Sunday, May 17News That Matters

Month: ५ वर्ष अगाडि

सेफ्टीट्याङकीमा खसी २ जनाको ज्यान गयो

सेफ्टीट्याङकीमा खसी २ जनाको ज्यान गयो

समाचार
पूर्णपुष्टि, असार ७ संखुवासभामा सेफ्टीट्याङकीमा खसेर दुईजनाको ज्यान गएको छ । खादबारी नगरपालिका–४ सेखा का नरेश गुरुंङको घरमा नया ट्वाईलेट बनाउने क्रममा ढलानको सेटिङ खोल्ने क्रममा अचानक उक्त सेफ्टीट्याङकीमा खसी दुईजना मजदुरको ज्यान गएको हो । मृत्यु हुनेमा खादबारी–५ का ३७ वर्षीय ताराबिर गुरुङ र सोही स्थान–४ का २४ वर्षीय ईश्वर बहादुर राई रहेका छन् । हिजो साढे ६ बजे सेफ्टीट्याङकीमा खसी बेहोस भएका उनिहरुको तत्काललै उद्धार गरि उपचारको लागी जिल्ला अस्पताल खादबारीमा लगेकोमा उपचारकै क्रममा पौने ८ बजे दुवै जनाको ज्यान गएको  हो । घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट प्रहरी टोली खटि गई थप अनुसन्धान भईरहेको छ ।...
लागूऔषध कारोबार गर्ने १ जना पक्राउ

लागूऔषध कारोबार गर्ने १ जना पक्राउ

समाचार
पूर्णपुष्टि, असार ७ मोरङ सुन्दरहरैचा नगरपालिका –६ डिपुचोक स्थितबाट लागूऔषधसहित  प्रहरीले एक जनालाई पक्राउ छ । सोही नगरपालिका वडा नम्बर ५ का २६ वर्षीय गोपाल विश्वकर्मालाई पक्राउ गरिएको हो । हिजो दिउसो २ बजे लागूऔषधको कारोबार भईरहेको गोप्य सुचनाको आधारमा  ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले विश्वकर्माले बोकेको ब्यागबाट डाइलेक्स डीसी १०० एमएलको २५ बोतल, निट्राभेट–१० ३७५ ट्याबलेट, निट्राभेट–१० ६० ट्याबलेट र स्पास्मो–प्रोक्सिभोन पल्स–१४४ ट्याबलेट बरामद भएको हो । पक्राउ परेका विश्वकर्मा उपर थप अनुसन्धान भईरहेका जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।...
१५ वर्षीया बालिका करणी  आरोपमा एकजना पक्राउ

१५ वर्षीया बालिका करणी आरोपमा एकजना पक्राउ

समाचार
पूर्णपुष्टि, असार ७  १५ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । धुलिखेल नरगरपालिका–८ का २३ वर्षीय जयराम चौलागाईलाई बालिका बलात्कार गरेको आरोपमा पक्राउ गरेको हो । धलिखेलकै बालिकालाई खाजा खुवाउने निहुमा भक्तपुर हुँदै काठमाडौंको सुन्धारा पुर्याएर बलात्कार गरेको आरोपमा  चौलागाईलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय भक्तपुरले जनाएको छ । असार ५ गते बिहान १० बजेदेखि बालिका हराएको भन्दै परिवारले जिल्ला प्रहरी कार्यालय धुलिखेलमा निवेदन दिएका थिए । खोजतलास गर्ने क्रममा महानगरीय प्रहरी बृत्त जनसेवाको टोलीले आइतबार सुन्धारामा बालिकालाई फेला पारेको थियो । बालिकाको बयानका आधारमा चौलागाईलाई पनि सुन्धारा क्षेत्रबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । चौलागाईविरुद्ध बालिकाकी आमाले महानगरीय प्रहरी वृत्त जगातीमा किटानी जाहेरी दिएकी छन् । यस घटना सम्बन्धमा थप अ...
आफैंले बोकेको राइफल पड्किदाँ सेनाका जवान गम्भीर घाइते

आफैंले बोकेको राइफल पड्किदाँ सेनाका जवान गम्भीर घाइते

समाचार
पूर्णपुष्टि, असार ७  आफैले बोकेको राइफल पड्किदाँ पर्साको वीरगञ्ज– ८ स्थित नेपाली सेनाको चण्डीप्रसाद गणका एक जना सिपाही गोली लागेर घाइते भएका छन् । पोखरिया नगरपालिका–५ सतवरिया घर भएका २२ वर्षीय श्यामबाबु प्रसाद चौहान घाइते भएका हुन् । आफैंले बोकेको राइफल पड्किएर उनी घाइते भएको सैनिक स्रोत बताउँछ । उनको बायाँ चिउँडोको मुनि र दाहिने आँखाको मुनिमा एन–१६ राइफलको गोली लागेको घाउ छ । उनको घाउ हेर्दा गोली छेडेर बाहिर निस्किएको जस्तो देखिन्छ । गणको कार्यालय भवन पछाडिको पोष्टमा सिपाही नरेश गुरुङसहित आइतबार साँझ ६ बजेदेखि ९ बजेसम्मको पोष्ट ड्युटीमा चौहान खटिएका थिए । ड्युटीमै रहेको बेला गएराति ८ः३५ बजे गोली पड्किएको आवाज आएको थियो । त्यतिखेर नरेश गुरुङ ट्वाइलेट गएका थिए । ब्यारेकभित्र रहेका सैनिकहरू गई पोष्टमा चढी हेर्दा श्यामबाबुले कोतबाट आफ्नै नाममा बुझेको एम १६ हतियारबाट एक राउण्ड फायर भए...
टिपरको ठक्करबाट धनकुटा कांग्रेस सचिव थापासहित २ जनाको मृत्यु

टिपरको ठक्करबाट धनकुटा कांग्रेस सचिव थापासहित २ जनाको मृत्यु

समाचार
पूर्णपुष्टि, असार ७ मोरङमा टिपरको ठक्कारबाट नेपाली कांगे्रस धनकुटाका सचिवसहित दुईजनाको ज्यान गएको छ । दुर्घटनामा धनकुटा पाख्रिबासका ५० वर्षीय कृष्णबहादुर थापा र सुनसरीको इटहरी उपमहानगरपालिका–४ का अन्दाजी ३५ वर्षीय दीपु शाहको ज्यान गएको हो । धनकुटाबाट झापा जाने क्रममा गएराति ७.४० बजे मोरङको विराटचोकमा टिपरले मोटरसाइकललाई ठक्क दिँदा थापा र शाहको ज्यान गएको प्रहरीले जनाएको छ । थापा नेपाली कांग्रेस धनकुटाका जिल्ला सचिव हुन् । शाह बेलबारीस्थित एनएमबी बैंक शाखा कार्यालयका कर्मचारी हुन् । दुर्घटनामा थापाका भाइ २७ वर्षीय भीमबहादुर थापा गम्भीर घाइते भएका छन् । उनलाई थप उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले विराटनगरको विराट नर्सिङ होम रेफर गरेको छ । दुर्घटनामा परेको को ३६ प ५९७९ नम्बरको मोटरसाइकलका कृष्णबहादुर आफैंले चलाएका थिए । इलाका प्रहरी कार्यालय बेलबारीका...
उदयपुरमा २५ जना संक्रमित थपिए, सक्रिय संक्रमितको संख्या ४४० मा झर्यो

उदयपुरमा २५ जना संक्रमित थपिए, सक्रिय संक्रमितको संख्या ४४० मा झर्यो

समाचार, स्वास्थ्य
पूणर्पुष्टि, असार ६ उदयपुरमा पछिल्लो २४ घण्टामा २५ जना संक्रमित थपिएको स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ । १३ महिला र १२ पुरुष सहित संक्रमित जिल्लामा थपिएको हो । पछिल्लो समय थप हुने ताप्ली र चौदण्डीगढीका रहेको छ । चौदण्डीगढीका १८, ताप्ली गाउँपालिकाको ७ जना संक्रमित थपिएको कार्यालयले जनाएको छ । यो सँग जिल्लामा कुल संक्रमितको संख्या १९७५ पुगेको छ । पछिल्लो समय जिल्लामा संक्रमितको संख्या घटेको छ । २ हजार पुग्न लागेको संक्रमितको संख्या पछिल्लो समय तिब्र रुपले घटेर कुल संक्रिय संक्रमितको संख्या ४४० मा झरेको छ । यता मृत्यु दर जिल्लामा सामान्य देखिएको छ । पछिल्लो समय जिल्लामा मृत्युको संख्या थपिएको छैन् । हाल जिल्लामा कुल मृतकको संख्या ४९ जना रहेको छ ।...
चोरीका ५ लाख बढि नगद र सरसामानहरु सहित २ जना पक्राउ

चोरीका ५ लाख बढि नगद र सरसामानहरु सहित २ जना पक्राउ

समाचार
पूणर्पुष्टि, असार ६ मोरङको विराटनगर महानगरपालिका अन्तर्गत विभिन्न स्थानहरूमा चोरी गर्ने २ जनालाई पक्राउ गरी आज सार्बजनिक गरिएको छ । पक्राउ पर्नेमा विराटनगर ११ का २९ बर्षीय संजय भन्ने अंगत चौधरी र विराटनगर ६ का ३१ बर्षीय सन्तोष दास रहेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङबाट बिशेष प्रहरी परिचालन गरी उनिहरुलाई आफ्नै घरबाट पक्राउ गरिएको हो । पक्राउ परेका दासको साथबाट ५५ हजार ७ सय ५० नगद र चौधरीको कोठाबाट कोनिका कम्पनीको टिभि थान-१, कानमा लगाउने झुम्का थान-३, ीऋम् टिभि थान-१, मोवाईल थान-२, फलामे कराई थान-१, फलामे औजार थान-४, चाँदीको सिक्री थान-१ र नेपाली नगद रू ५ लाख ८ हजार ७ सय ३ सहित पक्राउ गरेको हो । प्रहरीले थप अनुसन्धान गर्ने क्रममा गत जेष्ठ ९ गते विराटनगर ११ का बिनोद कुमार नुनियाले संचालन गरेको महाविर इलेकट्रिक पसलमा भेन्टिलेशन फुटाई नगद रु. ६५ हजार, गत जेष्ठ ११ गते विराटनगर १५ ब...
निषेधाज्ञा अवधिमा ३७१ महिला तथा बालिकाहरु हिंसाको सिकार, पछिल्लो दुई हप्तामा १७१ हिंसाका घटना थपियो

निषेधाज्ञा अवधिमा ३७१ महिला तथा बालिकाहरु हिंसाको सिकार, पछिल्लो दुई हप्तामा १७१ हिंसाका घटना थपियो

समाचार
पूर्णपुष्टि, असार ६ कोरोना भाइरसको दोस्रो महामारीको चरणमा भइरहेको निषेधाज्ञाको समयमा महिला तथा बालिकामाथि विभिनन्न प्रकारको हिंसा भइरहेको छ । निषेधाज्ञाको कारण महिला तथा बालिकाहरु हिंसापूर्ण वातावरणमा बाँच्न बाध्य भएको अवस्था विभिन्न तथ्याङ्कहरुले पुष्टी गरेको छ । महिला पुनस्र्थापना केन्द्र (ओरेक) ले यस निषेधाज्ञाको समयमा निषेधाज्ञाको अबधिभर ३७१ जना महिला तथा बालिकामाथि विभिन्न प्रकारका हिंसा भएको तथ्याङक सार्वजनीक गरेको छ । संस्थाले गएको २ हप्तामा (जेठ १६ देखि जेठ ३१ गते सम्म) १७१ जना महिला तथा बालिकामाथि विभिन्न किसिमको हिंसा भएको तथ्याङकले देखाएको छ । यस अवधिमा संकलन भएका हिंसाका घटना मध्ये ७३ जना महिला/बालिका/किशोरी बलात्कार भएको पाइएको छ, जसमध्ये ३ वटा सामूहिक बलात्कार र १ वटा बैवाहिक बलात्कार रहेका छन् । त्यस बाहेकका अन्य घटनाहरु घरेलु हिंसा, बलत्कार प्रयास, यौन दुव्र्यवहार, हत...
त्रिनपा १३ नं. वडाका योजना अनुगमन

त्रिनपा १३ नं. वडाका योजना अनुगमन

समाचार
पूर्णपुष्टि, असार ६ । उदयपुरको त्रियुगा नगरपालिका वडा नं. १३ अन्तर्गतका योजनाहरुको आज अनुगमन भएको छ । वडाको आयोजनामा मेयर बलदेव चौधरी, वडाध्यक्ष पशुपती चौधरी, टोल विकास संस्थाका अध्यक्ष तथा प्रतिनिधि, नागरिक समाज, पत्रकारको टोलीबाट हवाईफिल्ड क्षेत्रमा निर्मित कृषि बजार केन्द्र, थारुहट रंगशाला, मदन भण्डारी स्मृति सभाहल, पूर्वपश्चिम बरुवा बसपार्कको अनुगमन भएको हो । यी ठूला आयोजनाका साथै वडा अन्तर्गतका टोल विकास संस्थाहरुमा भएका सडक स्तारोन्नती, नयाँ ट्रयाक, नाली, विजुली, सडकबत्ती, मठमन्दिर, विद्यालय सहयोग, सिचाइ जस्ता कामहरुको अनुगमन गरिएको वडाध्यक्ष पशुपती चौधरीले बताउनुभयो । कोरोना महामारीका बाबजुद सतर्कता तथा स्वास्थ्य मापदण्ड अपनाउदै विकास तथा योजनाका कामहरु भएको वडाध्यक्ष चौधरीले बताउनुभयो । तस्विरहरू :...
१ नम्बर प्रदेशको सर्वोत्कृष्ट प्रहरी “यादव” घोषित

१ नम्बर प्रदेशको सर्वोत्कृष्ट प्रहरी “यादव” घोषित

समाचार
पूर्णपुष्टि, असार ६ नगर प्रहरी कार्यालय विराटनगर, मोरङ दरवन्दीका प्रहरी जवान राजेश कुमार यादव जेष्ठ महिनाको सर्वोत्कृष्ट प्रहरी (बेस्ट पोलिस अफ द मोनथ) घोषित भएका छन् । विभागिय मुल्य–मान्यता, आदेश–निर्देशनको पालना गरी व्यवसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरले कर्तव्यपथमा तल्लीन रही उच्च मनोवल र साहसका साथ आफ्नो कर्तब्य निर्वाह गरी अपराधिक कार्यमा संलग्न फरार प्रतिवादीहरुलाई पक्राउ गरी अपराध अनुसन्धानको क्षेत्रमा विशेष योगदान पु¥याएको छ । त्यस्तै, अबैध भन्सार छली चोरी निकासी तथा पैठारीको सामानहरु पक्राउ गरी सम्बन्धित निकायमा बुझाउने लगायत विभिन्न महत्वपूर्ण भुमिका निर्वाह गर्नुका साथै आम नागरिकमा सुरक्षाको अनुभूति  गराएको छ । प्रहरीको छवि उच्च बनाउने तर्फ प्रशंसनीय कार्य गरेकोले नगर प्रहरी कार्यालय विराटनगर, मोरङ दरवन्दीका प्रहरी जवान राजेश कुमार यादवलाई निजले सम्पादन गरेको उत्कृष्ट कार्...