठक्करबाट १ जनाको मृत्यु

ट्रिपरको ठक्करबाट १ जनाको मृत्यु

समाचार
सुनसरी, चैत्र २९ सुनसरीमा ट्रिपर पछाडी सार्ने क्रममा ठक्कर दिदा एक पैदलयात्रीको मृत्यु भएको छ । ईटहरी १ आपगाछी चौकमा ट्रिपर पछाडी सार्ने क्रममा ठक्कर दिदा पैदल यात्री स्थानीय ७२ बर्षीय पुर्णबहादुर गुरूङको मृत्यु भएको हो । आज दिउसो सभा २ बजे सडक साईडमा रोकी राखेको प्रदेश १–०२–००१ ख ४६६५ नम्बरको ट्रिपर पछाडी सार्ने क्रममा गुरुङलाई ठक्कर दिई घट्नास्थलमानै मृत्यु भएको ईलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ । ठक्कर दिने ट्रिपर र चालक नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।...
उदयपुरमा फरार प्रतिबादी लागुऔषधसहित पक्राउ

उदयपुरमा फरार प्रतिबादी लागुऔषधसहित पक्राउ

समाचार
उदयपुर, चैत्र २९ उदयपुरमा फरार प्रतिबादी लागुऔषधसहित एक जना पक्राउ परेको छ ।  त्रियुगा नगरपालिका–११ का ३० बर्षीय गोकर्ण कार्कीलाई लागूऔषध ब्राउन सुगरसहित पक्राउ परेको हो । आज दिउसो साढे १० बजे बिशेष सुचनाको आधारमा सोही स्थानबाट उनलाई लागूऔषध ब्राउन सुगर २ ग्राम १० मिलिग्राम, तौल नाप्ने डिजीटल मेशिन थान १, बिभिन्न कम्पनीका मोबाईल थान १०, सिमकार्ड  थान ९ सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । गत माघ १६ गते देखी कार्की ब्राउन सुगर बिक्री बितरण मुद्धामा फरार प्रतिबादी समेत रहेको जिप्रका उदयपुरले जनाएको छ ।...
प्रतिबन्धीत औषधीसहित एक पक्राउ

प्रतिबन्धीत औषधीसहित एक पक्राउ

समाचार
पूर्णपुष्टि,चैत २९ सुनसरीमा प्रतिबन्धीत औषधीसहित एका पुरुष पक्राउ परेको छ । धरान–१० का २६ वर्षीय दिनेश खड्कालाई प्रतिबन्धीत औषधीतसहित पक्राउ परेको हो । आज विहान ९ बजे धरान–६ पानमारी स्थितबाट उनलाई प्रतिबन्धीत औषधी सेटाडोल ३४४ क्याप्सुल र स्पास्पेन ३३३ क्याप्सुलसहित पक्राउ गरी अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय धरानले जनाएको  छ । प्रतिबन्धीत औषधी आवश्यक कारबाहीको लागी औषधी व्यवस्था विभाग कार्यालय विराटनगर पठाईएको प्रहरीले जनाएको छ ।...
काठमाडौंको गेष्ट हाउसमा एक पुरुष मृत भटियो

काठमाडौंको गेष्ट हाउसमा एक पुरुष मृत भटियो

समाचार
पूर्णपुष्टि,चैत  काठमाडौंको गोंगबुको मित्रनगरमा रहेको गोदावरी सन्तोषी गेष्ट हाउसमा एक पुरुष मृत फेला परेको छ । स्याङ्जा घर भइ नवलपरासी बस्दै आएका नारायण घर्ती क्षेत्रीको शव शनिबार राति पौने १० बजे गेष्ट हाउसमा भेटिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ । उनको शव पोष्टमर्टमको लागि महाराजगञ्जस्थित टिचिङ अस्पतालमा लगिएको प्रहरी प्रहरीले जनाएको छ । प्रहरीले मृतकबाट नागरिकताको फोटोकपी पनि फेला पारेको छ । शरिरमा बाहिरी चोट पटक नदेखिएको र थप कुरा पोष्टमर्टमपछि खुल्ने प्रहरीले जनाएको छ । शनिबार उनले गेष्ट हाउसको २०४ नम्बरको कोठामा राजु क्षेत्रीको नाममा इन्ट्री गरेका थिए । मृतकका परिवार काठमाडौं आउँदै गरेको महानगरीय प्रहरी वृत्त महाराजगन्जले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।...
छोराको कुटपिटबाट बाबुको ज्यान गयो

छोराको कुटपिटबाट बाबुको ज्यान गयो

समाचार
पूर्णपुष्टि,चैत २९ मोरङ विराटनगर महानगरपालिका–८ स्वागतम चोकमा शनिबार राति घरायसी विवादमा बाबु छोराको झगडा पर्दा बाबुको ज्यान गएको छ । स्थानीय ५२ वर्षीय विको सहनीको छोराको कुटाईबाट ज्यान गएको हो । विकोले चलाइरहेको पसलमा उनको छोरा आएपछि सामान्य विवाद भएको थियो । विवादकै क्रममा उनको एक छोराले घाँटी समातेर घरको पिलरमा ठोकाई दिँदा तत्काल लडेर ज्यान गएको थियो । घरको पिलरमा ठोकिएर भुइँमा लडेका विकोलाई तत्काल उपचारका लागि कोशी अस्पताल लगिएकोमा  चिकित्सकले मृत घोषणा गरेका प्रहरीले जनाएको छ । झगडा छुटाउन गएका छिमेकी राजन आमात्यलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ  । विकोको घाँटीमा चोट लागेर ज्यान गएको प्रारम्भिक अनुसन्धानबाट देखिएको प्रहरीले जनाएको छ । विकोका तीन भाइ छोरा रवी, लटुवा र भंगरु सहनी फरार रहेकाले खोजी कार्य भइरहेको प्रहरीलेप्...
उदयपुरबाट अर्को प्रतिस्पर्धी योगेन्द्र राई भ्वाईसको ब्याटल राउण्डमा प्रवेश

उदयपुरबाट अर्को प्रतिस्पर्धी योगेन्द्र राई भ्वाईसको ब्याटल राउण्डमा प्रवेश

मनोरञ्जन, समाचार
पूर्णपुष्टि, चैत्र २९ द भ्वाईस अफ नेपालमा उदयपुरको अर्को प्रतिस्पर्धिले ब्याटल राउण्ड प्रवेश गर्न सफल भएको छ । भ्वाईसको सिजन ३ बाट उदयपुरको योगेन्द्र राईले व्लाईन्ड अडिसन पार गर्दै ब्याटल राउण्ड प्रवेश गरेको हो । नेपालको सबै भन्दा ठुलो र्यालीटी सो भ्वाईसमा उदयपुर कटारीका राईले इपिसोड ८ बाट आफ्नो प्रस्तुति राख्दै भ्वाईसमा आफुलाई प्रवेश गराउन सफल भएको हो । उनलाई अन्तिममा तिर्सना गुरुङले बजर गरी भ्वाईसमा स्वागत गरेको छ । योगेन्द्रले भ्वाईसमा पुष्पन प्रधानको  पन्छि फर्केर स्वदेश आउ बोलको गित गाएका थिए ।उनि ओखलढुङगा बाट उदयपुरको कटारी आएर बसोबास गर्दै आएको जनाएको छ । यो भन्दा पहिले उदयपुरको बेलका नगरपालिका निवासी सोभा तामाङ पनि भ्वाईसको ब्याटल अडिसनमा प्रवेश गरिसकेकी छिन् । राई र तामाङ सँगै उदयपुर बाट २ जना भ्वाईसमा प्रवेश गरेको हो । हिमालय टेलिभिजनबाट शुक्रबार र शनिवार भ्वाईको प्रत्यक...