Saturday, August 8News That Matters

Month: ५ वर्ष अगाडि

महन्थ ठाकुर प्रधानमन्त्री बन्ने पक्का, चारवटा पार्टीले समेत गर्यो समर्थन

महन्थ ठाकुर प्रधानमन्त्री बन्ने पक्का, चारवटा पार्टीले समेत गर्यो समर्थन

समाचार
काठमाडौं । जनता समाजवादी पाटी (जसपा) का अध्यक्ष महन्थ ठाकुर सत्ता समीकरणको राजनीतिमा तानातानमा परेका छन् । सत्ता टिकाउन प्रधानमन्त्री केपी शर्मा ओली र नयाँ सरकारको नेतृत्व दाबी गरेको नेपाली काँग्रेसले जसपालाई आ–आफ्नो कित्तामा उभ्याउन वार्ता गरिरहेका छन् । माओवादी केन्द्रले पनि ठाकुरसँग संवाद जारी राखेको छ । यसैक्रममा आइतबार ठाजनता समाजवादी पाटी (जसपा) का अध्यक्ष महन्थ ठाकुर सत्ता समीकरणको राजनीतिमा तानातानमा परेका छन् । सत्ता टिकाउन प्रधानमन्त्री केपी शर्मा ओली र नयाँ सरकारको नेतृत्व दाबी गरेको नेपाली काँग्रेसले जसपालाई आ–आफ्नो कित्तामा उभ्याउन वार्ता गरिरहेका छन् । माओवादी केन्द्रले पनि ठाकुरसँग संवाद जारी राखेको छ । यसैक्रममा आइतबार ठाकुरसँग नेपाली काँग्रेसका नेता रामचन्द्र पौडेलले भेट गरेका छन् । ठाकुर निकट जसपाका नेता डा सुरेन्द्र झाले पौडेलले नयाँ सरकार निर्माणको विषयमा कुराकानी...
१९ दिन नबित्दै फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य, प्रतिलिटर कति ?

१९ दिन नबित्दै फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य, प्रतिलिटर कति ?

समाचार
काठमाडौं । फेरि पेट्रोलियम पदार्थको मूल्य बढेको छ । नेपाल आयल निगमले पेट्रोल र डिजेल/मटितेलको साविकको मूल्यमा प्रतिलिटर २ रुपैयाँ बढेको हो । अब पेट्रोलको प्रतिलिटर मूल्य १२० र डिजेल/मटितेलको १०३ रूपैयाँ कायम भएको छ । निगमले गत चैत ३ गते पनि निगमले मूल्य बढाएको थियो । मूल्य समायोजन पछि पनि निगमलाई पेट्रोलमा प्रतिलिटर ७.३९ रुपैयाँ, डिजेलमा प्रति लिटर १.९४ रुपैयाँ घाटा छ । ग्यासमा प्रतिसिलिन्डर ४१८.४७ रुपैयाँ घाटा रहेको निगमले जनाएको छ ।...
डा. बाबुराम भट्टराईले लेखे यस्तो मार्मिक स्टाटस

डा. बाबुराम भट्टराईले लेखे यस्तो मार्मिक स्टाटस

समाचार
जसपा अध्यक्ष डा. बाबुराम भट्टराईले कस्तो दु:खद अवस्था! बैदेशिक रोजगारीमा मलेशिया गएका नेपाली युवाहरूमध्ये १२ जनाको शव एकैदिन त्रिभुवन विमानस्थल आइपुपुगेक भन्दै दुख व्यक्त गरेका छन्। एक स्टाटस लेख्दै भनेका छन्, "कस्तो दु:खद अवस्था! बैदेशिक रोजगारीमा मलेशिया गएका नेपाली युवाहरूमध्ये १२जनाको शव एकैदिन त्रिभुवन विमानस्थल आइपुग्यो!तीमध्ये गोरखा-२सिरानचोक-५का सूर्य विक (२८बर्ष) र गोरखा नपा-१२का मेघबहादुर कुॅवर(२७ बर्ष)को शव बुझ्न आएका आफन्तहरूको भावविह्वल अवस्था देख्दा कसरी आॅसु थामिन्थ्यो र!"...
भारतीय अभिनेता अक्षय कुमारलाई कोरोना सङ्क्रमण

भारतीय अभिनेता अक्षय कुमारलाई कोरोना सङ्क्रमण

मनोरञ्जन
मुम्बई । हिन्दी सिनेमाका ख्यातिप्राप्त अभिनेता अक्षय कुमारलाई कारोना संक्रमण पुष्टि भएको छ । उहाँले आफूलाई कोरोना संक्रमण भएको जानकारी सामाजिक सञ्जालमार्फत् दिनुभएको छ । उहाँले स्वास्थ्यसम्बन्धी सबै नियमको पालना गरेर आफू अन्य व्यक्तिको सम्पर्कबाट अलग बसेको जानकारी गराउनुभएको छ । अभिनेता कूमारले आफू होम क्वारिन्टिनमा रहेको र आवश्यक औषधिहरु सेवन गरिरहेको बताउनुभएको छ भने आफ्नो स्वास्थ्य सामान्य रहेको पनि बताउनुभएको छ । कोभिड–१९ को सङ्क्रमणका कारण पछिल्लो केही हप्तादेखि यूरोपेली मुलुकका साथै केही एशियाली मुलुकहरू पनि बढी प्रभावित बनेका छन् ।...
उदयपुरगढीमा आगलागी १५ ओटा बाख्रा जल्यो करिब २२ लाख बराबरको क्षती

उदयपुरगढीमा आगलागी १५ ओटा बाख्रा जल्यो करिब २२ लाख बराबरको क्षती

समाचार
पूर्णपुष्टि, चैत २२ पछिल्लो समय उदयपुरमा आगलागीको घट्नाले बढ्दो रुप लिएको छ । जिल्लाको बिभिन्न स्थानहरुको जंगलमा आगलागी हुँदा गाउँ जोखिम बन्दै आएको अवस्थामा छ । जंगलबाट गाउँबस्ती छिरेको आगोले बिभिन्न स्थानीयहरुको घरमा क्षती पुराएको छ । आज मात्रै उदयपुरगढी ७ मा आग्लागीबाट २२ लाख बराबरको क्षति भएको छ । उदयपुरगढी गाउँपालिका७ झाक्रीखोप सिसाघारीमा आग्लागी हुदा २२ लाख बराबरको क्षति भएको हो । रघुबहादुर आले, भेषराज राना र वीरबहादुर गुरुङ सहितको तीन घरमा जङ्गल बाट आएको डढेलोले १५ वटा बाख्रा नगद सुन चादी अन्न बाली सहित अन्दाजी २२ लाखको क्षति भएको स्थानीय होम बस्नेतले जानकारी दिए ।...
हुन लागेको मेरो नयाँ घरबार बिगार्दियो : हास्य कलाकार मनोज गजुरेल

हुन लागेको मेरो नयाँ घरबार बिगार्दियो : हास्य कलाकार मनोज गजुरेल

मनोरञ्जन
हास्य कलाकार मनोज गजुरेलले हुन लागेको घर बिग्रेको बताएका छन्। कमेडी च्याम्पीयन शोमा उनले एक प्रतिस्पर्धीलाई प्रतिक्रिया दिंदै सानो स्याञ्जालिले ठुलो ज्याञ्जालिको हुन लागेको घरबार बिगार्दिएको बताए।
उधोग बाणिज्य संघ कटारीको अवलोकन तथा  भ्रमण सम्पन्न

उधोग बाणिज्य संघ कटारीको अवलोकन तथा भ्रमण सम्पन्न

समाचार
पूर्णपुष्टि, चैत्र २२ कटारी / उदयपुर ः उदयपुर उधोग बाणिज्य संघ कटारीको अवलोकन तथा भ्रमण सम्पन्न भएको छ । उधोग बाणिज्य संघ कटारी र अन्य उधोग बाणिज्य संघका व्यवसायिकहरुले भ्रमण तथा अवलोकन गरिएको उधोग बाणिज्य संघ कटारीका अध्यक्ष पुष्कर खड्काले जानकारी दिए ।भ्रमणका क्रममा भौतिक संरचनाको अबस्था आफ्नो–आफ्नो बणिज्य संघको बारेमा स्थापनकाल देखी भए गरेका काम र जनप्रतिनिधिहरुले उधोग बाणिज्य संघ बिच कसरी समन्वय गरेर काम गरहेको भन्ने बारे जानकारी लिएको संघ कटारी अध्यक्ष खड्काले बताए ।तीन दिने भ्रमण तथा अवलोकन सिन्धुली, रामेछाप, दोलखा चरिकोट, कालिज फार्म, कीबी खेती समेत अवलोकन गरेकोको अध्यक्ष खड्काले बताए । साथै भ्रमण टालीले जीरी र दोलखा कालीनचोक भगवती मंदिर, दोलखा भीमेश्वर मंदिर जिरेश्वर मंदिर, सिन्धुलीगढी लगायतका स्थानमा धार्मीक भ्रमण समेत गरेको थियो ।...
डढेलो गाउँ पस्दा १ घर जलेर नष्ट

डढेलो गाउँ पस्दा १ घर जलेर नष्ट

समाचार
पूर्णपुष्टि, चैत २२ भोजपुरका जंगलमा लागेको डढेलो गाउँ पस्दा एक घर जलेर नष्ट भएको छ । घर नजिकै रहेको सल्लेरी सामुदायिक वनमा लागेको डढेलो गाउँ पस्दा रामप्रसाद राई गाँपालिका ६ का पुष्प बस्नेतको घर जलेर नष्ट भएको हो । डढेलो गाउँ पस्दा बस्नेतको घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ । आगलागीबाट करिब दुई लाख बराबरको क्षती भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । प्रहरी र स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिने प्रहरीले जनाएको छ ।...
खोटाङमा वनको डढेलो गाउँ पस्दा १ घर जलेर नष्ट

खोटाङमा वनको डढेलो गाउँ पस्दा १ घर जलेर नष्ट

समाचार
खोटाङ, चैत्र २२ खोटाङको खोटेहाङमा जंगलमा लागेको डढेलो गाउँ पस्दा एक घर जलेर नष्ट भएको छ । खोटेहाङ गाउँपालिका–७ को मटकेनी सामुदायिक वनबाट शुरु भएको डढेलो गाउँ पस्दा आईतबार दिउँसो करिब १२ बजे छबिलाल बस्नेतको घर जलेर पुर्ण रुपमा नष्ट भएको प्रहरीले जनाएको छ । घर जलेर नष्ट हुदा करिब २० लाख बराबरको क्षती भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । आगो स्थानीयवासी र प्रहरीको सहयोगमा नियन्त्रणमा लिने प्रहरीले जनाएको छ ।...
उदयपुरमा आगलागीबाट ५ लाख बढीको क्षती

उदयपुरमा आगलागीबाट ५ लाख बढीको क्षती

समाचार
पूर्णपुष्टि, चैत २२ उदयपुरको ताप्लिमा आगलागीबाट एक घर जलेर नष्ट हुदा पाँच लाख २५ हजार बराबरको क्षती भएको छ । ताप्लि गाउँपालिका–४ थाना पोखरीमा आईतबार दिउँसो करिब १ः४५ बजे हिरा तामाङको घर आगलागी हुदा सो रकम बराबरको क्षती भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । टाँटी बेरा, फुसको छाना भएको २ तले घरमा अचानक आगलागी हुँदा घर, अन्नपात, लत्ताकपडा, भाडावर्तन, नगद ५० हजार नगदसहित पाँच लाख पच्चिस हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ । आगो प्रहरी, स्थानियबासीको सहयोगमा करिब साढे ३ बजे नियन्त्रणमा आएको प्रहरीले जनाएको छ । आगलागीबाट कुनै प्रकारको मानवीय तथा चौपाया क्षति नभएको प्रहरीले जनाएको छ ।...