Friday, August 7News That Matters

Month: ५ वर्ष अगाडि

नयाँ पार्टी खोल्ने माधव नेपालको घोषणा

नयाँ पार्टी खोल्ने माधव नेपालको घोषणा

समाचार
नेकपा एमाले फुटको संघारमा पुगेको छ। केपी शर्मा ओलीको प्रवृतिले गर्दा दुई समूहमा विभाजित माधवकुमार नेपाल-झलनाथ खनाल समूहले नयाँ पार्टी खोल्ने संकेत दिएको छ । ओलीले नेपाल र भीम रावललाई पार्टीवाट निलम्वन गरेपछि यो समूह झनै ओलीदेखि आक्रोशित भएको छ । बिहिबार कास्की जिल्लास्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेपालले ओलीलाई हटाएर आफ्नै नेतृत्वमा केन्द्रीय कमिटी बनाउने घोषणा गरे । नेपालले केन्द्रीय कमिटीबाट केपी ओलीलाई हटाएर नयाँ कमिटी बनाउने भन्दै यो प्रक्रिया गाउँ गाउँसम्म पुग्ने घोषणा गरे।...
मोरङमा १२ वर्षीया बालिका करणी आरोपमा एक पक्राउ

मोरङमा १२ वर्षीया बालिका करणी आरोपमा एक पक्राउ

समाचार
पूर्णपुष्टि, चैत २० मोरङमा १२ वर्षीया एक बालिकालाई जवर्जस्ति करणी गरेको आरोपमा एक जना पक्राउ गरेको छ । उर्लाबारी नगरपालिका–७ की बालिकालाई करणी गरेको आरोपमा तेह्रथुमको मेन्छायम गाउँपालिका घर भइ मोरङको सुन्दरहरैचामा बस्दै आएका २५ वर्षीय गोबिन्द हिङमाङलाई पक्राउ गरेको हो । फेसबुकमार्फत चिनजान भएकी १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले हिङमाङलाई पक्राउ गरेको हो । हिङमाङमाथि सामाजिक सञ्जाल फेसबुकमार्फत नजिक भएको र होलीको दिन उर्लाबारीमा करणी गरेको आरोप छ । पिडित पक्षबाट बलात्कार आरोपमा प्रहरी कार्यालयमा जाहेरी परेपछि हिङमाङलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी मानबहादुर राईले बताउनुभयो । फेसबुकमार्फत नजिकिएर करणी गरेको जाहेरी परेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो । हिङमाङ विरुद्ध ६ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको राईले डिएसपी बताउनुभयो । प्...
आगामी वैशाख १ गतेदेखि गृह मन्त्रालय पुरानो प्रधानमन्त्री कार्यालयमा सर्ने

आगामी वैशाख १ गतेदेखि गृह मन्त्रालय पुरानो प्रधानमन्त्री कार्यालयमा सर्ने

समाचार
पूर्णपुष्टि, चैत २०  आगामी गृह मन्त्रालय आगामी वैशाख १ गतेदेखि पुरानो प्रधानमन्त्री कार्यालयमा सर्ने भएको छ । गृह मन्त्रालय सर्न लागेको भवनको शुक्रवार गृह मन्त्री रामबहादुर थापाले निरीक्षण गर्नुभएको छ । २०७२ सालको भूकम्पले सिंहदरबारको केही भाग भत्किएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय तत्कालीन सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको भवनमा सरेको थियो । सिंहदरबारको पूर्वी भवनको पुनर्निर्माण सम्पन्न भएपछि प्रधानमन्त्री कार्यालय सरिसकेको छ । प्रधानमन्त्री कार्यालय सरेपछि खाली रहेको भवनमा गृह मन्त्रालय सर्न लागेको जनाएको छ । गृह मन्त्रालय रहेको भवन पुनर्निर्माण भइरहेको छ ।...
कारबाहीमा परेपछि भावुक हुँदै घनश्याम भुसालले लेखे यस्तो स्टाट्स

कारबाहीमा परेपछि भावुक हुँदै घनश्याम भुसालले लेखे यस्तो स्टाट्स

समाचार
काठमाडौँ । एमालेका नेता घनश्याम भुसालले केपी शर्मा ओलीले कारबाही गरेपछि असीमित सत्ताभोगको अतृप्त तृष्णाले कमरेड ओलीलाई ‘म’ र ‘मेरो’ बाहेक केहि नदेख्ने आरोप लगाएका छन् । भुसालले फेसबुकमा लेख्दै भनेका छन्, "असीमित सत्ताभोगको अतृप्त तृष्णाले कमरेड ओलीलाई ‘म’ र ‘मेरो’ बाहेक केहि नदेख्ने बनाएको छ । ‘म बस्न नपाउने कुर्ची भाँची दिन्छु’, यो उनी आफैले कबुल गरेको जीवन दर्शन हो । एउटा धरै राम्रो पार्टीलाई उनले गुटमा बदलेका थिए, अहिले त्यो गुट राज्य दोहनमा लागेको गिरोहमा परिणत भएको छ । उनका लागि संसारमा या त चाकर छन् या शत्रु । उनले हाम्रो पार्टीको गौरवको चीरहरण गर्दैछन्, हामीले सामना गरौँला/गर्नेछौँ । तर यिनले लोकतन्त्रको जुन हुर्मत लिएका छन् त्यो अपूरणीय छ । उनको व्यक्तिवादी, अवसरवादी, दक्षिणपन्थी तथा विसर्जनवादी ताण्डवलाई पराजित गरेर हामीले लोकतन्त्र र वामपन्थको ऋण तिर्नेछौँ । मेरो पार्टीको अ...
सर्वोच्च अदालतमा प्रधानमन्त्री ओलीविरुद्ध  मुद्धा

सर्वोच्च अदालतमा प्रधानमन्त्री ओलीविरुद्ध मुद्धा

समाचार
प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्धको सर्वोच्च अदालतमा मुद्दा सुनुवाइका लागि आज पेशी तोकिएको छ । सर्वोच्च अदालतको संवैधानिक इजलासमा विचाराधीन रहेको प्रतिनिधिसभा विघटन सम्बन्धी मुद्दाका विषयमा टिप्पणी गरेको भन्दै दर्ता भएको अवहेलना मुद्दामा आज शुक्रबार पेशी तोकिएको हो । न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र हरि फुयालको इजलासमा परेको सो मुद्दा अन्तिममा रहेकाले सुनुवाई हुने कम सम्भावना रहेको छ । प्रधानमन्त्रीले दिएका अभिव्यक्तिले अदालतको अवहेलना भएको भन्दै गत माघ १३ गते अधिवक्ता कञ्चनकृष्ण न्यौपाने र कुमार आचार्य लगयतले अवहेलना मुद्दा दायर गरेका थिए ।...
ताइवानमा भयानक रेल दुर्घटना, ३६ जनाको मृत्यु

ताइवानमा भयानक रेल दुर्घटना, ३६ जनाको मृत्यु

समाचार
पूर्णपुष्टि, चैत २० ताइवानमा भयानक रेल दुर्घटना भएको छ । दुर्घटनामा ३६ जनाको मृत्यु भएको छ, भने ७२ जना घाइते भएका छन् । ताइवानको ह्वालियन सहरको सुुरङभित्र रेलले ट्रकलाई ठक्कर दिँदा दुर्घटना भएका अन्तराष्ट्रि सञ्चार माध्यमले जनाएको छ । ट्रकमा ठोक्किएको रेल लिगबाट चिप्लिएर सडकमा पुगेको थियो । दुर्घटनाबाट रेलको आठ ओटा डब्बामध्ये पाँच ओटा डब्बा क्षतिग्रस्त भएको छ । ताइवानमा सुरु भएको लामो बिदा मनाउन हिँडेका यात्रुले रेल खचाखच भरिएको थियो । उद्धारकर्ताहरु सुरुङभित्र च्यापिएका मानिसको उद्धारमा खटिएका छन् । अहिले एक सय भन्दा धेरै यात्रीलाई उद्धार गरेर सुरक्षित ठाउँमा राखिएको छ । ताइवानकी राष्ट्रपति साइ इंग–वेनले घाइतेको उपचार तथा उद्धारका लागि आपतकालीन व्यवस्था लागू गरिएको जानकारी गराउनु भएको अन्टराष्ट्रि सञ्चार माध्यमले जनाएको छ । ताइवानको यातायात मन्त्रालयले दुर्घटनालाई पछिल्लो...
वैशाख १ देखि प्रधानमन्त्री कार्यालयमा सर्दै गृहमन्त्री थापा

वैशाख १ देखि प्रधानमन्त्री कार्यालयमा सर्दै गृहमन्त्री थापा

समाचार
वैशाख १ गतेदेखि गृह मन्त्रालय प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय रहेको भवनमा सर्ने भएको छ । वि.स २०७२ सालको भूकम्पले केही भाग भत्किएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय संघीय मामिला तथा सामान्य प्रसासन मन्त्रालयको भवनमा सरेको थियो । सिंहदरबारको पूर्वी भवनको पुनर्निर्माण सम्पन्न भएपछि प्रधानमन्त्री कार्यालय सोही भवनमा सरेसँगै उक्त खाली भवनमा गृह मन्त्रालय सर्न लागेको हो । गृहमन्त्री रामबहादुर थापाले शुक्रबार भवनको निरीक्षण गरेका छन् ।...
घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई कारवाही गरेपछि ओलीलाई रामकुमारीले दिइन् यस्तो प्रतिक्रिया

घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई कारवाही गरेपछि ओलीलाई रामकुमारीले दिइन् यस्तो प्रतिक्रिया

समाचार
नेकपा एमालेकी नेत्री एवं सांसद रामकुमारी झाँक्रीले नेताद्वय घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले निलम्बन गर्दै कारवाही गरेपछि ओलीलाई चुनौती दिएकी छिन् । उनले लेखेकी छिन्, ‘षडयन्त्र, तिगडम र छलछामको राजनीति, पार्टी एकता देखि एकता भंगसम्म आयो। यि सबै नक्कली र निश्चित स्वार्थका लागि थिए। फेरी जसले पार्टी बनायो उसैलाई कारबाही? साधुलाई सुली र चोरलाई चौतारो स्विकार्य छैन। कसैको बुई चढेर जे गरिदैछ त्यो गलत गरिदैछ। हेक्का राखौं- बुई चढ्ने लड्छ र षडयन्त्र, तिगडम र छलछामको राजनीतिक आयु छोटो हुन्छ...
नक्कली प्रहरी बनी व्यापारीसंग पैसा माग्ने दुई युवक पक्राउ

नक्कली प्रहरी बनी व्यापारीसंग पैसा माग्ने दुई युवक पक्राउ

समाचार
पूर्णपुष्टि, चैत २० कैलालीको धनगढी उपमहानगरपालिका–८ का व्यापारीलाई ‘प्रहरी हुँ’ भन्दै उनीहरुबाट पैसा माग गरेको अभियोगमा दुई युवालाई प्रहरीले पक्राउ गरेको छ । धनगढी उपमहानगरपालिका–५ बस्ने २३ वर्षीय वीरेन्द्र सिंह र सोही उपमहानगरपालिका–२ बस्ने २५ वर्षीय पारस मल्ललाई प्रहरीले पक्राउ गरेको हो । जिल्लाका विभिन्न स्थानबाट सादा पोशाकमा खटिएको प्रहरी हुँ भन्दै पैसा माग गर्ने गरेको भन्ने सूचनाको आधारमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायल र जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई स्थानीय व्यापारीबाट नगद पाँच हजार माग गरेको अवस्थामा फेला पारी माग गरेको उक्त नगद सहित पक्राउ गरेको हो । यस सम्बन्धमा अनुसन्धान भइहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।...
२६ किलो गाँजासहित एक जना पक्राउ

२६ किलो गाँजासहित एक जना पक्राउ

समाचार
पूर्णपुष्टि, चैत २० २६ किलो गाँजासहित प्रहरीले पर्साबाट एक जनालाई पक्राउ गरेको छ । परेर्वासुनौली गाउँपालिका–२ अखवाका रामेश्वर पञ्जियारलाई बुधबार अपराह्न प्रहरीले पक्राउ गरेको हो । घरमा लुकाइछिपाइ राखेको अवस्थामा गाँजा र गाँजा च्याप्ने मेसिनसहित पञ्जियारलाई पक्राउ गरेको पर्सा प्रहरीले जनाएको छ । पक्राउ परेका पञ्जियारलाई हिरासतमा लिई लागुऔषध मुद्दामा अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।...