Thursday, August 6News That Matters

Month: ५ वर्ष अगाडि

खोटाङमा ट्याक्ट्र दुर्घटना हुँदा एकको मृत्यु

खोटाङमा ट्याक्ट्र दुर्घटना हुँदा एकको मृत्यु

समाचार
पूर्णपुष्टि, जेष्ठ १९ खोटाङमा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ  । सुनकोसी किनारमा बालुवा लिन जाँदै गरेको ना ६ छ १९१० नम्बरको ट्याक्टर लैकुखोला नजिक दुर्घटना हुँदा हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमका रोशन राउतको मृत्यु भएको वडासदस्य खेमराज कार्कीले बताउनुभयो । वडा कार्यालय धितुङको निर्माणाधीन भवनका लागि बालुवा लिन जाने क्रममा ट्याक्टर दुर्घटना भएको र चालक राउतको मृत्यु भएको कार्कीले जानकारी दिनुभयो  ।...
दुई बालिका बलात्कृत

दुई बालिका बलात्कृत

समाचार
पूर्णपुष्टि, जेष्ठ १९ एकै दिन दुई बालिका बलात्कृत भएका छन् । विभिन्न स्थानको दुई बालिका जबरजस्ती करणीमा परेका हुन् । नौं वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सुनसरीको इटहरी उपमहानगरपालिका–३ सुनौलो टोलका ६७ वर्षीय भविराज दमाईलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । भविराजले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । त्यस्तै पाँच वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा ललितपुर गोदावरी नगरपालिकाबाट एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोदावरी–३ मोतिचौर बस्ने सप्तरी सोम्भुनाथ नगरपालिका–२ घर भएका २० वर्षीय राम आशिस सदालाई प्रहरी पक्राउ गरेको हो । उनलाई पनि मंगलबार दिउँसो पक्राउ गरिएको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ । गोदावरी नगरपालिका–३ मोतिचौरको निर्मा...

उदयपुरकाे सम्पुर्ण काेराेना खबर : काेराेना खबर अपडेट, १८ जेठ २०७८

समाचार, स्वास्थ्य
https://youtu.be/QWkKCMZm_aI १. विरामीको उपचारमा खटिदा खटिदै कोरोना संक्रमित हुनुभएको जिल्ला अस्पताल उदयपुरका प्रमुख डाक्टर निमित्व मेडिकल सुपरिटेन्डेन्ट जीवनारायण मण्डलले कोरनालाई पराजित गर्नु भएको छ । १४ दिन आइसोलेशनमा बसेर कोरोना मुक्त भएपछि हिजोदेखि उहाँ काममा फिर्नु भएको छ । जिल्ला अस्पतालमा हालसम्म वहाँ लगायत २० जनालाई संक्रमण भएकोमा १२ जना निको भइसकेका छन् । डाक्टर मण्डल लगायत २ जना डाक्टर, ७ जना नर्स, प्रशासन कर्मचारी ४ जना, कार्यालय सहयोगी ३ जना, चालक १ जना काउन्टरका कर्मचारी १ जना र एक्सरे विभागका १ जना संक्रमित भएका हुन् । जसमा मेसु मण्डलसहित नर्सहरु ५ जना, प्रशासनका ३ जना, चालक १, एक्सरेका १ र काउन्टरका १ गरी १२ जना निको भएका छन् । बाँकी ८ जना होमआइसोलेशनमा रहेका छन् । २ उदयपुरमा कोरोना सक्रिय संक्रमितको संख्या १ हजार १६ पुगेको छ । आज ४७ जना संक्रमित थपिएसं...
नेता थापाको अन्त्यष्टीमा  सहभागी नहुन परिवारको आग्रह

नेता थापाको अन्त्यष्टीमा सहभागी नहुन परिवारको आग्रह

समाचार
पूर्णपुष्टि, जेष्ठ १८ विवेकशील पार्टीका संस्थापक नेता तथा पूर्व संयोजक उज्वल थापाको अन्यष्टी परिवारले आजै गर्ने भएको छ । थापाको अन्यष्टी समान्य तरिकाले गरिने परिवार स्रोतले जनाएको छ । चिकित्सक, स्वास्थ्यकर्मी तथा शुभचिन्तक  सबैको अथक प्रयासमा पनि थापाले प्राण त्यागेपछि परिवारले यो बिसंम परिस्थितिलाई सामना गर्दै साधारण पारिवारिक तवरले अन्यष्टी गर्ने भएको हो । अहिलेको संक्रामक रोगको समयमा थापाको अन्तिम संस्कार एउटा साधारण पारिवारिक तवरले सम्पन्न गर्ने परिवारको इच्छा भएको भन्दै सम्भव भएसम्म सहभागी नभइदिन उनको परिवारले अनुरोध गरेको हो । पारिवारिक स्रोतका अनुसार थापाको अन्तिम संस्कार आजै पशुपति आर्यघाटमा हुने भएको छ । कोरोना संक्रमण भई गम्भीर बिरामी परेका थापाको उपचारका क्रममा मेडिसिटी अस्पतालमा निधन भएको हो । थापाको मंगलबार अपराहृन ४ बजेर २५ मिनेटमा निधन भएको अस्पतालले जनाएको छ । प...
विवेकशील पार्टीका पूर्व संयोजक उज्वल थापाको निधन

विवेकशील पार्टीका पूर्व संयोजक उज्वल थापाको निधन

समाचार
पूर्णपुष्टि, जेष्ठ १८ कोरोना बाट ग्रसित विवेकशील पार्टीका पूर्व संयोजक उज्वल थापाको निधन भएको छ । थापाको निधन मंगलबार हस्पिटलमा उपचारको क्रममा भएको हो । २ हप्ता देखि हस्पिटलमा उपचारार्थ थापाको आज ४ बजे निधन भएको हस्पिटलले जनाएको छ । थापाको काठमाडौंको मेडिसिटी अस्पतालमा इक्मो प्रविधिबाट उपचार गराइरहेको थियो । थापाको निधन भएको बारे हस्पिटलले बिज्ञाप्ती मार्फत जानकारी गराएका छन् । हस्पिटलका प्रवक्ता तथा मेटिकल सुपरिटेन्डेन डा. राज राणा र मुटु शल्यचिकित्सक डा. बिजय राजवंशीको हस्ताक्षर बिज्ञाप्तीमा थापाको निधनबारे खुलाइएको छ । थापाको पिसिआर रिपोर्ट नेगेटिभ आएको भएपनि शरिरको अंगहरुले प्रभावकारी काम गर्न नसहिरहेको र जटिल संक्रमणको प्रभावका कारण स्वास्थ्य स्थिति सुधार हुन नसकेका कारण निधन भएको बिज्ञाप्तीमा उल्लेख गरिएको छ ।             &n...
उदयपुरमा थप ४७ जनामा संक्रमण पुष्टि

उदयपुरमा थप ४७ जनामा संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, जेष्ठ १८  उदयपुरमा आज (मंलबार) थप ४७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै जिल्लामा संक्रमिको संख्या एक हजार दुई सय ९० पुगेको हो । आज थप २४ पुरुष  र २३ महिलामा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ । सबै भन्दाबढी त्रियुगामा १७, बेलकामा १० र चौदण्डीगढी नगरपालिकामा छजनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै लिम्चुङबुङमा आँठ र रौतामाई गाउँपालिकामा छ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालयको तथ्याङकमा उल्लेख छ । कोरोना जितेर आज दुईजना घर फर्किएसँगै जिल्लामा संक्रमण मुक्त हुनेको संख्या दुई सय ३९ पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ । अहिलेसम्म कोरोनाबाट जिल्लामा ३५ जनाले ज्यान गुमाइसकेका छन् ।...
सरकारले लोकप्रिय बजेट ल्याएको छ ः राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय सदस्य राई

सरकारले लोकप्रिय बजेट ल्याएको छ ः राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय सदस्य राई

समाचार
पूर्णपुष्टि, जेष्ठ १८ नेकपा एमालेका युवा नेता तथा राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय स्थाई कमिटिका सदस्य मन्दीप राईले हाल सरकारले ल्याएको बजेट ऐतिहाँसिक र लोकप्रिय रहेको प्रतिक्रिया दिनुभएको छ । राईले यस बजेटलाई बिगतका प्रधानमन्त्री मनमोहन अधिकारीको पालामा आएपश्चातको बजेटको रुपमा प्रस्तुत भएको जनाउनु भयो । यस बजेटले बर्षौ देखिको जनगुनासोलाई समेटेको र संसदिय कोषको बजेट भरुवा पोषणको लागि भनेर भ्रमित रहेको जनताहरु माझ बजेट व्यवस्थापन भएको बताउनुभयो । बिगतमा जनताहरुमा रहेको भ्रम र सरकारको गल्तीलाई पनि यसबजेटले सच्याएको उहाँको भनाई छ । बिभिन्न चुनौतीको बिचमा पनि कोरोनाको माहामारीले अर्थत्रन्त्रलाई समेत कम्जोर बनाउँदा बनाउँदै गर्दाको समयमा सरकारले जनमैत्री र जनमुखी बजेट ल्यान सफल भएको उहाँको भनाई छ । कार्यन्वयनको पक्षमा भने सरकारको राम्रो र लोकप्रिय कामलाई पछि आउने जुन सुकै पनि सरक...
स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई कारबाहीको माग गर्दै दाङमा प्रदर्शन

स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई कारबाहीको माग गर्दै दाङमा प्रदर्शन

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, जेष्ठ १८ दाङका विभिन्न स्वास्थ्य संस्थामा कार्यरत चिकित्सक, नर्सहरुले भेरी अस्पतालका स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई कारबाहीको माग गर्दै प्रदशन गरेका छन् । जेठ १३ गते राति भेरी अस्पतालमा डाक्टर र स्वास्थ्यकर्मीहरु आक्रमण गर्नेमाथि कारबाहीको माग गर्दै राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा कार्यरत डाक्टर, नर्स र स्वास्थ्यकर्मीहरुले प्रर्दशन गरेका हुन् । कोरोनाको महामारीमा चिकित्सक, नर्सहरुले दिनरात नभनी आफ्नो जिउ ज्यानको समेत प्रवाह नगरेर काम गरिरहेको बेला यस्ता आक्रमणका घटनाले मनोबल घटाउने काम गरेकाले दोषीलाई हदैसम्मको कारबाही हुनुपर्ने उनीहरुको माग छ । बहानामा दोषीलाई उन्मुक्ति दिने काम भए देशब्यापी स्वास्थ्य सेवा ठप्प पार्ने चेतावानी स्वास्थ्यकर्मीहरुले दिएका छन् । दोषीलाई कडा कारबाहीको माग गर्दै उनीहरु बिरोधमा उत्रिएका हुन् । नेपाल चिकित्सक संघ दाङ शाखाको अगुवाइम...
व्यक्तिवादी प्रतिगमनकारी बजेट कार्यन्वयन हुदैन ः संघिय सांसद राई

व्यक्तिवादी प्रतिगमनकारी बजेट कार्यन्वयन हुदैन ः संघिय सांसद राई

समाचार
पूर्णपुष्टि, जेष्ट १८ संघिय सांसद सुरेश कुमार राईले काम चलाउ सरकारले ल्याएको अबैधानिक कदमको बजेट पनि व्यक्तिवादी हिसावले वितरण गरेको बताउनु भएको छ । उहाँले पावर र सत्तापक्षको निजी अधिकार जस्तो गरी बजेट वितरण गरेको बताउनुभयो । उसै पनि प्रतिगामी कदमले ल्याएको अबैधानिक बजेट कुनै पनि हालतमा कार्यन्वयन हुन नसक्ने र कार्यन्वयन गर्न नेदिने बताउनुभयो । बिगतको समयमा पनि संसद छल्ने काममा निकै माहिर रहेको यस सरकारले यो बर्ष भने असंबैधानिक तरिकाले संसदै बिघटन गरी अध्यादेश बाट ल्याएको बजेट गैरसंबैधानिक रहेको उहाँले बताउनुभयो । उहाँले यो आर्थिक बर्षको बजेट संविधानको प्रावधानलाई कुच्लेर ल्याइएको र हजारौ हजारको बलिदानले निर्माण भएको संविधान माथी उठाराघात गरेको प्रतिक्रिया दिनुभयो । सांसद राईले बजेट ल्याउने मान्छेहरु नै अवैधानि रहेको बताउनुभयो । अबैधानिक व्यक्तिहरुबाट आएको बजेट बैधानिक कुनै ...
चीनले अनुदानमा दिएको भरोसेल खोप काठमाडौं आइपुग्यो

चीनले अनुदानमा दिएको भरोसेल खोप काठमाडौं आइपुग्यो

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, जेष्ठ १८ चीनले अनुदानमा दिएको १० लाखमध्ये ८ लाख भेरोसेल खोप आज काठमाडौं आइपुगेको छ । आज नेपाल एयरलाइन्सको विमानले ८ लाख डोज खोप त्रिभुवन विमानस्थलमा ल्याएको हो । जेठ १२ गते राष्ट्रपति विद्यादेवी भण्डारीसँग अघिल्लो हप्ता भएको कुराकानीमा चीनका राष्ट्रपति सी जिनपिङले १० लाख डोज खोप अनुदानमा दिने घोषणा गरेका थिए । चीन सरकारले अनुदानमा दिएको ८ लाख डोज खोप लिएर नेपाल वायुसेवा निगमको ए ३३० वाइडबडी आज अपरान्ह काठमाडौं आइपुगेको छ । वाइडबडी खोप लिन सोमबार राति बेइजिङ गएको थियो । उक्त भेरोसेल खोप एक पटक पनि खोप नलगाएका नागरिकलाई दिइने योजना स्वास्थ्य मन्त्रालयले बनाएको छ । चीनबाट ल्याएको खोप लगाउने प्राथमिकतामा शिक्षक, सार्वजनिक सवारीका चालकलगायत रहेका छन् । यसअघि चीनले अनुदानमा दिएको ८ लाख डोज खोप नेपालमा ल्याई प्रयोगसमेत भइसकेको छ ।...