Sunday, August 9News That Matters

Month: ५ वर्ष अगाडि

करेन्ट लागेर १ जनाको मृत्यु

करेन्ट लागेर १ जनाको मृत्यु

समाचार
मोरङ, चैत्र ३० मोरङमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । सुन्दरहरैचा–७ गोठगाउका २६ बर्षीय बिनोद घिमिरेको करेन्ट लागेर मृत्यु भएको हो । आईतबार बेलुका साढे ४ बजे छिमेकीको घरमा बिजुलीको वाईरिङ गर्ने क्रममा करेन्ट लागेर घाईते भएका उनको नोवेल अस्पतालमा उपचारको क्रममा बेलुका साढे ५ बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।...
मोटरसाईकल दुर्घटनामा चालकको मृत्यु

मोटरसाईकल दुर्घटनामा चालकको मृत्यु

समाचार
मोरङ, चैत्र ३०  मोरङको लेटाङमा मोटरसाईकल दुर्घटना हुदा चालकको मृत्यु भएको छ । लेटाङ–९ का ४५ बर्षीय रबिन्द्रकुमार  लिम्बुको आफैले चलाएको मोटरसाईकल दुर्घटना हुँदा मृत्यु भएको हो । गतराती साढे १२ बजे लेटाङ–९ पारुहाङ चोकमा मे९प ९५१ नम्बरको मोटरसाईकल अनियन्त्रित भई दुर्घटना हुँदा गम्भिर घाईते भएका चालक लिम्बुको बिराट अस्पताल विराटनगरमा उपचारको क्रममा आज बिहान ४ बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय लेटाङले जनाएको छ ।...
उदयपुरमा गाँजासहित १ जना पक्राउ

उदयपुरमा गाँजासहित १ जना पक्राउ

समाचार
पूर्णपुष्टि, चैत ३०  उदयपुरमा लागुऔषध गाँजासहित एक जना पक्राउ परेको छ । त्रियुगा नगरपालिका–१२ आर्यघाट निबासी ४२ वर्षीय सुरेन डमु आईतबार गाँजासहित पक्राउ परेको हो । जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटेका प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा डुमले बोकेको झोलामा ५ सय ग्राम गाँजा बरामद गरेको प्रहरीले जनाएको छ । गाँजासहित पक्राउ परेका डुमलाई जिप्रका उदयपुरमा ल्याई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।...
नेपालको इतिहासमा धेरै डढेलो

नेपालको इतिहासमा धेरै डढेलो

समाचार
पूर्णपुष्टि, चैत ३०  यस वर्ष नेपालमा इतिहासकै धेरै डढेलो लागेको छ । गत कात्तिक महिनादेखि हिजोसम्म देशभरका ४ हजारभन्दा धेरै ठाउँमा डढेलो लागेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । नेपालमा डढेलोको रेकर्ड राख्न थालेयताकै सबैभन्दा धेरै यस वर्ष डढेलो गएको प्राधिकरणले जनाएको छ । यसपटक सात प्रदेशका ७७ वटै जिल्लामा डढेलो लागेको छ । डढेलोबाट पाँच जनाको ज्यान गएको छ भने हजारौँ पशुपक्षी तथा हजारौँ हेक्टर जमिनमा क्षति पुगेको छ । कति क्षेत्रफल जमिनमा डढेलो लाग्यो भनेर तथ्याङ्क सङ्कलनको काम भइरहेको जनाएको छ । ६० प्रतिशत ठाउँमा मान्छेले जानाजान डढेलो लगाएको, ३० प्रतिशत ठाउँमा लापरबाहीका कारण र १० प्रतिशत ठाउँमा सतर्कता अपनाउँदा अपनाउँदै पनि डढेलो लाग्ने गरेको प्राधिकरणले जनाएको छ । मानवीय लापरबाही देखिएकाले जानाजान डढेलो लगाउनेलाई तत्कालै कारबाही गर्ने प्र...
नेता योगेश भट्टराईले लेखेक मनछुने स्टाटस

नेता योगेश भट्टराईले लेखेक मनछुने स्टाटस

समाचार
एमालेका नेता योगेश भट्टराईले क्रीतिपुर नगरपालिका वडा नं ७ का वडाध्यक्ष कमरेड राजकुमार मालाकारको असामयीक निधन भएकोमा दु:ख ब्यक्त गरेका छ। भट्टराईले लेखेका छन्, "क्रीतिपुर नगरपालिका वडा नं ७ का वडाध्यक्ष कमरेड राजकुमार मालाकारको असामयीक निधन भएकोमा दु:ख ब्यक्त गर्दछु । वहाँले पार्टीलाई जनस्तरमा विस्तार गर्न खेल्नु भएको भूमिका सदैव स्मरणीय रहने छ । कमरेड राजकुमारमा भावपूर्ण श्रद्धान्जली र परिवारजनमा गहिरो समवेदना ब्यक्त गर्दछु ।"...
असुरक्षित बन्दै काठमाडौँ

असुरक्षित बन्दै काठमाडौँ

समाचार
कोरोना संक्रमणले फड्को मार्न थालेपछि राजधानी उपत्यका असुरक्षित बन्दै गएको छ । छिमेकी मुलुक भारतमा एकैदिनमा लाखौंको संख्यामा कोरोना संक्रमितको संख्या एकाएक बढेपछि राजधानी काठमाडौ आतंकित बनेको छ । राजधानी उपत्यका प्रवेश गर्ने नाकाहरू अहिले नेतृत्वविहीन अवस्थामा रहेका छन् । सरकारले उपत्यका प्रवेशमा कडाइ गर्ने बताए पनि चेक जाँचबिना काठमाडौँ भित्रिनेको संख्या बढ्दो अवस्थामा रहेको छ । राजधानी भित्रने प्रमुख नाकाको रूपमा रहेको नागढुंगामा कोरोना संक्रमणको कुनै चेकजाँच गरिएको छैन । अन्य नाकाको पनि हालत उस्तै रहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले राजधानी उपत्यका प्रवेश गर्ने नाकामा कडाइ गर्न निर्देशन दिएको भए पनि कार्यान्वयन हुन नसकेको भन्दै मन्त्रालयल यता महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख एसएसपी अशोक सिंहले प्रहरीको एक्लो प्रयासले यो समस्या समाधान गर्न नसक्ने भएकाले सबै निकाय ...
जुकालाई टोकाएर यसरी निको पारिन्छ रोग

जुकालाई टोकाएर यसरी निको पारिन्छ रोग

समाचार
ओसिलो ठाउँमा पाइने जुकाको चुसाइले पनि विभिन्न रोग निको हुन्छ भन्दा आश्चर्य लाग्न सक्छ ।राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रमा जुकाको चुसाइ (लिच थेरापी) माध्यमबाट विभिन्न जटिल रोगको उपचार हुने गरेको छ । राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रका कार्यकारी निर्देशक डा. रामआधार यादव आयुर्वेदमा ।।।जलौकावचारण कर्म’ भनिने यो प्रक्रियाबाट हालसम्म १५० भन्दा बढीको सफल उपचार भइसकेको बताए । उनले भने, “जुकाले चुस्ने क्रममा निस्किने स्रावमा हिरुडिन नामक इन्जाइम छाड्छ र शरीरभित्रको दूषित रगत चुस्छ ।” छालासम्बन्धी रोग, युरिक एसिड, टाउकाको रौँ झरेका, अनुहारमा डन्डीफोर आएका, पुराना दाद, पायल्सलगायत रोगका बिरामीको उपचार भइसकेको जानकारी दिए । बिरामीको रगतको मात्रा हेरेर मात्र लिच थेरापी गर्ने गरिएको बताउँदै उनले भने, “एक व्यक्तिमा प्रयोग गरिएको जुका अन्य...
सवारीसाधनमा जोरबिजोर पद्धति गर्न सर्वोच्चको आदेश

सवारीसाधनमा जोरबिजोर पद्धति गर्न सर्वोच्चको आदेश

समाचार
सवारीसाधनको चाप बढ्दै गएकाले जोर–विजोर पद्धति बसाल्दै लैजान सर्वोच्च अदालतले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसमेतलाई निर्देशनात्मक आदेश दिएको छ । न्यायाधीशहरू तेजबहादुर कार्की र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले दिएको निर्देशनात्मक आदेशमा भनिएको छ– ‘मोटरसाइकल र सवारीसाधनहरूको चाप बढ्दै गएमा आवश्यक परे हरेक दिन जोर–विजोरका नम्बरका सवारीसाधन चलाउने पद्धति पनि बसाल्दै लानु ।’ अधिवक्ता तुलसी सिंखडाले काठमाडौं उपत्यकालगायत विभिन्न शहरमा पार्किङ अव्यवस्थित भएका उल्लेख गर्दै पार्किङको व्यवस्था गर्न आदेशका माग दाबी गरी झन्डै ३ वषअघि रिट निवेदन दायर गरेका थिए । सर्वोच्चले सो रिट निवेदनमाथि सुनुवाइ गर्दै जोर–विजोर पद्धति बसाल्दै जाने आदेश जारी गरेको हो । सर्वोच्चको सो आदेश केही दिनअघि मात्र नेपाल कानुन पत्रिकामा प्रकाशित गरिएको छ । सर्वोच्चले देशका सबै क्षेत्रमा विशेष गरी पुराना ...
आज देश भरका मौसम बद्ली

आज देश भरका मौसम बद्ली

समाचार
पूर्णपुष्टि, चैत ३०  आज देशका धेरै ठाउँको मौसम बद्ली भएको छ । मध्य भारतमा बनेको न्यूनचापीय प्रणाली नेपाल भित्रिएकाले देशका धेरै ठाउँको मौसम बद्ली भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यो प्रणाली पूर्वतर्फ सर्दै गरेकाले केही घण्टापछि काठमाण्डौ उपत्यकासहित देशका केही ठाउँको मौसम खुल्दै जानेछ । तर, आजै पश्चिमी वायुको एउटा प्रणाली नेपाल प्रवेश गर्ने सम्भावना रहेकाले पहाडी क्षेत्रका केही ठाउँमा हल्का  पानी पर्ने सम्भावना रहेको  छ । यो प्रणालीको प्रभाव सुदूरपश्चिम प्रदेशमा धेरै पर्ने भएकाले त्यहाँ भने जमिन भिज्ने गरी पानी पर्ने जनाएको छ । सुदूरपश्चिम प्रदेश बाहेकका अन्य क्षेत्रमा भने हल्का मात्रै पानी पर्ने जनाएको छ ।...
राष्ट्र बैंकले १० अर्ब २५ करोडको ट्रेजरी बिल बिक्री गर्ने

राष्ट्र बैंकले १० अर्ब २५ करोडको ट्रेजरी बिल बिक्री गर्ने

आर्थिक, समाचार
पूर्णपुष्टि, चैत ३०  आज नेपाल राष्ट्र बैंकले १० अर्ब २५ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । त्यसमा  आठ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल भने ९१ दिने अवधिको रहेको छ । यो बिल आउँदो असार २९ गते परिपक्व हुनेछ । त्यस्तै  दुई अर्ब २५ करोड रुपैयाँको ट्रेजरी बिल भने १ सय ८२ दिनका लागि हो । यो बिल भने आउँदो असोज २६ गते परिपक्व हुनेछ । बैंकले यसअघि यही चैत २३ गते समेत २१ अर्ब १० करोड बराबरको ट्रेजरी बिल बिक्री गरेको थियो ।...