Sunday, May 17News That Matters

Month: ५ वर्ष अगाडि

राज्यबाटै जातिय बिभेदको संरक्षण ः मन्त्री आफैले घरबेटीलाई छुटाएर घर सम्म पुराईदिएपछि आलोचना सुरु

राज्यबाटै जातिय बिभेदको संरक्षण ः मन्त्री आफैले घरबेटीलाई छुटाएर घर सम्म पुराईदिएपछि आलोचना सुरु

समाचार
पूर्णपुष्टि, असार ११ नेपाल सरकारको शिक्षा मन्त्री गोपालकृष्ण श्रेष्ठले गरेको कार्य सामाजिक अपराध रहेको भन्दै आलोचना सुरु भएको छ । नितिनियम बनाउनेहरुले नै शक्तिको दुरुपयोग र कानुनको विल्ला गरेको भन्दै बिभिन्न क्षेत्रहरु बाट यसको चर्को आलोचन सुरु भएको छ । नेकपा एमालेकै पूर्वनेता एवं पूर्वशिक्षामन्त्रीसमेत रहेका संस्कृतिविद् मोदनाथ प्रश्रितले ‘जातपात छुवाछुत प्रथाकोे खारेज नै भैसकेको बताए । जसले यस्तो कुरा गर्छ, त्यसलाई त जेलमै हालिदिनुपर्छ । मन्त्रीले सामाजिक अपराध गरेको व्यक्तिलाई संरक्षण गर्नु, त्यो पनि अर्को अपराध रहेको प्रश्रितले बताए । आजको विश्वको मानव सभ्यता कहाँ पुगिसक्यो, जातपातको कुरा गर्नेहरु स्वाँठ पटमूर्खहरु हुन् । मैले ‘मानवताको कलंक जातपात र छुवाछुत प्रथा’भन्ने किताव नै लेखेको छु । सोही किताबलाई आधार मानेर विगतमा धेरै आन्दोलन पनि भए । दलित मुक्ति भन्ने संस्थाले त्य...
उदयपुरकाे ८ स्थानीय तहमा कुल ५ अर्ब, २६ करोड, २६ लाख, ५३ हजार ५३० बजेट

उदयपुरकाे ८ स्थानीय तहमा कुल ५ अर्ब, २६ करोड, २६ लाख, ५३ हजार ५३० बजेट

समाचार
उदयपुरको सबै स्थानीय तहले समयमै गाउँ तथा नगरसभा सम्पन्न गरेका छन् । जिल्लाको चार नगरपालिका र चार गाउँपालिका गरी आठ स्थानीय तहका स्थानीय सरकारले आज गाउँ तथा नगरसभा सम्पन्न गरेका हुन् । आउदो आर्थिक वर्षका लागि बजेट तथा नीति कार्यक्रम सार्बजनिकसहित सम्पन्न सभा सबै पालिकामा सौहाद्रपूर्ण ढंगले भएका छन् । कोभिड १९ को बाबजुद दुरी तथा स्वास्थ्य मापदण्ड अपनाउदै सभा सम्पन्न गरिएको हो । सबैजसो पालिकाहरुले बजेटमा विकास पूर्वाधारलाई प्राथमिकता दिएका छन् । साथै शिक्षा र स्वास्थ्यमा प्राथमिकता दिएका छन् । सबै पालिकाको यो नवौ सभा हो । त्रियुगा नगरपालिकाले सबैभन्दा बढि बजेट ल्याएको छ । भुगोल तथा जनसंख्याको हिसावले जिल्लाको सबैभन्दा ठूलो त्रियुगाले १ अर्ब १७ करोड ९६ लाख ९४ हजार ४५० रुपैया बजेट ल्याएको छ । दोस्रोमा चौदण्डीगढीको बजेट रहेको छ । उसले ७४ करोड, ७१ लख ९५ हजार बजेट विनियोजन गरेको छ । ...
अबकोक ३ दिन सम्म यी स्थानहरुमा धेरै बर्षाको सम्भावना, सचेत रहन आग्रह

अबकोक ३ दिन सम्म यी स्थानहरुमा धेरै बर्षाको सम्भावना, सचेत रहन आग्रह

समाचार
पूर्णपुष्टि, असार ११ आगामी तिन दिनको बर्षा बुलेटिन मौसम पूर्वानुमान महाशाखाले सार्वजानिक गरेको छ । देशको बिभिन्न स्थानमा हुने अत्यादिक बर्षा बारे माहाशाखाले बुलेटिन सार्वजानिक गरेको हो । शाखाका अनुसार ३ दिन नेपालका बिभिन्न भागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ । ‘प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरु र बाँकी प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १ र बागमती प्रदेशका एक–दुई स्थानहरुमा मेघगर्जन÷चट्टयाङ्गसहित भारी वर्षाको सम्भावना छ ।’ आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श दिँदै महाशाखाले प्रदेश नं १ र बागमती प्रदेशका पहाडी भू–भागमा गेग्रानसहितको पहिरो र बाढीको सतह बढ्दा यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ । त्यसैगरी शनिबार सा...
लागूऔषध ब्राउन सुगर सहित १ जना पक्राउ

लागूऔषध ब्राउन सुगर सहित १ जना पक्राउ

समाचार
पूर्णपुष्टि, असार ११ झापा मेचीनगर नगरपालिका ५ पिपल चोक बाट एक जनालाई ब्राउन सुगर सहित पक्राउ गरेको छ । लागू औषध नियन्त्रण ब्युरो काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले लागूऔषध ब्राउन सुगर सहित १ जनालाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा सोही स्थानका २९ बर्षीय राम बहादुर निरौला रहेका छन् । हिजो दिउसो साढे २ निरौलालाई लागूऔषध ब्राउन सुगर ३९ ग्राम र तौल गर्ने डिजिटल तराजु थान( १ सहित पक्राउ गरिएको हो । पक्राउ परेका उनलाई ईलाका प्रहरी कार्यालय काकडभिट्टाबाट थप अनुसन्धान भईरहेको छ ।...
प्रतिबन्धित औषधी सहित २ जना पक्राउ

प्रतिबन्धित औषधी सहित २ जना पक्राउ

समाचार
पूर्णपुष्टि, असार ११ सुनसरी धरान १ पुरानो बजारबाट प्रतिबन्धित औषधी सहित २ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा धरान ९ कि ३० बर्षीया आस्मा खातुन र  धरान २ का ३५ बर्षीय मुन्ना प्रसाद मण्डल रहेका छन् । हिजो बेलुका साढे ४ बजे खातुनले प्रतिबन्धित औषधीको कारोबार गर्ने गरेको भन्ने सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले धरान १ पुरानो बजारमा रहेको खातुनको कोठामा खातुन सहित मण्डललाई फेला पारी खानतलासी गर्दा मण्डलको साथबाट  Spasmo-proxyvon®plus १८ पत्ता (१४४ क्याप्सुल र खातुनको कोठामा लुकाई राखेको Spasmo-proxyvon®plus ३०६ पत्ता २४४८ क्यापसुल फेला पारेको पश्चात दुवै जनालाई पक्राउ गरिएको हो । पक्राउ परेका दुबै जना उपर थप अनुसन्धान भईरहेको छ ।...
किन हटेनन् अझै बिभेदहरु

किन हटेनन् अझै बिभेदहरु

साहित्य
मुकुन्द कृष्ण थापा           खोटाङ रगत पसिनाले सिंचीत माटोमा अङ्कुरित बिज हुर्काउँदै, पल्लवित लोकतन्त्रको वृक्षमा गणतन्त्रको रङ्गीचङ्गी फूल फुलाएर वीरताको अमर गाथा कोरेकाहरु, परिबर्तनको प्रतिफलबाट बन्चित भएर बाँचिरहेछन् , गुमनाम जिन्दगी १ जीवनोपयोगी शिक्षाबाट ठगिएर व्यापारिकरणको नङ्ग्राले चिथोरिएर ठालुहरुको होच्याइबाट थलिएर थिलथिलो भएका पाठशालाहरुले जन्माइरहेछन् , बेरोजगार बहादुर र कान्छाहरु । पुर्णीमालाई लखेटेर औँसीले साम्राज्य गरिरहेको आधा आकाशमा झलमलाई रहेछन् , पितृसत्तात्मक सोचका ताराहरु । असमानताको कालोपत्रे बिछ्याउँदै एउटै पाङ्ग्राले रथ हाँकिरहेछन् , एक्काइसौँ शताब्दीका अर्जुनहरु । पहिचान लुकाउनेहरुको विवशता देखेर, सिर निहुराउँदै मानवता झोक्राइरहेछ । आफैँले सजाएका मन्दिर महलहरु हेर्दै, छुवाछूतले फाटेका मन सिलाउने मेसिन आविष्कार नहुनुका कारणहरु, खोजिरहेछन...
कोरोना प्रभावित २९ विपन्न परिवारलाई राहत वितरण

कोरोना प्रभावित २९ विपन्न परिवारलाई राहत वितरण

समाचार
पूर्णपुष्टि, असार १०  उदयपुरको त्रियुगा नगरपालिका र उदयपुरगढी गाउँपालिकाका कोरोना प्रभावित २९ विपन्न परिवारलाई कोभिड–१९ दु्रत प्रतिकार्य समुहले घर–घरमै पुगेर खाद्य सामग्री उपलब्ध गराएको छ । संक्रमण भई घरमै बसेका त्रियुगा नगरपालिका-१५ खाँबुका १८ र उदयपुरगढी गाउँपालिका-७ कोल्टेका ११ विपन्न परिवारलाई पोष्टिक आहारसहित खाद्य सामग्री उपलब्ध गराइएको हो । ज्याला मजदुरी गर्दै आएका परिवारका सदस्यलाई कोरोना संक्रमण देखापरेसँगै भोक–भोकै बस्नु पर्ने बाध्यता आईपरेपछि ग्लोवल आईएमई बैंक, त्रियुगा उद्योग बाणिज्य संघका प्रथम उपाध्यक्ष रमेश रसाइली र ओरेक नेपालसँगको सहयोग तथा सहकार्यमा समुहले खाद्य सामग्री उपलब्ध गराएको संयोजक भरत खड्काले जानकारी दिए । उनले भने, ‘कोरोना भाइरसबाट संक्रमित त्यस क्षेत्रका गरिब, अशक्त, दलित, जनजातीलाई तत्काल भोकै नबसुन बन्ने उदेश्यले खाद्य सामग्री उपलब्ध गराएका हौ । रोगसँग ...
चौदण्डीगढीमा भोलिबाट निषेधाज्ञालाई थप कडाई बनाइदै

चौदण्डीगढीमा भोलिबाट निषेधाज्ञालाई थप कडाई बनाइदै

समाचार
पूर्णपुष्टि, असार १० चौदण्डीगढी नगरपालिकामा कोरोना संक्रमितको संख्या तीव्ररुपमा बढ्न थालेपछी भोलि (शुक्रबार) बाट निषेधाज्ञालाई थप कडाई गरिने निर्णय भएको छ । नगरपालिकामा आज बिहान नगर प्रमुख खगेन्द्र राईको अध्यक्षतामा बसेको बैठकबाट निषेधाज्ञालाई कडाई गरिने निर्णय भएको हो । चौदण्डीगढीमा हिजो मात्रै ३९ जनामा संक्राण पुष्टि भएको थियो, भने आज ७ जनाको परिक्षण गर्दा ५ जनामा संक्रमण पुष्टि भएको नगर स्वास्थ्य शाखाका उपसंयोजक तेजबहादुर पोखरेलले बताएको छ । नगरमा दैनिक एन्टिजेन्ट परीक्षण गर्दा पनि संक्रमितको संख्यामा कमि नआएपछि आज सर्वदलीय छलछल राखिएको थियो । उक्त छलफलबाट भोलिदेखि बिना काममा निषेधाज्ञा उल्लंघन गरेको वा घुम्फिर गरिरहेको भेटिएमा, नगद जरिमाना गर्नेसमेत निर्णय भएको छ । पसल कलकारखाना लगायतलाई हप्तादिन ठप्प पारीने गरी प्रहरी प्रशासन, नगर प्रहरीलाई प्रत्येक वडामा परिचालित गरिनेछ । ...
युवकको हत्या अभियोगमा तीनजना पक्राउ

युवकको हत्या अभियोगमा तीनजना पक्राउ

समाचार
पूर्णपुष्टि, असार १० एक युवकको हत्या आरोपमा प्रहरीले तीनजनालाई नियन्त्रणमा लिएको छ । कपिलवस्तु नगरपालिका–८ पूर्व डिह बेलौहवा बस्ने १८ वर्षीय बिजय बहादुर कुर्मीको हत्या गरेको अभियोगमा प्रहरीले तीनजनालाई निन्त्रणमा लिएको हो । हत्या अभियोगमा सोही ठाउँ बस्ने ३२ वर्षीय रमेश काहार, २३ वर्षीय अनिल काहार र २२ वर्षीया बास्मती काहारलाई नियन्त्रणमा लिएका जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ । सोही ठाउँस्थित पोखरीमा असार ७ गते बिजय मृत अवस्थामा फेला परेको घटनाको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुबाट खटिएको प्रहरीले अनुसन्धानको क्रममा बिजयको बास्मती काहारसँग अनैतिक सम्बन्ध रहेको, सोही कारण बास्मतीका पति अनिल समेतले १ महिना अगाडि बिजयलाई कुटपिट गरेका थियो, असार ४ गते बिहान अनिल बिवाहबाट फर्केर घरमा आउँदा बिजयलाई आफ्नो कोठामा देखेपछि अनिल, रमेश र बास्मती तीनैजना मिलेर घाँटी कसी तथा कुटपिट ग...
ल्यापटप चोरी गर्ने एकजना पक्राउ

ल्यापटप चोरी गर्ने एकजना पक्राउ

समाचार
पूर्णपुष्टि, असार १० ल्यापटप चोरी गरेको अभियोगमा प्रहरीले काठमाडौंबाट एकजनालाई पक्राउ गरेको छ । गोकर्णेश्वर नगरपालिका–८ बेशीगाउँ बस्ने सिन्धुपाल्चोक पाँचपोखरी थाङपाल गाउँपालिका–२ घर भएका विष्णु अधिकारीलाई ल्यापटप चोरी गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको हो । नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेड, त्रिभुवन अन्त्रर्राष्ट्रिय विमानस्थल शाखा कार्यालयले सञ्चालनमा ल्याएको कार्गो कम्प्लेसको आयात गोदामबाट विभिन्न समयमा १३ थान ल्यापटप चोरी भएको भनी निबेदन परे पश्चात महानगरीय अपराध महाशाखा काठमाडौंबाट खटिएको प्रहरीले विमानस्थल सुरक्षा कार्यालयको समन्वयमा अधिकारीलाई चोरी गरिएको ८ थान ल्यापटप र २ थान चार्जरसहित पक्राउ गरेको हो । उनलाई चोरी सम्बन्धी कसूरमा अनुसन्धान तथा कारबाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइने उक्त महाशाखाले जनाएको छ ।...