Sunday, May 17News That Matters

Month: ५ वर्ष अगाडि

जन्मिएकै दिन शिशुको हत्या, हत्या आरोपमा आमा र बाबुसहित ४ जना पक्राउ

जन्मिएकै दिन शिशुको हत्या, हत्या आरोपमा आमा र बाबुसहित ४ जना पक्राउ

समाचार
पूर्णपुष्टि, असार ३० मोरङको रङ्गेली नगरपालिका–५ आँपगाछीकी २५ वर्षीया खुश्बु मण्डलले सोमबार राति करिब ८ बजे घरमै छोरी जन्माएकी थिइन् । प्रहरीका अनुसार छोरी जन्मिएपछि परिवारकै सदस्यहरुको संलग्नतामा शिशुको हत्या गरिएको छ । सोमबार राति जन्मिएकी छोरीको हत्या गरी पसलभित्र गाडेको आरोपमा शिशुको आमा र बाबुसहित चार जनालाई पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय रङ्गेलीले खुश्बु, उनका श्रीमान अरुण मण्डल, खुश्बुका बुबा नागेश्वर मण्डल र आमा उर्मिला मण्डल पक्राउ परेका छन् । खुश्बुका बुबा आमाले सञ्चालन गर्दै आएको मदिरा पसल भित्र शिशुको शव गाडेको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी दीपक श्रेष्ठले जानकारी दिनुभयो । खुश्बुको घर र मदिरा पसल करिब पाँच सय मिटरको दूरीमा छ । डिएसपी श्रेष्ठका अनुसार पक्राउ परेका चारै जनालाई कर्तब्य ज्यान मुद्दामा म्याद थप गरी अनुसन्धान सुरु गरिएको छ । ...
उदयपुरमा २ दिनमा ५१ जना कोरोना संक्रमण पुष्टि

उदयपुरमा २ दिनमा ५१ जना कोरोना संक्रमण पुष्टि

समाचार
पूर्णपुष्टि, असार २९ उदयपुरमा हिजो र आज गरी ५१ जना कोरोना संक्रमण पुष्टि भएको छ । महिला २३ र पुरुष २८ गरी बिभिन्न पालिकाहरुका ५१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ । कार्यालयको अनुसार पछिल्लो २ दिनमा देखिएको संक्रमित त्रिनपामा १५, बेलकामा १०, चौदण्डीगढीमा १४, ताप्लीमा ११ र उदयपुरगढीमा १, रहेको छ । यो सँगै उदयपुरमा कोरोना संत्रमण हुनेको संख्या २६०३ पुगेको छ । हाल सक्रिय संक्रमितको संख्या भने २६५ रहेको छ भने मृत्यु हुनेको कुल संख्या ५० जना रहेको छ । जिल्लामा पछिल्लो समय मृत्यु हुनेको संख्या बढेको छैन् । यता निको हुनेको संख्या भने २२८८ पुगेको छ ।  ...
चट्याङ लागेर उदयपुरमा २ महिलाको मृत्यु

चट्याङ लागेर उदयपुरमा २ महिलाको मृत्यु

समाचार
पूर्णपुष्टि, असार २९ मंगलबार परेको बर्षा सँगैको चट्याङले उदयपुरमा २ जनाको ज्यान गएको छ । दिउँसो पानी सँगै परेको चट्याँङले लाग्दा त्रियुगा नगरपालिका ३ मुसहरी टोलकी २ महिलाको ज्यान गएको प्रहरीले जनाएको छ । धान रोपि रहेको अवस्थामा एक्कासी चट्याङ लागेर घाईते भएकी उनिहरुको जिल्ला हस्पिटल उदयपुरमा उपचार हुँदा हुँदै ज्यान गएको हो । मृत्यु हुनेमा ३९ वर्षिय ललिता सदा र ठाडी बस्ने ३० वर्षिय फुलकुमारी सदा रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरिक्षक (डिएसपी) बेद प्रसाद गौतमले जानकारी दिनुभएको छ ।  ...
नेपालमा थप २,३९८ जनामा संक्रमण पुष्टि, १२ जनाको ज्यान गयो

नेपालमा थप २,३९८ जनामा संक्रमण पुष्टि, १२ जनाको ज्यान गयो

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, असार २९ वितेको २४ घण्टामा थप २ हजार ३९८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ५८ जनामा गरिएको पीसीआर परीक्षणमा १ हजार ६३९ र ३ हजार ९५४ जनामा गरिएको एन्टिजेन परीक्षणमा ७५९ जना गरी २ हजार ३९८ जनामा संक्रमण पुष्टि भएको हो । वितेको २४ घण्टामा २ हजार ७८ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । कोरोना संक्रमणका कारण थप १२ जनाको ज्यान गएको छ ।...
गाईघाटमा बाटोमा फेला पारेको चालिस हजारको चेक, बिल बुक सहित महत्वपूर्ण कागजात धनिलाई बुझाईयो

गाईघाटमा बाटोमा फेला पारेको चालिस हजारको चेक, बिल बुक सहित महत्वपूर्ण कागजात धनिलाई बुझाईयो

समाचार
पूर्णपुष्टि, असार २९ मंगलबार गाईघाट स्थित करमगाछी माथी बाटोमा चालिस हजारको चेक सहित अन्य महत्वपूर्ण कागजातहरु फेला परेको छ । फेला परेको चेक सहितको महत्वपूर्ण कागजात धनिलाई बुझाइएको छ । त्रियुगा नगरपालिका १० करमगाछीका कर्ण कुमार बस्नेतले सो सामान फेला पारी धनिलाई बुझाएको हो । रोड साईड झोला फेला परेपछि घर ल्याएर हेर्दा ग्लोबल र ज्योति विकास बैँकको २ थान चेक, ज्योती विकास बैँकको भरेको हस्ताक्षर सहितको ४० हजार बराबरको चेक र एउटा खाली चेक, लाइसेन्सको रसिद, बिलबुक, भौचरको रसिद र अन्य थुप्रै कागजातहरु फेला परेको थियो । सामान फेला परेपछि चेकमा रहेको नम्वरमा सम्पर्क गरी धनि पत्ता लगाएर सामान बुझाएको फेला पार्ने कर्ण बहादुरको छोरा उमेश वस्नेतले जानकारी दिए । सामानका लागि सम्पर्क गर्दा साउने घर भएको र सामानको धनी हेमन्त लामिछाने मगर रहेको पत्ता लागेपछि बोलाएर घरमै सामान हस्तान्तरण गरिएको बस्...
ईलाममा मृत भेटिएकी महिलाको हत्या भएको पुष्टी–हत्यामा संग्लग्न पक्राउ

ईलाममा मृत भेटिएकी महिलाको हत्या भएको पुष्टी–हत्यामा संग्लग्न पक्राउ

समाचार
पूर्णपुष्टि, असार २९ उच्च अदालत बिराटनगर, ईलाम ईजलासको परिसर भित्र मृत फेला परेकी महिलाको हत्या भएको पुष्टी भएको छ । जिल्ला सोलुखुम्बु, सल्यान गाउँपालिका घर भई ईलाम नगरपालिका–७ मा भाडामा बसोबास गरी सोही कार्यालयमा कार्यरत  ४८ बर्षीया बिमला देवी निरौला पराजुली २८ गते सोमवार बिहान अन्दाजी ७ बजेको समयमा कार्यालय परिसरमा मृत फेला परेकी थिईन् । १ जना महिला मृत अवस्थामा रहेको भन्ने सूचना पाए लगत्तै जिल्ला प्रहरी कार्यालय ईलामबाट प्रहरी उपरीक्षक महेन्द्र कुमार श्रेष्ठ सहितको प्रहरी टोलीले घटनाको बारेमा अनुसन्धान शुरु गरेको र थप अनुसन्धानको लागी संघीय प्रहरी ईकाई धरानबाट तालिम प्राप्त कुकुर सहितको बिशेषज्ञ टोली झिकाई अनुसन्धान गर्ने क्रममा सोही कार्यालयमा सुरक्षा गार्डको रुपमा कार्यरत ३५ वर्षीय युवराज बानियाको संग्लग्नता रहेको देखिएसंगै बानियालाई पक्राउ गरीएको हो । पक्राउ परेका बानियाले उ...
३६ वर्षीया महिला करणी गरेर भागेका एक युवा ८ महिनापछि पक्राउ

३६ वर्षीया महिला करणी गरेर भागेका एक युवा ८ महिनापछि पक्राउ

समाचार
पूर्णपुष्टि, असार २९ ३६ वर्षीया महिला करणी गरेर भागेका एक युवालाई प्रहरीले संखुवासभाबाट पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय चैनपुर र प्रहरी चौकी मादी राम्बेनीबाट खटिएको टोलीले संखुवासभाको मादी नगरपालिका–५ घर भएका ज्ञान बहादुर मोक्तानलाई पक्राउ गरेको हो । ३१ वर्षीय मोक्तानले मादीकी ३६ वर्षीया महिलालाई २०७७  मंसिर  १८ मा करणी गरेका थिए । करणी गरेको ८ महिनापछि आरोपीलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय चैनपुर इन्सपेक्टर योगराज खतिवडाले बताउनुभयो । घरमा एक्लै भएको समयमा ज्ञान बहादुरले जबर्जस्ती करणी गरेका थिए । पीडितले करणी भएको चार दिनपछि प्रहरीलाई खबर गरेकी थिइन् । आरोपीमाथि जिल्ला अदालतबाट ७ दिनको म्याद लिएर अनुसन्धान शुरु गरिएको संखुवासभाका डिएसपी लालध्वज सुवेदीले बताउनुभयो ।...
चक्लेट दिएर बालिका बलत्कार गरेको आरोपमा ६१ बर्षिय पुरुष पक्राउ

चक्लेट दिएर बालिका बलत्कार गरेको आरोपमा ६१ बर्षिय पुरुष पक्राउ

समाचार
पूर्णपुष्टि, असार २९ पाँच बर्षिय बालिकालाई चक्लेट दिएर ललाईफकाई गरी बलत्कार गरेको आरोपमा एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । बझाङको जयपृथ्वी नगरपालिका वडा नम्बर ७ की ५ वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा सोही ठाउँका ६१ बर्षिय जगदीश जोशीलाई प्रहरीले पक्राउ गरेको हो । ती पुरूषले गत असार १८ गते बालिकालाई मिठाइ दिने भन्दै फकाएर आफ्नो कोठामा लगेर बलात्कार गरेको पीडित पक्षले आरोप लगाएको छ । आइतबार पीडित बालिकाका परिवारले जोशीविरूद्ध जाहेरी दर्ता गरेपछि सोही दिन पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायव उपरिक्षक रुपक खड्काले जानकारी दिए ।  ...
हतियारसहित  २ युवक पक्राउ

हतियारसहित २ युवक पक्राउ

समाचार
पूर्णपुष्टि, असार २९ गत आइतबार कटुवा पेस्तोलसहित सिरहाको गोलबजारबाट औरही गाउँपालिका–२ निवासी सुजितकुमार यादवलाई पक्राउ गरिएको थियो । यादवको साथबाट कटुवा पेस्तोल एक थान र त्यसमा प्रयोग हुने गोली तीन राउण्ड बरामद भएको थियो । त्यसैगरी, हतियारसहित प्रहरीले सिरहाको गोलबजारबाट थप दुई युवकलाई पक्राउ गरेको छ । प्रदेश प्रहरी कार्यालय जनकपुर र इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरी टोलीले हतियारसहित सिरहाको मिर्चैया नगरपालिका–१० निवासी २६ वर्षीय रामकुमार यादव र २२ वर्षीय रुपेश यादवलाई पक्राउ गरेको हो । गोप्य सूचनाका आधारमा जाँच गर्दा दुवै जनाको साथबाट मेड इन इटली लेखिएको अटोमेटिक पेस्तोल एक थान, त्यसमा प्रयोग हुने एक म्याग्जिन र दुई राउण्ड गोली बरामद भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुवास बुढाथोकीले जानकारी दिनुभयो । पक्राउ परेका दुवै जनामाथि थप अनुसन्...
जिम क्लब भित्र एक युवामाथि खुकुरी प्रहार

जिम क्लब भित्र एक युवामाथि खुकुरी प्रहार

समाचार
पूर्णपुष्टि, असार २९ आज जिम क्लब भित्र एकजना २३ वर्षीय युवामाथि खुकुरी प्रहार भएको छ । बिहान साढे ६ बजेको समयमा दाङको तुल्सीपुर–५ रानीजरुवाका विशाल सुनारमाथि खुकुरी प्रहार भएको हो । तुल्सीपुर उपमहानगर पालिका–८ दोगरेस्थित केएम जिम क्लबमा दंगिशरण गाउँपालिका–५ बस्ने ३२ वर्षीय निर्मण बस्नेतले खुकुरी प्रहार गरी सुनारलाई गम्भीर घाइते बनाएका थिए । ईलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएका प्रहरी निरीक्षक झलक प्रसाद शर्माको टोलीले घाइते सुनारलाई राप्ती प्रादेशिक अस्पतालमा भर्ना गरेको छ । खुकुरी प्रहार गरि फरार रहेका बस्नेतलाई खोजी कार्य भई रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।...