Sunday, May 17News That Matters

Month: ५ वर्ष अगाडि

नेपालभर थप २,६७६ जनामा संक्रमण पुष्टि, ३३ जनाको मृत्यु

नेपालभर थप २,६७६ जनामा संक्रमण पुष्टि, ३३ जनाको मृत्यु

समाचार
पूर्णपुष्टि, असार ३१ वितेको २४ घण्टामा नेपालभर थप २ हजार ६७६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार २५६ पीसीआर परीक्षणमा १ हजार ७८२ र ४ हजार ५१२ एन्टिजेन परीक्षणमा ८९४ जना गरी २ हजार ६७६ जनामा संक्रमण पुष्टि भएको हो । आज थपिएका संक्रमितसंगै देशभर ७ लाख ९ हजार ४३७ जना पुगेको छ । वितेका २४ घण्टामा थप ३३ संक्रमितको ज्यान गएको छ । योसँगै देशभर ज्यान गुमाउनेको संख्या ९ हजार ४६३ जना पुगेको हो । त्यस्तै, वितेको २४ घण्टामा १ हजार ७५७ जनाले कोरोना जितेसँगै देशभर कोरोना मुक्त हुनेको कुल संख्या ६ लाख २६ हजार ४६८ पुगेको छ । हाल निको हुने दर ९४.६ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।...
दाजुभाई समूह दोहा कतारले गरे उदयपुरका  २ क्यान्सर पिडित र एक मृगौला पिडितलाई ८० हजार आर्थिक सहयोग

दाजुभाई समूह दोहा कतारले गरे उदयपुरका २ क्यान्सर पिडित र एक मृगौला पिडितलाई ८० हजार आर्थिक सहयोग

समाचार
पूर्णपुष्टि, असार ३१ बैदेशिक रोजगारको शिलशिलामा लामो समय देखि बिदेशमा बस्दै आएका युवाहरुले रोग सँग लडिरहेका ३ जनालाई आर्थिक सहयोग गरेको छ । कतार बस्दै आएका दाजुभाई समूहमा संलग्न उदयपुरका युवाहरुले २ क्यान्सर पिडित र एक मृगौला पिडितलाई करिब ८० हजार आर्थिक सहयोग गरेको हो । सो समूहले त्रियुगा नगरपालिका १२ की क्यान्सर पिडित ३८ बर्षिया कमला रोक्का, त्रिनपा १० का मृगौला पिडित ४५ बर्षिय प्रिथ बहादुर मगर र जलजले घर भई हाल पोखोरा वस्दै आएकी १० बर्षिय प्रितिका मगर लाई आर्थिक सहयोग गरेको हो । क्यान्सर पिडित रोक्कालाई ५० हजार, मृगौला पिडित मगरलाई २० हजार र क्यान्सर पिडित बालिका प्रितिकालाई १० हजार सहयोग गरेको दाजुभाई समूह नेपालका प्रतिनिधि सदस्य सरोज श्रेष्ठले बताए । आर्थिक स्थिति नाजुकका कारण उपचारमा समस्या भईरहेको अवस्थामा उनिहरुलाई बचाउनका निमित्त आर्थिक सहयोगमा समूह जुटेको श्रेष्ठले बत...
उदयपुरमा कोरोना संक्रमणदर घट्दो

उदयपुरमा कोरोना संक्रमणदर घट्दो

समाचार
पूर्णपुष्टि, असार ३१ उदयपुरमा पछिल्लो समय कोरोना संक्रमितको संख्या घट्न थालेको छ । आज (विहिबार) ९ जनामा मात्र संक्रमण पुष्टि भएको छ । ६ पुरुष र ३ महिलामा संक्रमण देखिएको छ । आज थपिएका ९ जनासँगै जिल्लामा संक्रमितको कुल संख्या २ हजार ६३१ जना पुगेको हो । जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका अनुसार बेलका र त्रियुगा नगरपालिका साथै लिम्चुङबुङ गाउँपालिकामा आज संक्रमण देखिएको हो । बेलकामा ४ पुरुष र १ महिला गरी ५ जना, त्रियुगामा १ जना महिला र लिम्चुङबुङमा २ पुरुष र १ महिला गरी ३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्लामा कोरोना मुक्त हुनेको संख्या १ हजार २७२ पुरुष र १ हजार ८३ जना महिला गरी २ हजार ३५५ जना रहेका छन् । जिल्लामा संक्रिय संक्रमित ११६ पुरुष र ११० महिला गरी २२६ जना रहेको स्वास्थ्य कार्यालयको तथ्याङकमा उल्लेख छ । उदयपुरमा अहिले सम्म ३४ पुरुष र १६ महिला गरी ५०...
करेन्ट लागेर एक जनाको ज्यान गयो

करेन्ट लागेर एक जनाको ज्यान गयो

समाचार
पूर्णपुष्टि, असार ३१ झापामा करेन्ट लागेर एक जना युवाको ज्यान गएको छ । मेचीनगर–३ सिर्जना बस्ती बस्ने ३१ वर्षीय सरोज किसानको करेन्ट लागेर ज्यान गएको हो । आज दिउसो साढे २ बजे सोही स्थितमा रहेको गंगटे खोल्सामा करेन्ट अगाएर माछा मार्ने क्रममा किसानलाई करेन्ट लाग्दा उनको घटना स्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय झापाले जाएको छ । उनले हाईटेन्सन लाईनमा तार जोडी करेन्ट लगेका थिए ।...
पानी सर्कीएर एक २४ वर्षीय युवाको ज्यान गयो

पानी सर्कीएर एक २४ वर्षीय युवाको ज्यान गयो

समाचार
पूर्णपुष्टि, असार ३१ झापामा गिलासबाट पानी पिउने क्रममा एक्कासी सर्कीएर २४ वर्षीय एक युवाको ज्यान गएको छ । भद्रपुर–६ बस्ने अर्पण श्रेष्ठको पानी सर्कीएर ज्यान गएको हो । आज बिहान साढे ७ बजे आफ्नै घरमा पानी पिउने क्रममा एक्कासी पानी सर्कीएर श्रेष्ठ बेहोस भएका थिए । उनको मेची अस्पताल भरद्रपुरमा उपचारको क्रममा पौने ९ बजे ज्यान गएको खबर प्राप्त हुन साथ प्रहरी टोली खटि गई कानुनी कारबाही अगाडी बढाएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।...
इनारमा एक नवजात शिशुको शव भेटियो

इनारमा एक नवजात शिशुको शव भेटियो

समाचार
पूर्णपुष्टि, असार ३१ सिरहामा नवजात शिशुको शव इनारमा फालिएको अवस्थामा भेटिएको छ । जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार धनगढीमाई नगरपालिका–७  कसहामा रहेको इनारमा एक नवजात शिशुको शव भेटिएको हो । कसहा चोकदेखि करिब १५० मिटर दक्षिणमा रहेको भोगेन्द्र महतोको इनारमा शिशुको शव भटिएको थियो । बच्चा जन्मे लगत्तै इनारमा फालेको हुनसक्ने प्रहरीको अनुमान छ । इनारमा गन्हाएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । त्यसपछि शिशुलाई इनारबाट निकालिएको थियो । घटना विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । शिशुको शव पोस्टमार्टमको लागि लहानस्थित रामकुमार उमाप्रसाद स्मारिका अस्पताल लहानमा राखेको प्रहरीले जनाएको छ ।...
मदिरा सेवनका कारण झगडा, श्रीमती मृत भेटिइन्, श्रीमान फरार

मदिरा सेवनका कारण झगडा, श्रीमती मृत भेटिइन्, श्रीमान फरार

समाचार
 पूर्णपुष्टि, असार ३१ आदिवासी समुदायकी एक महिलाको झापामा शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार गौरादह–१ गेउरिया चोककी ३९ वर्षीया संगीता टुडुको शव फेला परेको हो । जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक राकेश थापाले बताए। वुधबार बेलुका श्रीमान–श्रीमती बीभ झगडा भएको थियो । मृतक महिलाका श्रीमान फरार रहेकोले खोजी कार्य अघि बढाएको झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक राकेश थापाले बताउनुभयो । ‘हिजो साँझ श्रीमान–श्रीमतीले सँगै बसेर मदिरा सेवन गरेका थिए, ‘स्थानीय छिमेकीको भनाइ उद्धृत गर्दै थापाले भन्नुभयो, ‘मदिरा सेवन गरिरहेकै बेलामा घरायसी विषयलाई लिएर हानाहान हुँदा श्रीमतीको ज्यान गएको हो ।’ घटनामा हतियार प्रयोग नभएको प्रहरीले बताएको छ । हातखुट्टा प्रहारबाटै श्रीमतीको ज्यान गएको प्रारम्भिक अनुसन्धानले देखाएको प्रहरीले जनाएको छ ।...
सचिवकै कोठाबाट ३९ लाख सामाजिक सुरक्षा भत्ता चोरी

सचिवकै कोठाबाट ३९ लाख सामाजिक सुरक्षा भत्ता चोरी

समाचार
पर्णपुष्टि, असार ३१ वितरण गर्न राखिएको सामाजिक सुरक्षा भत्तावापतको ३९ लाख रकमा बझाङमा सचिवकै कोठाबाट चोरी भएको छ । सचिव वपिन्द्र महतोको कोठाबाट बुङ्गल नगरपालिका वडा नं ९ र ११ मा वितरण गर्न राखिएको रु ३९ लाख रकम मङ्गलबार राति चोरी भएको हो । सचिव महतो वडा सदस्य धनवीर बोहराका घरमा भाडामा बस्दै आएको र पैसा पनि त्यहीँबाट चोरी भएको प्रहरीले जनाएको छ । घटनाको प्रकृति हेर्दा चोरी भएको भनिए पनि कोठामा तोडफोडलगायत कुनै पनि क्रियाकलाप नभएको पाइएको छ । पैसा राखिएको दराजसमेत तोडफोड नभएको हुँदा घटना शङ्कास्पद देखिएको स्थानीयवासीहरुको भनाइरहेको छ । वडा सचिव महतोसहित घरमालिकलाई सोधपुछका लागि नियन्त्रणमा लिएर अस्थायी प्रहरी चौकी पुतलीलेक र इलाका प्रहरी कार्यालय झापाले अनुसन्धान गरिरहेको प्रहरी निरीक्षक लोकेन्द्रसिंह कार्कीको बताउनुभयो । उक्त घरमा सचिवलगायत दुई जना कोठा भाडामा बस्ने गरेको र घरबे...
आज अन्तराष्ट्रिय युवा दिवस

आज अन्तराष्ट्रिय युवा दिवस

बिचार, समाचार
ओम श्रेष्ठ आज असार ३१ अर्थात जुलाई १५ “विश्व युवा दक्षता दिवस“ संयुक्त राष्ट्रसंघले सन् २०१४ मा घोषणा गरेर नेपालले पनि यो दिवस मनाउन थालेको आज ७ वर्ष पुग्यो । विश्व भरि छरिएर रहेको विभिन्न जात, धर्म, लिङ्ग, समुदाय, भुगोल, वर्ग र विभिन्न तह र तप्कामा छरिएर रहेको युवाहरुको मौलिक रितिरिवाज, कला, पेशा भित्र रहेको क्षमतालाई सामाजिक–आर्थिक अवस्था सुदृढ गर्ने उद्देश्यले यो दिन मनाउनु थालिएको हो । आज विश्वभर छरिएर रहेका युवाहरूमा बढ्दै गइरहेको बेरोजगारी  र आफ्नो क्षमता, योग्यतानुसारको काम आफ्नै देशमा नपाईरहेको अवस्थामा यो रोगबाट नेपाली युवाहरू पनि सामाजिक, आर्थिक र मानसिक रुपमा असर परिरहेको देख्न सक्छौ । हुन त १६ वर्ष देखि ४० वर्षसम्मको व्यक्तिहरूलाई सामान्यतया युवा भन्ने गरिन्छ त आजको यो विश्व ब्रमाण्डमा युवा भनेको सोच हो त्यसमा नकुनै उमेर समुह न कुनै शाररिक अवस्थालाई जनाउँदछ । यो लेखिर...
स्रोत नखुलेको ५ लाख नगदसहित एक युवती पक्राउ

स्रोत नखुलेको ५ लाख नगदसहित एक युवती पक्राउ

समाचार
पूर्णपुष्टि, असार ३१  स्रोत नखुलेको ५ लाख नगदसहित एक युवती सर्लाहीबाट पक्राउ परेको छ । मलंगवा नगरपालिका–८ झिलमिलिया माई मन्दिर नजिकबाट मलगंवा–३ की ३० वर्षीया रेहाना खातुनलाई गोप्य सुचनाको आधारमा  प्रहरीले पक्राउ गरेको हो । भारतबाट नेपालतर्फ आउँदै गरेकी खातुनलाई चेकजाँच गर्दा उनले बोकेको प्लाष्टिकको झोलाबाट ५ लाख नगद फेला परेको  थियो । नगदसहित उनलाई नियन्त्रणमा लिएको सर्लाहीका प्रहरी प्रवक्ता एवं डिएसपी माधवप्रसाद बुढाथोकीले बताउनुभयो । उनलाई आवश्यक कारबाहीको लागि भन्सार कार्यालय सर्लाहीमा पठाइएको बुढाथोकीले जानकारी दिनुभयोे ।...