Saturday, August 8News That Matters

Month: ५ वर्ष अगाडि

गाँजासहित १ जना पक्राउ

गाँजासहित १ जना पक्राउ

समाचार
मोरङ, चैत्र २२ मोरङबाट लागुऔषध गाँजासहति एक जना पक्राउ परेको छ । उर्लाबारी–३ थापा चौक बस्ने ३८ बर्षीय प्रेम धिमाल गाँजा सहित पक्राउ परेको हो । उनलाई आज दिउसो २ बजे ईलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरी टोलीले करिब चार केजी गाँजासहित पक्राउ गरेको प्रहरीले जनाएको छ । धिमालले घरमा गाँजा लुकाई राखेको भन्ने बिशेष सुराकका आधारमा खटिएको प्रहरी टोलीले उनको घरमा खानतलासी गर्दा खाटमुनी जेब्रा झोलामा लुकाई राखेको एक/एक केजीको चार पोका र खुल्ला आठ सय ग्राम गाँजा बरामद गरिएको ईलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ । गाँजासहित पक्राउ परेका धिमालमाथी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।...
चैत्र २५ देखि चिनियाँ खोप लगाउन सुरु गरिने

चैत्र २५ देखि चिनियाँ खोप लगाउन सुरु गरिने

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, चैत्र २२ चिन बाट प्राप्त कोरोना खोप यहि चैत्र २५ देखि लाउन सुरु गरिने भएको छ । कोरोना विरुद्धको बरिब ८ लाख डोज बराबरको खोप चिनले नेपाललाई प्रदान गरेको थियो । सोमबार खोप लिन नेपाल बायु सेवा निगम चिन प्रस्थान गरेको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले यही बुधबारदेखि काठमाडौँ उपत्यकामा तोकिएका अस्पतालबाट उक्त खोप दिइने जानकारी दिएको छ । डा. गौतमका अनुसार उक्त खोप अभियानअन्तरर्गत चीनको छात्रवृतिमा अध्ययन गरिरहेका विद्यार्थी, हिमालय व्यापारमा संलग्न व्यक्ति र अत्यावश्यक सेवामा संलग्न व्यक्ति लगायतले प्राप्त गर्ने छन् ।  ...
लागुऔषधसहित १ जना पक्राउ

लागुऔषधसहित १ जना पक्राउ

समाचार
झापा, चैत्र २२  झापाबाट लागुऔषध खैरो हिरोईन ब्राउनसुगरसहित एक जना पक्राउ परेको छ । कचनकबल–२ का २८ बर्षीय संजय लामा लागुऔषधसहित पक्राउ परेको हो । विशेष सुराकका आधारमा जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले आज दिउसो पौने २ बजे  कचनकबल–२ सुकुनाडिकी एरियाबाट २५ ग्राम ५० मिलिग्राम खैरो हिरोईन ब्राउनसुगर सहित पक्राउ गरेको प्रहरीले जनाएको छ । लामाको साथबाट ब्राउनसुगर तौलीने तराजु समेत बरामद गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका लामामाथी जिल्ला प्रहरी कार्यालय झापाबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।...
एमालेका तीन मन्त्रीले राजीनामा दिने घोषणा

एमालेका तीन मन्त्रीले राजीनामा दिने घोषणा

समाचार
एमाले माधव–झलनाथ पक्षका संसदीय दल कर्णाली प्रदेशले सरकारमा सहभागी आफ्ना तीन मन्त्रीलाई राजीनामा गराउने निर्णय गरेको छ । संसदीय दलका नेता यामलाल कँडेलको अध्यक्षतामा आज बसेको बैठकले आफ्ना तीन मन्त्रीलाई २४ घण्टामा राजीनामा दिन र नयाँ सरकार गठनको वातावरण बनाउन निर्देशन दिने निर्णय गरेको हो । निर्देशन अनुसार तीनै जना मन्त्रीले भोलिसम्ममा राजीनामा दिने प्रतिबद्धता जनाएको स्रोतले बतायो।...
सरकारलाई दिएको समर्थन फिर्ता लिने माओवादी केन्द्रको घोषणा

सरकारलाई दिएको समर्थन फिर्ता लिने माओवादी केन्द्रको घोषणा

समाचार
माओवादी केन्द्रका नेता वर्षमान पुनले अब छिट्टै वैकल्पिक सरकार निर्माण हुने बताएका छन् । पुनले पार्टीले सरकारलाई दिएको समर्थन आज/भोलिभित्रै फिर्ता लिने बताए । आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै पुनले प्रधानमन्त्री केपी शर्मा ओलीमा यदि राजनैतिक नैतिकता भएको भए यतिवेलासम्म राजीनामा आईसक्नेथियो भन्ने भनाई पनि राखे । तर, प्रधानमन्त्रीमा नैतिकता नभएकोले ओलीले राजीनामा नदिएको उनले टिप्पणी गरे ।...
दुर्गाप्रसादको उपचार सुरु

दुर्गाप्रसादको उपचार सुरु

समाचार
पूर्णपुष्टि, चैत २२  भारतका विभिन्न जेलमा ४० वर्ष विताएका दुर्गाप्रसाद तिम्सिनाको नेपाल फर्किएपछि पहिलो पटक उपचार सुरु भएको छ । प्रदेश नम्बर १ सरकारले उपचारको जिम्मेवारी लिने निर्णय गरेपछि आइतबार विराट मेडिकल कलेजमा प्रारम्भिक स्वास्थ्य परीक्षण गरिएको हो । अस्पतालका डा. पुरु कोइरालाले तिम्सिनाको प्रारम्भिक स्वास्थ्य जाँच गरेको उनका परिवारजनले जनाएको छ । उपचारका लागि प्रदेश १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले समन्वय गरिरहेका छन् । प्रदेश सरकारको समन्वयमा अस्पतालका सञ्चालक डा. ज्ञानेन्द्र कार्कीले तिम्सिनाको उपचार निःशुल्क गर्ने प्रतिबद्धता जनाएका छन् । तिम्सिनाले जिल्ला प्रशासन कार्यालय, इलामबाट हालै नागरिकता लिएका छन् । उनलाई  लागेको आरोपमाथि बिना सुनुवाइ चार दशकसम्म जेलमा बसेका दुर्गाप्रसादको तर्फबाट क्षतिपूर्ति माग गर्दै भारतको सर्वोच्च अदालतमा मुद्दा दा...
नेप्से २५.७१ अङ्कले बढ्यो

नेप्से २५.७१ अङ्कले बढ्यो

आर्थिक, समाचार
पूर्णपुष्टि, चैत २२  आज शेयर बजार परिसूचक नेप्से बढेकोे छ । आइतवार २५.७१ अङ्कले बढेर २६ सय ५७ दशमलव ६१ विन्दुमा पुगेको नेप्सेले अहिलेसम्मकै उच्च विन्दुको रेकर्ड बनाएको हो । यसअघि नेप्से फागुन नौ गते २६ सय ४० विन्दुसम्म पुगेको थियो । व्यापार, होटल, उत्पादन, म्युचल फण्ड समूहको शेयर घटे पनि अरू समूहको शेयर उकालो लागेपछि नेप्से बढेको हो । बैंकिङ समूहको शेयर साढे १४ अङ्कले, विकास बैंकको २२, जलविद्युतको ३७, फाइनान्सको ४३, माइक्रो फाइनान्सको २३, जीवन बीमा समूहको एक सय ५४, निर्जीवन बीमा समूहको पाँच सय ४३ र अन्य समूहको शेयर ३९ अङ्कले बढेको छ । दुई सय १२ कम्पनीका एक करोड ८१ लाख कित्ता शेयर नौ अर्ब ६८ लाख रुपैयाँमा किनबेच भएका छन् । निफ्राको साढे ४७ करोड रुपैयाँको शेयर किनबेच भएको छ ।...
४३ लाख नगदसहित १ जना पक्राउ

४३ लाख नगदसहित १ जना पक्राउ

समाचार
पूर्णपुष्टि, चैत २२  नागढुङ्गाबाट ४३ लाख नगदसहित एक जना पक्राउ परेको छ । काठमाडौंको चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट ४३ लाख नगदसहित शनिबार साँझ दाङको तुलसीपुर उपमहानगरपालिका–५ का ३७ वर्षीय सन्दीप कौशल पक्राउ परेको हो । तुलसीपुरबाट काठमाडौं आउँदै गरेको प्रदेश ३–०१–००–६ ख ०९१२ नम्बरको यात्रुबाहक बस चेकजाँच गर्ने क्रममा ४३ लाख नगद र ९ थान पोतेसहितको छड्के तिलहरी फेला परेपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । बसको यात्रु हिँड्ने प्यासेजमा कार्टुनमा टेपले बाँधेको अवस्थामा नगद र तिलहरी भेटिएको प्रहरीले जनाएको छ । कौशलले रकमको स्रोत खुलाउन नसकेकाले पक्राउ गरी थप अनुसन्धान गरिरहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।...
जिसस उदयपुरको खाता रोक्का

जिसस उदयपुरको खाता रोक्का

समाचार
पूर्णपुष्टि, चैत २२ जिल्ला समन्वय समिति (जिसस) उदपुरको खाता संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले रोक्का गरेको छ । साविक जिल्ला विकास समिति उदयपुरका विभिन्न कोषमा रहेको सम्पूर्ण रकम अहिले खर्च गर्न नपाइने गरी रोक्का गरेको हो । १० चैतको मन्त्रीस्तरीय निर्णयले ७७ वटै जिससलाई लेखेको पत्रमा अर्को निर्णय नभएसम्मका लागि रकम खर्च नगर्न निर्देशन दिएको छ । मन्त्रालयले १६ चैत २०७७ मा पठाएको चलानी नम्बर ३६३ को पत्रानुसार कर्मचारी कल्याण कोषबाहेक जिल्ला समन्वयको कुनै पनि रकम खर्च गर्न नपाइने निर्देशन प्राप्त भएको जिल्ला समन्वय अधिकारी ज्ञानेन्द्र ढकालले बताउनुृभयो । मन्त्रालयको निर्देशनपछि समन्वयको जिल्लासभाबाट विनियोजन गरी काम भएको योजनाको रकम खर्च गर्न र भुक्तानी दिन नपाइने भएको जिल्ला समन्वय समिति उदयपुरका सूचना अधिकारी तोया ढकालले जानकारी दिनुभयो । गत असार मसान्तसम्म जिससको खाताम...
देशभरका ४४९ जङ्गलमा डढेलो

देशभरका ४४९ जङ्गलमा डढेलो

समाचार
पूर्णपुष्टि, चैत २२  फेरी नेपालको विभिन्न ठाउँका वन क्षेत्रमा डढेलो बढेको छ । गत बुधवार पानी परेपछि धेरै ठाउँको डढेलो निभेको भए पनि फेरि डढेलोको सङ्ख्या बढेको हो । अहिले ५५ जिल्लाका चार सय ४९ वन क्षेत्रमा डढेलो लागिरहेको वन विभागको वन डढेलो पहिचान तथा अनुगमन प्रणालीले देखाएको छ । अहिले सबैभन्दा धेरै सुर्खेतका ३८ ठाउँमा डढेलो लागिरहेको छ । यस्तै दाङका ३१, प्युठानका २६ तथा चितवन र सल्यानका २४÷२४ तथा बर्दिया र डोटीका २१÷२१ ठाउँमा सक्रिय डढेलो रहेको छ । कैलाली, कञ्चनपुर, उदयपुर, बाँके, कपिलवस्तु, मकवानपुरलगायतका जिल्लामा पनि अहिले सक्रिय डढेलो रहेको छ । गत पुसपछि मात्रै देशका सबै जिल्लामा गरी ३८ सय चार वटा ठाउँको जङ्गलमा डढेलो लागिसकेको छ । जङ्गलमा फैलिएको डढेलोका कारण गत हप्ता काठमाण्डौ उपत्यकासहित देशभरको वायु प्रदूषण बढेर विद्यालय नै बन्द गर्नुपरेको थियो । अहिले वायु प्रदूषणको म...