Sunday, May 17News That Matters

Month: ५ वर्ष अगाडि

उदयपुरमा कोरोना संक्रमणदर ह्वात्तै घट्यो

उदयपुरमा कोरोना संक्रमणदर ह्वात्तै घट्यो

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, साउन १  उदयपुरमा कोरोना संक्रमणदर ह्वात्तै घटेको छ । हिजो ९ जना संक्रमित थपिएका थिए, भने आज (शुक्रबार) ३ जनामा मात्रै संक्रमण पुष्टि भएको छ । आज थपिएका २ महिलार १ पुरुषसँगै जिल्लामा संक्रमितको संख्या २ हजार ६३४ जना पुगेको हो । जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका अनुसार आज थपिएका सबै संक्रमितहरु बेलका नगरपालिकाका रहेका छन् । आज कोरोना जितेर १५ महिला र ७ पुरुष गरी २२ जना घर फर्किएका छन् । योसँगै जिल्लामा कोरोना मुक्त हुनेको संख्या १ हजार ९८ महिला र १ हजार २७९ पुरुष गरी २ हजार ३७७ जना पुगेको हो । जिल्लामा संक्रिय संक्रमितको संख्या ९६ महिला र १११ पुरुष गरी २०७ जना रहेको स्वास्थ्य कार्यालयको तथ्याङकमा उल्लेख छ । स्वास्थ्य कार्यालयका अनुसार हालसम्म उदयपुरमा कोरोनाबाट १६ महिला र ३४ पुरुष गरी ५० जनाले ज्यान गुमाइसकेका छन् ।...
कटारीको तावाखोला कटान रोक्न ५ लाख ९३ हजारको जालीसहित घेराबार

कटारीको तावाखोला कटान रोक्न ५ लाख ९३ हजारको जालीसहित घेराबार

समाचार
पूर्णपुष्टि, साउन १   उदयपुरको कटारी नगपालिका–३ हडैयास्थितको तावाखोला कटान रोक्न जाली लगाएर घेराबार गरिएको छ । वर्षेनी आउने खोलाबाढीले स्थानीयहरु जोखिममा रहेका छन् । उक्त जोखिम कम गर्नका निम्ती नगर प्रमुख कोषबाट ५ लाख ९३ हजार र जनश्रमदानबाट घेराबार गरी जाली निर्माण गरिएको हो । जाली निर्माणपछि स्थानीयको करिब ८ सय बिघा जमिन तथा खोला छेउका बस्ती सुरक्षित हुने  तावाखोला नदी नियन्त्रण उपभोक्ता समितिले जनाएको छ । समितिका अनुसार नगर प्रमुख ज्ञानेन्द्र श्रेष्ठको मेयर कोषमार्फत र जनश्रमदान गरी जाली लगाइएको हो । आर्थिक वर्ष २०७७/७८ मा नगरपालिकाको कार्यालयमार्फत आह्वान गरिएको ठेक्का कुमार बुढाथोकीले १७ लाख रुपैयाँमा ठेक्का लिएका थिए । सो ठेक्कामध्येको केही ड्याम निर्माण गरिएको भएता पनि १५० मिटरमध्ये ५५ मिटर २०७७ असार साउनको बाढीले बगाएपछि स्थानीयमा जोखिम बढेको थियो । जोखिम मूल्यांकन गरी मेयर...
अवैध मोबाइल प्रयोगमा रोक लगाउने उद्देश्यले सफ्टवेयर लागू

अवैध मोबाइल प्रयोगमा रोक लगाउने उद्देश्यले सफ्टवेयर लागू

समाचार
पूर्णपुष्टि, साउन १ नेपालमा अवैध मोबाइलको प्रयोगमा रोक लगाउने उद्देश्यले सफ्टवेयर लागू गरिएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले आजदेखि विदेशमा चोरी भएका वा कर नतिरी नेपाल भित्रिएका मोबाइल सेटको प्रयोग निरुत्साहित गर्ने उद्देश्यले सफ्टवेयर लागू गरिएको हो । मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) लागू भएको र यो प्रणालीले नेपाल भित्रिएका अवैध मोबाइल बन्द गर्ने र वैध मोबाइल मात्रै सञ्चालन हुने प्राधिकरणले जनाएको छ । अब विदेशबाट किनेर वा उपहारका रुपमा आएका मोबाइलको आईएमईआई दर्ता गर्नु पर्ने छ । आईएमईआई नम्बर दूरसञ्चार प्राधिकरणको वेबसाइटमा गई दर्ता गर्न सकिन्छ । वेबसाइटबाट आफ्नो मोबाइलको आईएमईआई नम्बर दर्ता छ कि छैन भनेर पनि हेर्न सकिन्छ । तर दर्ता नभएका मोबाइल तत्काल बन्द हुँदैनन् । भन्सारबाट भित्रिएका मोबाइलको आईएमईआई नम्बर र प्रयोगकर्ता आफैंले दर्ता गराएको आईएमईआई नम्बर एमडीएमएसम...
त्रियुगामा ६० हजार बढि विरुवा रोपिने, पूर्वपश्चिम बरुवा बसपार्कबाट बृक्षरोपण सुरुवात

त्रियुगामा ६० हजार बढि विरुवा रोपिने, पूर्वपश्चिम बरुवा बसपार्कबाट बृक्षरोपण सुरुवात

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, साउन १ । क्लिन सिटि, ग्रीन सिटि शहर निर्माण अभियानको क्रममा आज हजारौं विरुवा बृक्षरोपण गरिएको छ । त्रियुगा नगरपालिकाले आजबाट १६ वटै वडालाई हरियाली बनाउन बृक्षरोपण थालेको हो । वडा नं. १३ को पूर्वपश्चिम बरुवा बसपार्कबाट बृक्षरोपणको सुरुवात गरिएको छ । आज एक समारोहको आयोजना गरी बृक्षरोपण थालिएको हो । बसपार्क क्षेत्रको खाली जमिनको ठूलो क्षेत्रमा बृक्षरोपण गरिएको हो । खाली चौरीको छेउछेउमा बृक्षरोपण गरी विरुवसुाले घेरा लगाइएको छ । नगरका मेयर बलदेव चौधरी, उपमेयर देवीकुमारी चौधरी, जिल्ला प्रहरी प्रमुख सुवासचन्द्र बोहोरो, सशस्त्र प्रहरी उपरिक्षक सुधिर सुवेदी, रणसार्दुल गण बोक्सेका गणपती अर्जुन बोहोरा, वडाध्यक्ष पशुपती चौधरीले एकसाथ विरुवा रोपेर हरित अभियानको सुरुवात गरेका छन् । सुरुवातीसंगै नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयबासीले चौरीको चारै कुना समेटेर पारेक...
भोलीबाट मनसुन सक्रिय हुने

भोलीबाट मनसुन सक्रिय हुने

समाचार
पूर्णपुष्टि, साउन १ जल तथा मौसम विज्ञान विभागले आज एक बुलेटिन निकालेर शनिबारबाट सोमबारसम्म मनसुन सक्रिय हुने जनाएको छ । न्यून चापीय रेखा नेपालको तराई भूभाग नजिक आउने तथा बङ्गालको खाडी अरेबियन सागरबाट जलवाष्प युक्त हावा प्रशस्त मात्रामा आउने सम्भावना रहेकाले देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम विभागले जनाएको छ । हाल देशभर सामान्य बदली रही प्रदेश नं १, प्रदेश नं २, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका एक दुई स्थानका हल्कादेखि मध्यम वर्षा भइरहेको छ । शनिबार देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम तथा सुदूरपश्चिम, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जनसहित भारी वर्षाको सम्भावना रहेको छ । देशका पहाडी भूभागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहनका साथै ठूला तथा साना नदी नाला र खोलामा पानीको सतह बढ्न सक्...
खोलाले बगाएर १८ वर्षीया एक किशोरीको ज्यान गयो

खोलाले बगाएर १८ वर्षीया एक किशोरीको ज्यान गयो

समाचार
पूर्णपुष्टि, साउन १ नुहाउन गएकी एक १८ वर्षीया किशोरीको खोलाले बगाएर ज्यान गएको छ । कैलालीको गोदावरी नगरपालिका–६ की आरती घर्ती मगरको सोही ठाउँको गौरीदेवी खोलामा नुहाउने क्रममा बगेर ज्यान गएको हो । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार उनी बगेको स्थानबाट केही तल शव फेला परेको थियोे । कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतिक बिष्टले किशोरी बगेर बेपत्ता भएको सूचना पाउनासाथ खटिएको प्रहरी टोलीले खोजी गर्दा किशोरी मृत अवस्थामा फेला परेको बताउनुभयो ।...
कृषि विकास बैंक गाईघाटका प्रवन्धकले उद्यमीलाई धम्क्याए , मानसिक तनाव दिएकाेमा संघद्वारा कारवाहीको माग

कृषि विकास बैंक गाईघाटका प्रवन्धकले उद्यमीलाई धम्क्याए , मानसिक तनाव दिएकाेमा संघद्वारा कारवाहीको माग

आर्थिक, समाचार
पूर्णपुष्टि, साउन १ । कृषि विकास बैंक शाखा कार्यालय गाईघाटका प्रवन्धक कृष्णकुमार कटुवालले एक युवा उद्यमीलाई धम्क्याउदै दुब्र्यवहार गर्नुका साथै मानसिक तनाव दिने गरेका छन् । दुरदर्शी रौतारानी आधुनिक खरायो फर्मका सञ्चालक हेमन्त भण्डारीलाई प्रवन्धक कटुवालले यस्तो ब्यवहार गरेका हुन् । घटनाको भत्सर्ना गर्दै घरेलु तथा साना उद्योग महासंघ उदयपुर, त्रियुगा नगर संघले विज्ञप्तीसमेत जारी गरेको छ । भण्डारी संघको त्रियुगा नगर कोषाध्यक्षसमेत हुन् । उनले त्रिनपा १० रातमाटेमा खरायाे फार्म ३ वर्षदेखि सन्चालन गरिरहेका छन् । प्रवन्धक कटुवालले मादकपदार्थ र लागुऔषध खाइस भन्दै अपशब्द प्रयोग गरी मानसिक तनाव दिएको पिडित युवाले बताएका छन् । फोनबाट बारम्बार तनाव दिने गरेको प्रवन्धक कटुवालले घरमै गएर समेत मानसिक तनाव दिएको बताएका छन् । युवा भण्डारीले दुईवर्षअघि सो बैंकबाट प्रक्रियागतढंगले सहुलियत कर्जा ७ ला...
लिफ्ट दिने बाहानामा महिलालाई बन्धक बनाएर बलात्कार, २ आरोपी पक्राउ, २ फरार

लिफ्ट दिने बाहानामा महिलालाई बन्धक बनाएर बलात्कार, २ आरोपी पक्राउ, २ फरार

समाचार
पूर्णपुष्टि,साउन १ लिफ्ट दिने बाहानामा एक १९ वर्षीया महिलालाई करणी गरेको आरोपामा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । लिफ्टको नाममा महिलालाई बन्धक बनाएर जबरजस्ती करणी गर्ने वीरगञ्ज–२१ बस्ने सुनिल महतो र पोखरिया नगरापलिका– ६ बस्ने २५ वर्षीय शिवबालक महतोलाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार पक्राउ परेका दुबै ट्रक चालक रहेका छन्, भने करणीमा संलग्न दुईजना अझै फरार रहका छन् । उनीहरुविरुद्ध जबरजस्ती करणी सम्बन्धी कसूरमा पर्सा जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान थालिएको पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालले बताउनुभयो । पीडित महिला १९ वर्षकी रुकुमकी हुन । उनले प्रहरीलाई बताएअनुसार असार २७ गते बिहान दुई वर्षको छोरासहित बुटवल जाने काठमाडौंको कलङ्की चोकमा सार्वजनिक सवारी साधन कुरी बसिरहेकी थिइन् । ना.५.ख.२८७० नम्बरको ट्रकका चालक सुनिलले...
मेयर, सिडियो, एसपी उत्रिए त्रियुगा सरसफाइमा

मेयर, सिडियो, एसपी उत्रिए त्रियुगा सरसफाइमा

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, असार ३१ ।  “स्वस्थ्य शिक्षित उद्यमशील हाम्रो शहर, समुन्नत समावेसी समृद्ध त्रियुगा नगर” भन्ने नारालाई सार्थक तुल्याउन त्रियुगा नगरपालिकाले विभिन्न कार्यक्रम गर्दै आएको छ । यसैक्रममा क्लिन सिटि, ग्रीन सिटि शहर निर्माण नगर सरसफाई अभियान २०७८ अन्तर्गत आज गाईघाट बजारमा सरसफाई कार्यक्रम भयो । सरसफाइमा त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरी, प्रमुख जिल्ला अधिकारी तुलसीराम सेढाई, जिल्ला प्रहरी प्रमुख एसपी सुवासचन्द्र बोहरा, सशस्त्र प्रहरी उपरिक्षक सुधिर सुवेदी, त्रियुगा नगरपालिकाका उपमेयर देवीकुमारी चौधरी आफै अग्रसर भएका थिए । बजार क्षेत्रमा फोहोरको अवस्था निकै देखिएपछि जसको घर अगाडी फोहोर थुपारिएको छ, त्यसै घरका मानिसलाई सफा गर्न लगाइ आगामी दिनमा फोहोर ब्यवस्थित पार्न अनुरोध गरिएको थियो । सडक छेकिने गरी र मानिस हिड्ने सडक पेटी मिचेर निर्माण तथा ब्यापारिक सामानहरु राखिएको पनि ...
उदयपुरमा नेपाल कम्युनिष्ट पार्टी विस्तारको विस्तारित बैठकबारे पत्रकार सम्मेलन

उदयपुरमा नेपाल कम्युनिष्ट पार्टी विस्तारको विस्तारित बैठकबारे पत्रकार सम्मेलन

समाचार
पूर्णपुष्टि, असार ३१ उदयपुरमा नेपाल कम्युनिष्ट पार्टी विस्तारको लागि बैठक बसिएको छ । जिल्लाको उदयपुरगढी गाउँपालिकामा २७ गते देखी २९ गते सम्म बसिएको बैठकमा बिभिन्न १५ ओटा निर्णयहरु तयार पार्दै बैठक बसिएको हो । बैठकले राजनैतिक, आर्थिक, सांगठनिक, सामाजिक र संघर्षको रुपमा दिएका दुरगामी महत्वलाई प्राथामिकता दिएको छ । बिहिबार गाईघाटमा पत्रकार सम्मेलन गर्दै पार्टी विस्तारको लागि ल्याएको एजेन्डाहरु बारे पार्टीले स्पष्ट पारेको हो ।बैठक जिल्ला संगठन समिति सेक्रेटरी लक्ष्मण पौडेलको अध्यक्षतामा पार्टीका केन्द्रिय सदस्य तथा जिल्ला ईन्चार्ज विवेक कुमालको प्रमुख अथित्यतामा सम्पन्न भएको हो । पार्टीले श्रमजीवी बर्गको अग्रतरता तथा जनप्रिय पार्टीको रुपमा परिचय दिँदै आएको छ ।  ...