सहायक सिडियाे नेतृत्वकाे अनुगमनले गर्यो कडा जरिवाना : प्रशान्तलाई २० र पाण्डे किराना पसललाई १० हजार
पूर्णपुष्टि, असार ९ ।
अनुगमन टोलीले आज गाईघाटको दुई किराना तथा खाद्यन्न पसललाई ठूलो रकम जरिवाना तिराएकोे छ भने १३ हजार बढिको म्याद गुज्रेको सामान बरामद गरी नष्ट गरेको छ ।
गाईघाटका प्रशान्त किराना पसललाई २० हजार र पाण्डे किराना पसललाई १० हजार रुपैया जरिवाना तिराएको हो । यसरी ब्यापारीलाई ठूलो रकम जरिवाना तिराएको सम्भवत पहिलो हो । विगतमा धेरैजसो चेतावनी दिएर छाडिदिने र जरिवाना गराए पनि सामान्य मात्र गराउदा ब्यापारीहरुले खेलाची ठानेका थिए ।
सहायक प्रमुख जिल्ला अधिकारी विनोद पोखरेलको नेतृत्वमा वाणिज्य आपूर्ती तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगर र सरोकारवाला निकायहरु सम्मिलत अनुगमन टाअसोलीले ती पसलहरुलाई कसुरको आधारमा जरिवाना तिराएको हो । वाणिज्य आपूर्ती तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरका कार्यालय प्रमुख सन्तोष पोखरेलका अनुसार अनुगमनको क्रममा प्रशान्त किराना पसल र पाण्डे किरान...









