Thursday, August 6News That Matters

Month: ५ वर्ष अगाडि

नेता थापको स्वास्थ्यमा सुधार आएन, अवस्था गम्भीर

नेता थापको स्वास्थ्यमा सुधार आएन, अवस्था गम्भीर

समाचार
पूर्णपुष्टि, जेष्ठ १८ बिवेकशिल साझा पार्टीका नेता तथा पूर्व संयोजक उज्जल थापाको स्वास्थ्य अवस्था गम्भीर भएको छ । हाल भेन्टीलेटरमा राखेर उपचार भईरहेको थापाको हाल सम्म स्वास्थ्य स्थितिमा सुधार आएको छैन् । कोरोना भाइरसको संक्रमण भएपछि उनलाई ह्याम्स अस्पताल भर्ना गरिएको थियो । त्यहाँबाट ग्राण्डी अस्पताल रिफर गरिएको थियो । ग्राण्डीबाट इक्मो प्रविधि अन्तरगत उपचारका लागि उनलाई मेडिसिटीमा लगिएको थियो । थापाको अहिले पनि ‘मेडिसिटी अस्पतालमा इक्मो प्रविधिबाट उपचारको प्रयास भए पनि सुधार नआएको डाक्टर विष्णु दवाडीले जानकारी दिए । ‘मेडिसिटी अस्पतालमा इक्मो प्रविधिबाट उपचारको प्रयास भए पनि सुधार आएको छैन ।’ हाल थापाको स्वास्थ्य अवस्था स्थिर रहेको उनले डाक्टर दवाडीले भने ।  ...
ठाकुर र महत्तो सहित ४ जसपा नेता पार्टीबाट निष्कासित

ठाकुर र महत्तो सहित ४ जसपा नेता पार्टीबाट निष्कासित

समाचार
पूर्णपुष्टि, जेष्ठ १८ जसपामा विवादित रहेका नेताहरु बिच पार्टीबाट निष्कासनको कार्य सुरु भएको छ । जसपा समूहका अर्का पक्षका अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महत्तो सहित ४ नेतालाई अर्का पक्षका अध्यक्ष उपेन्द्र यादव समूहले पार्टीबाट निष्कासित गरी कार्वाही गरेको छ । मंगलबार बसेको कार्यकारिणी बैठकले ठाकुरसहित वरिष्ठ नेता राजेन्द्र महतो, कार्यकारिणी सदस्य लक्ष्मणलाल कर्ण, सर्वेन्द्रनाथ शुक्लालाई पार्टी सदस्यबाट निष्कासन गरेको नेता मोहम्मद इस्तियाक राईले जानकारी दिए ।  ...
ओली सहित ५ नेताको जिल्लामा बजेटको ओईरो

ओली सहित ५ नेताको जिल्लामा बजेटको ओईरो

समाचार
पूर्णपुष्टि, जेष्ठ १८ यो आर्थिक बर्षको बजेट वितरणले सरकारलाई आलोचना खेपाईरहेको छ । अवैधानिक र चुनावी मैदान तयारीका लागि ल्याएको भन्दै यस बिषयमा अहिले देशभर बजेटको आलोचना बढीरहेको पाइन्छ । सरकारले बजेट वितरणमा पनि व्यक्तिवादी कदम चालेको बिपक्षी दलहरुले जनाईरहेको छ । बजेट वितरणमा चर्को आलोचना खेपिरहेको काम चालउ सरकारले आफ्नो पहँचवाला र सत्तापक्षलाई तार्गेट गरी बजेट वितरण गरेको बिपक्षीहरुको भनाई छ । यहि शिलशिलामा प्रधानमन्त्री केपी शर्मा ओली सहित ५ नेताको गृह जिल्लालाई तार्गेटमा राखी बजेट बितरण गरिएको छ । ओली सहित उनि निकट नेताहरु गोकुल बास्कोटा, अर्थमन्त्री बिष्णु पौडेल, लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल र एमाले नेता महेश बस्नेतको गृह जिल्लामा बजेटको ओईरो रहेको छ । अर्थमन्त्री विष्णु पौडेलले गृहजिल्ला हो रुपन्देही, अध्यादेशमार्फत ल्याइएको आगामी आर्थिक वर्षको बजेटमा रुपन्...
करेन्ट लागेर महिलाको ज्यान गयो, दुई पुरुष पक्राउ

करेन्ट लागेर महिलाको ज्यान गयो, दुई पुरुष पक्राउ

समाचार
पूर्णपुष्टि, जेष्ठ १८ करेन्ट लागेर एक महिलाको ज्यान गएको छ । रौतहट परोहा नगरपालिका–४ की २२ वर्षीया गुडियादेवी पासवानको करेन्ट लागेर ज्यान गएको हो । स्थानीय तिलाई राय यादव र रामविनय राय यादवले नजिकै रहेको बिजुलीको पोलबाट नांगो तार जडान गरेर मकैबारीमा घेरा लगाएको बेला सोही तारमा अल्झेकी पासवानको ज्यान गएको प्रहरीले जनाएको छ । पासवानको मृत्यु पश्चात फरार रहेका दुवैजनालाई पक्राउ गरेको प्रहरी उपरीक्षक सिद्धिविक्रम शाहले बताउनुभयो । १२ कठ्ठा जग्गामा लगाएको मकैबालीलाई जनावरबाट सुरक्षित राख्न करेन्ट प्रवाह गरेको बेला शौच गर्न बाहिर गएकी पासवान तारमा अल्झिएकी थिइन् । पक्राउ परेका दुवैजनालाई जिल्ला अदालतबाट ९ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक शाहले बताउनुभयो ।...
यौन दुव्र्यावहार गरेको अभियोगमा युवक पक्राउ

यौन दुव्र्यावहार गरेको अभियोगमा युवक पक्राउ

समाचार
पूर्णपुष्टि, जेष्ठ १८ बाल यौन दुव्र्यावहार गरेको अभियोगमा मकवानपुरबाट एक युवक पक्राउ परेको छ । आठ वर्षीया बालिकालाई यौन दुव्र्यावहार गरेको अभियोगमा नगरपालिका–६ लिलाखेल बस्ने २६ वर्षीय राजु बलामी पक्राउ परेको हो । उनलाई प्रहरीले सोमबार दिउँसो पक्राउ गरेको हो । प्रहरीका अनुसार राजुले ती बालिकालाई आफ्नै घरमा फकाएर लगेका थिए । उनले घरमा लगेर यौन दुर्व्यवहार गरेको भन्ने खबर पाएपछि ईलाका प्रहरी कार्यालय पालुङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको थियो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।...
नेपालमा कालो ढुसी संक्रमण बढ्दो, उपत्यकामा पनि भेटिए संक्रमित

नेपालमा कालो ढुसी संक्रमण बढ्दो, उपत्यकामा पनि भेटिए संक्रमित

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, जेष्ठ  १८ नेपामा पनि कोरोना संक्रमित भएका मानिसहरुमा (म्युकोरमाइकोसिस) कालो ढुसीको संक्रमण देखा पर्न थालेको छ । देशभरका विभिन्न शहरहरुमा कालो ढुसीको संक्रमण बढ्न थालेको छ । उक्त संक्रमण काठमाडौं उपत्यकामा पनि भेटिएको हो । वीरगञ्जबाट देखिन थालेको यो संक्रमण बाँके, काठमाडौं लगायतका शहरमा देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । वीरगञ्जमा वैशाखको तेस्रो साता ६७ वर्षीय एक पुरुषमा ब्लाक फङ्गस अर्थात कालो ढुसीको संक्रमण देखिएको थियो । तर अहिले १२ जना कोरोना संक्रमितमा यो संक्रमण पुष्टि भएको मन्त्रालयले जानकारीको छ । वीरगञ्जमा देखा परेको यो संक्रमण अहिले काठमाडौंका अस्पतालहरुमा पनि देखिएको छ । मन्त्रालयका अनुसार त्रिवि शिक्षण अस्पतालमा तीन जना, वीर अस्पतालमा दुई जना र नर्भिक अस्पतालमा एकजनामा यसको संक्रमण देखिएको हो । बाँकेको भेरी अस्पतालमा पनि यो संक्रमण देखिएक...
पाटेबाघको आक्रमणबाट महिलाको ज्यान गयो

पाटेबाघको आक्रमणबाट महिलाको ज्यान गयो

समाचार
पूर्णपुष्टि, जेष्ठ १८ पाटेबाघको आक्रमणबाट एक महिलाको बर्दियामा ज्यान गएको छ । बाघको आक्रमणबाट मधुवन नगरपालिका–५ शान्तिपुर ९ नम्बर गाउँकी ६६ वर्षीया नन्दकला थापा क्षेत्रीको ज्यान गएको हो । सोमबार दिउँसो मधुवन गाउँ नजिकको राष्ट्रिय वन क्षेत्र अन्तर्गत नेपाल–भारत सीमा नजिकै रहेको सामुदायिक वनमा बाघले आक्रमण गर्दा थापाको ज्यान गएको डिभिजन वनका सहायक वन अधिकृत द्रोण शर्माले जानकारी दिनुभयो । डिभिजना वन र प्रहरीको टोली घटनास्थलमा पुगिसकेका र मृत महिलाको शव फेला परिसकेको प्रहरीले जनाएको छ । दिउँसै बाघको आक्रमणबाट महिलाको ज्यान लिएपछि त्यस क्षेत्रका स्थानीयवासीहरु त्रसित बनेका छन् ।...
छुट्टाछुट्टै स्थानमा भएको सडक दुर्घटनाबाट २ जनाको मृत्यु

छुट्टाछुट्टै स्थानमा भएको सडक दुर्घटनाबाट २ जनाको मृत्यु

समाचार
पुर्णपूष्टि, जेष्ठ १८ आज बिहान साढे ८ बजे सुनसरी र ईलाममा भएको सवारी दुर्घटनामा दुईजनाको मृत्यु भएको छ । सुनसरी बराहक्षेत्र नगरपालिका–१० दाजुभाई चौक देखी दक्षिण तर्फ जाँदै गरेको को २ त ८१८७ नम्बरको ट्याक्टरको सहचालक खोटाङ साकेला गाउँपालिका–१ डाँडागाँउ का २२ वर्षीय विष्णु कुमार बस्नेत अचानक लड्दा पछाडी डालाको चक्कामा परी घटनास्थलमै मृत्यु भएको हो । ट्याक्टर र चालक बराहक्षेत्र नगरपालिका–१० दाजुभाई चौक का ४५ वर्षीय भिम बहादुर कार्कीलाई ईलाका प्रहरी कार्यालय महेन्द्रनगर सुनसरीले नियन्त्रणमा लिएको छ । त्यस्तै इलाम नगरपालिका–११ आले चोक स्थित भित्रि सडक खण्डमा बिर्तामोडबाट जितपुर तर्फ जादै गरेको ना२  ख ९२०५ नम्बरको ट्रकले सोही स्थान बस्ने पैदल यात्री ८२ वर्षीय पदम बहादुर तामाङलाई ठक्कर दिँदा घटना स्थलमानै मृत्यु भएको हो । ट्रक र चालक पाँचथर हिलिहाङ–७ का २३ वर्षीय चन्द्र बहादुर तामाङला...
लागुऔषधसहित एक भारतिय नागरिक पक्राउ

लागुऔषधसहित एक भारतिय नागरिक पक्राउ

समाचार
पूर्णपुष्टि sent Today at 11:44 AM पुर्णपुष्टि, जेष्ठ १८ सुनसरी कोशी गाउँपालिका–३ नहर चोकमा लागुऔषधसहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । भारतको अररिया बेला बासमतिया बिहारका २८ वर्षीय मजरुल हक लागुऔषधसहित पक्राउ परेको हो । सोमबार बेलुका साढे ३ बजे लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय बिराटनगरबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको थियो । डाईलक्स डिसि थान–५०२, नाईट्रोसन २०० ट्याब्लेट, स्पास्मोप्रोक्सिभन प्लस २८८ ट्याब्लेटसहित प्रहरीले नियन्त्रणमा लिएको हो । भारतिय नागरिकलाई जिल्ला प्रहरी कार्यालय सुनसरीमा थप अनुसन्धानको लागि राखिएको प्रहरीले जनाएको छ ।...
निषेधाज्ञा खुकुलो बनाउदै उपत्यका

निषेधाज्ञा खुकुलो बनाउदै उपत्यका

समाचार
पूर्णपुष्टि, जेष्ठ १८ उपत्यकामा निषेधाज्ञा खुकुलो बनाउने तयारी भएको छ । ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले मंगलबारको बैठकमा पछिल्लो पटक लगाइएको निषेधाज्ञाको समीक्षा गर्दै निषेधाज्ञा अहिलेकोभन्दा केही खुकुलो र व्यवस्थित गर्नेबारे छलफल हुने जानकारी दिए । मंगलबार काठमाडौं उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको निषेधाज्ञाको अवस्थाबारे बैठक बस्दैछ । अघिल्लोपटक कोरोना महामारी नियन्त्रणको लागि एक साता कडा निषेधाज्ञा जारी गरेका सीडीओहरुले आजको बैठकबाट निषेधाज्ञा केही खुकुलो बनाउने निर्णयको तयारी गरेका छन् । पछिल्लो पटक खाद्य पसलहरुमा समेत लगाइएको प्रतिबन्धले भिड धेरै हदसम्म नियन्त्रणमा आएको निष्कर्षमा अधिकारीहरु पुगेका छन् । अब खाद्य सामग्री बिक्रीमा केही खुकुलो र व्यवस्थित बनाउनेबारे तयारी छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले स्वास्थ...