Sunday, May 17News That Matters

Month: ५ वर्ष अगाडि

उदयपुरमा संक्रमणदर पुन: बढ्यो, २८ संक्रमित थपिए, १ जनाको मृत्यु

उदयपुरमा संक्रमणदर पुन: बढ्यो, २८ संक्रमित थपिए, १ जनाको मृत्यु

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, साउन ७ उदयपुरमा लकडाउन खुकुलो भएसँगै कोरोना संक्रमितको संख्या पुन: बढ्न थालेको छ । आज (विहिबार) थप २८ जनामा संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका अनुसार १५ महिला र १३ पुरुष गरी २८ संक्रमित थपिएको हो । योसँगै जिल्लामा संक्रमितको संख्या २ हजार ७ सय ३३ जना पुगेको छ । स्वास्थ्य कार्यालयका अनुसार चौदण्डीगढी, बेलका र कटारी नगरपालिकाका साथै रौतामाई र ताप्ली गाउँपालिकामा संक्रमित थपिएको हो । आज सबै भन्दा बढी चौदण्डीगढीमा संक्रमण देखिएको छ । चौदण्डीगढीमा ९ महिला र ६ पुरुष गरी १५ जनामा संक्रमित भएका छन् । त्यस्तै, बेलकामा ३ महिला र ३ पुरुष गरी ६ जना, कटारीमा २ पुरुष, रौतामाईमा २ महिला र २ पुरुष गरी ४ जना र ताप्लीमा १ महिलामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्लामा थप एक कोरोना संक्रमितको ज्यान गएको छ । ताप्ली गाउँपालिका वडा नम्बर ५ क...
उदयपुरमा फेरी खतराको घण्टी बज्यो, ताप्लीमा कोरोना संक्रमित एक पुरुषको मृत्यु, मृतकको संख्या ५२ पुग्यो

उदयपुरमा फेरी खतराको घण्टी बज्यो, ताप्लीमा कोरोना संक्रमित एक पुरुषको मृत्यु, मृतकको संख्या ५२ पुग्यो

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, साउन ७ उदयपुरको ताप्ली गाउँपालिकामा कोरोना संक्रमित एक पुरुषको ज्यान गएको छ । ताप्ली गाउँपालिका वडा नम्बर ५ का ७८ वर्षीय वृद्धको कोरोना संक्रमणबाट ज्यान गएको हो । ताप्लीमा कोरोनाबाट मृत्यु भएको यो नै पहिला घटना रहेको छ । योसँगै जिल्लामा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ५२ पुगेको छ । ७८ वर्षीय वृद्धको कट्हरे आइसोलेसन ताप्लीमा उपचारको क्रममा ज्यान गएको जिल्ला स्वास्थ्या कार्यालय उदयपुरले जनाएको छ ।...
भालुको आक्रमणबाट एक युवाको ज्यान गयो

भालुको आक्रमणबाट एक युवाको ज्यान गयो

समाचार
पूर्णपुष्टि, साउन ७ भालुको आक्रमणबाट एक ४६ वर्षीय युवाको ज्यान गएको छ । चितवनको माडी नगरपालिका–१ पाण्डवनगर निवासी राजकुमार बोटको जंगली भालुको आक्रमणबाट ज्यान गएको हो । बुधबार विहान तामाको मुना खोज्न गएका बोट घर नफर्किएपछि खोजी गर्ने क्रममा विहीबार बिहान माडीको देउता खोलाको किनारमा उनको शव भेटिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । मृतकको बायाँ आँखामाथि ठूलो चोट लागेको र शवको मुचुल्का उठाइ पोष्टमार्टमका लागि भरतपुर पठाइएको ईलाका प्रहरी कार्यालय माडीका प्रहरी निरीक्षक झलक पौडेलले जानकारी दिनुभयो ।...
मोरङमा ओली समूहको कार्यक्रम सुरुहुनु १ घण्टा अगाडी स्थलमा तोडफोड

मोरङमा ओली समूहको कार्यक्रम सुरुहुनु १ घण्टा अगाडी स्थलमा तोडफोड

समाचार
पूर्णपुष्टि, साउन ७ मोरङको उर्लाबारी–८ मा नेकपा एमालेको ओली समूहले आयोजना गरेको नगरस्तरीय विस्तारित बैठकका लागि तयार गरिएको हलमा तोडफोड भएको छ । उर्लाबारीको एभरेष्ट फनपार्कमा नगरस्तरीय विस्तारित बैठक बोलाइएको थियो । बिहीबार १२ बजे कार्यक्रम सुरु गर्ने तयारी भएकोमा अज्ञात समूहले ११ बजे कार्यक्रमस्थल तोडफोड गरेको हो । बैठक सुरु हुँनु अघि कार्यक्रम स्थलमा भएको कुर्सी तोडफोड भएको ओली समूहका नगर संयोजक उमाकान्त गौतमले जानकारी दिनुभयो । उनका अनुसार कसले तोडफोड गर्याे भन्ने टुङ्गो छैन । ओली समूहले माधवकुमार नेपाल पक्षले तोडफोड गरेको हुनसक्ने आशंका गरेको छ । तर माधव समूहका नगर अध्यक्ष गंगा बास्तोलाले ओली समूह भित्रकै असन्तुष्ट समूहले तोडफोड गरेको बताउनुभयो ।...
मोबाइल चार्ज गर्ने विषयमा झगडा, १४ वर्षीय कपिलले गरे १३ वर्षीय सन्दीको हत्या

मोबाइल चार्ज गर्ने विषयमा झगडा, १४ वर्षीय कपिलले गरे १३ वर्षीय सन्दीको हत्या

समाचार
पूर्णपुष्टि, साउन ७ मोबाइल चार्जको विषयलाई लिएर झगडा हुँदा दाईले भाईको हत्या गरेका छन् । सल्यानको बनगाड कुपिण्डे नगरपालिका–५, खैरागारका १४ वर्षीय कपिल परियारले १३ वर्षीय सन्दीप परियारको हत्या गरेका हुन् । दुई बालकले आपसी झगडा गर्दा भाइ सन्दीपको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी अर्जुन पौडेलले जानकारी दिनभयो । पौडेलका अनुसार घटनापछि कपिललाई प्रहरीले नियन्त्रणमा लिएको छ । सन्दीप र कपिलबीच मंगलबार साँझ मोबाइल चार्ज गर्ने विषयमा सामान्य विवाद् भएको र सोही विवादले हत्याकै रुप लिएको प्रहरीले जनाएको छ । विवाद्पछि कपिलले सन्दीपलाई हिर्काएको मुडीले कन्चटमा लागेपछि सन्दिप बेहोस् भएका थिए । बेहोस सन्दीपलाई उपचारका लागि बाँकेको नेपालगञ्ज मेडिकल कलेज कोहलपुर पु¥याइएको उपचारका क्रममा बुधबार दिउँसो उनको ज्यान गएको प्रहरीले जनाएको छ । कपिल र सन्दीप सहोदर दुई दाजुभाइका...
प्रतिबन्धित औषधीसहित २ जना पक्राउ

प्रतिबन्धित औषधीसहित २ जना पक्राउ

समाचार
पूर्णपुष्टि, साउन ७ सुनसरी धरानको छुट्टा छुट्टै स्थानबाट प्रतिबन्धित औषधीसहित दुई जना पक्राउ परेको छ । धरान १० मा सटर भाडा लिई जनता ग्यारेज संचालन गरी बस्ने सोही स्थानका ३० वर्षीय नविन चौधरी पक्राउ परेको हो । हिजो बेलुका ४ बजे ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले चौधरीको ग्यारेजमा  चेकजाँच गर्ने क्रममा लुकाई छिपाई राखेको प्रतिबन्धित औषधी स्पास्पाइन– १००० ट्याब्लेट, औपताब–५०– ४०० ट्याब्लेट र ट्रामाडोल ह्याड्रोक्लोराइड–२२ ट्याब्लेटसहित उनलाई नियन्त्रणमा लिईएको छ । त्यस्तै, हिजो राती साढे ११ बजे धरान–१६ नौलो बस्तीका २४ वर्षीय प्रभु साहलाई स्पास्पाइन– १४५ ट्याव्लेट, र ट्रामाडोल– १६३ ट्याब्लेटसहित पक्राउ गरिएको छ । पक्राउ परेका दुबैजना उपर ईलाका प्रहरी कार्यालय धरानबाट थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।...
देशभर थप २,८३८ जनामा संक्रमण पुष्टि, थप ३० जनाको मृत्यु

देशभर थप २,८३८ जनामा संक्रमण पुष्टि, थप ३० जनाको मृत्यु

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, साउन ६ वितेको २४ घण्टामा थप २,८३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै देशभर  संक्रमितको कुल संख्या ६ लाख ७२ हजार ८७१ पुगेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुुसार ८,७१५ पीसीआर परीक्षणमा १,९१८ र ३,९०१ एन्टिजेन परीक्षणमा ९३१ जना गरी २,८३८ जनामा संक्रमण पुष्टि भएको छ । वितेको २४ घण्टामा थप ३० जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । योसँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेकोे संख्या ९ हजार ६३७ जना पुगेको मन्त्रालयले जनाएको  छ । वितेको २४ घण्टामा देशभर १,४७५ जनाले कोरोनालाई जितेर घर फर्किएसँगै देशभर कोरोना हुनेको संख्या ६ लाख ३६ हजार ४०२ जना पुगेको हो । मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या २६ हजार ८३२ जना रहेका छन् । जसमध्ये २४ हजार ३४० जना होम आइसोलेसनमा रहेका छन्, भने २ हजार ४९२ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिर...
८१ किलो गाँजासहित १ जना पक्राउ

८१ किलो गाँजासहित १ जना पक्राउ

समाचार
पूर्णपुष्टि, साउन ६ ८१ किलो लागुऔषध गाँजासहित एकजनालाई प्रहरीले मकवानपुर मनहरीबाट पक्राउ गरेको छ । मनहरी गाउँपालिका–८ सिमपानीबाट प्रहरीले सो सिरमाणको गाँजासहित ट्रक र ट्रकका चालकलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । ट्रक चालक मकवानपुर राक्सिराङ गाउँपालिका–४ बस्ने वर्ष ४२ को बाबुराम नेगीलाई प्रहरीले पक्राउ गरेको हो । पूर्वपश्चिम राजमार्ग अन्तर्गत सिमपानी क्षेत्रको सडकमा शंकास्पद रुपमा रोकीराखेको ना ८ ख ८२८४ नम्बरको ट्रकलाई चेकजाँच गर्दा उक्त ट्रकको ढालामा लुकाई छिपाई राखेको लागुऔषध गाँजा ८१ किलो ३ सय ५० ग्राम फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरिक्षक जयश्वर रिमालले जानकारी दिनुभयो । ईलाका प्रहरी कार्यालय मनहरी मकवानपुरबाट खटिएको प्रहरी टोलीले आज बुधबार विहान २ः४५ बजेको समयमा उक्त ट्रकबाट सो परिमाणमा लागु औषध गाँजा फेला परेको प्रहरी ना...
निषेधाज्ञाको समयमा ६३ जिल्लामा ओरेकले गरेको सरवेक्षणले ६८० महिला तथा बालिकामाथि हिंसा भएको तथ्याङक सार्वजनिक

निषेधाज्ञाको समयमा ६३ जिल्लामा ओरेकले गरेको सरवेक्षणले ६८० महिला तथा बालिकामाथि हिंसा भएको तथ्याङक सार्वजनिक

समाचार
पूर्णपुष्टि, साउन ६ ‘महिला पुर्नस्थापना केन्द्र’ ओरेकले निषेधाज्ञाको समयमा ६३ जिल्लामा ओरेकले गरेको सरवेक्षणले ६८० महिला तथा बालिकामाथि हिंसा भएको तथ्याङक सार्वजनिक गरेको छ । वैशाख १६ गते निषेधाज्ञा शुरुवात भएदेखि २०७८ असार ३१ गते सम्ममा घरेलु हिंसा, बलात्कार, यौन दुव्र्यवहार, हत्या,मानव बेचविखन, आत्महत्या लगाएतका हिंसा महिला तथा बालिकामाथि भएको तथ्याङक ओरेकले सार्वजनिक गरेको हो । गएको २ हप्तामा मात्र (असार १६ देखि असार ३१ गते सम्म) १७६ जना महिला तथा बालिकामाथि हिंसा भएको तथ्याँकले देखाएको छ । निषेधाज्ञाको समयावधिमा अभिलेखिकरण भएका ६८० वटा घटनाहरुमध्ये सबैभन्दा बढी ३४१ वटा घरेलु हिंसाका घटनाको तथ्याँक संकलन भएका छन्, (५० प्रतिशत हिंसा घर भित्रै भएको ओरेकले सार्वजनिक गरेको तथ्याँकले देखाएको छ । घरेलु हिंसाका घटना मध्ये १६८ वटा शारीरिक हिंसा (४९ प्रतिशत), ५८ वटा गालीगलौज वा मानसिक हिंस...
उदयपुरमा कोरोना संक्रमणदर घट्ने क्रममा १ जना संक्रमितको मृत्यु, मृतकको संख्या ५१ पुग्यो

उदयपुरमा कोरोना संक्रमणदर घट्ने क्रममा १ जना संक्रमितको मृत्यु, मृतकको संख्या ५१ पुग्यो

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, साउन ६ उदयपुरमा कोरोना संक्रमितको संख्या घट्न थालेको छ । आज (वुधबार) थप दुईजनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका अनुसार २ जना पुरुषमा संक्रमण पुष्टि भएको हो । योसँगै जिल्लामा संक्रमितको कुल संख्या २ हजार ७ सय ५ जना पुगेको छ । स्वास्थ्य कार्यालयका अनुसार आज त्रियुगा र चौदण्डीगढी नगरपालिकाका एक–एक जना पुरुष गरी दुई जनामा संक्रमण पुष्टि भएको छ । त्रियुगा नगरपालिका वडा नं. ४ का ३० वर्षीय पुरुषमा संक्रमण देखिएको छ, भने चौदण्डीगढी नगरपालिका वडा नं. ३ का ३६ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयको तथ्याङकमा उल्लेख छ । त्यस्तै, जिल्लामा कोरोनाबाट थप एक जना पुरुषको ज्यान गएको छ । उक्त पुरुषको उमेर र वडा स्वास्थ्य कार्यालयको तथ्याङकमा उल्लेख गरिएको छैन । जिल्लामा आज कोरोना जितेर थप २१ जना घर फर्किएसँगै कोरोना मुक्त हुन...