Sunday, May 17News That Matters

Month: ५ वर्ष अगाडि

करेन्ट लागेर २ जनाको ज्यान गयो

करेन्ट लागेर २ जनाको ज्यान गयो

समाचार
पूर्णपुष्टि, साउन ३ सुनसरीका दुई छुट्टाछुट्टै स्थानमा करेन्ट लागेर दुई जनाको ज्यान गएको  छ । बराहक्षेत्र नगरपालिका–२ का २९ वर्षीय कृष्ण घिमिरेको शनिवार दिउँसो करेन्ट लागेर ज्यान गएको हो । आफ्नै घर वरीपरी हात्ती रोक्नका लागी लगाईएको फलामको तारमा छुँदा अचानक करेन्ट लागेर घाईते भएका घिमिरेको उपचारको क्रममा बि.पी. कोईराला स्वास्थ्य बिज्ञान प्रतिस्ठान धरानमा ज्यान गएको प्रहरीले जनाएको छ । यसैगरी, ईटहरी–१७  का मनोज खत्रीको पनी करेन्ट लागेर ज्या गएको छ । शनिवार साँझ ६ बजेको समयमा घर नजिकै रहेको माछा पोखरीमा करेन्ट लगाई माछा मार्ने क्रममा अचानक आफैलाई करेन्ट लागेर घाईते भएका खत्रीलाई उपचारको लागी बिराट टिचिङ हस्पिटल बिराटनगर लगिएकोमा उपचारको क्रममा बेलुका ७ बजे जयान गएको  हो । दुबै घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।...
भरुवा बन्दुकसहित १ जना पक्राउ

भरुवा बन्दुकसहित १ जना पक्राउ

समाचार
पूर्णपुष्टि, साउन ३ पाँचथरमा भरुवा बन्दुकसहित एकजना पक्राउ परेका छन् । फिदिम नगरपालिका–९ लुम्फाबुङका ३० वर्षीय शुक्रराज राई भरुवा बन्दुकसहित पक्रउ परेको हो  । प्रहरी चौकी नवमीडाँडाबाट खटिएको प्रहरी टोलीले शनिवार दिउँसो लोड भएको १ थान भरुवा बन्दुकसहित राईलाई पक्राउ जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । हतियारसहित पक्राउ परेका राईको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।...
मोटरसाईकल दुर्घटना चालकको ज्यान गयो

मोटरसाईकल दुर्घटना चालकको ज्यान गयो

समाचार
पूर्णपुष्टि, साउन ३ पाँचथरको कुम्मायक गाउँपालिका–३ तमोर करिडोर सडकखण्डमा शनिवार दिउँसो भएको मोटरसाईकल दुर्घटनामा परी चालकको ज्यान गएको छ । चालक म्याङलुङ नगरपालिका–१ का ४५ वर्षीय याम बहादुर लिम्बुको ज्यान गएको हो । कार्तिकेबाट तेह्रथुम तर्फ जाँदै गरेको को २८ प ६८११ नम्बरको मोटरसाईकल आफै अनियन्त्रीत भई दुर्घटना हुँदा चालक लिम्बुको घटना स्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।...
खेत जोत्ने क्रममा ट्याक्टर पल्टिदा चालकको ज्यान गयो

खेत जोत्ने क्रममा ट्याक्टर पल्टिदा चालकको ज्यान गयो

समाचार
पूर्णपुष्टि, साउन ३ साउनको समयमा खेत जोत्ने क्रममा ट्याक्टर अचानक आफै अनियन्त्रीत भई पल्टिदा चालकको ज्यान गएको छ । चितवन भरतपुर महानगरपालिका–५ कैलाशनगरका ३४ वर्षीय सन्दीप मगरको ट्याक्टर पल्टिदा ज्यान गएको हो । सो स्थानका चन्द्र सिग्देलको खेतमा जोत्ने क्रममा ना ४ त ३१५२ नम्बरको ट्याक्टर पल्टिँदा ट्याक्टर चालक मगर गम्भीर घाइते भएका थिए । ट्याक्टर पल्टिएपछि गम्भीर घाइते भएका मगरको उपचारको क्रममा भरतपुर अस्पतालमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।...
कटारीका मेयर ,उपमेयरद्वारा साकेला थानमा आवश्यक सहयोग गर्ने प्रतिवद्धता

कटारीका मेयर ,उपमेयरद्वारा साकेला थानमा आवश्यक सहयोग गर्ने प्रतिवद्धता

समाचार
पूर्णपुष्टि, साउन २ कटारी र उदयपुरको कटारी नगरपालिकाका प्रमुख मेयर ज्ञानेन्द्र श्रेष्ठले संस्कृतिको विकास गरे सकारात्मक शन्देस जाने बताउनुभएको छ । आज कटारी ३ स्थित किरात राई समुदायको निर्माणाधिन साकेला थानको किरात माङ्खिम घर , साकेला थान , साकेला पार्कको अनुगमन गर्दै मेयर श्रेष्ठले भौतिक विकाससँगसँगै संस्कृतिको विकासले सकारात्मक शन्देस जाने बताउनुभयो । साकेला थानमा आवश्यक शौचालय , पार्कका लागि अन्य आवश्यक संरचना निर्माणमा सहयोग गर्ने प्रतिवद्धता जनाउँदै मेयर श्रेष्ठले यहाँका सबै जातजातिहरुको संस्कृतिको जगेर्ना गर्न आफु तत्पर रहेको र लागि परिहेको बताउनुभयो । त्यसैगरी सोही थानमा अनुगमनमा पुग्नु भएका उपमेयर भिमकुमारी राउतले साकेलामा महिलाहरुको पनि धेरै सहभागिता रहने भएकाले महिलाहरुका लागि आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो । त्यहाँ अहिले उदयपुर निर्वाचन क्षेत्र नम्बर २ बाट निर्...
त्रियुगा नगरपालिका २ सनुवा र नमुना टोलमा फेरी बाढी आतंक, लगाइएको बाँध फेरी भत्कियो

त्रियुगा नगरपालिका २ सनुवा र नमुना टोलमा फेरी बाढी आतंक, लगाइएको बाँध फेरी भत्कियो

समाचार
पूर्णपुष्टि, साउन २ त्रियुगा नगरपालिका २ सनुवा र नमुना टोलमा फेरी बाढीले क्षती पुराएको छ । गत शनिवारको बाढीले पनि त्यस बस्तीहरुमा असर पुराएको थियो । पहिले नै पानी छिरेर वस्ती डुवान भएको त्यस ठाउँमा खोला छेक्ने दरिलो बाँध नहुदा बर्षाको बेला बराम्वार स्थानीयहरुले सास्ती खेप्दै आईरको छ ।सुक्लाई खोलाको बाढी नमुना टोल छिरेपछि स्थानीयहरुलाई समस्या बनाएको छ । पहिले वडाध्यक्ष सहित स्थानीयहरु मिलेर लगाएको बाँध फेरी बत्किएको छ । स्थानीय सरकारहरुले त्यस क्षेत्रलाई ध्यानमा राखी बाढी रोकथामा दरिलो बाँध निर्माणमा ध्यान नपुराउँदा बाराम्वार बस्ती डुवानमा परेको स्थानीय सविता वस्नेतले जानकारी दिईन् । यता सनुवा खोला पनि वस्तीमा छिरेर सनुवाका वासिन्दाहरुलाई डुवानमा पारेको छ । केहि हद सम्म पानी पर्ने वित्तिकै पानी वस्ती तर्फ लाग्ने र क्षती पुराउने गरेको स्थानीयहरुको भनाई छ । आजै मात्र परेको पानी वस्ती तर्फ ...
शनिवारको अविरल बर्षाका कारण बरुवा खोलामा आएको बाढी फोटो फिचर

शनिवारको अविरल बर्षाका कारण बरुवा खोलामा आएको बाढी फोटो फिचर

समाचार
पूर्णपुष्टि, साउन २ शनिवारको अविरल बर्षाका कारण बरुवा खोलामा ठुलो बाढी आएको छ । साथै पानिका कारण त्रियुगा, बरुवा र अन्य खोलाहरुमा बाढी आउनुका साथै कयौँ बस्तीहरु समेत डुवानमा परेको छ ।
झापा बाट ११ जना जुवाडे पक्राउ

झापा बाट ११ जना जुवाडे पक्राउ

समाचार
पूर्णपुष्टि, साउन २ झापा दमक नगरपालिका(७ हाटखोला स्थितबाट जुवा खेलिरहेको अवस्थामा ११ जना जुवाडे पक्राउ परेका छन । पक्राउ पर्नेमा झापा दमक(७ का ४० वर्षीय कर्ण वहादुर राई, ४४ बर्षीय गंगा पाठक, ४० बर्षीय राजन दाहाल रहेका छन । यसै गरी गौरादह(३ का ४२ वर्षीय दिनेश अधिकारी, ३४ वर्षीय अंकित कार्की, गौरादह(८ का ३८ वर्षीय ईन्दु कुमार राजवंशी रहेका छन । यस्तै  गौरादह(२ का ३२ वर्षीय निर्मल थापा, दमक(२ का ४२ वर्षीय राम वहादुर धिमाल, दमक(६ का ३३ बर्षीय विजय सिंह, सुनसरी ईटहरी(४ का ३५ बर्षीय विक्रम गुरुङ र ईटहरी १९ का २६ बर्षीय मिलन राई रहेका छन । हिजो बेलुका ६ बजे पक्राउ परेका मध्ये  कर्ण वहादुर राईको घरमा ठुलो रकमको बाजी राखी जुवा खेलिरहेको भन्ने बिशेष सुराकका आधारमा ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले उनिहरुलाई पक्राउ गरेको हो । जुवाको खालबाट प्रहरीले १६ थान कौडा र नगद २ लाख ८ ह...
युवाहरु कोरा च्यालेन्ज एकदिने साईक्लिङ यात्रामा निस्किए

युवाहरु कोरा च्यालेन्ज एकदिने साईक्लिङ यात्रामा निस्किए

खेलकुद, समाचार, स्वास्थ्य
पूर्णपुष्ट, साउन २ । उदयपुर जिल्ला साईक्लिङ संघले आज आयोजना गरेको “गाईघाट कोरा च्यालेन्ज २०२१” अन्तर्गत विहानै गाईघाट मुख्यचौकदेखि यात्रा अगाडी बढेको छ । त्रियुगा नगरपालिकाको सहयोग रहेको कोरा च्यालेन्ज ५० किलोमिटरको रहेको आयोजक सदस्य सन्तोष गुप्ताले जानकारी दिएका छन् । च्यालेन्ज अन्तर्गत ६ः३० बजे मुख्यचौकमा जम्माभई विहान ७ ः ०० बजे हिडेको यात्रा ८ ः ०० बजे चुहाडेमा वाटरब्रेक गर्नेछ । लन्चब्रेक सुकौरामा विहान ११ ः०० बजे राखिएको च्यालेन्ज फेरी फर्केर दिउसो २ ः०० बजे चुहाडे चौकमा आएर वाटरब्रेक गर्नेछ । दिउसो ३ ः०० बजे मुख्यचौकमा पुगेर समापन गर्नेछ । कार्यक्रमलाई ब्यवस्थित बनाउन संयोजनको भुमिका बाँडफाँट गरिएको छ । प्रमुख संयोजन संघका उदयपुर अध्यक्ष जितेन्द्र रोइलाको रहेको छ भने सहभागि संयोजनमा सन्तोष गुप्ता, यात्रा शुभारम्भको संयोजन राजनारायण साह, जाँदाको अवस्थामा चुहाडेमा वाटरब्रेकक...
त्रियुगा उद्योग बाणिज्य संघमा सल्लाहाकार समिति चयन

त्रियुगा उद्योग बाणिज्य संघमा सल्लाहाकार समिति चयन

समाचार
पूर्णपुष्टि, साउन १ त्रियुगा उद्योग बाणिज्य संघ गाईघाटका कार्यवाहक अध्यक्ष रमेश रसाईलीले सल्लाहाकार समिति चयन गरेका छन् । संघको संस्थापक अध्यक्ष रत्न बहादुर श्रेष्ठको संयोजकत्वमा ६ सदस्यीय सल्लाहाकार समिति चयन गरेको हो । सल्लाहकार सदस्यहरुमा भुतपूर्व अध्यक्ष रामचन्द्र गुप्ता, अर्का भुतपूर्व, अध्यक्ष सुर्य नारायण शाह, भुतपूर्व प्रथम उपाध्यक्ष भरत सिंह राई, भुतपूर्व माहासचिव बसन्त बस्नेत, भुतपूर्व सचिव केशव प्रसाद घिमिरे चयन भएका हु्न् । यसै गरी कानुनी सल्लाहकारमा सोमनाथ ढुंगाना चयन भएका छन् । रसाईलीको अध्यक्षतामा आज बसेको बैठकले सल्लाहाकार समिति चयन गरेको हो ।संस्थाको पाँच वर्षदेखि साधारण सभा नगरेको र बेरुजु फर्साैट नगरेको भन्दै संघका अध्यक्ष गजेन्द्र भगतलाई निलम्वन गरिएपछि रसाईली कार्यवाहक अध्ययक्ष रहेका छन् । यसैबिच अध्यक्ष भगतलाई निलम्वनको पत्र काटी हुलाक मार्फत पठाएकोमा बुझ्न नमान...