Sunday, May 17News That Matters

Month: ५ वर्ष अगाडि

श्रीमतीको हत्या गरी फरार रहेका श्रीमान पक्राउ

श्रीमतीको हत्या गरी फरार रहेका श्रीमान पक्राउ

समाचार
पूर्णपुष्टि, साउन ४ मोरङ रंगेली–९ सखुवाथान घर भई झापा गौरादह–१ सितल चौक बस्दै आएका ३९ बर्षीय सजिलाल रिख्यासनलाई आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ गरिएको छ । रिख्यासनले गत असार ३१ गते आफ्नै श्रीमती ३४ वर्षीया संगिता टुडुलाई खेत नजिक रहेको टहरामा लगि कुटपिट गरी हत्या गरेर उनी फरार भएका थिए । घटनाको जानकारी पाउनसाथ अनुसन्धान तथा खोजतलसामा खटिएको प्रहरी टोलीले फरार रहेका सजिलाल रिख्यासनलाई आज पक्राउ गरी सार्बजनिक गरेको हो । पक्राउ परेका रिख्यासन उपर कर्तब्य ज्यान मुद्धामा कानुनी कारवाही तथा घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।...
साउनको चौथो हप्ता कक्षा १२ को परीक्षा गर्ने तयारी

साउनको चौथो हप्ता कक्षा १२ को परीक्षा गर्ने तयारी

शिक्षा, समाचार
पूर्णपुष्टि,साउन ४ कोरोना भाइरस कोभिड–१९ ले गर्दा स्थगित भएको कक्षा १२ को परीक्षा साउनको चौथो हप्ता गर्र्नेे तयारी भएको राष्ट्रिय परीक्षा बार्डले जनाएको छ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले परीक्षा सञ्चालन गर्न अनुमति दिने जानकारी आएको बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले बताउनुभयो । बोर्डका अध्यक्ष पौडेलका अनुसार दुई हप्ताअघि भौतिक उपस्थितिमा परीक्षा गराउने अनुमति माग गर्दै शिक्षा मन्त्रालयमा निवेदन पठाएको थियो । मन्त्रालयले सीसीएमसीमा लगेको र सीसीएमसीले परीक्षा गराउने अनुमति दिएको जानकारी पाएको छ । ‘निर्णय गरिएको कपी हामीसम्म आइपुगेको छैन । भोलिसम्म आइपुग्ला त्यसपछि बोर्डको बैठक बसेर निर्णय गर्छौं । साउन चौथो हप्ताभित्र गर्छौं’ बोर्डका अध्यक्ष पौडेले बताउनुभयो । बोर्डको बैठकले निर्णय गरे अनुसार परीक्षा केन्द्र, मिति तोकिने र परीक्षा तालिका सार्वजनिक गर्ने ...
कुटपिटबाट १ जनाको मृत्यु, ५ जना पक्राउ

कुटपिटबाट १ जनाको मृत्यु, ५ जना पक्राउ

समाचार
पूर्णपुष्टि, साउन ४ दुई साता अघि सप्तरीको खडक नगरपालिकामा कुटपिटबाट एकजनाको ज्यान गएको थियो । खडक नगरपालिका ९ लालपट्टीमा टोलमा गत जेठ २४ गते राति वैदेशिक रोजगारीको बिषयमा भएको विवादका क्रममा कुटपिट गरिँदा स्थानीय मो. दाउदको ज्यान गएकोेमा प्रहरीले पाँचजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा खडक नगरपालिका ९ बस्ने ३२ वर्षीय नजबुल मियाँ, ५५ बर्षीय वालिस भनिने कालिस मियाँ, ६० बर्षीय रफु भनिने रफुवा मियाँ, ४२ बर्षीय इजराइल मियाँ र ३२ बर्षीय जाकिर मियाँ रहेका छन् । ७० वर्षीय दाउदको मृत्युपछि फरार भएका कुटपिटमा संलग्न भएका पाँच जनालाई पक्राउ गरिएको सप्तरी प्रहरीका प्रबक्ता एवं डीएसपी माधव प्रसाद काफ्लेले जानकारी दिनुभयो । उनीहरुलाई बोदे बर्साइन नगरपालिका ९ स्थित नेपाल भारत सीमा क्षेत्रमा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरिएको काफ्लेले जानकारी दिनुभयो । उनीहरुलाई पक्राउ गरी थप अनुसन्धान शुरु...
श्रीमतीको कान काट्ने श्रीमान पक्राउ

श्रीमतीको कान काट्ने श्रीमान पक्राउ

समाचार
पूर्णपुष्टि, साउन ४ श्रीमतीको कान काटेको आरोपमा धनगढीका एक २५ वर्षीय पुरुष पक्राउ परेका छन् । बझाङ जयपृथ्वी नगरपालिका–१ भण्डार गाउँकी २१ वर्षीया जानकी नेपालीको बायाँ कान काटेको आरोपमा उनकै श्रीमान मनोज नेपालीलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार मनोजले जानकीमाथि कुटपिट गरी चक्कुले कान काटेको हो । जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानकीका आफन्तले घटनाबारे जाहेरी दिएको बताउनुभयो । उजुरी प्राप्त भएपछि जानकीका श्रीमान मनोज पक्राउ परेका छन् । उनलाई आइतबार दिउँसो पक्राउ गरिएको खड्काले जानकारी दिनुभयो । ‘पीडित पक्षबाट प्राप्त जाहेरीका आधारमा आरोपीलाई पक्राउ गरिएको छ । यसपछि मुद्दा दर्ताको प्रकृया अगाडि बढाइनेछ,’ उहाँले बताउनुभयो । १५ वर्षको उमेरमा कक्षा ९ पढ्दा नै उनको विवाह भएको थियो । २१ वर्ष मात्रै भएकी उनका अहिले तीन छोराछोरी छन् ।...
बिरामी कुरुवाले गरे डाक्टरमाथि कुटपिट

बिरामी कुरुवाले गरे डाक्टरमाथि कुटपिट

समाचार
पूर्णपुष्टि, साउन ४ बिरामी कुरुवा बसेका एकजनाले उपचारमा खटिएका डाक्टरमाथि नै कुटपिट गरेको छ । झापाको मेची अस्पताल भद्रपुरका डा केवल कपुरीमाथि बिरामीका कुरूवा हल्दिबारी गाउँपालिकाका ४० वर्षीय पुष्पराज निरौलाले आइतबार राति आकस्मिक उपचार कक्षमा कुटपिट गरेका हो । श्रीमती बिरामी भएपछि उपचारका लागि अस्पतालको आकस्मिक कक्षमा भर्ना गरेका निरौलाले उपचारमा संलग्न डा कपुरीमाथि अनावश्यक विवाद गरी कुटपिट गरेको अस्पतालका मेडिकल सुपरिटेण्डेण्ड डा टङ्कप्रसाद बाह्रकोटीले बताउनुभयो । डा. कपुरीले घटनाका दोषीमाथि कारबाही गरिपाउँ भनी जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता राकेश थापाले उजुरीका आधारमा घटनाको छानबिन गरी दोषी देखिए कारबाही गरिने छ । घटनाको छानबिन भएर दोषीलाई कारबाही नभएसम्म स्वास्थ्यकर्मीले अस्पतालका सम्पूर्ण आकस्मिक सेवा बन्द गरेका जिल्ला प्रहरी...
बैंकिङ कसुर र कर्तव्य ज्यान मुद्धाका फरार दुई प्रतिवादी पक्राउ

बैंकिङ कसुर र कर्तव्य ज्यान मुद्धाका फरार दुई प्रतिवादी पक्राउ

समाचार
पूर्णपुष्टि, साउन ४ बैकिङ कसुर तथा कर्तव्य ज्यान मुद्धामा कैद तथा जरिवाना फैसला भई फरार रहँदै आएका दुईजना फरार प्रतिवादीलाई पक्राउ गरि सम्बन्धीत अदालतमा उपस्थित गराईएको छ । बैंकिङ कसुर मुद्धामा जिल्ला अदालत सुनसरीको २०७७÷१०÷२६ गतेको फैसलाले ३ दिन कैद र १ लाख ५२ हजार जरिवाना फैसला भएका रामधुनी नगरपालिका–८ का ३३ वर्षीय दिवस कुमार चौधरीलाई १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरको सादा पोशाकमा खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । यसैगरी, कर्तव्य ज्यान मुद्धामा जिल्ला अदालत चितवनको २०७७÷१०÷१२ गतेको फैसलाले १६ वर्ष ८ महिना कैद र ५ लाख जरिवाना तोकिएका फरार प्रतिवादी बुढानिलककण्ठ–४ काठमाण्डौका १९ वर्षीय पासीकोट गुरुङलाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले सुनसरीको तरहराबाट पक्राउ गरेको हो । क्राउ परेका दुबै जनालाई तोकिएको कैद तथा जरिवाना भुक्तानको लागी सम्बन्धीत जिल्...
चोरीको मोटरसाईकलसहित एकजना पक्राउ

चोरीको मोटरसाईकलसहित एकजना पक्राउ

समाचार
पूर्णपुष्टि, साउन ४ सुनसरीको बर्जुगाँपालिका–२ बाट चोरीको मोटरसाईकल सहित चोरीमा संग्लग्न एकजना पक्राउ परेको छ । आईतबार अपरान्ह पौने ६ बजे बर्जु गाँउपालिका–३ नहर चोक हटियालाईनबाट को ४ प ४६४८ नम्बरको मोटरसाईकल हराएको भनी खबर प्राप्त भएसंगै तत्काल खोजतलासमा खटिएको ईलाका प्रहरी कार्यालय सितागंजको टोलीले चोरी भएको मोटरसाईकल सहित चोरीमा संग्लग्न देवानगंज–५ का ४० बर्षीय बिरेन्द्र रामलाई पक्राउ गरेको हो । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले सुनसरीले जनाएको छ ।...
जलेर चार बर्षीया बालिकाको मृत्यु

जलेर चार बर्षीया बालिकाको मृत्यु

समाचार
पूर्णपुष्टि, साउन ४ सिन्धुली फिक्कल(५ बस्ने समिता राई खड्काको ४ बर्षीया छोरी धन कुमारी खड्काको जलेर मृत्यु भएको छ । ओखलढुङगा मानेभञ्ज्याङ(६ स्थितमा रहेको मामा घरमा आएको अवस्थामा मामा घरकै गाईगोठमा आज दिउसो १ बजे हातमा लाइटर बोकी खेल्ने क्रममा अचानक लाईटर सल्केर फुस्को छानो भएको गाईगोठमा आगलागी हुदा सोही आगोमा जलेर बालिका धनकुमारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङगाले जनाएको छ । यसै गरी गोठमा रहेका २ वटा गाई र ४ वटा बाख्राको समेत जलेर मृत्यु भएको छ । घटना स्थलमा प्रहरी टोली खटि गई कानुनी कारबाही भईरहेको छ ।...
सुनको भाउमा आज भारी गिरावट

सुनको भाउमा आज भारी गिरावट

आर्थिक, समाचार
पूर्णपुष्टि, साउन ३ सुनको भाउमा आज भारी गिरावट भएको छ । हप्ताको पहिलो दिन आज सुनको भाउ तोलामा ६ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार तोलामा ९३ हजार २ सय रुपैयाँमा कारोबार भएको सुन आज ६ सयले घटेर ९२ हजार ६ सय रुपैयाँ कायम भएको छ महासंघले जनाएको छ । यस्तै,आज चाँदीको पनि भाउ घटेको छ । शुक्रबार तोलामा १ हजार ३२० रुपैयाँ रहेको चाँदीको भाउ २५ रुपैयाँले घटेर आज १ हजार २९५ रुपैयाँमा कारोबार भइरहेको छ ।...
उदयपुरको बेलकामा ब्राउन सुगरसहित ४ जना पक्राउ

उदयपुरको बेलकामा ब्राउन सुगरसहित ४ जना पक्राउ

समाचार
पूर्णपुष्टि, साउन ३ उदयपुरको बेलका नगरपालिका–९ बाट लागुऔषध ब्राउन सुगरसहित चारजनालाई ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको प्रहरी टोलीले शनिबार पक्राउ गरेको छ । बिशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले गए राती १० बजे लागुऔषध ब्राउन सुगरसहित स्थानिय ३६ वर्षीय दिनेश खड्का, बेलका नगरपालिका–२ का ३७ वर्षीय बिनोद परियार, बेलका नगरपालिका–७ का २८ वर्षीय मेजरमान राई र २९ वर्षीय बोगटी भनिने जीवन राईलाई पक्राउ गरेको हो । उनीहरुको साथबाट ७५ मिलिग्राम ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ । पक्राउ परेका चारैजना माथि थप अनुसरन्धान अगाडी बढाएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।...