Sunday, August 9News That Matters

Month: ५ वर्ष अगाडि

थ्रेसरबाट आगोलागी हुँदा लाखौको क्षेती

थ्रेसरबाट आगोलागी हुँदा लाखौको क्षेती

समाचार
सुनसरी, चैत्र ३० सुनसरी दुहबी नगरपालिका–११ तनमुनामा थ्रेसरबाट आगोलागी हुँदा लाखौको क्षेती भएको छ । आज विहान साढे ११ बजे सोमनलाल माझीको घरका आगनमा थ्रेसर राखेर गँहु झारी रहेको अबस्थामा अचानक थ्रेसरबाट आगोलागी हुँदा प्र.–१–००२–००३ त १२५७ नम्बरको ट्याक्टर, थ्रेसर र माझीको घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ । उक्त आगलागीबाट १९ लाख बराबरको क्षेती भएको अनुमान गरिएको प्रहरीले जनाएको छ । दम्कल, प्रहरी र स्थानियको सहयोगमा दिउसो साढे १ बजे आगो पुर्ण रुपमा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ । आगो निभाउने क्रममा स्थानीय ४७ बर्षीय राजेन्द्र शाहसमेत घाईते भएको थियो । उनको  उपचारको लागी बिराटनगर पठाईएको ईलाका प्रहरी कार्यालय दुहबीले जनाएको छ ।...
विराटनगरमा एकजना कोरोना संक्रमितको ज्यान गयो

विराटनगरमा एकजना कोरोना संक्रमितको ज्यान गयो

समाचार
पूर्णपुष्टि, चैत ३० विराटनगरको कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा एकजना कोरोना संक्रमितको ज्यान गएको छ । आइतबार राति झापाको दमकका ९२ वर्षीय वृद्धको कोरोना संक्रमणबाट ज्यान गएको हो । कोरोना संक्रमण पुष्टि भएपछि परिवारका अन्य चारजना सदस्यसहित वृद्ध गत चैत २५ गते कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्र भर्ना भएका थिए । सुगरका रोगी वृद्धको उपचारका क्रममा आइतबार राति १२ बजेतिर ज्यान गएको कोभिड–१९ उपचार केन्द्रले जनाएको छ । अस्पतालकाअनुसार वृद्धको शव आफन्तको जिम्मा लगाइएको छ । कोशी कोभिड–१९ अस्पतालमा हाल २ जना कोरोना संक्रमित उपचाररत छन् । करिब दुई महिना अस्पताल सुनसान बनेको थियो । तर कोरोनाको दोस्रो लहर शुरु भएसँगै अस्पतालमा बिरामी आउन थालेका छन् ।...
भारतमा एकैदिन १ लाख ६९ हजारमा कोरोना संक्रमण पुष्टि

भारतमा एकैदिन १ लाख ६९ हजारमा कोरोना संक्रमण पुष्टि

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, चैत ३०  भारतमा एकैदिन एक लाख ६८ हजार ९ सय १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमण पुष्टि हुनेको यो संख्या अहिलेसम्मकै धेरै हो । गत २४ घण्टामा थप ९ सय ४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै भारतमा कोरोनाबाट संक्रमित हुनेको संख्या एक करोड ३५ लाख नाघेको छ । त्यस्तै संक्रमणबाट एक लाख ७० हजार १ सय ७९ को मृत्यु भइसकेको छ । भारतमा कोरोनाका सक्रिय संक्रमितको संख्या पनि १२ लाख नाघेको छ । भारत संक्रमित संख्याको आधारमा पुनः दोस्रो सबैभन्दा प्रभावित मुलुक बनेको छ । ब्राजिलमा एक करोड ३४ लाख ८० हजार संक्रमित फेला परेका छन् । सबैभन्दा प्रभावित अमेरिकामा अहिलेसम्म तीन करोड ११ लाखभन्दा धेरै कोरोना संक्रमित फेला परिसकेका छन् ।...
तेह्रथुममा आगोले जलि महिलाको ज्यान गयो

तेह्रथुममा आगोले जलि महिलाको ज्यान गयो

समाचार
पूर्णपुष्टि,चैत ३० तेह्रथुममा आगोले जलि एक महिलाको ज्यान गएको छ । म्याङलुङ नगरपालिका–३ नागदह बस्ने ७२ वर्षीया फुलमाया ढुंगानाको आगोले जलि ज्यान गएको हो । आज बिहान साढे ९ बजे उनी घरदेखी नजिक आफ्नै बारीमा सुकेका झ्यास, झिक्रा डढाउने क्रममा सो आगो नजिकै रहेको बासझ्याङमा पुगेको थियो । बासझ्याङमा आगो सल्किएको थाहा पाई स्थानिय किशोर प्रसाद सिग्देल र फुलमाया की जेठि बुहारी आई निभाउने क्रममा सोही बासझ्याङमा खोल्सी परेको स्थानमा फुलमायाको शरिर पुर्णरुपमा जलिसकी मृत अबस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।...
सम्मेलनमा ‘स्वतन्त्र मधेश’ को ब्यानर राखेपछि सीके राउतलाई भीम रावलले दिए कडा प्रतिक्रिया

सम्मेलनमा ‘स्वतन्त्र मधेश’ को ब्यानर राखेपछि सीके राउतलाई भीम रावलले दिए कडा प्रतिक्रिया

समाचार
एमालेका नेता भीम रावलले हालै सीके राउतको सम्मेलनमा 'स्वतन्त्र मधेश' को ब्यानर-झण्डा राखिएको प्रति प्रमं केपी किन मौन ? भन्दै प्रश्न गरेका छन् । रावलले लेखेका छन्, "सीके राउतसंगको सम्झौतामा दुई देश बीच जस्तो भाषा प्रयोग र सभागृहमा महान व्यक्तित्व झैं किन प्रस्तुत गरियो भनी मैले कुरा उठाएको थिएँ। जवाफमा 'स्वतन्त्र मधेश'को नारा छोडेको भनिएको थियो।तर हालै सीके राउतको सम्मेलनमा 'स्वतन्त्र मधेश' को ब्यानर-झण्डा राखिएको प्रति प्रमं केपी किन मौन?"...
कृष्णबहादुर महरालाई जेल पठाउने रोशनी शाहीको फेरी अर्को यतिठुलो काण्ड बाहिरियो

कृष्णबहादुर महरालाई जेल पठाउने रोशनी शाहीको फेरी अर्को यतिठुलो काण्ड बाहिरियो

समाचार
संसद सचिवालयमा बसेर सबै मान्यको रोग निको पार्ने जिम्मेवारीप्राप्त स्वास्थ्यकर्मी रोशनी शाही, जसले सभामुख रहँदा कृष्णबहादुर महराको जागिर मात्र खाइनन्, जेलसमेत पठाइदिइन्, अहिले आफैँ सिलिङ फ्यानमा सलको पासो लगाएर मर्न ठिक्क परेपछि अर्को काण्ड मच्चिएको छ । भाञ्जा नाता पर्ने लोकेन्द्र शाहीसँगको उठबसले आत्महत्या गर्ने स्थितिमा पुगेकी हुन् । रोशनी जहाजमा नेपालगञ्ज पुगिन् र लोकेन्द्र उनलाई रिसिभ गर्न मोटरसाइकल लिएर विमानस्थल पुगे । उनकै मोटरसाइकल चढेर जाजरकोट जाने क्रममा पहिला कोहलपुरमा बास बसे । त्यसक्रममा उनीहरूबीच विवाद भयो र आफूमाथि बलात्कार प्रयास भएको भनी इलाका प्रहरी कार्यालयमा जाहेरी दिइन् ।अंग्रेजी रोमन अक्षरमा लेखिएको जाहेरी सनाखत गराएर रोशनी पनि जाजरकोट पुगिन् । कोहलपुर इप्रकाले भाञ्जालाई समातेर उक्त जाहेरीसहित जाजरकोट पठाइदियो । तर, त्यहाँ पुग्दा ‘यो सबै झुठो हो, रिसको आवेगमा गरेकी ...
खुवालुङमा जे देखियो – फाेटाे फिचरसहित

खुवालुङमा जे देखियो – फाेटाे फिचरसहित

पर्यटन, समाचार
पूर्णपुष्टि, चैत ३० । किराँत राई समुदायको आस्ताको केन्द्र खुवालुङले यतिबेला पूर्व तताइरहेको छ । सप्तकोशीको पानीबीचमा रहेको खुवालुङ किराँत राई समुदायको आस्थाको केन्द्र भन्ने प्रचार फैलिएसंगै संरक्षण र प्रवद्र्धनका काम थालिएका छन् । सप्तकोशीको पानीबीचमा रहेको ठूलो ढुंगोलाई किरात राई समुदायको भाषामा खुवालुङ भनिएको हो । संरक्षणको अभियान नै सञ्चालन भएको छ । अभियानकर्मीहरुले गाडेका झण्डाहरु र ढुंगामा लेखिएका नाराहरु प्रशस्त देख्न सकिन्छ । खुवालुङ हेर्न आउने जानेको संख्या पनि दिनदिनै बढ्दो छ । जेटबोटमा जलयात्रा गरेर मात्र खुवालुङ हेर्न पुगिन्छ । यसले जलयात्राको ब्यवसायलाई पनि टेवा पुर्याएको छ ।...
गँहुको खेतमा १५ किलो चरेश बरामद

गँहुको खेतमा १५ किलो चरेश बरामद

समाचार
पूर्णपुष्टि, चैत ३० १५ किलो लागुऔषध चरेश पर्साबाट प्रहरीले बरामद गरेको छ । शनिबार राति ९ बजे गएको प्रहरी टोलीले गँहुको खेतमा २ वटा बोराभित्र लुकाएर राखेको अवस्थामा चरेश बरामद गरेको थियो । कालिकामाई गाउँपालिका– १ तीनडाबियाबाट  प्रहरीले सो चरेश बरामद गरेको हो । बरामद भएको चरेश आवश्यक कारबाहीका लागि ईलाका प्रहरी कार्यालय पोखरियामा राखिएको छ । चरेश लुकाउने व्यक्तिको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।...
कोरोना संक्रमित तीनको ज्यान गयो

कोरोना संक्रमित तीनको ज्यान गयो

समाचार, स्वास्थ्य
पूर्णपुष्टि,चैत ३० कोरोना भाईरस कोभिड–१९ को संक्रमणबाट तीन जनाको ज्यान गएको छ । बुटवलको कोरोना विशेष अस्थायी अस्पतालमा उपचार गराइरहेका तीनजना कोरोना संक्रमितको ज्यान गएको हो । रुपन्देहीको तिलोत्तमा नगरपालिका–१ की ७१ वर्षीया, अर्घाखाँची मालारानी–५ की ७९ वर्षीया महिला र कपिलवस्तु बाणगंगा नगरपालिका–३ का एकजना पुरुष ज्यान गएको छ । तीनैजनाको आज बिहान फरकफरक समयमा ज्यान गएको हो । तिलोत्तमाकी महिलामा चैत २१ गते कोरोना संक्रमण देखिएकोमा २३ गते अस्पताल भर्ना भएकी थिइन् । उनको सोमबार बिहान ७ : २७ मा ज्यान गएको लुम्बिनी प्रादेशिक अस्पतालले जनाएको छ । उनमा ज्वरो, दम र निमोनियाको समस्या रहेको अस्पतालले जनाएको छ । त्यसैगरी अर्घाखाँचीकी महिलामा चैत २७ गते कोरोना संक्रमण पुष्टि भई सोही दिन अस्पताल भर्ना भएकोमा सोमबार बिहान ९ : ५० बजे ज्यान गएको अस्पतालले जनाएको छ । उनमा पनि ज्वरो, दम, निमोन...
गाँजासहित २ जना पक्राउ

गाँजासहित २ जना पक्राउ

समाचार
सुनसरी, चैत्र ३० सुनसरीमा लागुऔषध गाँजासहित दुई जना पक्राउ परेका छन् । धरान–३ शान्तिपथमा आईतबार बेलुका साढे ५ बजे चेकजाँचको क्रममा गाँजा सहित धनकुटा सहिदभुमि–६ का २० बर्षीय निगम राई र १९ बर्षीय शुक्रराज रार्ई पक्राउ परेका हुन् । को१३प ६७८२ नम्बरको मोटरसाईकलमा सवार गरि आएका उनिहरुले बोकेको झोलाबाट २ केजी गाँजा फेला परेको प्रहरीले जनाएको छ । उनिहरुले चढेको मोटरसाईकल समेत नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।...