Saturday, August 8News That Matters

Month: ५ वर्ष अगाडि

उदयपुरमा जंगलको डढेलो गाउँ पस्दा २ घर जलेर नस्ट

उदयपुरमा जंगलको डढेलो गाउँ पस्दा २ घर जलेर नस्ट

समाचार
पूर्णपुष्टि, चैत्र २२ उदयपुरको रसुवा खोलाबाट लागेको डढेलो गाउँ पस्दा दुई घर जलेर नष्ट भएको छ । रौतामाई गाउँपालिका–३ भोर्लाबासमा जंगलमा लागेको डढेलो गाउँ पस्दा भोर्लाबासमा दुई घर जलेर नष्ट भएको हो ।शनिबार रसुवा खोलाको जंगलमा लागेको डढेलो गाउँ पस्दा टंकबहादुर नेपाली र छोरा उमेश नेपालीको घर जलेर नष्ट भएको ईलाका प्रहरी कार्यालय भुट्टारले जनाएको छ । आगलागीबाट दुई घर जलेर नष्ट हुदा करिब १० लाख बराबर को क्षेती अनुमान गरेको जनाएको छ । ईलाका प्रहरी कार्यलय भुट्टारलाई घटनाका जानकारी प्राप्त हुनासाथ तत्काल प्रहरी खटाईएको ईप्रकाले जनाएको छ । जंगलको डढेलो लाफागाउँ, धर्मे, फार्से, पाकाना, सल्लेनी, सालघारी, मार्देखु, छेचुवा, बलिन्टार र कौसिका माध्यमिक बिधालय धर्मे पनि जोखिममा परेको छ । आगो नियन्त्रण गर्न आबस्यक उपकरण र पानीको स्रोत नहुदा अझै जोखिम बढाउने अनुमान गरिएको  स्थानीयहरुले बताएका छन् ।...
नेपालमा कोरोनाविरुद्धको खोप लगाएका १० जेष्ठ नागरिकको मृत्यु

नेपालमा कोरोनाविरुद्धको खोप लगाएका १० जेष्ठ नागरिकको मृत्यु

स्वास्थ्य
कोरोनाविरुद्धको खोप लगाएका जेष्ठ नागरिकहरूमध्ये १० जनाको मृत्यु भएपछि मृत्युका कारण पत्ता लगाउन सरकारले अनुसन्धान शुरू गरेको छ । म्यादी, कालिकोट, रौतहट, धनुषा, काठमाडौंलगायतका जिल्लाका १० जना जेष्ठ नागरिकको खोप लगाएको केही दिनमा मृत्यु भएको जानकारी स्वास्थ्य मन्त्रालयमा आएपछि सरकारले अनुसन्धान शुरू गरेको हो । खोपपश्चात् हुने अवाञ्छित घटनाको कमिटीका अनुसन्धान प्रमुख डा. धनराज अर्यालका अनुसार मृत्यु खोपकै कारणले भएको हो वा अन्य कुनै कारणले भएको भन्ने पत्ता लगाउन अनुसन्धान शुरू गरिएको हो । डा. अर्यालका अनुसार मृत्यु हुनेमा दीर्घरोगी, दम, मुटु तथा रोगसँग लड्ने क्षमता कमजोर भएका जेष्ठ नागरिकहरू रहेका छन् । उनीहरूका आफन्तले पनि मृत्युका कारण खोप नभई कालगति र अरू नै रोगका कारण भएको जनाएका छन् । तर, खोपको प्रभावका बारेमा विश्व स्वास्थ्य संगठनलाई जानकारी गराउनुपर्ने नियमका कारण सरकारले अनुसन्...
ओली पद जाने पक्का, अबको नयाँ प्रधानमन्त्री को ?

ओली पद जाने पक्का, अबको नयाँ प्रधानमन्त्री को ?

समाचार
प्रमुख प्रतिपक्ष कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्ने र आफ्नै नेतृत्वमा सरकार गठन गर्ने औपचारिक निर्णय गरे लगत्तै नयाँ गठबन्धनका लागि दलहरूबीच संवाद पनि सुरु भएको छ । कांग्रेसले केन्द्रीय कार्यसमिति बैठकबाट नयाँ सरकार गठनको अग्रसरता लिने निर्णय लिएको अर्को दिन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले कांग्रेस र जसपा नेताहरूसँग संवाद थालेका हुन् । दाहालले शनिबार कांग्रेस सभापति शेरबहादुर देउवा, प्रकाशमान सिंहलगायत नेतासँग टेलिफोन संवाद गरेका छन् । नयाँ सरकार गठनबारे ठोस र औपचारिक छलफलका लागि दाहालले कांग्रेस नेताहरूसँग प्रस्ताव गरेको उनको सचिवालय स्रोतले बताएको छ । काठमाडौँ बाहिर रहेका दाहाल कांग्रेस नेताहरूसँग संवादका लागि भन्दै हतार हतार काठमाडौं आएका थिए । नेता नारायणकाजी श्रेष्ठका अनुसार आइतबार माओवादी केन्द्रले जनता समाजवादी पार्टीसँग छलफल गर्नेछ । ‘कांग्र...
महन्थ ठाकुर नयाँ प्रधानमन्त्री बन्दै

महन्थ ठाकुर नयाँ प्रधानमन्त्री बन्दै

समाचार
प्रधानमन्त्री केपी शर्मा ओली शेरबहादुर देउवा र पुष्पकमल दाहाललाई सत्ता सुम्पनु पर्ने अवस्था आएको खण्डमा बरु जसपाका महन्थ ठाकुरलाई प्रधानमन्त्री बनाउन तयार देखिन्छन् । प्रधानमन्त्री पाउने विकल्प हुँदाहुँदै ठाकुर र उनको समूह तेस्रो शक्ति बनेर देउवा–दाहालसँग टाँसिन तयार देखिन्न । तर जसपा एकढिक्का छैन । राजनीति फेरि उही अल्पमत–बहुमतको गणितमा गिजोलिएको छ । यदि ओलीले विश्वास गुमाए र अर्को सरकारका लागि पनि नजुटे संसद् विघटन स्वतः हुनेछ । प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गर्न नसकेमा वा प्रधानमन्त्री नियुक्त हुन नसकेमा प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरी छ महिनाभित्र निर्वाचन मिति तोक्नेछिन् । ओलीले पटक पटक निर्वाचन नै अन्तिम विकल्प हो भनेका छन् । अर्थात् प्रतिनिधिसभा विघटन गरेर गल्ती गरेका थिइनँ भन्ने ओलीलाई देखाउनु छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।...
प्रचण्डले समर्थन फिर्ता लिँदै, ओलीको राजीनामा कहिले ?

प्रचण्डले समर्थन फिर्ता लिँदै, ओलीको राजीनामा कहिले ?

समाचार
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमति जुट्दै गर्दा प्रधानमन्त्री ओलीले अहिलेको प्रतिनिधिसभाको अंक गणित बदल्न मध्यावधि निर्वाचनमा जानुपर्ने संकेत गरेका छन् । माओवादी केन्द्रले आइतबार संसद् सचिवालयमा सरकारलाई दिएको समर्थन फिर्ता लिएको चिठी दर्ता गर्ने संकेत पाएपछि प्रधानमन्त्री ओलीले मध्यावधि निर्वाचनको संकेत गरेका हुन् । यसैक्रममा प्रधानमन्त्री ओलीले शनिबार आफूलाई दिएको समर्थन माओवादी केन्द्रले फिर्ता लिए राजीनामा दिने बताएका छन् । प्रधानमन्त्रीको यस्तो भनाइपछि माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएको पत्र आइतबार दर्ता गर्ने तयारी गरेको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्रीलाई हटाउन माओवादी केन्द्रलाई साथ दिने र नयाँ सरकार बनाउन अग्रसरता लिने जनाएपछि ओली निकै आक्रोशित ब...
यी हुन् नयाँ प्रधानमन्त्रीको लागि चर्चामा रहेका नेताहरु

यी हुन् नयाँ प्रधानमन्त्रीको लागि चर्चामा रहेका नेताहरु

समाचार
काठमाडौं । नयाँ सरकार गठन हुने पक्का भएको छ। नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा माग्ने निर्णयले नयाँ सरकार गठन हुने पक्का भएको हो । माओवादी केन्द्रले समेत सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णयमा पुगेको छ। माओवादी केन्द्रले समर्थन फिर्ता लिएको खण्डमा ओलीले स्वत राजीनामा दिनुपर्ने कि त विश्वासको मत लिनुपर्ने हुन्छ । नयाँ प्रधानमन्त्री को बन्ने भन्ने मुख्य विषय बनेको छ । अबको नयाँ प्रधानमन्त्रीको लागि शेरबहादुर देउवा, महन्त ठाकुर, पुष्पकमल दाहाल, बाबुराम भट्टराईको नाम चर्चामा छ। यी नेताहरु मध्ये देउवा प्रधानमन्त्री बन्ने निश्चित देखिएको छ । माधव नेपाल, प्रचण्डले समेत प्रधानमन्त्री बन्न समर्थन गरेका छन्। त्यसैले गर्दा पनि देउवाको सम्भावना धेरै देखिन्छ।...
कांग्रेसले प्रधानमन्त्रीको राजीनामा मागेसँगै प्रचण्डले गरे छिट्टै नयाँ सरकार बन्ने खुलासा

कांग्रेसले प्रधानमन्त्रीको राजीनामा मागेसँगै प्रचण्डले गरे छिट्टै नयाँ सरकार बन्ने खुलासा

समाचार
काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले छिट्टै नयाँ सरकार बन्ने खुलासा गरेका छन् । दाहालले सम्भवत छिट्टै नयाँ सरकार बन्ने बताए । नेपाली कांग्रेसले प्रधानमन्त्रीको राजीनामा माग्ने निर्णय गरेसँगै देशको राजनीतिले कोल्टे फेरेको दाहालले बताए। दाहालले नयाँ सरकार गठनका लागि आजैबाट दलहरुसँग छलफल गर्ने दावी गरे ।...
समर्थन फिर्ता लिए  प्रधानमन्त्री केपी ओलीले राजीनामा दिने घोषणा

समर्थन फिर्ता लिए प्रधानमन्त्री केपी ओलीले राजीनामा दिने घोषणा

समाचार
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी केन्द्रले समर्थन फिर्ता लिए राजीनामा दिने बताएका छन् । ओलीले दिनैपिच्छे राजीनामा माग्ने गरेको र, सञ्चारमाध्यमहरुले त्यसलाई नै मुख्य समाचार बनाएको बताए । एक कार्यक्रममा बोल्दै ओलीले समर्थन फिर्ता लिइदेऊ भन्दा पनि नलिने, तर राजीनामा भने माग्ने गरेको उनले बताए । उनले भने, ‘राजीनामा त आइहाल्छ नि, समर्थन फिर्ता गर न ।’’...
नेपालमा थप १२८ जनामा कोरोना सङ्क्रमण पुष्टि

नेपालमा थप १२८ जनामा कोरोना सङ्क्रमण पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, चैत २१ नेपालमा थप एक सय २८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । २७ सय २७ जनाको पीसीआर परीक्षण गर्दा एक सय २८ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या दुई लाख ७७ हजार सात सय ६८ पुगेको छ ।  त्यस्तै एक सय ६१ जना निको भएसँगै कोरोना सङ्क्रमण भएर निको हुनेको सङ्ख्या दुई लाख ७३ हजार एक सय २३ जना पुगेको छ । पछिल्लो २४ घण्टामा थप एक जनाको मृत्यु भएसँगै नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको संख्या तीन हजार ३२ पुगेको छ । अहिले नेपालमा १६ सय १३ जना सक्रिय सङ्क्रमित रहेको जनाएको छ ।...
आफ्नै शिशुको हत्या गर्ने आमा पक्राउ

आफ्नै शिशुको हत्या गर्ने आमा पक्राउ

समाचार
पूर्णपुष्टि, चैत २१ कास्कीमा आफ्नै ४२ दिनको नवजात शिशुको हत्या गरेको अभियोगमा एक जना युवती पक्राउ परेको छ । बागलुङको ढोरपाटन नगरपालिका–३ घोसापानी घर भई कास्कीको अन्नपूर्ण गाउँपालिका–२ नौडाँडा बस्ने २२ वर्षीया गीता कुँवर सुनारलाई बिहीबार प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । गीतमाथि कर्तव्य ज्यानसम्बन्धी कसूर अन्तर्गत थप अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।...