Sunday, May 17News That Matters

Month: ५ वर्ष अगाडि

कक्षा १२ को परिक्षा साउन ३१ देखि हुने, होम सेन्टरमै परिक्षाको व्यवस्था

कक्षा १२ को परिक्षा साउन ३१ देखि हुने, होम सेन्टरमै परिक्षाको व्यवस्था

शिक्षा, समाचार
पूर्णपुष्टि, साउन ५ कोरोनाका कारण समयमै हुन नसकेको कक्षा १२ को परिक्षा यहि साउन ३१ गते बाट हुने बोर्डले निर्णय गरेको छ । परिक्षा होम सेन्टरमै राखेर गराईने भएको छ । आज बसेको बोर्डको बैठकले विद्यार्थीलाई भौतिक उपस्थिति गराएर परीक्षा लिने निर्णय गरेको हो । परीक्षा विद्यार्थीहरू पढेकै विद्यालय (होम सेन्टर) मा हुने बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले जानकारी दिए । ‘१०० पूर्णांककै लिखित परीक्षा लिईने लिईने अध्यक्ष पौडेलले बताए ।  परीक्षा भदौ ९ गतेसम्म चल्नेछ । कोरोना भाइरस महामारीका कारण कक्षा १२ को परीक्षा यसअघि रोकिएको थियो । जेठ अन्तिम सातादेखि गर्ने तय भएको परीक्षा दुई महिनापछि लिन लागिएको हो ।  ...
जवरजस्ती करणीका फरार प्रतिवादीलाई उदयपुर प्रहरीले पक्राउ गर्यो

जवरजस्ती करणीका फरार प्रतिवादीलाई उदयपुर प्रहरीले पक्राउ गर्यो

समाचार
पूर्णपुष्टि, साउन ५ जवरजस्ती मुद्धाका फरार प्रदिवादीलाई जिल्ला प्रहरी कार्यालय उदयपुरले सोमावार पक्राउ गरेको छ । उदयपुरको चौदण्डीगढी नगरपालिका ८ सिद्धिपुरका रत्न बहादुर राईको छोरा ४१ बर्षिय बिजय थुलुङ राईलाई जवरजस्ती मुद्धामा फरार रहेको आरोपमा प्रहरीले पक्राउ गरेको हो । राई मिति २०७३।१०।१८ गते जवरजस्ती करणी उद्योग मुद्दामा वरादात पश्चात फरार रहेको अवस्था थियो । उनलाई ईप्रका बेल्टारबाट खटिएको बिशेष प्रहरी टोलीले लुकीछिपी बसी रहेको अवस्थामा पक्राउ गरेको हो । नियन्त्रणमा लिएको राईलाई फैसला कार्यन्वयन लागि सम्मानित उदयपुर जिल्ला अदालत पठाएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।  ...
उदयपुरमा चोरी मुद्धामा १२ दिन कैद र जरिवाना सुनाएका चौधरी लुकिछिपि बसेको अवस्थामा पक्राउ

उदयपुरमा चोरी मुद्धामा १२ दिन कैद र जरिवाना सुनाएका चौधरी लुकिछिपि बसेको अवस्थामा पक्राउ

समाचार
पूर्णपुष्टि, साउन ५ चोरी मृद्धामा फरार भई लुकिछिपि अवस्थामा वस्दै आएका बिजय चौधरीलाई जिल्ला प्रहरी कार्यालय उदयपुरले पक्राउ गरेको छ । त्रियुगा नगरपालिका ८ बस्ने डोभि चौधरीको छोरा ३५ बर्षिय चौधरीलाई सोमवार करिब ५ बजेको समयमा प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय उदयपुरको फरार प्रतिवादि पक्राउ अभियान अन्तर्गत उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरिक्षक तथा सूचना अधिकारी वेद प्रसाद गौतमले बताउनुभयो । गौतमका अनुसार सम्मानित उदयपुर जिल्ला अदालतको मिति २०६३।०७।१३ गते को फैसलाले चोरी मुद्दामा १२ दिन ७५०÷–( सात सय पचास) जरिवाना सुनाएकोमा चौधरी फरार अवस्थामा रहेको र प्रहरीले खोजतलास जारी राखेको अवस्थामा उनलाई पक्राउ गरिएको हो । उनलार्ई जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको बिशेष प्रहरी टोलीले लुकिछिपी बसेको अबस्थामा नियन्त्रणमा लिई फैसला कार्यन्वय...
उदयपुरमा १२ जना कोरोना संक्रमित थपियो, सक्रिय संक्रमितको संख्या अब २१७ मात्रै

उदयपुरमा १२ जना कोरोना संक्रमित थपियो, सक्रिय संक्रमितको संख्या अब २१७ मात्रै

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, साउन ५ उदयपुरमा पछिल्लो २४ घण्टामा १२ जना कोरोना संक्रमण पुष्टि भएको छ । ८ पुरुष र ४ महिला गरी १२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ । कार्यालयका अनुसार जिल्लामा संक्रमणको दर घट्नुका साथै सक्रिय संक्रमितको संख्या पनि २१७ मा झरेको जनाएको छ । हिजो सम्म सक्रिय संक्रमित संख्या २२० रहेको थियो भने आज २१७ मा झरेको छ । आज थपिएकोहरु कटारीका ५, त्रियुगाको ३, बेलकाको ३ र चौदण्डीगढीको १ जना रहेको छ । आज सम्म निको हुनेको संख्या जिल्लामा २४३५ पुगेको छ । यता मुत्यु हुनेको संख्या ५० रहेको छ ।  ...
१४ नं वडा साउनेको प्रसुती स्वास्थ्य चौकी भवन सहित सिडि उद्घाटन

१४ नं वडा साउनेको प्रसुती स्वास्थ्य चौकी भवन सहित सिडि उद्घाटन

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, साउन ५ त्रियुगा नगरपालिका वडा नं १४ साउनेमा रहेको प्रसुती स्वास्थ्य भवनको उद्घाट त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरीले सोवार गर्नुभएको छ । स्थानीय सरकारको प्रमुख नाराहरु मध्यको एक प्रमुख क्षेत्र स्वास्थ्य पनि हो । सोही अनुसार नै जनताको माग र जनताहरुको स्वास्थय सहजिकरणमा निर्माण भएको भवनको उद्घाटन कार्यक्रमको आयोजना १४ नं वडाले गरेको थियो । भवन उद्घाटन सँगै आर्थिक बर्ष ०७७÷०७८ मा नगरपालिकाको जनतासँग मेयर कार्यक्रम अन्तरगत बिनियोजित बजेटबाट दुई सय ५२ मिटर लम्बाई भएको सिडी बाटोको पनि उद्घाटन गरिएको छ । सो सिडि पनि १० लाखमा निर्माण गरिएको थियो । टुवाईले सहित ४ कोठा रहेको भवनको सोमबार त्रियुगा नगरपालिकाका मेयर बलदेब चौधरीले उद्घाटन गरेका थिए । त्रियुगा नगरपालिकाको आर्थिक तथा प्राबिधिक सहयोगमा भवन निर्माण भएको वडाअध्यक्ष कुरुङ राईले बताए । अध्यक्ष राईका अनुसार भवन उद्ध...
जन्मजात आँखा देख्न नसकिरहेका एक बालको मोतिविन्दु शल्यक्रिया पछि ज्योति फर्कियो

जन्मजात आँखा देख्न नसकिरहेका एक बालको मोतिविन्दु शल्यक्रिया पछि ज्योति फर्कियो

समाचार
पूर्णपुष्टि, साउन ५ मोतिविन्दुको शल्यक्रियाले बिरगन्जका १० बर्षिय एक बालकले आँखा देख्न थालेको छ । जन्मजातमै आँखा बन्द भएको पर्साको पर्सागढी नगरपालिकाका–६ का १० वर्षीय उज्वलकुमार रायको गुमेको आँखाको ज्योति फर्किएको छ । उनले सानैदेखि देब्रे आँखा देख्दैनथे । कमजोर आर्थिक अवस्थाका कारण परिवारले राम्रोसँग उपचार गराउन सकिरहेका थिएनन् । समय–समयमा अभिभावकले वीरगञ्जका विभिन्न अस्पतालमा आँखा जाँच गराउने गरे पनि समस्या यथावत् थियो । वरिष्ठ नेत्र सर्जन डा. अमृत आचार्यको टोलीले सानो चिरा मोतीबिन्दु शल्य चिकित्सा (एमएसआईसिएस) विधिबाट शल्यक्रिया गरेर उनको आँखाको ज्योति फर्काइदिएका छन् । असार २२ गते गरिएको शल्यक्रियापछि अब उनी दुवै आँखा राम्रोसँग देख्न सक्ने भएका छन् । छोराकोे एउटा आँखाले देख्न नसक्ने कुरा आफुहरुलाई पाँच वर्षको उमेरमा मात्रै थाहा भएको बाबु रामनारायाणले बताए । ‘जन्मजात नै समस्या र...
हुरेण्डेको आयोजनामा उदयपुरका २७४६ लाई राहत र १०२८ परिवारलाई सर्वोत्तम पिठो बनाउने सामाग्री वितरण

हुरेण्डेको आयोजनामा उदयपुरका २७४६ लाई राहत र १०२८ परिवारलाई सर्वोत्तम पिठो बनाउने सामाग्री वितरण

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, साउन ५ मानव अधिकार र वातावरण विकास केन्द्र (हुरेण्डेक) उदयपुरले कोरोना बाट प्रभावित परिवारहरुको पहिचान गरी राहत तथा स्वास्थ्य आहारा वितरण कार्यक्रमको आयोजना गरेको छ । वल्र्ड भिजन इन्टरनेशनलको आर्थिक सहयोग स्थानीय सरकार तथा स्वास्थ्य केन्द्रहरुको समन्वय र हुरेण्डेकको आयोजनामा जिल्लामा रहेको ६ ओटा पालिकाहरुमा राहत तथा सर्वोत्तमको लागि सामाग्री वितरण गरिएको हो । कोरोना भाईरसको चपेटामा परेका उदयपुरका करिब १०२८ घर परिवारलाई सर्वोत्तमको सामाग्री र २७४६ परिवारलाई राहत वितण गरिएको हुरेण्डेक, उदयपुरको अध्यक्ष शंकर बहादुर थापाले बताउनुभयो ।कोरोना भाईरसको चपेटामा परेका उदयपुरका करिब १०२८ घर परिवारमा राहत तथा पौष्टिक आहाराका लागि आवश्यक सर्वोत्तम पिठो बनाउने सामाग्री वितण गरिएको हुरेण्डेक, उदयपुरको अध्यक्ष शंकर बहादुर थापाले बताउनुभयो । कार्यक्रममा राहत प्याकेजहरुमा (चामल (मन्...
गाईघाट बाट करछलीको अबैध कोल्ड्रिङको सामानहरु बरामद, सामान छुटाउन प्रहरीलाई २५ हजार घुस दिने वस्नेत पक्राउ

गाईघाट बाट करछलीको अबैध कोल्ड्रिङको सामानहरु बरामद, सामान छुटाउन प्रहरीलाई २५ हजार घुस दिने वस्नेत पक्राउ

समाचार
पूर्णपुष्टि, साउन ५ उदयपुरको गाईघाटमा करछली ल्याएको अबैध कोल्ड्रिङको सामान प्रहरीले बरामद गरेको छ । आईतबार गाईघाटको त्रियुगा बसपार्क बाट ज १ च १५४६ नं को बुलेरो बाट कोल्ड्रिङका बिभिन्न पिय पदार्थ र अन्य सामाग्रीहरु सहित करिब १ लाख २० हजार ५ सय बराबरको सामाग्री बरामद भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । गोर्खा स्ट्रङ वियर -७२ पिस ( ६ काटुन ) रकस्टार वियर -१४४ पिस (१२ काटुन) दिलवाले नामक रक्सि -३६०पिस ( १२ काटुन) गोल्डेन वके 375 ML को २४ पिस, गोल्डेन वके 180 ML को ८पिस , 8848- ७५० ML को ९ पिस, 8848 १८० ML को ३० पिस, पुकार Apple 180 ML को ६० पिस, डिउ 700 ML को ४८ पिस,  बदाम जुस 180 ML को ४८ पिस, फ्रुटि 200 ML को १२० पिस, फ्रुटि 2५० ML को ७२ पिस,  मोटु पतलु चाउचाउ ११ काटुन, अमृत प्लस गुड्का १३ पोका, कबिर सुर्ती ४ पोका, Funcentorबिस्कुट १ काटुन, थुक्पा १ काटुन, centerprute३ बट्...
उदयपुरमा हिजो र आज गरी ३३ कोरोना संक्रमित थपिए

उदयपुरमा हिजो र आज गरी ३३ कोरोना संक्रमित थपिए

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, साउन ४ उदयपुरमा हिजो र आज गरी ३३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्या कार्यालय उदयपुरका अनुसार २० पुरुष र १३ महिलामा संक्रमण पुष्टि भएको हो । योसँगै जिल्लामा कुल संक्रमितको संख्या २ हजार ६९० जना पुगेको छ । आज बेलका, चौदण्डीगढी, त्रियुगा र कटारी नगरपालिकाका साथै ताप्ली गाउँपालिकामा संक्रमण देखिएको हो । बेलकामा ९ पुरुष र ५ महिला गरी १४ जना, चौदण्डीमा ३ पुरुष र ४ महिला गरी ६ जना, त्रियुगामा १ पुरुष र २ महिला गरी ३ जना, कटारीमा ४ जना पुरुष र ताप्लीमा ३ पुरुष र ३ महिला गरी ६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्या कार्यालयले जनाएको छ । जिल्लामा ११९ पुरुष र १०१ महिला गरी २२० जना संक्रिय संक्रमित रहेका छन् । जिल्लामा कोरोना निको हुनेको संख्या १ हजार ३०० पुरुष र १ हजार १२० महिला गरी २ हजार ४२० जना कोरोना मुक्त भएको स्वास्थ्या कार्यालयको तथ्याङकमा उल्लेख...
प्रकृतिले भरिपूर्ण रौतासुकेपोखरी ओझेलमा

प्रकृतिले भरिपूर्ण रौतासुकेपोखरी ओझेलमा

समाचार
पूर्णपुष्टि, साउन ४ उदयपुरकोक रौतामाई गाउँपालिकामा एक प्रकृतिक सुन्दरताले भरिएको रौतासुकेपोखरी ओझेलमा परेको छ । जिल्लाको रौतामाई गाउँपालिकाको वडा नं ५ स्थित सुकेपोखरी हेर्दामात्र पनि मनमोहक छ । ठूलठूला चार भञ्ज्याङको बीचमा बटुको जस्तै असमान्य किसिमको खाल्डो छ । प्रचार प्रसारको अभावले ओझेलमा परेको सो ठाउँ देख्ने जो कोही यति ठूलो खाल्डो कसरी भयो भनेर आश्चर्यमा पर्ने गर्छन् । स्थानीयले भने सो ठाउँलाई प्रकृतिको उपहार मानेका छन् । सो पोखरी अहिले उनीहरुकै संरक्षणमा रहेको छ । स्थानीय कैलाश राईका अनुसार वर्षातको बेला पानी जमिन्छ । टनाटन भरिदा एकबाँस, दुईबास पनि डुब्छ । स्थानीयहरु त्यहाँ प्रकृतिको उपहार ठान्दै वर्षातमा पौडी खेलेर रमाउछन् भने हिउँदमा खाल्डोभित्रै फुटबल, भलिबल खेलेर रमाउँछन् । स्थानीय युवाहरुले हरेक बर्ष त्यहाँ भलिबल प्रतियोगिता नै आयोजना गर्ने गरेका छन् । ठूलो आकारको आल्डो रहे...