Friday, August 7News That Matters

Month: ५ वर्ष अगाडि

सेनाको गोली लागेर ४३ जनाभन्दा धेरै बालबालिकाको मृत्य

सेनाको गोली लागेर ४३ जनाभन्दा धेरै बालबालिकाको मृत्य

समाचार, संसार
पूर्णपुष्टि, चैत २०  म्यानमारमा सेनाले चलाएको गोली लागेर ४३ जना भन्दा धेरै बालबालीकाको मृत्यु भएको छ । सेनाल सत्ता हातमा लिएपछि भएको हिंसात्मक प्रदर्शनका क्रममा सेनाको गोली लागेर अहिलेसम्म ४३ जनाभन्दा धेरै बालबालिकाले मृत्यु भईसकेको ’सेभ द चिल्ड्रेन’ले जनाएका छन् । फेब्रुअरीमा सेनाले सत्ता हातमा लिएर सङ्कटकाल घोषणा गरेसँगै म्यानमारमा हिंसात्मक प्रदर्शन हुँदै आएको छ । ’सैन्य कू’ विरुद्ध सडक प्रदर्शन गर्ने सर्वसाधारणको घरमै गएर सेनाले मनपरी आक्रमण गरिरहेको र त्यसको चपेटमा बालबालिका परिरहेको ’सेभ द चिल्ड्रेन’ले जनाएको अन्तराष्ट्रिय संचारमाध्यमले जनाएका छन् । त्यस्तै म्यानमारमा सेनाको गोली लागेर घाइते भएका बालबालिकाको संख्या पनि उल्लेख्य रहेको जनाईएको छ । १३ वर्षीय बालकलाई घरभित्रै गएर गोली हानेर हत्या गरेको, ९ महिनाकी बालिकालाई आँखामा गोली लागेको र बालबालिकाहरु त्रासैत्रासमा बाच्नुपर...
नेपाल-खनाल समूहमाथि ओली झनै आक्रामक, सबै नेतालाई कारवाही गर्ने रणनीतिमा

नेपाल-खनाल समूहमाथि ओली झनै आक्रामक, सबै नेतालाई कारवाही गर्ने रणनीतिमा

समाचार
काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली वरिष्ठ नेता माधवकुमार नेपाल समूहप्रति आक्रमकरूपमा अगाडि बढेका छन् । पार्टी नीतिविपरीत गतिविधि गरेको भन्दै लिखित स्पष्टीकरण सोध्दै नेपाल समूहमाथि धमाधम कारबाहीको प्रक्रिया शुरु गरेका छन् । वरिष्ठ नेता नेपाल र उपाध्यक्ष भीम रावलमाथि कारबाही गरेको तीन दिनपछि पुनः लिखित स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै अध्यक्ष ओलीले नेताद्वय घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई पनि पार्टीबाट निलम्बन गरेका छन्। यसअघि ओलीले माधवकुमार नेपाल र भीम रावललाई पनि ६ महिनाका लागि निलम्बन गरिसकेका छन् । पहिलो चरणमा वरिष्ठ नेता नेपालसहित चार जना नेतामाथि स्पष्टीकरण सोध्ने निर्णय गर्नुभएको ओलीले उक्त समूहका थप नेताहरुमाथि स्पष्टीकरणमार्फत कारबाही गर्ने गृहकार्य शुरू भएको ओली निकट एक नेताले बताए । उनका अनुसार पार्टी नीतिविपरीत गतिविधि गर्ने नेताहरुमाथि...
ओलीविरुद्ध यतिठुलो रणनीति बनाउंदै नेपाल-खनाल समूह

ओलीविरुद्ध यतिठुलो रणनीति बनाउंदै नेपाल-खनाल समूह

समाचार
काठमाडौं । प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले नेताहरूमाथि कारबाहीको प्रक्रिया सुरु गरे पछि एमालेको झलनाथ खनाल– माधवकुमार नेपाल समूहले पार्टीका समानान्तर कमिटीहरू गठन गर्दै आफ्नो शक्ति संगठित गर्न थालेको छ । नेता नेपाल, भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई ६ महिनाका लागि अध्यक्ष ओलीले पार्टी सदस्यबाट समेत निलम्बन गरेपछि खनाल–नेपाल समूहले मुलुकभर समानान्तर कमिटी बनाउन थालेको हो । यसअघि भ्रातृ संगठनहरूमा समानान्तर कमिटी बनाएको खनाल–नेपाल समूहले अब प्रदेश र जिल्ला तहमा संगठन निर्माण गर्न थालेको छ । यसको सुरुवात बिहीबार गण्डकी प्रदेशबाट गरिएको छ । पोखरामा आयोजित खनाल–नेपाल समूहको प्रदेशस्तरीय कार्यकर्ता भेलाले बिहीबारै ओलीबाट कारबाहीमा परेका नेता पाण्डेको नेतृत्वमा गण्डकी प्रदेशमा २२ सदस्यीय समानान्तर कमिटी गठन गरेको छ । चैत २९ अघि नै सबै जिल्लामा समानान्तर कमिटी घोषणा का...
काठसहित ४ जना पक्राउ

काठसहित ४ जना पक्राउ

समाचार
पूर्णपुष्टि, चैत १९  झापाबाट सालको काठसहित चार जना पक्राउ परेका छन् । मेचीनगरबाट दुई लाख ४० हजार रुपैयाँ बराबरको सालको काठसहित बुद्धशान्ति गाउँपालिका–४ का ४० वर्षीय बलबहादुर राई, ४० वर्षीय सुमन राई, ३० वर्षीय सुरेन राई र २३ वर्षीय दीपक तामाङ पक्राउ परेको प्रहरीले जनाएको छ । मे १ त १३८६ नम्बरको ट्याक्टर र मे ३ प ८३७८ नम्बरको मोटरसाइकलमा राखी इलामबाट झापातर्फ ल्याउँदै गरेको करिब ६० क्यूफिट सालको काठसहित उनीहरुलाई सशस्त्र प्रहरीको टोलीले पक्राउ गरेको जनाएको छ । काठ सहित पक्राउ परेका ट्याक्टर तथा मोटरसाइकलसहित आवश्यक कारबाहीको लागि सब डिभिजन वन कार्यालय चन्द्रगढीमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।...
मार्चमा १५ हजार पर्यटक भित्रिए

मार्चमा १५ हजार पर्यटक भित्रिए

पर्यटन, समाचार
पूर्णपुष्टि, चैत १९  नेपालमा यही मार्च महिनामा करिब १५ हजार पर्यटक आएका छन् । मार्च महिनामा १४ हजार नौ सय ७७ जना पर्यटक नेपाल भित्रिएको अध्यागमन विभागले जनाएको छ । यसमध्ये सबैभन्दा धेरै भारतबाट सात हजार ६ सय ५८ जना नेपाल आएको विभागले जनाएको छ । सरकारले हवाइ मार्गबाट आउने भारतीयलाई पर्यटक मान्दै आएको छ भने स्थलमार्गबाट आउने भारतीयलाई पर्यटक मान्दैन । त्यस्तै अमेरिकाबाट १७ सय तीन जना, चीनबाट १२ सय सात जना, बेलायतबाट ६ सय ६५ जना, जर्मनीबाट दुई सय १३ जना र रुसबाट दुई सय ११ जना पर्यटक नेपाल भित्रिएका छन् । सन् २०२१ को तीन महिनामा नेपालमा  झण्डै ३३ हजार पर्यटक आएका छन् । जनवरीमा आठ हजार आठ सय र फेब्रुअरीमा नौ हजार एक सय ४६ जना पर्यटक नेपाल आएका थिए । त्यस्तै मार्च महिनाभर हवाइ मार्ग हुँदै ७१ हजार दुई सय ७० जना यात्रु नेपाल आएका छन् । यसमध्ये ५६ हजार दुई सय ९३ जना नेपाली रहेको पनि ...
नेप्से परिसूचक दोहोरो अंकले बढ्यो

नेप्से परिसूचक दोहोरो अंकले बढ्यो

आर्थिक, समाचार
पूर्णपुष्टि, चैत १९  आज नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । सेयर कारोबार मापक नेप्से परिसूचक १२.८८ अंकले बढेर २ हजार ६ सय ३१.८९ अंकमा पुगेको छ । क वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि २.८३ अंकले बढेर ४ सय ६६ दशमलव ४२ अंकमा पुगेको छ । कारोबार रकममा पनि सुधार भएको छ । बुधबार सवा ६ अर्बको सेयर कारोबार भएकोमा बिहीबार ७ अर्ब माथि कारोबार रकम पुगेको छ । दिनभर भएका ७३ हजार ६ सय ६७ कारोबारबाट २ सय १८ कम्पनीका १ करोड ४२ लाख ६८ हजार ५ सय ९२ कित्ता सेयर किनबेच भएका छन् । जसबाट कारोबार रकम ७ अर्ब १८ करोड ४२ लाख ६६ हजार १ सय २५ रुपैयाँ पुगेको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ । नेप्सेमा कारोबार हुने चार समूहहरुको सब इन्डेक्स घटेको छ । बाँकी सबै समूहहरुको सबइन्डेक्स बढेको छ । सबैभन्दा धेरै होटल तथा पर्यटन समूहका लगानीकर्ताले बिहीबार गुमाएका छन् । यो समूहको सब इन्डे...
वायु प्रदूषण कम गर्ने उपाय खोज्न आग्रह

वायु प्रदूषण कम गर्ने उपाय खोज्न आग्रह

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, चैत १९ वायु प्रदूषण तथा प्राकृतिक विपद्को जोखिम न्यूनीकरण गर्न तत्कालीन तथा दीर्घकालीन उपाय खोज्न राष्ट्रिय मानवअधिकार आयोगले सरकारको ध्यानाकर्षण गराएको छ । आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै नागरिकको स्वच्छ वातावरणमा बाँच्न पाउने हकको संरक्षणार्थ जोखिम न्यूनीकरणका लागि तत्कालीन र दीर्घकालीन उपाय अवलम्बन गर्न ध्यानाकर्षण गराइएको हो । विज्ञहरुकोे परामर्शअनुसार वायु प्रदूषणबाट हुनसक्ने जोखिमलाई न्यूनीकरण गर्न सकिन्छ । हालै देखिएको अत्यधिक डढेलोलाई नियन्त्रण गर्न, घर तथा कृषि कार्यबाट निस्कने फोहर जलाउने काममा नियन्त्रण गर्न र सवारी साधनको प्रयोगलाई सम्भव भएसम्म कम गरी वायु प्रदूषणको अवस्थामा तत्काल सुधार ल्याउन सकिने आयोगले सुझाव दिएको छ । गत शुक्रबारदेखि काठमाडौं उपत्यकालगायत मुलुकका विभिन्न स्थानमा बढिरहेको वायु प्रदूषणले नागरिक...
सर्वोच्चले नेकपा विघटनको फैसला पुनरावलोकन नगर्ने

सर्वोच्चले नेकपा विघटनको फैसला पुनरावलोकन नगर्ने

समाचार
पूर्णपुष्टि, चैत १९  सर्वोच्च अदालतले एमाले र माओवादी मिलेर बनेको नेकपा विघटनको फैसला पुनरावलोकन गर्न अस्वीकार गरेको छ । सर्वोच्चले क्षेत्राधिकार बाहिर गएर नेकपा विभाजन गरेर एमाले र माओवादी बिउँताइदिएको भन्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बुधवार सर्वोच्चमा पुनरावलोकन निवेदन दिनुभएको थियो । आज प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा नेतृत्वको पूर्ण इजलासले सर्वोच्चको गत फागुन २३ गतेको फैसला पुनरावलोकन गर्न अनुमति नदिने निर्णय गरेको जनाईएको छ । सर्वोच्च अदालतले फागुन २३ गते ऋषि कट्टेलको नेकपालाई वैधानिकता दिँदै एमाले र माओवादी केन्द्र बिउँताइदिएको थियो । तर माओवादी केन्द्र र एमालेको माधवकुमार नेपाल पक्षले भने रिट निवेदकले नेकपाको नामको विवादमा फैसला मागे पनि सर्वोच्चले अधिकारबाहिर गएर पार्टीको एकता नै भङ्ग गरिदिएको भन्दै पुनरावलोकन गर्ने निर्णय गरेका थिए ।...
लागुऔषधसहित १ जना पक्राउ

लागुऔषधसहित १ जना पक्राउ

समाचार
मोरङ, चैत्र १९ मोरङको बिराटनगरबाट लागुऔषधसहित एक जना पक्राउ परेको छ । विराटनगर १६ हुलासचौकबाट लागुऔषधसहित सुनसरी बराहक्षेत्र–५ कालाबंजर बस्ने २३ बर्षीय फडिन्द्र श्रेष्ठ पक्राउ परेको हो । लागूऔषध ब्यूरो विराटनगरबाट खटिएको टोलीले श्रेष्ठकोलाई आज दिउसो साढे १२ बजे  लागुऔषध एभिल ११ एम्पुल, लुपिजेसिक ८ एम्पुल, डाइजाल्याप ९ एम्पुल र फेनारगन ४ एम्पुल सहित पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय रानीले जनाएको छ । लागुऔषधसहित पक्राउ परेका श्रेष्ठमाथी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।...
करेन्ट लागेर १ जनाको मृत्यु

करेन्ट लागेर १ जनाको मृत्यु

समाचार
पाँचथर, चैत्र १९ पाँचथर फिदिममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । फिदिम नगरपालिका–१२ भोटेगाऊ बस्ने १९ बर्षीय राजु ढुंगानाको करेन्ट लागेर मृत्यु भएको हो । आज बिहान ७ बजे बिजुलीको पुरानो ट्रान्समिटर निकाली नयाँ ट्रान्समिटर जडान गर्ने क्रममा करेन्ट लागी गम्भिर घाईते भएका ढुंगानाको उपचारको क्रममा समर्पित अस्पताल पाँचथरमा दिउसो सभा १० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।...