Friday, August 7News That Matters

Month: ५ वर्ष अगाडि

लागुऔषधसहित १ जना पक्राउ

लागुऔषधसहित १ जना पक्राउ

समाचार
सुनसरी, चैत्र १९ सुनसरीमा लागुऔषधसहति एक जना पक्राउ परेको छ । धरान–१५ का ३० बर्षीय दुर्गाबहादुर राई लागुऔषधसहित पक्राउ परेको हो । बुधबार दिउसो १२ बजे राईलाई लागुऔषध डाइजेल्याप ६ एम्पुल, लुप्रिजेशिक ६ एम्पुल, एभिल ६ एम्पुल र खाली सिरिन्ज ५ थान सहित पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।...
मोटरसाईकलको ठक्करबाट पैदल यात्रीको मृत्यु

मोटरसाईकलको ठक्करबाट पैदल यात्रीको मृत्यु

समाचार
मोरङ, चैत्र १९ मोरङमा मोटरसाईकलको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ । रतुवामाई नगरपालीका ३ बस्ने ६० बर्षीया चिन्तिदेबि ताजपुरीयाको मोटरसाईकलको ठक्करबाट मृत्यु भएको हो । मे११प ५४५५ नम्बरको मोटरसाईकलले बुधवार बेलुका ५ बजे पैदल हिड्दै गरेकी ताजपुरियालाई ठक्कर दिदा घाईते भएको थियो । घाईते भएकी ताजपुरियाको रंगेली अस्पतालमा उपचारको क्रममा साँझ साढे ६ बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय सिजुवा मोरङले जनाएको छ । ठक्कर दिने मोटरसाईकल र चालक नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।...
जबरजस्ती यौनजन्य कार्य गर्न लगाउने ५ जना पक्राउ

जबरजस्ती यौनजन्य कार्य गर्न लगाउने ५ जना पक्राउ

समाचार
पूर्णपुष्टि, चैत १९ किशोरीहरुलाई जबरजस्ती यौनजन्य कार्य गर्न लगाएको आरोपमा होटल सञ्चालकसहित पाँच जना पक्राउ गरेका छन् । सिन्धुली घर भई माकलबारी बस्ने २४ वर्षका सरगम भन्ने श्याकुमार भट्टराई, १८ वर्षकी मसेली भन्ने सुहाना तामाङ, काठमाडौं जोरपाटीका ५२ वर्षीय प्रकाश ढुंगेल, नुवाकोट घर भई मालबारी बस्ने २१ वर्षीया मिना थापा मगर र काठमाडौं गगालफेदीका ४७ वर्षीय राजकुमार सुनार पक्राउ परेको प्रहरीले जनाएको छ । आफ्नी १८ वर्षीया छोरीलाई कपडा पसलमा काम लगाईदिने भन्दै सुहानाले लगेको र श्यामकुमारसँग मिलेर जवरजस्ती यौनजज्य कार्य गर्न लगाएको भन्दै बुधबार उजरी दिएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ । उजुरीको आधारमा प्रहरीले सुहाना र श्यामकुमारलाई पक्राउ गरी उनीहरुले बालिका तथा किशारीहरुलाई राख्न माकलबारीमा लिएको फ्याटमा छापा मारेको प्रहरीले जनाएको छ । त्यहाँ युवतीहरुलाई खान बस्न मिल्ने व्...
सुनको भाउ बढ्यो

सुनको भाउ बढ्यो

आर्थिक, समाचार
पूर्णपुष्टि, चैत १९  आज सुनको भाउ ९ सय रुपैयाँले बढेको छ । हिजो तोलामा ८५ हजार ६ रुपैयाँ रहेको सुनको भाउ आज बढेर ८६ हजार ५ सय रुपैयाँमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । त्यस्तै, आज चाँदीको भाउ पनि बढेको छ । चाँदीको भाउ आज १२ सय १० रुपैयाँ पुगेको छ । हिजो ११ सय ९५ रुपैयाँ थियो ।
चीनले दिएको खोप ४० देखि ५९ वर्षकालाई लगाइने

चीनले दिएको खोप ४० देखि ५९ वर्षकालाई लगाइने

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, चैत १९  चीन सरकारले अनुदानमा दिएको कोभिड–१९ विरुद्धको ‘भेरोसेल’ खोप सरकारले ४० देखि ५९ वर्ष उमेरका व्यक्तिलाई लगाउने निर्णय गरेको छ । इन्सिडेन्ट कमाण्ड सिस्टमको बैठकले पूर्वाधारको हिसाबले अस्पताल छनोट गरी ४० देखि ५९ वर्ष उमेर समूहका नागरिकलाई खोप दिने तयारी भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । पूर्वाधारको हिसाबले उपयुक्त अस्पतालबाट ती उमेर समूहका व्यक्तिलाई चाँडै नै खोप दिइने छ । यसअघि सरकारले दोस्रो खोप अभियानअन्तर्गत ६५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई खोप प्रदान गरेको थियो । चीन सरकारले आठ लाख मात्रा भेरोसेल खोप नेपाललाई उपलब्ध गराएको थियो । ‘भेरोसेल’ खोप नेपाल वायुसेवा निगमको वाइडबडी–३३० जहाजबाट यही चैत १६ गते नेपालमा ल्याइएको थियो । नेपालमा अहिले पाँच लाख ४८ हजार मात्रा ‘कोभिशिल्ड’ र चीनबाट प्राप्त आठ लाख मात्रा ‘भेरोसेल’ खोप रहेको छ । सङ्घ...
अज्ञात समूहले चलाएको गोली लागेर १ जना घाइते

अज्ञात समूहले चलाएको गोली लागेर १ जना घाइते

समाचार
पूर्णपुष्टि, चैत १९ महोत्तरीमा अज्ञात समूहले चलाएको गोली लागेर एक जना घाइते भएको छ । औरही नगरपालिका–६ बैरियामा अज्ञात समूहले चलाएको गोली लागेर बर्दिवास नगरपालिका–१ का ३० वर्षीय रोशन कोइराला घाइते भएको प्रहरीले जनाएको छ । अज्ञात समूहले कोइरालामाथि गोली प्रहार गर्दा एउटा गोली हातमा र अर्काे कोखामा लागेको प्रहरीले जनाएको छ । गोली प्रहारबाट घाइते भएका कोइरालालाई उपचारका लागि बर्दिवासस्थित जनसेवा अस्पतालमा भर्ना गरिएको छ । कोइराला औरहीतर्फ गएको बेलामा गतराति करिब साढे ७ बजे गोली प्रहार भएका प्रहरीले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।...
दूध ढुवानीका साधनलाई एम्बुलेन्ससरह प्राथमिकता दिने

दूध ढुवानीका साधनलाई एम्बुलेन्ससरह प्राथमिकता दिने

समाचार
पूर्णपुष्टि, चैत १९ अव दूध ढुवानीका साधनहरुले सडकमा एम्बुलेन्ससरह प्राथमिकता पाउने भएको छ । सरकारले प्रदान गर्ने विशेष प्रकारको लोगो टाँसिएका साधनलाई सडकमा कसैले पनि अवरोध गर्न नपाइने र एम्बुलेन्ससरह नै प्राथमिकता दिनुपर्ने व्यवस्था कार्यान्वयनमा आएको राष्ट्रिय दुग्ध विकास बोर्डले जनाएको छ । दूग्ध ढुवानीमा यस्तो सुविधा दिने नेपाल विश्वकै पहिलो र एक मात्र मुलुक भएको बोर्डको दाबी रहेको छ । देशभरका करिब पाँच सय दुग्ध ढुवानीका साधनले प्राप्त गर्ने लोगो र त्यसको प्रयोगसम्बन्धी कार्यविधि स्वीकृत भएसँगै अब लोगो वितरण सुरु भएको बोर्डले जनाएको छ । दुग्ध पदार्थको वितरण प्रणाली बलियो बनाउन लोगो वितरणको प्रक्रिया सुरु भएको जनाएको छ । औपचारिक प्रणालीबाट देशभर वितरण हुने करिब १७ लाख मेट्रिकटन दूधको बजारीकरण र बिक्रीमा यसले सहयोग गर्ने बोर्डले जनाएको छ । निश्चित समयमा निश्चित तापक्रममा दूध ढु...
काठमाण्डौ उपत्यका प्रवेशमा कडाइ

काठमाण्डौ उपत्यका प्रवेशमा कडाइ

समाचार
पूर्णपुष्टि, चैत १९  कोरोना सङ्क्रमण दर बढ्न थालेपछि काठमाण्डौ उपत्यका प्रवेशमा कडाइ गरिएको छ । उपत्यकामा सङ्क्रमणको जोखिम बढी हुने भएकाले उपत्यका प्रवेश गर्ने नाकामा कडाइ गरिएको जिल्ला प्रशासन कार्यालय काठमाण्डौले जनाएको छ । काठमाण्डौ जिल्ला भित्रिने मुख्य नाका थानकोटको नागढुङ्गा र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एन्टीजेन परीक्षण सुरु भएको छ । त्यस्तै सचेतनामूलक अभियान थालिएको र यस्तो अभियान चलाउन सबै पालिकालाई पनि निर्देशन दिइएको जनाईएको छ । भक्तपुर र ललितपुर जिल्ला प्रशासनले पनि सङ्क्रमणबाट जोगिन भीडभाड नगर्न, स्वास्थ्य मापदण्ड पालना गर्न, भेला सम्मेलनलगायतका भीडभाड हुने कार्यक्रम नगर्न भनेको छ भने जिल्ला भित्रिने नाकामा कडाइ गरेको छ । कोरोनाको जोखिम बढ्दै गएपछि स्वास्थ्य मन्त्रालयले परीक्षणको दायरा बढाउने निर्णय गरेको छ ।  मन्त्रालयले ठूलो संख्यामा मानिसको भेला प...
बिमस्टेकको मन्त्रीस्तरीय बैठक बस्दै

बिमस्टेकको मन्त्रीस्तरीय बैठक बस्दै

समाचार
पूर्णपुष्टि, चैत १९  आज बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडी प्रयास (बिमस्टेक) को १७ औँ मन्त्रीस्तरीय बैठक बस्ने भएको छ । श्रीलङ्काले आयोजना गर्ने भर्चुअल बैठकमा सदस्य राष्ट्रका परराष्ट्रमन्त्रीहरु सहभागी हुनेछन् । बैठकमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्नुहुनेछ । बैठकमा दिगो विकासका एजेन्डा सन् २०३० को लक्ष्य प्राप्तिका लागि सामूहिक सहकार्यमा जोड दिँदै यस क्षेत्रको गरिबी तथा अन्य समस्या निराकरणका लागि मार्गनिर्देश गर्ने अपेक्षा गरिएको छ । नेपाल सन् २००४ देखि बिमस्टेकमा आबद्ध भएको हो । बिमस्टेकका व्यापार र लगानी, प्रविधि, ऊर्जा, यातायात र सञ्चार, पर्यटन, मत्स्य पालन, कृषि, सांस्कृतिक सहकार्य, वातावरण र विपद् व्यवस्थापन, सार्वजनिक स्वास्थ्य, जनसम्पर्क सञ्जाल, गरिबी निवारण, आतङ्कवाद र सङ्गठित अपराधविरुद्धका कार्य तथा जलव...
फ्रान्समा ४ हप्ता लकडाउन

फ्रान्समा ४ हप्ता लकडाउन

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, चैत १९  कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि फ्रान्समा चार हप्ताका लागि लकडाउन गरिएको छ । राष्ट्रपति इम्यानुएल म्याक्रोले पर्सि शनिवारदेखि चार हप्ता लकडाउनको घोषणा गर्नु भएको हो । राष्ट्रपति म्याक्रोले एक टेलिभिजनमा सम्बोधन गर्दै लकडाउनको अवधिमा अत्यावश्यक वस्तुका पसल खुला रहने तर तीन हप्तासम्म स्कुल भने बन्द हुने बताएको अन्तराष्ट्रिय संचारमाध्यमले जनाएका छन् । लकडाउनको अवधिभर मानिसले घरमै बसेर काम गर्नु पर्नेछ । सार्वजनिक ठाउँमा सभा, भेला गर्न पाइने छैन । घरबाट १० किलोमिटरभन्दा टाढा जान पनि नपाइने जनाईएको छ । कोरोनाविरुद्धको खोपलाई तीव्रता दिने र १८ वर्षभन्दा माथिका सबै उमेर समूहलाई खोप दिने जनाईएको छ । फ्रान्समा गत २४ घण्टामा ४१ हजारभन्दा धेरै नयाँ सङ्क्रमित थपिएका छन् । अहिलेसम्म फ्रान्समा ४६  लाख ४४ हजारभन्दा धेरैलाई सङ्क्रमण भएको छ भने ९५ हजारभन्दा धेरै ज्या...