Saturday, August 8News That Matters

Month: ५ वर्ष अगाडि

सुनारले पार्टी परित्याग गरेकै कारण सांसद बनेकी जानकीदेवी रामले लिइन् शपथ

सुनारले पार्टी परित्याग गरेकै कारण सांसद बनेकी जानकीदेवी रामले लिइन् शपथ

समाचार
काठमाडौं । समानुपातिक सांसद जानकी देवी रामले आइतबार शपथ लिएकी छन् । । संसद सचिवालयमा सभामुख अग्निप्रसाद सापकोटाले उनलाई शपथ गराएका हुन् । जानकी देवी राम समानुपातिक निर्वाचन प्रणालीबाट चयन भएकी हुन् । सांसद सानु शिवाको निधन भएपछि उनको ठाउँमा जानकीदेवी सांसद बनेकी हुन् । गएको २८ असोजमा सानु सिवाको मृत्यु भएको थियो । उनको मृत्युपछि बन्दी सूचीको दोस्रो स्थानमा रहेकी धनकुमारी सुनारले पार्टी परित्याग गरेको भन्दै जानकीदेवीको नाम सिफारिस गरिएको थियो ।...
ट्याक्टर दुर्घटनामा सह चालकको ज्यान गयो

ट्याक्टर दुर्घटनामा सह चालकको ज्यान गयो

समाचार
पूर्णपुष्टि, चैत २२ मोरङमा ट्याक्टर दुर्घटना हुदाँ एक जनाको ज्यान गएको छ । बिराटनगर–१४ का २५ बर्षीय कामेश्वर कामतको ट्याक्टर दुर्घटनाबाट ज्यान गएको हो । आज बिहान साढे ८ बजे बिराटनगर–१४ स्थितमा को २ त २७३४ नम्बरको ट्याक्टर आफै अनियन्त्रीत भई दुर्घटना हुँदा सह चालक समेत रहेका कामतलाई सोही ट्याक्टरले किच्दा उनको घटनास्थलमानै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।...
शव बुझ्न डा. बाबुराम भट्टराई अन्तर्राष्ट्रिय विमानस्थलमा

शव बुझ्न डा. बाबुराम भट्टराई अन्तर्राष्ट्रिय विमानस्थलमा

समाचार
जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष डा. बाबुराम भट्टराई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेका छन् । वैदेशिक रोजगारीका क्रममा निधन भएपछि श्रद्धाञ्जली दिन र परिवारका सदस्यहरूलाई भेट्न भट्टराई विमानस्थल पुगेका हुन्। १२ जना नेपालीहरूको शवमध्ये दुई जना गोरखाका थियो। त्यसैले गर्दा पनि भट्टराईले विमानस्थलमा पुगेका हुन् । गोरखाको सिरानचोक गाउँपालिका वडा नम्बर ५ का २८ वर्षीय सूर्य विश्वकर्मा र गोरखा नगरपालिका वडा नम्बर १२ का २७ वर्षीय मेघबहादुर कुँवरको शव मलेसियाबाट ल्याइएको थियो।...
उदयपुरमा बसको ठक्करबाट एक पैदलयात्रीको ज्यान गयो

उदयपुरमा बसको ठक्करबाट एक पैदलयात्रीको ज्यान गयो

समाचार
पूर्णपुष्टि, चैत २२ उदपुरमा बसको ठक्करबाट एक जना पैदलयात्रीको ज्यान गएको छ । चौदण्डीगढी–१० ईक्राहा बस्ने ६२ बर्षीय जग नारायण श्रेष्ठको बसको ठक्करबाट ज्यान गएको हो । आज बिहान सवा १० बजे चौदण्डीगढी–१० स्थित राजमार्गमा त्रियुगा पब्लिक बोडिङ स्कुल खैराझोडाको को १ ख २७४८ नम्बरको बसले पैदल हिडिरहेका श्रेष्ठलाई ठक्कर दिदा उनको घटनास्थलमानै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । ठक्कर दिने बस र चालक चौदण्डीगढी–१० का ३८ बर्षीय रत्न बहादुर कार्की नियन्त्रणमा रहेको उक्त उदयपुर प्रहरीले जनाएको छ ।...
मोरङमा लागुऔषधसहित एक युवक पक्राउ

मोरङमा लागुऔषधसहित एक युवक पक्राउ

समाचार
पूर्णपुष्टि, चैत २२ मोरङमा लागुऔषधसहित एक युवक पक्राउ परेको छ । ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले विराटनगर–१० दक्षिणगेटबाट बेलबारी–३ का ३३ बर्षीय बिक्रम गुरुङलाई पक्राउ गरेको हो । प्रहरीले गुरुङको साथबाट एभिल ८ एम्पुल, लुपिजेसिक ८ एम्पुल, डाइजाल्याब ८ एम्पुल सहित पक्राउ गरेको थियो । पक्राउ परेका गुरुङ उपर थप अनुसन्धान भइरहेको छ ।...
करेन्ट लागेर एकको मृत्यु

करेन्ट लागेर एकको मृत्यु

समाचार
पूर्णपुष्टि, चैत २२ सप्तरीमा करेन्ट लागेर एक जनाको ज्यान गएको छ । शम्भुनाथ नगरपालिका–५ मोहनपुरमा ४५ वर्षीय अशोककुमार चौधरीको करेन्ट लागेर शनिबार बिहान ज्यान गएको हो । सोही ठाउँ बस्ने नरसिंह चौधरीको घरमा मिटर जडान गर्ने क्रममा अचानक करेन्ट लागेर अशोककुमार गम्भीर घाइते भएका थिए । घाईते अशोककुमारलाई उपचारको लागि युनिक अस्पताल सप्तरीतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।...
ओलीको राजीनामा माग्दै रामचन्द्र पौडेलले दिए यस्तो प्रतिक्रिया

ओलीको राजीनामा माग्दै रामचन्द्र पौडेलले दिए यस्तो प्रतिक्रिया

समाचार
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा नदिए अविश्वासको प्रस्ताव लैजाने बताएका छन् । पौडेलले ओलीलाई नहटाए लोकतन्त्र खतरामा पर्ने बताए । ओलीले राजीनामा नदिए अविश्वास प्रस्ताव राखेर हटाउने पौडेलले बताए । अहिले अपोजिसनमा रहेका र हिजो प्रतिगमनविरुद्ध संघर्ष गरेका दलहरुसँग वार्ता गर्ने र सहमति गरेर प्रधानमन्त्रीलाई हटाउने प्रस्ताव पेस बताए ।...
वायु प्रदूषण कम हुँदै

वायु प्रदूषण कम हुँदै

समाचार
पूर्णपुष्टि, चैत २२  काठमाण्डौसहित देशका विभिन्न ठाउँमा भएको वायु प्रदूषण कम हुँदै गएको छ । विश्वकै सबैभन्दा धेरै प्रदूषण भएको काठमाण्डौसहितका सहरहरुमा आकाश खुल्दै गएको छ । अहिले काठमाण्डौको हावाको गुणस्तर मापन गर्ने सूचक एक्यूआई २ सयको हाराहारीमा रहेको जनाईएको छ । २ सयभन्दा माथि एक्यूआई भएमा हानिकारक मानिन्छ । त्यस्तै धनगढी, सौराहालगायतका ठाउँको वायु प्रदूषण पनि सबैभन्दा धेरै देखिएको छ । केही दिन थोरै ठाउँमा भए पनि पानी परेकोले वायु प्रदूषण कम हुँदै गएको वातावरण विभागले जनाएको छ । वायु प्रदूषण कम भए पनि अवस्था भने अस्वस्थ नै रहेकाले आवश्यक सावधानी अपनाउन विभागले जनाएको छ । वायु प्रदूषण कम हुँदै गए पनि विश्वभरको तुलनामा काठमाण्डौँको वायु प्रदूषण शीर्ष स्थानबाट भने तल झर्न सकेको छैन । अहिले पनि संसारकै सबैभन्दा धेरै प्रदूषणको सूचीमा नेपाल कायमै छ । विश्वभरको वायु प्रदूषण क...
भारतमा एकैदिन ९३ हजार जनामा कोरोना संक्रमण पुष्टि

भारतमा एकैदिन ९३ हजार जनामा कोरोना संक्रमण पुष्टि

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, चैत २२  भारतमा एकैदिन ९२ जार ९ सय ९४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भारतमा साढे ६ महिनाको अवधिमा यति धेरै संक्रमित फेला परेको यो पहिलो पटक भएको भारतीय मिडियाहरुले जनाएका छन् । यसअघि १९ सेप्टेम्बरमा ९२ हजार ५ सय ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या पनि लगातार दुई दिन पाँच सयभन्दा बढी पुगेको छ । यसअघि गत शुक्रबार ७ सय १३ जनाको ज्यान गएको थियो । भारतमा अहिलेसम्म १ करोड २४ लाख जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भारतमा कोरोनाबाट सबैभन्दा धेरै महाराष्ट्र, पन्जाब, दिल्ली, मध्यप्रदेश, गुजरात र राजस्थान राज्य प्रभावित भएका छन् ।...
प्रदेश सरकारले सहुलियतपूर्ण ब्याजदरमा ऋण दिने

प्रदेश सरकारले सहुलियतपूर्ण ब्याजदरमा ऋण दिने

आर्थिक, समाचार
पूर्णपुष्टि, चैत २२  वाग्मती प्रदेश सरकारले उत्पादन तथा रोजगारी सिर्जनाका लागि नागरिकलाई सहुलियतपूर्ण ब्याजदरमा ऋण दिने भएको छ । कृषि, उद्योग, व्यापार व्यवसायसँग सम्बन्धित क्षेत्रहरुमा उत्पादन तथा रोजगारी सिर्जनाका लागि सहुलियतपूर्ण ब्याजदरमा अधिकतम १० लाख रुपैयाँसम्म ऋण उपलब्ध गराउन लागिएको वाग्मती प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ । कृषि, उद्योग, पर्यटन, व्यापार, वन तथा वातावरण, महिला तथा दलित समुदाय विकास र फोहरमैला व्यवस्थापनमा ऋण प्रवाह हुनेछ । सहुलियत ऋण प्रवाहका लागि वाग्मती प्रदेश सरकारले यो आर्थिक वर्षका लागि तीन अर्ब रुपैयाँ ऋण लगानीका लागि घोषणा गरेको छ । यो ऋण पाँच वर्षसम्ममा तिरिसक्नुपर्छ । ऋणको ब्याजदर वार्षिक तीन प्रतिशतभन्दा धेरै नहुने प्रदेश सरकारले जनाएको छ । सहुलियतपूर्ण ऋण लगानीका लागि वाग्मती प्रदेश सरकारले कृषि विकास बैंक र साना किसा...