कटारी ट्राफिक प्रहरीको मानविय सहयोग, पैसा नभएर सडकमा अलपत्र परेका बृद्ध आमालाई गाडी चडाएर पठाए
पूर्णपुष्टि, साउन ६
पहिले प्रहरी भन्ने बित्तिकै डर लाग्थ्यो तर आज आफुलाई समस्या परेको बेला प्रहरीले नै गरेको सहयोग देखेर प्रहरीहरु निकै सहयोगी हुदारैछन् भन्ने थाहा पाए, यो भनाई ओखलढुङगा हिडेकी एक बृद्ध आमाको हो ।
गाडी चड्ने पैसा नभएकै कारण गाडीले गन्तव्य सम्म पुराउन नमान्दा ओखलढुंगा सम्म हिडेकी एक बृद्ध आमा कटारीको सडकमै घण्टौँ देखि अलपत्र अवस्थामा थिईन् । घण्टौँ सम्म सडको छेउमा बसेर गाडी रोक्दै आफुलाई ओखलढुंगा पुराईदिन अनुरोध गरिरहिन् तर कुनै पनि गाडीले लान मानेन् । कुनै पनि गाडीले लान नमाने पछि अलपत्र अवस्थामा रहेकी ती आमालाई डिउटिमा खटिरहेका स्थाइ ट्राफिक प्रहरी पोष्ट कटारीका ट्राफिक हवल्दार चन्द्र श्रेष्ठ लगायतका ट्राफिकहरुले सोधपुछ गर्यो । ती आमा सँग गाडी भाडा थिएन रहेछ भडा नभएकै कारण ओखलढुंगा हिडेकी ती आमालाइ कुनै पनि गाडीले लान नमानेको बुझियो । आमाको त्यो समस्या पत्ता लाग्ने ...









