मोरङमा छोराले गरे अफ्नै बृद्ध बाबुको ढुंगा हानि हत्या
पूर्णपुष्टि, असार १३
मोरङमा आफ्नै छोरा बाट बाबु मृत्युको सिकार भएको छ । मादक पदार्थ सेवन (मापसे) गरेको विषयलाई लिएर उत्पन्न भएको विवादमा मोरङको सुनवर्षी स्थीत आफ्नै छोराले ६८ वर्षीय बाबु टिनताल ताजपुरियाको हत्या गरेका हुन् ।
हत्यामा संलग्न सुनवर्षी नगरपालिका–४ का ४० बर्षिय छोरा दयालु ताजपुरियालाई मोरङ प्रहरीले पक्राउ गरिसकेको छ । उनलाई पक्राउ गरी अनुसन्धान गरिरहेको र ज्यान मार्ने उद्योगमा उनलाई कार्वाही चलाउन अदालत बाट म्याद थप गरि बाँकी अनुसन्धान प्रहरीले सुरु गरेको मोरङ निमित्त प्रहरी प्रबक्ता मञ्जील मुकारुङले बताउनुभयो ।
मुकारुङका अनुुसार मदिराको नसामा रहेका ताजपुरियाले ढुङ्गाले प्रहार गरेर बृद्ध बाबु टिनताल ताजपुरियाको हत्या गरेका हुन् । शनिबार बिहान ६ बजेतिर सुतिरहेकै ओछ्यानमा पुगेर ढुङ्गाले वृद्ध बुवाको टाउकोमा हानेको खुलेको मुकारुङको भनाइ छ ।
छोराको ढुङ्गा प्रहारबाट गम्भ...









