Saturday, May 16News That Matters

Month: ५ वर्ष अगाडि

असार १५ मा चक्लाबन्दी खेती प्रवर्धनसहित त्रिनपा-१३ मा राेपाइ गरियाे

असार १५ मा चक्लाबन्दी खेती प्रवर्धनसहित त्रिनपा-१३ मा राेपाइ गरियाे

आर्थिक, समाचार
पूर्णपुष्टि, असार १५ ।  उदयपुरकाे त्रियुगा नगरपालिका वडा नं. १३ मा असार १५ को अवसरमा चक्लाबन्दी खेतीको प्रवद्र्धन गर्दै रोपाई गरिएको छ । मानो खाएर मुनी उब्जाउने यस दिनलाइ विशेषरूपमा लिदै राेपाइ अगाडी बढाएकाे हाे । नगरपालिकाका मेयर बलदेव चौधरी, १३ नम्बर वडाध्यक्ष पशुपती चौधरी आफै रोपाईमा सम्मिलित भए । गाउँभरीका कृषकहरुको सहभागितामा रोपाई गरिएको थियो । त्रियुगाले कृषिबाट पनि सम्पन्न हुन सकिन्छ भन्ने नमुना देखाउन वडा नं. १३ मा चक्लाबन्दी खेती प्रवद्र्धन गरिएको त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरीले बताउनुभयो । नगरपालिकाको गुरुयोजना, आर्थिक योजना अन्तर्गत चक्लाबन्दीखेती समेटिएको उहाँले बताउनुभयो । समृद्धिको मेरुदण्डको रुपमा कृषिलाई लिइएको उहाँले बताउनुभयो । त्रियुगा नगरपालिका वडा नं. १३ मा १ सय ६० विगाहा क्षेत्रफलमा चक्लाबन्दी खेती अन्तर्गत धान रोपाई गरिएको हो । मेसिनसमेतको प्रयो...
उदयपुरमा ४१ जना संक्रमित थपियो

उदयपुरमा ४१ जना संक्रमित थपियो

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, असार १४ पछिल्लो २४ घण्टामा उदयपुरमा थप ४१ जना कोरोना संक्रमित थपिएको छ । जिल्लाको त्रियुगा, कटारी, बेलका, चौदण्डीगढी र लिम्चुङबुङ गाउँपालिकाका संक्रमितहरु आज थपिएका छन् । उनिहरु  २१ पुरुष र २० महिला रहेको छ । स्वास्थ्य कार्यालय उदयपुरले गर्दै आएको दैनिक कोरोना परिक्षण्का क्रममा पछिल्लो समय जिल्लामा ४१ संक्रमित थप भएको हो । यो सँगै जिल्लामा संक्रमितको कुल संख्या २२८४ पुगेको छ । यस मध्य ४९ जनाले ज्यान गुमाई सकेको छ भने १८२० ले कोरोना जितेर घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा कोरोना बाट मृत्यु हुने संख्या बढेको छैन् । केहि दिन देखि मृतको संख्या ४९ जनामै कायम रहेको छ ।  ...
उदयपुरमा फेरी थपियो निषेधाज्ञा

उदयपुरमा फेरी थपियो निषेधाज्ञा

समाचार
पूर्णपुष्टि, असार १४ उदयपुरमा फेरी ७ दिनका लागि निषेधाज्ञा थप गरिएको छ । जिल्ला प्रशासन कार्यालय उदपुरले फेरी ७ दिन सम्मलाई निषेधाज्ञा थप गरेको हो । कोरोना भाईरस नियन्त्रण तथा रोकथाम लाई निरन्तरता दिँदै निषेधाज्ञा थप गरेको प्रशासनको सूचनामा उल्लेख गरिएको छ । हाल पनि जिल्लामा कोरोना संक्रमण नरोकिएका र दैनिक परिक्षणमा संक्रमण फेला परिरहेको भन्दै तत्कालै पूर्ण रुपले निषेधा खोलीहाल्नु नहुने सूचनामा उल्लेख गरिएको छ । सूचनामा १४ गते रातको १२ बजे बाट २१ गते रातको १२ बजे सम्मको लागि फेरी निषेधाज्ञा थप गरिएको जानकारी गराइएको छ । निषेधाज्ञा पहिले भन्दा सहज बनाएर थप गरिएको पनि प्रशासनले जनाएको छ । जिल्लामा निजि तथा ढुवानीका साधनहरुलाई खुल्ला गरिएको छ । निषेधाज्ञामा सार्वजानिक अत्यादिक भिँडभाँडका गतिविधिहरु खेलकुद, नाच, मेला, जात्रा, महोत्सव, भोजभतेर, बिवाह, प्रतबन्ध, पास्नी, जन्मउत्सव, मस...
एनआईसी एसिया बैंकको एटिएम तोडफोड गरिरहेको अवस्थामा २ जना पक्राउ

एनआईसी एसिया बैंकको एटिएम तोडफोड गरिरहेको अवस्थामा २ जना पक्राउ

समाचार
पूर्णपुष्टि, असार १४ मोरङ बुढिगंगा गाउँपालिका २ टंकिसिनवारी स्थितमा सरस्वती खड्काको घरमा संचालनमा रहेको एनआईसी एसिया बैंकको एटिएम बुथमा तोडफोड गरिरहेको अबस्थामा २ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा सुनसरी दुहवी नगरपालिका ९ का २४ बर्षीय मो। ईम्तियाज र २५ बर्षीय मो। अनिष हुसेन रहेका छन् । आज बिहानको राती पौने ३ बजे  बिभिन्न हाते औजारहरु प्रयोग गरेर तोडफोड गरिरहेको अबस्थामा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले फेला पारेको थियो । हाते औजार सहित पक्राउ परेका उनिहरुलाई चोरी उद्योग कसूरमा थप अनुसन्धान भईरहेको छ ।  ...
सरुवा हुँदै गर्दा एसपी दाहालले भने” १ बर्षको उदयपुर बसाई एक महिना जस्तो लागिरहेको छ, दाहल पछि जिल्लामा को आउने भए ?

सरुवा हुँदै गर्दा एसपी दाहालले भने” १ बर्षको उदयपुर बसाई एक महिना जस्तो लागिरहेको छ, दाहल पछि जिल्लामा को आउने भए ?

समाचार
पूर्णपुष्टि, असार १४ तत्कालीन उदयपुरका प्रहरी प्रमुख प्रहरी उपरिक्षक (एसपी) भिम बहादुर दाहाल उदयपुर बाट सरुवा भएर नयाँ ठाउँमा नेतृत्व सम्हाल्न जाँदै छन् । आज मात्रै एसपी दाहाललको जिल्ला प्रहरी कार्यालयबाट धुमधामका साथ बिदाई भयो । दाहाललाई कार्यालयको कर्मचारी र प्रहरी संगठनले विदाई गर्दै आउने दिन र सरुवा भएको नयाँ ठाउँमा पनि कार्यसफलको कामना गरे । दाहाललाई अन्य संघ संगठन र व्यक्तिहरुले पनि विदाई गरिसकेको छ । यसै सन्दर्भमा उदयपुरलाई छाडेर जाँदै गर्दा एसपी दाहालले जाहाँ नेपाल प्रहरीलाई जनताले सहज रुपमा काम गर्ने वातावरण बनाउँछ त्यो ठाउँ अत्यान्तै क्षणिक, सहज र सेवामुखि हुने बताए । उनले आज आफुले उदयपुरको नेतृत्व छाडेर जाँदै गर्दा उदयपुरको एक बर्षको बसाई क्षणिक जस्तो मात्रै लागिरहेको बताए । जाँदा जाँदै उनले भने” सबै जनताहरुको चित्त बुझाउन सकिएन होला, तर पनि प्रहरीले जनताहरुको लागि गर्न...
नेशनल लाईफ इन्स्योरेन्स गाईघाटशाखाले प्राण घातक रोग बिमा बापत ५ लाख उपचार खर्च दियो

नेशनल लाईफ इन्स्योरेन्स गाईघाटशाखाले प्राण घातक रोग बिमा बापत ५ लाख उपचार खर्च दियो

आर्थिक, समाचार
पूर्णपुष्टि, असार १४ नेशनल लाईफ इन्स्योरेन्स कम्पनी गाईघाट शाखाले प्राण घातक रोग बिमा अन्तरर्गत उदयपुरका एक मुटु रोगी बिमारीलाई ५ लाख बराबरको बिमा बापतको उपचार खर्च प्रदान गरेको छ । त्रियुगा नगरपालिका ५ देउरीका हरी विनोद खतिवडालाई प्राण घातक रोग बिमा बापतको भुक्तानी प्रदान गरिएको शाखा प्रमुख पे्रम कुमार राईले बताउनुभयो । ५ लाख बराबरको प्राण घातक रोग बिमा गरेको खतिवडाले गत बर्ष मात्र वार्षिक कम्पनीमा रु, ५६९३२ रुपयाँ जम्मा गरेका थिए । कम्पनीको टोलीले खतिवडाको घरमै गएर ५ लाख बराबरको चेक प्रदान गरेको थियो । मुटु रोगले ग्रसित खतिवडा दुई महिना अघि मात्रै मुटुको सर्जरी गरी अहिले सामान्य अवस्थामा फर्किसकेको छ ।उपचार खर्च पाएका खतिवडाले बिमा बाट पाएको यो सहयोग र बिमाले दिएको यो सुविधा रोग पिडितहरुका लागि अति उपयुक्त रहेको जनाउनुभयो । उहाँले मानव जिवनको जोखिम बहन गर्ने प्रमुख सेक्टर नै विम...
काठमाण्डौँमा मुख्यमन्त्री राईको सम्पर्क कार्यालयको घरभाँडा मासिक साडे ३ लाख, बार्षिक ४२ लाख १८ हजार

काठमाण्डौँमा मुख्यमन्त्री राईको सम्पर्क कार्यालयको घरभाँडा मासिक साडे ३ लाख, बार्षिक ४२ लाख १८ हजार

समाचार
पूर्णपुष्टि, असार १४ १ नं प्रदेशको मुख्यमन्त्री शेरधन राईको काठमाण्डौँमा रहेको आवासीय सम्पर्क कार्यालयको घर भाँडा बापत प्रदेशको स्रोत बाट ४२ लाख १८ हजार खर्च भईरहेको छ । मासिक ३ लाख ५१ हजार ५ सय रुपयाँ तिर्दै आएको भाडा बर्षमा ४२ लाख बढी प्रदेशको स्रोत भाडा वापत खर्च हुने गरेको छ । करिब दुई वर्ष अघि स्थापना भएको कार्यालयको वार्षिक भाडा बापत प्रदेशको स्रोतबाट ४२ लाख १८ हजार रुपैयाँ खर्च भइरहेको स्रोतले जनाएको छ । तर सम्पर्क कार्यालयमा मुख्यमन्त्री राई विरलै मात्र पुग्छन् । कार्यालय रुङ्नका लागि प्रदेश सरकारले एक जना कर्मचारी राखेको छ । मुख्यमन्त्री काठमाडौं जाँदा सहजताका लागि भन्दै एक जना हलुका सवारी चालक पनि राखिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सूचना अधिकारी क्षितिज भट्टराईका अनुसार काठमाडौं महाराजगञ्ज स्थित शर्मिला पाण्डेको घर भाडामा लिएर मुख्यमन्त्रीको सम्पर्क क...
बुसान शाखा एनआरएन दक्षिण कोरियाको अध्यक्षमा उदयपुरे युवा बिबिन्द्र राई निर्वाचित

बुसान शाखा एनआरएन दक्षिण कोरियाको अध्यक्षमा उदयपुरे युवा बिबिन्द्र राई निर्वाचित

समाचार
पूर्णपुष्टि, असार १४ गैरआवासीय (एनआरएन) दक्षिण कोरिया बुसान ख्यङसान शाखाका अध्यक्षमा उदयपुरे युवा बिबिन्द्र राई निर्विरोध निर्वाचित हुनुभएको छ । उहाँ शाखाको चौथो अधिवेशन बाट निर्बिरोध चुनिनु भएको हो । उहाँ लगायत २३ सदस्यीय कार्यसमिति चौथो अधिवेशनले निर्माण गरेको छ । नव चयन समितिका उपाध्यक्षहरु सानुराज मगर, सुबोध भण्डारी, साजन थापा र योगिता गौतम रहेका छन् । त्यस्तै सचिव गोकुल पौडेल, सहसचिव राम पौडेल, कोषाध्यक्ष संजीव बुढाथोकी, सहकोषाध्यक्ष राम पौडेल चयन भएका छन् भने बिमल बानियाँ, ओम भण्डारी, दिल रसाईली र शिव विश्वकर्मा सदस्य रहेका छन् । रोजगारको शिलसिलामा लामो समय देखि दक्षिण कोरियमा रहेका राई उदयपुर सेवा समाज द कोरियाको  संस्थापक महासचिव समेत हुन । राईले पहिले देखिनै कोयिामा रहेर नेपाल र नेपालीहरुको हकहितमा समेत समाजिक सहयोगहरु प्रस्स्त गर्दै आउनु भएका थिए । राईले आफुलाई विश्वा...
अक्सिजन प्लान्टका लागि सेवा फाउन्डेशन नेपालको ३० लाख सहयोग

अक्सिजन प्लान्टका लागि सेवा फाउन्डेशन नेपालको ३० लाख सहयोग

शिक्षा, स्वास्थ्य
पूर्णपुष्टि, असार १४ । उदयपुरको बेलका नगरपालिकामा स्थापना हुदै गरेको अक्सिजन प्लान्टका लागि महत्वपूर्ण सहयोगहरु जुट्दै गएको छ । यसैक्रममा सेवा फाउन्डेशन नेपालले अक्सिजन प्लान्ट निर्माणका लागि बेलका नगरपालिकालाई तीस लाख रुपैया प्रदान गरेको छ । ४० वर्षदेखि अन्धोपन निवारणका लागि नेपाल सरकार र नेपाल नेत्रज्योती संघसंग सहकार्य गर्दै आएको सो संस्थाले मानव जीवनको रक्षा गर्ने महान कार्य भन्दै सहयोग गरेको हो । कोभिड महामारीमा धेरै जसो संक्रमितले अक्सिजनको अभावमा ज्यान गुमाउनु परेको अवस्थालाई मध्येनजर गर्दै अवकां दिनमा अक्सिजनका कारण कसैको ज्यान नजाओस् भन्दै संस्थाले सहयोगको निर्णय गरेको संस्थाका कार्यक्रम निर्देशक रामप्रसाद कडेलले जनाउनु भएको छ । संस्थाले विज्ञप्ती नै जारी गर्दै यस कार्यको संयोजक बेलका नगरपालिका मेयर दुर्गाकुमार थापा, समन्वयकर्ताहरु तथा संस्थाका निर्णायक्पूकतहलाई धन्यवाद ज...
उदयपुरमा गाँजा सहित एक युवती पक्राउ

उदयपुरमा गाँजा सहित एक युवती पक्राउ

समाचार
पूर्णपुष्टि, असार १३ उदयपुरको बेलका बाट गाँजा सहित एक युवतीलाई प्रहरीले पक्राउ गरेको छ । आईतबार दिउँसो अन्दाजी २ बजेको समयमा बेलका नगरपालिका ८ कोठु बाट खटिएको स्थाई प्रहरी पोष्टले चेकजाँचको क्रममा भोजपुर हतुवागढी गाउँपालिका ४ की १८ बर्षिय सुजता मंग्रातीलाई  अन्दाजी १ केजी गाँजा सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । मग्रातीले बोकेको जेब्रा झोला भित्र प्लाष्टीकले बेरेर लुकाई छिपाई गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेको उनिलाई इलाका प्रहरी कार्यालय रामपुर ठोक्सीलामा ल्याई थप अनुसान्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।    ...