Saturday, August 8News That Matters

Month: ५ वर्ष अगाडि

सेतीमा डुबेर १ जनाको मृत्यु

सेतीमा डुबेर १ जनाको मृत्यु

समाचार
पूर्णपुष्टि, चैत २१  सेती नदीमा नुहाउने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ । डोटीको शिखर नगरपालिका–२ कालागाडको सालमुनीमा पूजा गर्न गएका दार्चुलाको मालिकार्जुन घर भई सेती प्राविधिक शिक्षालय दिपायलमा सिभिल इन्जिनियरिङ अध्ययनरत १७ वर्षीय दीपेन्द्र सिंह धामीको सेतीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । नुहाउनका लागि नदीमा पसेका धामी डुबेको थाहा पाएपछि स्थानीय युवाहरुले खोजी गरेर शव निकालेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।...
छिटै नयाँ सरकार बन्ने

छिटै नयाँ सरकार बन्ने

राजनीति, समाचार
पूर्णपुष्टि, चैत २१ नेपाली कांग्रेसको निर्णयसँगै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले छिटै नयाँ सरकार बन्ने दाबी गर्नुभएको छ । कपिलवस्तुमा भएको कार्यक्रममा प्रचण्डले नेपाली कांग्रेसले निर्णय गर्न ढिलाइ गर्दा प्रधानमन्त्री ओली विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्न र समर्थन फिर्ता लिन समस्या भए बताएउनुभयो । तर हिजो कांग्रेसले ओलीको राजीनामा माग्ने निर्णय गरेसँगै छिटै नयाँ सरकार बन्ने पक्का भएको बताउनुभयो । नयाँ सरकारको लागि आजैदेखि बैठक र छलफल थालिहाल्ने पनि प्रचण्डले बताउनुभएको छ । हिजो र आजको राजनीतिले कोल्टे फेर्दा नयाँ सरकारको बाटो खुलेको प्रचण्डको भनाइ छ ।...
प्रधानमन्त्री ओलीद्वारा एकैसाथ १६५ वटा सडकको शिलान्यास

प्रधानमन्त्री ओलीद्वारा एकैसाथ १६५ वटा सडकको शिलान्यास

समाचार
पूर्णपुष्टि, चैत २१  एकैपटक एक सय ६५ वटा सडकको प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेका छन् । प्रधानमन्त्री ओलीले बालुवाटारमा आयोजित विशेष समारोहमार्फत स्वीच चिथेर एक सय ६५ वटै संघीय निर्वाचन क्षेत्रमा सडक शिलान्यास गरेका हुन् । हरेक निर्वाचन क्षेत्रमा एक–एक वटा सडकको दरले शिलान्यास गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । गत फागुनमा प्रधानमन्त्री ओलीले मदन भण्डारी राजमार्गको धरान–बाहुनडाँगी खण्डमा बन्ने ३१ वटा पुलको पनि एकैपटक शिलान्यास गर्नुभएको थियो । सांसदहरुले ठूलो दरमा स्थानीय पूर्वाधार विकास कार्यक्रममा बजेट मागेपछि चालु आर्थिक वर्षको बजेटमार्फत सरकारले एक निर्वाचन क्षेत्रमा एउटा सडक बनाउने गरी कार्यक्रम ल्याएको थियो । यो वर्ष सरकारले प्रत्येक निर्वाचन क्षेत्रमा एउटा सडक बनाउने कार्यक्रमका लागि ३ अर्ब २० करोड बजेट छुट्याएको छ । बहुवर्षीय ठेक्का अन्तर्गत बन्ने...
४ औँ फालेलुङ चौरी पर्यटन महोत्सव हुने

४ औँ फालेलुङ चौरी पर्यटन महोत्सव हुने

पर्यटन, समाचार
पूर्णपुष्टि, चैत २१  पाँचथरमा चौथो फालेलुङ चौरी पर्यटन महोत्सव २०८७ हुने भएको छ । फालेलुङ गाउँपालिका–४ मा रहेको तिनसिमाना क्षेत्रमा वैशाख १ गते चौँथो फालेलुङ चौरी पर्यटन महोत्सव २०७८ आयोजना हुने भएको हो । दीपज्योति युवा क्लब, फालेलुङ कञ्चनजंघा पर्या पर्यटन प्रवर्धन संस्था, कञ्चनजंघा चौरीपालन तथा संरक्षण संस्थाको संयुक्त आयोजनामा महोत्सव हुने भएको आयोजकले जनाएको छ । परम्परागत चौरी पालनलाई व्यवस्थित र व्यावहारिक तरिकाले पालन गरि दिगो आयआर्जन बढाउने उद्देश्यले महोत्सवको आयोजना गरिएको आयोजकले जनाएको छ । महोत्सवको प्रवर्धकमा फालेलुङ गाउँपालिका र फालेलुङ गाउँपालिका–४ नम्बर वडा कार्यालय रहेको जनाईएको छ । महोत्सवमा चौरी तथा याकको प्रजातिहरुको प्रदर्शनी, भुटानबाट नश्ल सुधारको लागि ल्याइएको याकको प्रदर्शनी, चौरीबाट उत्पादित वस्तुहरुको प्रदर्शनी तथा बिक्री, तीनसिमाना क्षेत्रको मनोरम दृश्य...
प्रियंका कार्की आमा बन्दै

प्रियंका कार्की आमा बन्दै

Breaking News 1
पूर्णपुष्टि, चैत्र २२ नेपाली चलचित्रको चर्चित नायिका प्रियंका कार्कि आमा बन्न लागेको संकेत गरेकी छिन् । आफ्नो अफिसियल फेसबुकमा आफ्नो पति आयुशमान देशराज जोशि सँग प्रेगनेन्ट संकेतमा तस्विर सार्वजानिक गरेर उनले आफु गर्भवती बन्न लागेकी संकेत गरेकि हुन् । उनले तस्विर सार्वजानिक गर्दै स्टाटसमा लेखेकी छिन् । तपाई अब सोध्न रोक्न सक्नु हुन्छ, हो हामि गर्ववती छौ, विवाहपछि प्रियंका र आयुशमान भैसीपाटीमा खरिद गरेको नयाँ घरमा बस्दै आएका थिए । लकडाउनको क्रममा उनीहरु घरेलु जीवनमै मग्न रहे । यी सबै कुराको बेलिबिस्तार लगाउनुको कारण के भने, अहिले प्रियंका गर्भवती भएकी छिन् । यो कुरा उनले आफ्नो फेसबुकमार्फत सार्वजनिक गरेकी हुन् । श्रीमान आयुशमानसँगै खिचाएको श्यामश्वेत तस्वीरमा उनको बेबी बम्पसमेत देखिएको छ । तस्वीरमा प्रियंका मस्त हाँसेकी छिन् भने, आयुशमान मख्ख छन् । प्रियंका लेख्छिन्, ‘यु क्यान स्टप आस्क...
म्यानमारी शरणार्थीलाई खाना र औषधिको व्यवस्था गर्न भारत तयार

म्यानमारी शरणार्थीलाई खाना र औषधिको व्यवस्था गर्न भारत तयार

समाचार, संसार
पूर्णपुष्टि, चैत २१  म्यानमारबाट आएका शरणार्थीहरुलाई खाना र औषधि उपचारको व्यवस्था गर्न भारत तयार रहेको जनाएको छ । भारत म्यानमारबाट आएका शरणार्थीहरुलाई खाना र औषधिको व्यवस्था गर्न तयार रहेको तर अवैध घुसपैठलाई भने प्रोत्साहित गर्न नसक्ने जनाएको छ । म्यानमारमा दैनिक जसो हिंसात्मक प्रदर्शन भएसँगै त्यहाँका नागरिकहरु अवैध रुपमा भारत प्रवेश गरिरहेको भन्दै अवैध प्रवेशलाई रोक्नुपर्ने तर भारत आएकाहरुलाई आवश्यक व्यवस्थापन गर्न आफूहरु तयार रहेको अन्तराष्ट्रिय संचारमाध्यमले जनाएका छन् । म्यानमारबाट आएका नागरिकहरुलाई खाना र स्वास्थ्यको समस्या भएको छ । उनीहरुलाई शिविर स्थापना गर्न र आवश्यक सहयोग गर्न तयार रहेको जनाएको छ ।...
ओलीको पद धरापमा : देउवा र वरिष्ठ नेता पौडेलले मागे राजीनामा

ओलीको पद धरापमा : देउवा र वरिष्ठ नेता पौडेलले मागे राजीनामा

समाचार
नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्ने भएको छ। सरकार गठनको विषयमा लामो समयदेखि पार्टीभित्र विवाद भए पनि शुक्रबार बसेको सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलालगायत नेताहरुवीच भएको बैठकवाट सहमति जुटेको हो। उक्त बैठकवाट ओलीको राजीनामा माग्ने र आफ्नै सरकार गठन गर्ने सहमति भएको हो। यो संगै ओलीको प्रधानमन्त्री पद धरापमा परेको छ। उता माओबादी केन्द्रले पनि आज र भोलीसम्ममा सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारीमा छ। माओबादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएको खण्डमा ओलीको पद स्वत जाने छ।...
आगलागीमा १५ चौपायाको मृत्यु

आगलागीमा १५ चौपायाको मृत्यु

समाचार
पूर्णपुष्टि, चैत २१ सर्लाहीको हरिवनमा रहेको एक  गोठमा आज बिहान आगलागी हुँदा १५ वटा चौपायाको जलेर मृत्यु भएको छ । हरिवन नगरपालिका–९ बस्ने रमेश उप्रेतीको गोठमा बिहान ३ बजेतिर आगलागी भएको प्रहरीले जनाएको छ । आगलागीबाट गोठमा बाँधिएको एउटा पाडी र १४ वटा खसी÷बाख्राको जलेर मृत्यु प्रहरीले जनाएको छ । आगलागीबाट तीन लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ । आगोलाई स्थानीय प्रहरी र दमकलको सहयोगमा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।...
हात्तीको आक्रमणबाट १ जनाको मृत्यु

हात्तीको आक्रमणबाट १ जनाको मृत्यु

समाचार
पूर्णपुष्टि, चैत २१  कैलालीमा हात्तिको क्रमणमबाट एक जनाको मृत्यु भएको छ । जानकी गाउँपालिका–६ मा हात्तीको आक्रमणबाट ६० वर्षीय मन्सराम डगौराको मृत्यु भएको हो । शुक्रवार जगतपुर सामुदायिक वनको रानी टप्पामा निउरो टिप्न गएका डगौराको हात्तीको आक्रमणबाट मृत्यु भएको इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ । तरकारीका लागि निउरो टिप्न गएका डगौराको हात्तीको आक्रमणबाट मृत्यु भएको प्रहरीले जनाएको छ ।  उनको शव परीक्षणका लागि टीकापुर अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।...
लागूऔषधसहित २ जना पक्राउ

लागूऔषधसहित २ जना पक्राउ

समाचार
मोरङ, चैत्र २१  झापा र मोरङको छुट्टा छुट्टै स्थानबाट शुक्रबार लागूऔषध सहित २ जनालाई पक्राउ परेका छन् । झापाको दमक नगरपालिका–४ का २३ बर्षीय सुमन धिमाल र सुनसरी ईटहरी–२ का २५ बर्षीय अमृत मग्राती लागुऔषधसहित पक्राउ परेका हुन् । वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले भद्रपुर नगरपालिका–५ झिम्की चौकबाट धिमाललाई फेनारगन २० एम्पुल, डाईजेपाम २० एम्पुल र लुपिजेसिक २० एम्पुल सहित पक्राउ गरेको प्रहरीले जनाएको छ । त्यस्तै ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले बिराटनगर–१६ दरैयाबाट मग्रातीलाई एभिल ३ एम्पुल, लुपिजेसिक ३ एम्पुल, डाइजाल्याप ३ एम्पुल र फेनारगन ३ एम्पुल सहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । लागुऔषधसति पक्राउ परेकाहरुमाथी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।...