Friday, August 7News That Matters

Month: ५ वर्ष अगाडि

डा. बाबुराम भट्टराईले दु:खिद हुँदै लेखे यस्तो स्टाटस

डा. बाबुराम भट्टराईले दु:खिद हुँदै लेखे यस्तो स्टाटस

समाचार
जनता समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले राष्ट्रिय गौरवका योजनामध्ये एक नम्बरमा राखिएको काठमाण्डौं-तराई फाष्टट्राकको निर्माण फेरि विवादमा पर्नु दु:खद रहेको बताएका छन्। भट्टराईले एक स्टाटस लेख्दै पचासौं अर्बका ठेक्काकोPQगर्दा एउटामात्र ठेकेदार छान्नु स्वत:गलत रहेको बताएका छन् । उनले लेखेका छन्, "राष्ट्रिय गौरवका योजनामध्ये एक नम्बरमा राखिएको काठमाण्डौ-तराई फाष्टट्राकको निर्माण फेरि विवादमा पर्नु दु:खद छ।पचासौं अर्बका ठेक्काकोPQगर्दा एउटामात्र ठेकेदार छान्नु स्वत:गलत थियो!भ्रष्टाचारको ह्वास्स गन्ध आउॅथ्यो।लेखासमितिले रोक्ने आदेश गरेर ठीक गर्यो।आदेश पालना होस्!छानवीन होस्!"...
नेपालबाट  हराएको प्राचीन मूर्ति अमेरिकाद्वारा हस्तान्तरण

नेपालबाट हराएको प्राचीन मूर्ति अमेरिकाद्वारा हस्तान्तरण

समाचार
पूर्णपुष्टि, चैत २० नेपालबाट हराएको तीन वटा प्राचिन मुर्ती अमेरिका सरकारले नेपाललाई हस्तान्तरण गरेको छ । गणेश र बुद्धको आसनस्थ तथा काठमा कुँदिएको अप्सराको मूर्ति आज हस्तान्तरण गरिएको हो । न्युयोर्क जिल्लाका न्यायाधिवक्ताको कार्यालयका प्रतिनिधिले त्यहाँ रहेको नेपालका कार्यवाहक महावाणिज्यदूत विष्णुप्रसाद गौतमलाई सोही मूर्ति हस्तान्तरण गरेको महावाणिज्यदूतावासले जनाएको छ । गैरकानूनीरूपमा प्राचीन सामग्रीको ओसारपसार एवं खरिदबिक्री गर्ने समूहबाट अमेरिकी गृहमन्त्रालय र सुरक्षा निकायको सहयोगमा ती मूर्ति तिनका वास्तविक हकदारलाई फिर्ता गर्ने अमेरिका सरकारको नीतिअनुसार हराएका मूर्ति पुनः प्राप्त गरी नेपाललाई हस्तान्तरण गरिएको हो । चार वर्षको अनुसन्धान एवं कानूनी प्रक्रिया पूरा गरी आज ती मूर्ति नेपाललाई प्रदान गरिएको हो । हराएका प्राचीन सामग्री हस्तान्तरण गरेकोमा नेपालले अमेरिकी सरकार र स...
ब्राउनसुगर सहित ३ जना पक्राउ

ब्राउनसुगर सहित ३ जना पक्राउ

समाचार
पूर्णपुष्टि, चैत २० झापा भद्रपुर नगरपालिका–४ डाँगीबारी स्थितबाट बिहीबार राती साढे ८ बजे ब्राउन सुगर सहित ३ जना पक्राउ गरेका छन् । अर्जुनधारा नगरपालिका–६ बस्ने ४० बर्षीय लोकेन श्रेष्ठ, भद्रपुर नगरपालिका–१० बस्ने ३६ बर्षीय विनोद राजवंशी र २४ बर्षीय गोबिन्द राजबंशी ब्राउनसुगर सहित पक्राउ परेका हुन् । उनीहरुको साथबाट लागूऔषध ब्राउन सुगर ९ ग्राम ११० मिलिग्राम र डिजिटल तराजु सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । पक्राउ परेका उनीहरु माथि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।...
शुभम डिलक्स गाडी दुर्घटना हुँदा १५ घाइते

शुभम डिलक्स गाडी दुर्घटना हुँदा १५ घाइते

समाचार
सङ्खुवासभा । सङ्खुवासभाको मादी नगरपालिकाबाट धरानतर्फ जाँदै गरेको को१ख २८२४ नम्बरको शुभम डिलक्स गाडी धर्मदेवी नगरपालिका–४ को दोभान रिसोर्ट नजिक दुर्घटना हुँदा १५ यात्रु घाइते भएका छन् । बीस मिटरमाथिबाट गाडी पल्टिँदा दुर्घटना भएको हो । अहिले घटनास्थलमा गुल्म नम्बर ४ सशस्त्र प्रहरी बल चैनपुर र इलाका प्रहरी कार्यालय चैनपुरसहितको सुरक्षाकर्मीको सहयोगमा घाइतेलाई उपचारका लागि धरानस्थित बिपी मेमोरियल अस्पताल लैजाने तयारी भइरहेको सशस्त्र प्रहरी बल सङ्खुवासभाका प्रहरी नायब उपरीक्षक विशाल सिलवालले जानकारी दिनुभयो ।...
बम विस्फोट हुँदा  एकको मृत्यु, एक गम्भीर घाइते

बम विस्फोट हुँदा एकको मृत्यु, एक गम्भीर घाइते

समाचार
गलकोट । बागलुङ जिल्लाको बडिगाड गाउँपालिकामा बिहीबार भएको बम विष्फोटमा परी गम्भीर घाइते भएका एक युवकको मृत्यु भएको छ । बागलुङ जिल्लाको बडिगाड गाउँपालिका–२, सिमलचौरमा माछा मार्नका लागि बम बनाउँदै गर्दा विस्फोट भएपछि गम्भीर घाइते भएका एक युवकको मृत्यु भएको जिल्लाप्रहरी कार्यालय बागलुङले जनाएको छ । गम्भीर घाइते गुल्मीको मुसिकोट नगरपालिका–७ स्थायी घर भई बडिगाड गाउँपालिका–२ सिमलचौर बस्ने ३१ वर्षीय मित्रबहादुर रानाको उपचारको लागि पाल्पा लैजाँदै गर्दा बटोमै बिहीबार साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इकबाल हवारीले जानकारी दिनुभयो ।...
पदमार्गमा सञ्चालित होटलको ‘पालो प्रणाली’ हट्यो

पदमार्गमा सञ्चालित होटलको ‘पालो प्रणाली’ हट्यो

समाचार
पूर्णपुष्टि, चैत २० गोसाइँकुण्ड पदमार्गमा सञ्चालित होटलको पालो प्रणाली हटाइएको छ । लाङटाङ राष्ट्रिय निकुञ्जको कोर तथा मध्यवर्ती क्षेत्रमा सञ्चालित होटल, लज तथा चिया पसलले यसअघि लागू गरेका पालो प्रणाली हटाइएको हो । होटल सञ्चालन गर्दा यात्रुलाई समस्या आएपछि पालो प्रणाली हटाइएको लाङटाङ राष्ट्रिय निकुञ्जले जनाएको छ । निकुञ्ज र होटल व्यवसायीबीच भएको छलफलले पालो प्रणाली हटाउने सहमति भएको जनाएको छ । विगत १२ वर्षदेखि चोलाङपाटीदेखि माथि सञ्चालनमा रहेका होटल व्यवसायीले अफसिजनमा पालो प्रणाली लागू गर्दै आएका थिए । केही वर्ष पहिलेसम्म सिजनमा मात्र पर्यटक आउने भएकाले अफसिजनमा व्यवसायीले पालो प्रणालीमा होटल सञ्चालन गरिरहेका थिए । तर पछिल्लो समय अफसिजनमा नेपाली पर्यटकको आगमन बढ्दा समेत व्यवसायीले पालो प्रणाली नहटाएपछि समस्या सिर्जना भएको थियो । धुन्चे गोसाइँकुण्ड पदमार्गमा १३ वटा होटल, लज तथा ...
हात्तीपाइले रोगविरुद्धको औषधि १२ जिल्लामा खुवाइँदै

हात्तीपाइले रोगविरुद्धको औषधि १२ जिल्लामा खुवाइँदै

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, चैत २० आजदेखि देशका १२ जिल्लामा हात्तीपाइले रोगविरुद्धको औषधि खुवाइँदै छ । हात्तीपाइले रोग मानिसलाई शारीरिक रुपमा अशक्त तथा अपाङ्ग बनाउने सरुवा रोग हो । यसविरुद्ध हरेक वर्ष अभियान नै चलाए पनि नियन्त्रण हुन सकेको छैन । हात्तीपाइले विरुद्धको औषधिले केहीलाई रिँगटा लाग्ने, ज्वरो आउने र वाकवाकी लाग्ने जस्ता लक्षण देखिए पनि केही समयपछि यो समस्या हट्ने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । दुई वर्ष उमेर नपुगेका बालबालिका, गर्भवती र सात दिनसम्मका सुत्केरी तथा सिकिस्त बिरामी, कडा रोगको लागि औषधि खाइरहेका व्यक्ति र कडा कुपोषण भएका पाँच वर्षमुनिका बालबालिकालाई भने यो औषधि खुवाउन हुँदैन । हात्तीपाइले रोग सङ्क्रमित पोथी लामखुट्टेको टोकाइबाट सर्ने गर्दछ । शरीरमा यसको परजीवी प्रवेश गरेको केही वर्षपछि मात्र रोगका लक्षणहरु देखिन्छन् । लक्षण देखिसकेपछि भने यो रोग निक...
अज मेलम्ची पानीको औपचारिक उद्घाटन हुँदै

अज मेलम्ची पानीको औपचारिक उद्घाटन हुँदै

समाचार
पूर्णपुष्टि, चैत २० आज काठमाण्डौमा मेलम्ची पानीको औपचारिक उद्घाटन हुँदैछ । भृकुटीमण्डपमा बनाइएको धाराको टुटी खोलेर राष्ट्रपति विद्यादेवी भण्डारीले मेलम्ची पानीको उद्घाटन गर्न लाग्नुभएको हो । दिउँसो २ बजे राष्ट्रपति भण्डारीले मेलम्चीको पानी उद्घाटन गर्ने कार्यक्रम तय भएको आयोजना कार्यान्वयन निर्देशनालयले जनाएको छ । उद्घाटन कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीसमेत सहभागी हुनुहुनेछ । यसअघि आयोजनाले २३ गते सोमवार उद्घाटन गर्ने भने पनि पानी वितरण भइसकेपछि ढिला गर्न नहुने भन्दै उद्घाटन कार्यक्रम आजका लागि राखिएको आयोजनाले जनाएको छ। काठमाण्डौमा आइतवारदेखि नै मेलम्चीको पानी वितरण सुरु गरिएको छ । अहिलेसम्म महाङ्काल, मीनभवन र खुमलटारको ट्याङ्कीबाट पानी वितरण सुरु भएको छ । यसैबीच, काठमाण्डौ उपत्यका खानेपानी लिमिटेडले बालाजु पोखरीमा मेलम्चीको पानी हालेर त्यस क्षेत्रमा पानी वितरण सुरु ...
बायु प्रदूषण कम भयो

बायु प्रदूषण कम भयो

समाचार
पूर्णपुष्टि, चैत २०  आज देशका धेरै ठाउँको मौसम सफा रहेको छ । बायु प्रदूषण क्रमश कम हुँदै गएको भएपनि पूर्णरुपमा भने प्रदूषण हट्न समय लाग्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसोपछि भने पहाडी क्षेत्रको मौसम बद्ली भएर केही ठाउँमा मेघगर्जनसहित हल्का पानी पर्ने सम्भावना रहेको जनाईएको छ । यसैबीच, डढेलो नरोकिए फेरि प्रदूषण बढ्ने जनाईएको छ । अहिले मौसम सफा हुँदै गएको छ तर, आइतवार, सोमवारदेखि फेरि वायुमण्डल स्थिर रहने देखिएको जनाईएको छ । सुख्खापनका कारण देशका धेरैजसो क्षेत्रका वनमा आगलागी हुने गरेको छ । आज पनि देशका विभिन्न २८ क्षेत्रमा डढेलो लागेको वन डढेलो पहिचान तथा अनुगमन प्रणालीले जनाएको छ । सबैभन्दा धेरै सुर्खेतका २९ ठाउँमा, सल्यानका २२ ठाउँमा र बर्दियाका विभिन्न २१ क्षेत्रमा डढेलो लागेको जनाएको छ । वातावरणविद्हरुले प्रदूषण बढ्नुको मुख्य कारण डढेलो भएकाले यसको नियन...
ठुलो दवावमा ओली: सत्ता समीकरण गर्नुअघि रेशम चौधरीलाई थुनामुक्त गर्न जसपको माग

ठुलो दवावमा ओली: सत्ता समीकरण गर्नुअघि रेशम चौधरीलाई थुनामुक्त गर्न जसपको माग

समाचार
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सरकार सुरक्षित राख्न जनता समाजवादी पार्टी (जसपा) सँग वार्ता जारी राखेका छन् । सत्ता साझेदारीका लागि जसपाले राखेका माग पूरा गर्न सरकार र जसपा संयुक्त कार्यदलको बैठक बुधबार बसेको थियो । जसपा नेता एवम् कार्यदलका सदस्य लक्ष्मणलाल कर्णका अनुसार बैठकमा माग कसरी सम्बोधन गर्ने भन्ने विषयमा छलफल भएको थियो । ‘अदालतमा विचाराधीन मुद्दा फिर्ता गर्ने सहमति भएको छ । अन्य माग पूरा गर्ने विषयमा छलफल भइरहेको छ,’ कर्णले भने, ‘कुरा सकारात्मक छ ।’ जसपा नेता केशव झाले पनि सरकारसँगको वार्ता सकारात्मक भएको बताए । उनले भने, ‘जसले माग पूरा गर्छ, हामी त्यसैलाई समर्थन गर्छौं ।’ जसपाको समर्थनमा सरकार टिकाउन उसले राखेको माग पूरा गर्ने बारेमा प्रधानमन्त्री ओलीले पनि पटक–पटक शीर्ष नेताहरुसँग कुराकानी गरेका छन् । कार्यदलका अर्का एक सदस्यका अनुसार जसपाका माग कसरी र ...