Monday, April 20News That Matters

Month: ५ वर्ष अगाडि

बेलकाको कार्यालय तोडफोड, पक्राउ परेका १६ छाडिए, माग पुरा नभएसम्म आन्दोलन जारी हुने

बेलकाको कार्यालय तोडफोड, पक्राउ परेका १६ छाडिए, माग पुरा नभएसम्म आन्दोलन जारी हुने

समाचार
पूर्णपुष्टि, असार १६ । उदयपुरको बेलका नगरपालिकाको कार्यालयमा ढुंगामुढा भएको छ । स्थानीयको ऐलानी जग्गालाई कबुलियत वन बनाउन सिफारिस गरेको भन्दै सोको विरोधमा गाउँलेहरुले ढुंगामुढा गरेका हुन् । ढुंगामुढाबाट नगरपालिकाको कार्यालयमा क्षती पुगेको छ । विरोध गर्दै नगरपालिकामा जम्मा भएको गाउँलेहरुले ढुंगामुढा गरेपछि प्रहरीसंग झडप भएको थियो । झडपमा प्रहरी र गाउँले दुबैपक्षका केही घाइते भएका छन् । तनावग्रस्त स्थिति नियन्त्रणका लागि प्रहरीले केही राउन्ड हवाईफायर र अश्रुग्याँस प्रहार गरेको थियो । स्थानीय १६ जनालाई पक्राउ समेत गरेको जनाइएको छ । आप्mनो हक अधिकारको रक्षाका लागि शान्तिपूर्ण आन्दोलन गरेका गाउँलेमाथि प्रहरी दमन भएको भन्दै विभिन्न राजनीतिक दलले विज्ञप्ती निकालेका छन् । बेलका नगरका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राप्रपा नेपालपक्र र नेकपाले विज्ञप्ती निकाले...
उदयपुरमा करेन्ट लागी वृद्धको मृत्यु

उदयपुरमा करेन्ट लागी वृद्धको मृत्यु

समाचार
पूर्णपुष्टि, असार १६ जिल्ला उदयपुर त्रियुगा नगरपालिका ५ बुर्जाकान्ला बस्ने ७५ बर्ष को भक्त बहादुर बस्नेत घर नजिकै घाँस काट्नेक्रममा  सोहि स्थानमा रहेको  ईनारमा जोडेको  बिधुतिय मोटरको तार अचानक छुन गई करेन्ट लागि आज दिउसो साँढे २ बजेको समयमा घट्नास्थमै मृत्यु भएको प्रचौ लालपत्ता प्रहरी कार्यलयले जनाएको छ ।  । थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय उदयपुरबाट प्रहरी निरिक्षक सहितको  प्रहरी टोलि खटि गई कानुनि प्रक्रिया पुरा गरी लास पोष्टमार्टमको लागि जिल्ला अस्पताल पठाएको प्रहरीले जनाएको छ ।...
लागुऔषध ब्राउनसुगर र ट्याब्लेट सहित ६ जना पक्राउ

लागुऔषध ब्राउनसुगर र ट्याब्लेट सहित ६ जना पक्राउ

समाचार
पूर्णपुष्टि, असार १६ झापा र सुनसरीका तिन छुट्टाछुट्टै स्थानबाट नियन्त्रीत लागुऔषध ब्राउनसुगर र ट्याब्लेट सहित ६ जनालाई प्रहरीले पक्राउ गरेका छन् । मोरङको बेलवारी नगरपालिका–१ हटिया लाईनबाट लागुऔषध ट्याब्लेट सहित ४ जना, झापाको मेचीनगर नगरपालिका–६ बाट ब्राउनसुगर सहित १ जना र सुनसरीको लौकहीबाट डाईलक्स डि.सी. सहित १ जना पक्राउ परेका हुन् । ईलाका प्रहरी कार्यालय बेलवारीबाट खटिएको प्रहरी टोलीले मंगलवार दिउँसो बेलवारी नगरपालिका–१ का २५ बर्षीय रिकल कोईराला, २४ बर्षीय केशव गुरुङ,२७ बर्षीय बिशाल गुरुङ र ३५ बर्षीय सुरज गुरुङलाई Diazelab १७ एम्पुल, Phenergan १७ एम्पुल,  Avil १७ एम्पुल र LUPIGESIC१७ एम्पुल सहित पक्राउ गरेको हो । यसैगरी ईलाका प्रहरी कार्यालय काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले आज बिहान ४ बजे, ३ ग्राम लागुऔषध ब्राउनसुगर सहित मेचीनगर नगरपालिका–६ का २७ बर्षीय देवेन्द्र थापालाई पक...
ओरेकद्वारा उत्तराईटोलमा रोपाइ महोत्सव आयोजना

ओरेकद्वारा उत्तराईटोलमा रोपाइ महोत्सव आयोजना

आर्थिक, समाचार
पूर्णपुष्टि, असार १५ ।  देशभरमा १८ औं राष्ट्रिय धान दिबस तथा रोपाई महोत्सब मनाउने क्रममा उदयपुर जिल्लामा ओरेक नेपालको आयोजनामा त्रियुगा नगरपालिका वडा नं ८ उत्तराईटोलमा पनि रोपाइ गरिएको छ । कृषि ज्ञान केन्द्र उदयपुर र उत्तराईटोल ईको भिलेजको समंन्नयमा भएको कार्यक्रममा कृषकहरुको उत्साहजनक उपस्थिति थियो । कार्यक्रमा ओरेक उदयपुरकी अध्यक्ष रामबति चौधरीले अध्यक्षता गर्नुभएको थियो । कार्यक्रममा सहभागि सबैले खेतमा धान रोपी रोपाई महोत्सब मनाईएको थियो । मानो खाएर मुरी फलाउने दिनको रुपमा असारलाई लिइन्छ । असार १५ लाई कृषकको पर्व पनि मानिन्छ । सोही हिसावले कार्यक्रमलाई कृषकहरुसंग विशेषरुपले मनाइएको थियो । कार्यक्रममा त्रिनपा ९ का वडाअध्यक्ष धनबाहादुर दनुवार, कृषि ज्ञान केन्द्र उदयपुरका बागबानि बिकास अधिकृत श्रीषा उपे्रती, त्रियुगा नगरपालिका कृषि शाखाका प्राबिधिक प्रमिला दनुवारको पनि उपस्थिति थि...
पर्यटकीय स्थल शाहीखोलामा सिढि निर्माण, पर्यटकलाइ आकर्षण थपियाे

पर्यटकीय स्थल शाहीखोलामा सिढि निर्माण, पर्यटकलाइ आकर्षण थपियाे

समाचार
पूर्णपुष्टि, असार १५ त्रियुगा नगरपालिकाको वडा नं. १६ स्थित पर्यटकीय क्षेत्र शाहीखोलामा सिढि निर्माण भएको छ । आँपचौर बनभोज स्थलमा करिब १ सय २५ मिटर लामो सिढी निर्माण भएको हो । पर्यटन प्रवद्र्धनको उद्देश्यले त्यस ठाउँको संरक्षण तथा सम्बद्र्धनको काम भइरहेको छ । वडाध्यक्ष मानबहादुर राईका अनुसार उक्त योजनामा प्रधानमन्त्ती रोजगार कार्यक्रममार्फत ८ जना मानवीय जनशत्तिको सयदिनको पारिश्रमिक ब्यहोरिएको थियो भने वडा तथा नगरपालिकाबाट १ लाख २२ हजार लागत साझेदारी भएको थियो । कुल ५ लाख ६५ हजार लागतमा निर्मित सिढिले त्यस ठाउँको थप आकर्षण बढाउनुका साथै आवतजावतमा सहज बनाएको छ । त्यसक्षेत्र घुमफिर तथा बनभोजका लागि जानेहरुलाई अव सजिलो भएको छ । सिढि आकर्षक पनि देखिएको छ । वडाले अन्य पर्यटकीय गन्तब्य शाहीमहल, फेदिखेतको झर्नाको विकास र प्रवद्र्धनमा समेत चासो राखेको छ । गाईघाटदेखि करिब ५ किलोमिटर दुरीम...
रूम टु रिडले गर्यो कोभिड प्रभावित परिवारलाई सहयोग

रूम टु रिडले गर्यो कोभिड प्रभावित परिवारलाई सहयोग

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, असार १५ ।  कोभिड महामारीको बेला अप्ठ्याराेमा परेका परिवारलाई रूम टु रिडले खाद्यान्न तथा स्वास्थ्य सामग्री सहयोग गरेको छ। कोभिड १९ महामारीको दोस्रो लहरबाट प्रभावित परिवार एवम् विभिन्न परिस्थितीबाट अप्ठ्यारोमा परेका परिवारहरुलाई सहयोग गरेको हो । बाँके जिल्लाका चार  पालिकाका ७० परिवारलाई खाद्यान्न तथा स्वस्थ्य सामग्री वितरण गर्ने कार्यक्रम अन्तर्गत रूम टु रिडले आज तीन पालिकाका ५५ परिवारलाई सहयोग गरेको हो। कोहलपुर नगरपालिकाका २९,  बैजनाथ गाउँपालिकाका १६ र राप्ती सोनारी गाउँपालिकाका १० परिवारलाई आज सहयोग वितरण गरिएको छ । भोलि बुधबार खुजुरा गाउँपालिकाको १५ परिवारलाई सहयोग वितरण गर्ने कार्यक्रम रहेको  रूम टु रिड बाँके फिल्ड कार्यालयका वरिष्ठ व्यवस्थापक खड्ग कुँवरले बताउनुभयो। प्रति परिवार २५ केजी चामल, ५ केजी दाल, २ केजी नुन, २ लिटर खाने तेल, २ केजी चिउरा, साबुन ६ वटा र म...
कृषकको पर्वमा, कृषक कै सम्मान

कृषकको पर्वमा, कृषक कै सम्मान

समाचार
पूर्णपुष्टि, असार १५ ।  त्रियुगा नगरपालिकाको वडा नं. १३ ले कृषकको पर्व “असार १५” को अवसरमा वडाका सफल तथा अगुवा कृषकहरुलाई आज सम्मान गरेको छ । वडाध्यक्ष पशुपति चौधरीले कृषकको मनोबल र आत्मसम्मानलाई बढाउन सम्मान कार्यक्रम गरिएको बताउनुभयो । विभिन्न कृषि कर्म गरिरहेका कृषकहरुलाई सम्मान गरिएको हो । तरकारीखेती, फुलफुल खेती, पशुपालन लगायतका सफल कृषकहरुलाई सम्मान गरिएको हो । सम्मान हुने कृषकहरुलाई नगरपालिकका मेयर बलदेव चौधरीले खादा ओढाई कदरपत्र प्रदान गर्नुभयो । सम्मान कार्यक्रमले कृषकहरुमा आत्मसम्मान बढ्नुका साथै कृषिमा थप प्रेरणा मिलेको प्रतिक्रिया कृषकहरुले दिएका छन् । सम्मानका तस्विरहरू :...
असार १५ मा मेयर चाैधरीद्वारा फलफुलको विरुवा वितरण

असार १५ मा मेयर चाैधरीद्वारा फलफुलको विरुवा वितरण

समाचार
पूर्णपुष्टि, असार १५ ।  त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरीले असार १५ को अवसरमा वडा नं. ७ अन्तर्गत चुहाडे गाउँका कृषकहरुलाई फलफुलको विरुवा वितरण गर्नुभएको छ । घरघरमा रोप्नका लागि दुईओटा आँप र एकओटा लिच्चीको विरुवा वितरण गर्नुभएको हो । धेरैजसो कृषिमा निर्भर कृषकहरुको घर बगैचा फलफुलले सजिनु पर्छ भन्ने मान्यताका साथ फुलफुलको विरुवा वितरण गरेको मेयर चौधरीले बताउनुभयो । वितरणका तस्विरहरू :  ...
असारी सरस्वती टाेलमा सडक बन्याे, मेयरबाट उद्घाटन

असारी सरस्वती टाेलमा सडक बन्याे, मेयरबाट उद्घाटन

समाचार
असारीमा सडक उद्घाटन पूर्णपुष्टि, असार १५ ।  त्रियुगा नगरपालिका वडा नं. १३ को सरस्वतीटोलमा नगरपालिकाले सडक निर्माण गरिदिए पछि गाउँले हर्षित छन् । नगरपालिकाको चारलाख लगानीमा सरस्वती टोल हुदै असारी जंगलमा रहेको शिव मन्दीरसम्म जाने सडक बनेको हो । सडकको उद्घाटन आज मेयर बलदेव चौधरीले गर्नुभयो । टोलबासीहरुको उपस्थितिमा सडक उद्घाटन गर्दै मेयर चौधरीले जनताको खुसी नै आप्mनो खुसी रहेको बताउनुभयो । यसपटक बालबालिकादेखि बृद्ध आमाबुवाहरु र सबै क्षेत्रलाई समेट्ने किसिमको बजेट तथा नीति ल्याएको जानकारी दिनुभयो । १३ नं. वडाध्यक्ष पशुपती चौधरीले सरस्वती टोलको आवश्यकता हेरेर सडक निर्माणको काम अगाडी बढाएको बताउनुभयो । यसको स्तरोन्नतीमा आगामी दिनमा काम गरिने उहाँले बताउनुभयो । चार सय मिटर लामो सो सडकले सरस्वतीटोल, प्रगति टोल हुदै सिद्धेश्वर महादेव मन्दिर जाने भक्तालुहरुका लागि सुविधा पुगेको स्था...