लागूऔषध कारोबार गर्ने नयाँ तरिका, तेलको गिलनमा लागूऔषध भटियो
पूर्णपुष्टि, असार ९
नयाँ–नयाँ तरिका अपनाएर लागूऔषध कारोबार गर्ने व्यक्तिहरुको संख्या बढेको छ । खाने तेलको गिलनमासमेत लागूऔषध फेला परेपछि प्रहरी नै चकित भएका छन् । मिोरङ बिराटनगर– १६ दक्षिण गेट स्थितबाट लागूऔषध नियन्त्रणम ब्युरोबाट खटिएको प्रहरी टोलीले हिजो बेलुका साढे ६ बजे लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । सुनसरी चक्रघट्टी–७ का ३२ वर्षीय राज कुमार मगरलाई लागूऔषधसहित प्रहरीले पक्राउ गरेको हो ।
उनले बोकेको झोलामा खानेतेलको गिलेनमा एभिल–७७ एम्पुल, लुपिजेसिक–७५ एम्पुल, डाइजाल्याप–७५ एम्पुल र फेनारगन–७८ एम्पुल फेला परेको थियो ।
पक्राउ परेका मगरलाई ईलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।...








