Sunday, May 17News That Matters

Month: ५ वर्ष अगाडि

काकाबाटै भतिजी बलात्कृत

काकाबाटै भतिजी बलात्कृत

समाचार
पूर्णपुष्टि, असार १० पाँच वर्षीया एक बालिका करणी गरेको अभियोगमा तनहुँका एकजना पुरुष पक्राउ परेका छन् । पक्राउ पर्नेमा व्यास नगरपालिका–९ का ५३ वर्षीय एक पुरुष पक्राउ परेका हुन् । उक्त पुरुष ती बालिकाको आफ्नै काका रहेको प्रहरीले जनाएको छ । आमा घरमा नभएको बेला भतिजीलाई जबरजस्ती करणी गरेको जिल्ला प्रहरी कार्यालयका तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले बताए । पक्राउ परेका पुरुषविरुद्ध जिल्ला अदालतबाट जबरजस्ती करणीको मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।  ...
भाईरल सन्तोषीको हत्या आरोपित तिमल्सिनालाई प्रहरीले सार्वजानिक गर्यो

भाईरल सन्तोषीको हत्या आरोपित तिमल्सिनालाई प्रहरीले सार्वजानिक गर्यो

समाचार
पूर्णपुष्टि, असार १० बिभिन्न चराहरुको आवाज निकाली युट्युवमा भाईरल बनेकी सन्तोषी सुब्बाको हत्यारालाई प्रहरीले सार्वजानिक गरेको छ । महानगरीय अपराध महाशाखाले बिहीबार पत्रकार सम्मेलन गरेर अभियुक्त तिमल्सिनालाई सार्वजनिक गरेको हो । प्रहरीका अनुसार सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी १४ घर भइ दक्षिणकाली नगरपालिका ७ बस्ने २९ वर्षीय सुरेशले सन्तोषीको हत्या गरेको खुलेपछि असनबाट पक्राउ गरिएको हो । असार ६ गते दक्षिणकाली पुगेकी सन्तोषीले सुरेश तिमल्सिनासँग खाने र बासको समस्या भएको बताएपश्चात अभियुक्तले खाना र सुत्ने व्यवस्था मिलाइदिन्छु भन्दै दक्षिणकाली मन्दिर नजिकै जंगलमा पुर्याएका थिए । पिकनिक स्थलमा रहेको सार्वजनिक शौचालय नजिक उनको शव फेला परेको थियो । घटनास्थलमा उनले जरबरजस्ती गर्नेक्रममा सन्तोषीले प्रतिकार गरेपछि सुरेशले घाँटी थिचि मृतकको सलले घाँटीमा बेरी हत्या गरेको पत्रकार सम्मेलनमा...
सुुब्बाले बलात्कार प्रतिकार गर्दा गुमाइन ज्यान, हत्या अभियोगमा एक पक्राउ

सुुब्बाले बलात्कार प्रतिकार गर्दा गुमाइन ज्यान, हत्या अभियोगमा एक पक्राउ

समाचार
पूर्णपुष्टि, असार १० विभिन्न पशुपंछी तथा जनावरको आवाज निकालेर युट्युबमा प्रख्यात भएकी सन्तोषी सुब्बाको हत्या गरेको अभियोगमा एकजना पुरुष पक्राउ परेका छन् । सिन्धुपाल्चोकको चौतारा साँगाचोक गढी नगरपालिका–१४ घर भई काठमाडौंको दक्षिणकाली बस्ने २९ वर्षीय सुरेश तिमल्सिना पक्राउ परेका हुन् । तिमल्सिना गाडी सहचालक रहेको अनुसन्धानमा खुलेको छ । हत्या आरोपमा पक्राउ परेका तिमल्सिनालाई (बिहीबार) पत्रकार सम्मेलन गरी प्रहरीले सार्वजनिक गरेको हो । प्रारम्भिक अनुसन्धानका क्रममा सुब्बाले आफूलाई खाना र बासको समस्या भएको बताएपछि अभियुक्त तिमल्सिनाले आफूले काम गर्ने गाडीमा व्यवस्था गरिदिने भन्दै घटनास्थलतर्फ लगेका थिए । तिमल्सिनाले त्यहीँ जबरजस्ती करणी गर्न खोजेपछि सुब्बाले प्रतिकार गर्न खोजेपछि तिमल्सेनाले घाँटी अँठ्याएर हत्या गरेको प्रहरीले जनाएको छ । प्रहरीका एक अधिकारीका अनुसार तिमल्सिनाले सुरुमा...
रुखबाट लडेर एकजनाको घटना स्थलमै ज्यान गयोे

रुखबाट लडेर एकजनाको घटना स्थलमै ज्यान गयोे

समाचार
पूर्णपुष्टि, असार १० खोटाङमा रुखबाट लडेर एकजना पुरुषको ज्यान  गएको छ । हलेसी तुवाचुङ नगरपालिका–१० पामे का ४९ वर्षीय तुल बहादुर मगरको रुखबाट लडेर घटना स्थलमै ज्यान गएको हो । आज बिहान ६ बजे मगरको घर नजिकै जङगलको भलायको रुखमा राखेको खरको घाँस निकाल्ने क्रममा रुखबाट लडी ज्यान गएको प्रहरीले जनाएको छ  । घटना स्थलमा प्रहरी चौकी अर्खौले र ईलाका प्रहरी कार्यालय हलेसीबाट प्रहरी टोली खटि गई थप अनुसन्धान भइरहेको छ ।...
युएनएफपीए र रेडक्रसद्वारा प्रसुती सेवाका सामग्री हस्तान्तरण

युएनएफपीए र रेडक्रसद्वारा प्रसुती सेवाका सामग्री हस्तान्तरण

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, असार १० ।  युएनएफपीएसंगको साझेदारीमा नेपाल रेडक्रस सोसाइटी, उदयपुरले उदयपुर अस्पताल र स्वास्थ्य कार्यालयलाई प्रसुती सेवाका लागि आवश्यकीय सामग्रीहरु आज प्रदान गरेको छ । कोरोना महामारीको बेला सुत्केरी आमाहरु जोखिम ठानेर अस्पताल नआउने गरेको पाइएपछि गाउँमै सेवा पुगोस् भन्ने हेतुले सामग्रीहरु वितरण गरिएको रेडक्रस उदयपुरका प्रमुख विनोद बस्नेतले बताउनुभयो । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष एवम् जिल्ला समन्वय समिति प्रमुख खड्ग परियार, स्वास्थ्य कार्यालय प्रमुख मोहन सुवेदी, अस्पतालका प्रमुख डाक्टर जीवनारायण मण्डल लगायतलाई युएनएपफपीएका केदार मगर र रेडक्रस उदयपुर प्रमुख बस्नेतले सामग्री हस्तान्तरण गर्नुभयाे । तस्विरहरू :...
आँपको मुल्य आकासियो – फोटो फिचर

आँपको मुल्य आकासियो – फोटो फिचर

समाचार
पूर्णपुष्टि, असार १० । यसवर्ष कृषकको बारीमा आँप धेरै फल लागेन । बोटमा थोरै मात्र फलेकाले बजारमा आँपको मुल्य उच्च छ । गाईघाट बजारमा प्रतिकेजी ७० देखि १०० रुपैयासम्म छ । फोटो फिचर :  
औषधि ब्यवसायी संघद्वारा फलफुल वितरण

औषधि ब्यवसायी संघद्वारा फलफुल वितरण

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, असार १० । नेपाल औषधि ब्यवसायी संघ, संयुक्त जिल्ला शाखाले स्थापना दिवसको अवसरमा विरामीहरुलाई फलफुल वितरण गरेको छ । उदयपुर अस्पताल बोक्सेमा रहेका विरामीहरुलाई संघले फलफुल वितरण गरेको हो । संघका अध्यक्ष उद्धव दाहालको नेतृत्वमा संघमा आवद्ध औषधी ब्यवसायीहरुले फलफुल वितरण गरेका हुन् ।  उदयपुर, खोटाङ, सोलुखुम्बु र ओखलढुंगाका औषधी ब्यवसायीहरु मिलेर संयुक्त शाखा बनाएका हुन्   ।  ...
घर जग्गा बिहिन खोटाङका खम्बसिंङ तामाङलाई दाजुभाई समूहको सहयोग

घर जग्गा बिहिन खोटाङका खम्बसिंङ तामाङलाई दाजुभाई समूहको सहयोग

समाचार
पूर्णपुष्टि, असार १० अरुकै जग्गामा सरन परेर जिविको पार्जन गर्दै आएका कम्जोर परिवारका खोटाङका खम्वसिङ तामाङलाई दाजुभाई समूह दोहा कतारले खाद्यन्न लगायतका सामाग्री सहयोग गरेका छन् । खोटागंको जन्तेढुङ्गा ५ साविक २ निवासी ६५ बर्षिय तामाङको कमजोर अवस्थालाई बुझेर दाजुभाई समूहले खाद्मन्न तथा लत्ता कपडा सोही ठाउँमा पुगी बितरण गरेको हो  । उनि उरुकै जग्गामा बसेर मजबुरी गर्दै आईरहेको र अत्यन्तै कम्जोरी अवस्थाको रहेको भन्दै समूहले स्थलगतै नै पुगी सामाग्री सहयोग गरेको दाजुभाई कतार समुहका नेपाल प्रतिनिधी सरोज श्रेष्ठ बताए ।श्रेष्ठका अनुसार तामाङलाई २० हजार बराबरको सामाग्री प्रदान गरिएको छ । राहातमा ५० केजिको चामल ९२ बोरा० ,दाल १०के.जि, प्याज ५ के.जि ,चिनि ५ के.जि, मसला १ के.जि , सोयाविन १ के.जि र सिरक ,डस्ना ,तन्दा ,तकिया ,प्याटिक गुन्द्रि , झुल ,टि–सर्ट त्रिपाल २ पिस तामाङलाई हस्तान्त्रण गरेको हो ...
उदयपुरमा सडेको अवस्थामा वेवारीसे लास फेला

उदयपुरमा सडेको अवस्थामा वेवारीसे लास फेला

समाचार
पूर्णपुष्टि, असार ९ उदयपुरमा सडेको वेवारीसे लास फेला परेको छ । मंगलबार करिब २ बजेको समयमा जिल्लाको कटारी नगरपालिका–५ सल्हेस जंगलको बाटो देखि अंन्दाजि २० फिट तल भिर पाखामा लास फेला परेको प्रहरीले जनाएको छ । रातो सर्ट, कालो कटन पाईन्ट, सेतो सेन्डो भेष्ट, लगाएको हुलिया भएको पुरुष शव सडिसकेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । प्रहरीका अनुसार लास सडी गली किरा औसा परी हाडहरु छरिएको अबस्थामा स्थानियबासीले फेला पारेको जनाएको छ । स्थानीयहरुले देखेर प्रहरीलाई खबर गरेपछि  तत्काल ईलाका प्रहरी कार्यालय कटारी  प्राप्त खबर अनुसार कटारीबाट प्रहरी निरिक्षक सहितको प्रहरी टोली खटि गई कानुनि प्रकृया तथा थप अनुसन्धान गरी कटारी अस्पतालमा पोष्टमार्टम पश्चात बुधवार  कटारी नगरपालिकाले दाहस्सकारको लागि लगेको छ ।  ...
कटारीको गिद्धेबर देखि गुम्वा सम्म ५ किलोमिटर सडक कालोपत्रेको लागि काम अघि बढ्यो

कटारीको गिद्धेबर देखि गुम्वा सम्म ५ किलोमिटर सडक कालोपत्रेको लागि काम अघि बढ्यो

समाचार
आशि वस्नेत  पूर्णपुष्टि, असार ९ कटारी / सिद्धिचरण राजमार्ग अन्र्तगत कटारी २ को गिद्धबरदेखि कटारी ३ को गुम्बाडाँडासम्म ५ किलोमिटर सडक कालोपत्रे गरिने भएको छ । कालोपत्रे कामकै लागि सडक आसपास सडकको माटो मिलाउने कामहरु सुरु गरिएको छ । सडक डिभिजन कार्यालय सिरहा लहानबाट प्राप्त भ्याट सहित ५ करोड ३० लाखको लागतमा आईएस एनबी विल्डर्स प्रालि  ज्वाईन्ट भेन्चर वल्र्डवाईडले ३६ मिटर ड्रेन सहितको सडक कालोपत्रेको काम सुरु गरेको हो ।गएको जेठ १५ देखि एकवर्ष सम्ममा काम सक्नुपर्ने ठेकेदार कम्पनीका साईड ईन्चार्ज मनोहर पासवानले बताए । सडकको काम अन्र्तगत सबवेसको कामसँगै सडक लेभल गर्ने काम भईरहेको पनि  पासवानले बताए । एकवर्ष भित्रमा सक्नुपर्ने काम समय अगावै  सक्ने गरी कामलाई तिव्रता दिईएको पासवानको भनाई छ ।लामो समयदेखि सिद्धिचरण राजमार्ग जीर्ण अवस्थामा रहेको छ । सिरहाको मिर्चैयादेखि कटारी –घुर्मीसम्म सडकखण्ड...